[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लोकतन्त्रको खिल्ली
[VIEWED 1617 TIMES]
SAVE! for ease of future access.
Posted on 01-25-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from kantipuronline.com


बलराम बानिया“


स्थान ः प्रधानमन्त्री निवास बालुवाटारको पण्डाल ।
समय ः मंगलबार अपराह्न । पण्डालमा प्रतीक्षारत छन् कांग्रेसका नया“ र पुराना सांसद । भित्रबाट सभापति, उपसभापति र महामन्त्री निस्केर पण्डालको अग्रस्थानमा बसे । पार्ट कामु मुख्यसचिव शोभाकर पराजुलीले एकाएक संसदीय दलको बैठकले गिरिजाप्रसादलाई दलको नेतामा र्सवसम्मतिले निर्वाचित गरेको व्यहोरा पढेर सुनाए । पुराना सांसदले र्समर्थनमा ताली बजाए, दलको नेता चुन्न आफ्नो कस्तो भूमिका होला भनेर कौतुहलतासाथ बसेका नया“ सांसद अलमलमा परे । दलका सदस्यहरूलाई नै थाहा भएन, आफूले विधानतः चुन्नुपर्ने नेता कसले चुनेको हो - धन्न पराजुलीको मुखारबिन्दबाट यतिमात्र थाहा भयो- कोठामा ५/६ जना

बसेर कोइरालालाई नेता चुन्दा सुशील कोइराला र रामचन्द्र पौडेल प्रस्तावक र र्समर्थक बसेका रहेछन् ।

कांग्रेसमा आन्तरिक लोकतन्त्रको स्थिति कति नाजुक छ, यो बैठक नै काफी हुन्छ । कांग्रेसमा यस्तो हुनु कुनै नौलो घटना थिएन र त विधान, विधि र संसदीय परम्पराको यतिविधि खिल्ली उड्दा पनि कुनै पनि सदस्यको मुन कु“डिएन । कोठे बैठकबाट ८५ जनाको अधिकार अपहरण हु“दा पनि कसैले प्रश्न उठाएन । कांग्रेसमा कोइरालालाई चुनौती दिन सक्ने कुनै नेता छैनन् । शान्ति वार्तालाई तार्किक निष्कर्षा पुर्‍याएर संविधानसभा सफल पार्न उनको विकल्प देखिएको

छैन । मुलुकले विकल्प नदेखेको नेताको कांग्रेसले विकल्प देख्ने कुरै थिएन । लोकतान्त्रिक विधिको पालना गरेको भए पनि उनी नै नेता हुने थिए ।

कांग्रेसमा लोकतन्त्रको उपहास भएको यो पहिलो घटना होइन । केही दिनअघि उपसभापतिलगायतका पदाधिकारीले समेत पार्टि १० सांसद चयन भएको निर्णय सञ्चारमाध्यमबाट थाहा पाए । केन्द्रीय र संसदीय समितिका सदस्यहरू आफूहरूले विधिवत् बैठक बसेर चयन गर्नुपर्ने १० सदस्य सभापतिको एकल निर्णय बाट अकस्मात घोषणा भएको सुन्दा अवाकमात्र भएनन्, स्तब्धसमेत भए तर र्सार्वजनिकरूपमा कोही पनि विरोधमा उभिएनन् । जबकि विधानमा पार्टि उम्मेदवार तय गर्न संसदीय समितिले सिफारिस गर्ने र त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ । सभापतिले विधान लत्याउ“दा पनि पार्टर्ीी कुनै तरंग पैदा भएन । ६० वर्षेखि निरन्तर लोकतन्त्रका लागि लडेका कोइरालामा प्रजातान्त्रिक संस्कार र आचरण छैन, जुन कुरा उनका व्यवहारबाट पटकपटक देखिइसकेको छ । नरहरि आचार्य र अर्जुननरसिंह केसीले मात्र झिनो स्वरमा विरोध गर्ने साहस गरे, तर त्यो कोइराला र अरू नेताको कानसम्म नपुगेकैले होला दलको नेता चयन गर्दा पनि विधिको त्यसरी नै खिल्ली उडाइयो । तानाशाहले पनि विधि पुर्‍याएको नाटक गर्छन् तर कांग्रेसमा त्यस्तो नाटक मञ्चन गर्ने आवश्यकतासमेत ठानिएन । को-को सांसद छानिए, त्यो महत्त्वपुर्ण होइन, छनोटमा न्यूनतम लोकतान्त्रिक पद्धति अपनाइयो कि अपनाइएन, त्यो महत्त्वपुर्ण सवाल हो ।

कांग्रेसमा कार्यसमितिको औपचारिक बैठक नबसेको पनि सात महिना भइसकेको छ, जबकि विधानतः महिनाको एकपटक अनिवार्यरूपमा बैठक बस्नर्ुपर्छ । सभापतिले बेला-बेलामा बोलाउने अनौपचारिक बैठकमा पनि ६/७ जनालाई मात्र बोलाउने गरिएकाले बा“की सदस्य मन कुडाएर बसिरहेका छन्, कसैले मुख फोर्न सकेको छैन । महाधिवेशन भएको डेढ वर्षभइसक्ता पनि न त महासमिति बैठक बोलाइएको छ, न केन्द्रीय विभागहरूलाई पर्ूण्ाता दिइएको छ । पार्टर्ीी्रवक्ता पद महिनौंदेखि रिक्त छ । राजतन्त्रबारेमा नीतिगत निर्ण्र्ाागर्न महासमिति या विशेष महाधिवेशन बोलाउन जिल्ला सभापतिहरूले दबाब दिएको पनि लामो समय भइसकेको छ ।

संविधानसभा चुनावको प्रचार सुरु हुने बेला भइसक्तासमेत कांग्रेस राजतन्त्रको सवालमा अनिर्ण्र्ााो बन्दी छ । महाधिवेशनले पार्टर्ीीाजतन्त्र निरपेक्ष हुने निर्ण्र्ाागरे पनि गणतन्त्रमा जाने या नजाने भन्ने सवालमा कुनै निर्ण्र्ाानगरेकाले नेता तथा कार्यकर्ता जनतामा के नीति लिएर जाने भन्ने अन्योलमा छन् । कोइरालाले कहिल्यै विधिको सम्मान गरेनन् । अब ८४ वर्षो उमेरमा उनले सम्मान गर्लान् भनेर कल्पना गर्नु पनि मर्ूखता हुन्छ, तर उनको विरासत थाम्ने सपना सा“चिरहेका सुशील, सुजाता हुन् या रामचन्द्र, उनीहरूलाई त विधि र पद्धतिको चिन्ता हुनुपर्ने हो, त्यो पनि देखिएन । लोकतान्त्रिक आन्दोलनको सबभन्दा लामो समय नेतृत्व गरेको पार्टर्ीी आन्तरिक प्रजातन्त्रको अभ्यासलाई चुस्त बनाएर अरूलाई समेत प्रेरित गर्नुपर्ने हो । तर उसकै उल्टो व्यवहार हु“दा प्रतिगामीमात्र भित्रभित्र दंग परेका होलान् ।
 
Posted on 01-26-07 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद शिरिषजी, यो लेख यहाँ राखिदिनुभएकोमा। लेखले यथार्थलाई एकदम छर्लङ्ग पारेको छ। नेपाली कांग्रेस र त्यो लोग्नेमा केहि फरक छैन, जो बाहिर नारी स्वतन्त्रताको भाषण ठोक्छ र घरभित्र पस्नासाथ स्वास्नमी कुट्न थाल्छ।

नेपालको 'लोकतन्त्र' आजसम्म सफल हुन नसक्नुको एक प्रमुख कारण नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्रको अभाव हुनु पनि हो। यस्तो लाग्छ, नेपाली कांग्रेस एक थरि राजतन्त्र
हटाएर अर्को थरि राजतन्त्र लाद्न चाहन्छ। तर पार्टीभित्र नीरिहहरुको जमात किन यति ठूलो? कांग्रेसको लोकतान्त्रिकरणको आवाज किन सशक्त ढंगले उठ्दैन कांग्रेसभित्रैबाट? अचम्म लाग्छ!
 
Posted on 01-26-07 2:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूलसुधार:

स्वास्नमी-स्वास्नी
 
Posted on 01-26-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard Nepali Congress does not even have a bank account.

All the finances and grants are handled by Koirala clan. This may be one of the reasons why others can not voice against them.
 
Posted on 01-26-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Join the society if you can't break it. That is what happening in NC now. To me, NC is more a crowd of people rather than a political parties.
 
Posted on 01-26-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब आन्तरिक लोकतन्त्रको कुरा आउँछ, नेपालको विचित्र विडम्बना के हो भने स्वनामधन्य प्रजातन्त्रवादी नेपाली कंग्रेसमा भन्दा प्रजातन्त्रप्रतिको प्रतिवद्धतामा शंका गरिएका राप्रपा वा अप्रजातन्त्रवादी ठानिएका वाम दलहरुमा यो जिनिस सापेक्षिक रुपमा अधिक छ ।

नेपाली कंग्रेसको आन्तरिक लोकतन्त्रको स्तर राणाकालको नेपालको स्तरमा छ । नेपाली कंग्रेसभित्र २००७ साल (ईस्वी होईन, वि.स.) आउनै बाँकी छ, २०४७ र २०६२ को कुरै नगरौं ।

तर म नेपाली कंग्रेसको आन्तरिक राजपरिवारलाई दोष दिन्न । दोष त त्यहाका निरिह भारदारहरुलाई जान्छ । नेताहरुलाई नै निरिह भारदार हुन मञ्जुर छ भने बादशाह बादशाह हुने नै भयो ।

*** *** *** ***

नेपाली कंग्रेसमा आत्महत्या स्तरको र अन्य दलहरुमा तैबिसेक तर अझै निराशाजनक स्थितिको आन्तरिक लोकतन्त्र जो छ त्यसले हामीले प्राप्त गरेको राष्ट्रिय लोकतन्त्रको घाँटी संविधान सभाको चुनावमै निमोठ्ने कहालीलाग्दो संभावना म स्पष्ट देखिरहेको छु ।

सबैले र अझ खास गरेर अहिले चलिरहेको मधेसी आन्दोलनले माँगिरहेको एउटा प्रमुख माँग हो - समानुपातिक (शुद्ध देखि मिश्रित सम्मको ) निर्वाचन प्रणाली ।

आन्तरिक लोकतन्त्र बिनाको समानुपातिक निर्वाचन भनेको दल/समुह का नाईकेले टुँडिखेलमा खसी छाने झै सभासद छान्ने प्रणाली हो ।

त्यसैले आन्तरिक लोकतन्त्र विधीवत् स्थापना गर्ने कानुन तत्काल नबनाउने हो भने (बन्ला जस्तो छाँट देखिन्न, कसैले कुरा सम्म पनि उठाएका देखिन्न अहिलेसम्म !) पुरानै प्रजातन्त्रकालको भन्दा पनि झुर प्रजातन्त्र देख्नेछौं हामीले ।

लोकतन्त्र होईन किनबेचतन्त्र आउँदैछ ।

त्यसैले आन्तरिक लोकतन्त्र नेताहरुको कृपामा छाड्ने होईन तत्काल कानुन बनाएर बलपूर्वक लादन जरुरी छ ।

नत्र त राजावादीहरुले पनि गिज्याउने गाईजात्रे लोकतन्त्रलाई आउदैछ ।

Nepe
 
Posted on 01-26-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.nepalihimal.com/2063/magh-1-15/abaran1.html

गिरिजा पछि को?

साढेदुई करोड जनताको तर्फबाट अन्तरिम संविधान जारी भएपछि राजनीति र सत्ताको शिखर चुम्ने गिरिजाप्रसाद कोइराला अहिले राजनीतिक इच्छाशक्तिको भरमा मात्र मुलुकको प्रधानमन्त्री पद सम्हालिरहेका छन्। ८४ वर्षीय अस्वस्थ प्रधानमन्त्रीको यो अवस्थाले स्वाभाविक रूपमा उठाउने प्रश्न हो– अब कोइराला पछि को?

• किरण नेपाल र शरद के.सी.


परिस्थितिमा कुनै नाटकीय परिवर्तन नभएमा १ माघमा अन्तरिम संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गर्नेछ। मुलुकको २४० वर्षको इतिहासमा पहिलो पटक शासनसत्ताको सञ्चालन जनता आफैँले गर्ने उक्त संविधान साढेदुई करोड जनताका तर्फबाट जारी हुनेछ। त्यसको नेतृत्व गर्ने सौभाग्यशाली प्रतिनिधि हुनेछन्, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला। सक्रिय राजनीतिमा करिब ६ दशक विताइसकेका ८४ वर्षीय वृद्ध र अस्वस्थ कोइरालालाई यो अवसरले नेपाली राजनीतिको त्यो सर्वोच्च उचाइमा पुर्‍याउने छ, जहाँभन्दा माथि जाने अर्को ठाउँ देखिँदैन। मुलुकको विशेष परिस्थिति र प्रधानमन्त्रीको यो अवस्थाले स्वाभाविक प्रश्न उठाउँछ– कोइराला पछि को?

शाही शासनको अन्त्यपछि ११ वैशाख २०६३ देखि मुलुकलाई नेतृत्व दिँदै आएका प्रधानमन्त्री कोइराला अस्वस्थताका कारण अहिलेसम्म तीन–चार पटक मात्र सिंहदरबारस्थित प्रम कार्यालय पुगेका छन्। प्रधानमन्त्रीको हैसियतमा गर्ने सामान्य कामकारबाहीदेखि महवपूर्ण राजनीतिक निर्णयहरू पनि बालुवाटारमै हुन्छन्। ४ जेठको प्रतिनिधिसभाको ऐतिहासिक घोषणा, २ असारको आठ बुँदे सम्झ्ौता, २२ कात्तिकको विस्तृत सहमति र ५ मङ्सिरको बृहत् शान्ति सम्झ्ौता तथा २९ मङ्सिरको अन्तरिम संविधानको निर्माण वा तयारी बालुवाटारमै भएको हो। करिब १० महिनायता मन्त्रिपरिषदका बैठक, मन्त्री, मुख्यसचिव, आफ्नो र अन्य पार्टीका नेता, विदेशी नेता र कूटनीतिज्ञहरूसँगको छलफल, भेटघाट र परामर्श लगायतका कामकारबाही पनि प्रम निवासमै हुने गरेका छन्।

बालुवाटार स्रोतका अनुसार, प्रायः सबैजसो कामकारबाहीको प्राथमिकता प्रमको स्वास्थ्यस्थितिलाई ध्यानमा राखेर निर्धारण गरिन्छ। त्यसैले अहिले सरकारले गर्नुपर्ने थुप्रै काम 'पेण्डिङ' मा छन्। मन्त्रिपरिषद्को बैठकमा पेश भएका कतिपय प्रस्तावमा समेत छलफल हुन सकिरहेका छैनन्। सुरक्षा निकायका प्रमुखहरूसँग हुने साप्ताहिक भेट आवश्यकता अनुसार मात्र हुने गरेको छ। प्रतिकूल स्वास्थ्य अवस्थामा शान्ति प्रक्रियाको धपेडीले गर्दा नेपाली काङ्ग्रेसको सभापतिको भूमिकामा कुनै सक्रियता छैन।

प्रमको अस्वस्थताले सरकारको दैनिक कामकारबाही प्रभावित नहोस् भनेर प्रधानमन्त्री कार्यालयका एक उपसचिवको मुकाम निवासमै बनाइएको छ। आफू सिंहदरबारमा नबसेका कारण सरकारी सेवामा आँच पुगेको चिन्ता स्वयं प्रम कोइरालालाई पनि छ। प्रम निकट स्रोतका अनुसार, पछिल्ला दिनमा कोइरालाले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाउने गरी एकजना मन्त्री राख्नुपर्ने आवश्यकता महसूस गरेका छन्।

सामान्य अवस्था हुँदो हो त, यति महवपूर्ण पदमा बसेको व्यक्तिको स्वास्थ्यस्थिति राजनीतिक विवादको विषय बन्नेथियो। तर अहिले प्रधानमन्त्रीको यो अवस्थालाई मुलुकभित्र र बाहिर सामान्य रूपले लिइएको छ। एक नेताको भनाइमा, देशलाई नेतृत्व दिने निर्विकल्प व्यक्ति भएकै कारण उनको र देशको स्वास्थ्यको बीचमा सम्झ्ौता जस्तै भएको छ।

चिन्ता र चाहना
स्रोतहरूका अनुसार, महवपूर्ण राजनीतिक बैठकहरूमा आफ्नो अनुपस्थितिमा हुने निर्णयले कतै कुनै अप्ठेरो आइलाग्ने त होइन भन्ने चिन्ता प्रधानमन्त्रीमा पाइन्छ। जस्तै, अन्तरिम संविधानमा नपढी हस्ताक्षर गरेका कारण संविधानसभाको चुनावमा दुई वटा मतपत्र कायम गरिएको कुरा प्रमले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएका थिए। वार्तामा सहभागी नेताहरूले माओवादीका कतिपय असङ्गत कुराको प्रतिवाद गर्न नसकेको गुनासो कोइरालाले गर्ने गरेका छन्। राष्ट्रिय जनावर गाई नराखे धार्मिक सद्भाव भड्किन सक्ने भनेर कोइरालाले नै हस्तक्षेप गरेका थिए।

ठाउँ–कुठाउँबाट आउने दबाब सामना गर्नुपर्ने बाध्यता पनि छ प्रधानमन्त्रीमा। भाञ्जी शैलजा आचार्यलाई भारतका लागि राजदूत बनाउन त्यहाँका सत्तासीन एक उच्च नेतामार्फत् भारतीय पूर्व प्रम चन्द्रशेखरले दबाब दिएको र यस्तो कुराले बेलाबखत आफूले निकै अप्ठेरो महसूस गर्ने गरेको उनले आफ्ना निकटस्थहरूलाई सुनाउने गरेका छन्। नेपालगञ्जमा जस्तै साम्प्रदायिक सद्भाव विगारेर संविधानसभा समयमा हुन नदिने, सङ्क्रमणकाल लम्व्याउने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयत्न हुनसक्ने आशङ्का पनि प्रमलाई छ।

कठिन अवस्थामा समेत नेपालको शासनसत्ता र शक्तिकेन्द्रहरूको नाडी छामेका कोइरालामा कतै आफ्नो कार्यकालमा भयरहित ढङ्गले संविधानसभाको चुनाव गराउने अठोट पूरा नहुने हो कि भन्ने चिन्ता पाइन्छ। उनका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार डा. सुरेश चालिसे भन्छन्, “आफू धेरै समयको पाहुना होइन भन्ने उहाँलाई थाह छ। त्यसैले आफ्नै कार्यकालमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन आतुर हुनुहुन्छ।” प्रमको त्यस्तो चिन्ता ५ मङ्सिरमा सम्पन्न शान्ति सम्झ्ौता जारी गर्दा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि व्यक्त भएको थियो, “अब मेरो एकमात्र उद्देश्य छ, जेठमा संविधानसभाको निर्वाचन गराउने। ढिलो हुँदा के थाहा... भूत पो हुने हो कि...!”

बिग्रिँदो स्वास्थ्य र ढल्किँदो उमेरले गर्दा आफूलाई सूचना र सल्लाह दिनसक्ने व्यक्तिहरूसँग भेटघाट गर्न रुचाउने प्रधानमन्त्रीले त्यसलाई निरन्तरता दिन सकिरहेका छैनन्। जबकि सम्भवतः दलभित्र र बाहिर सबैभन्दा बढी 'आफ्ना' बनाएका नेताहरूमा पर्छन् उनी। आफूलाई लागेको विषयमा सल्लाह लिन वा बहस गर्न उनले पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय, एमाले नेता भरतमोहन अधिकारी, पर्यटन व्यवसायी कर्ण शाक्य, वरिष्ठ अधिवक्ता गणेशराज शर्मा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायत पुराना प्रशासकहरूलाई भेट्न रुचाउँछन्। तर पछिल्लो समयमा कोइरालाका यस्ता भेटघाट लगभग बन्द भएको उनका निकटवर्तीहरू बताउँछन्।

अहिले कोइरालालाई बाहिरको वस्तुस्थितिका बारेमा 'अपडेट' गराउने काम गृहमन्त्री कृष्णप्रसाद सिटौला, छोरी सुजाता र भतिजा डा. शेखरले गर्दै आएका छन्। कुनै पनि पत्रपत्रिका नपढ्ने प्रधानमन्त्रीलाई सहयोगीहरूले बिहान बेलुकी त्यसदिनका पत्रपत्रिकाहरूको विषयवस्तु सुनाउने गर्छन्। यद्यपि बिहान–बेलुकी साढे ६ बजे एफएमको समाचार र बेलुकी सात बजेको टेलिभिजन समाचार हेरेर आफैँ 'अपडेट' हुन चाहिँ कोइरालाले छोडेका छैनन्। उनले अन्य काम चाहिँ कामको प्रकृति अनुसार राजनीतिक सहयोगीलाई जिम्मेवारी दिने र अन्तिममा मात्र आफूले हेर्ने गरेका छन्। अस्वस्थता र बढ्दो जटिल जिम्मेवारी हेर्दा लाग्छ कोइराला आफ्नो ज्यान फालेर यो सब काम गरिरहेका छन्। निजी चिकित्सक डा. मधु घिमिरे पनि भन्छन्, “स्वास्थ्यलाई प्राथमिकता दिएको भए कोइराला प्रधानमन्त्री नहुनुपर्ने थियो, जीउ त्यागेकै हो।”

कोइरालापछि को?
यस्तो प्रतिकूल परिस्थितिमा पनि अन्तरिम संविधान जारी भएपछि बन्ने अन्तरिम सरकारको नेतृत्व पुनः कोइरालाले गर्ने करिब निश्चित छ। माओवादीले पनि अन्तरिम सरकारको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्ने बताइसकेको छ। नेका प्रजातान्त्रिक त्यसको विपक्षमा उभिने अवस्था छैन। महामन्त्री विमलेन्द्र निधिको भनाइमा गिरिजाप्रसाद कोइरालाले इच्छा राखेसम्म सरकारको नेतृत्व कोइरालाले नै गर्नेछन्। स्रोतका अनुसार, एमाले महासचिव माधवकुमार नेपालले प्रधानमन्त्रीसँगको भेटमा आफूले 'पहिले जस्तो खाली चेकमा हस्ताक्षर नगर्ने' बताएका छन्। तर, एमाले नेताको त्यो धारणाले प्रधानमन्त्रीलाई सन्तुलनमा राख्ने वा वार्गेनिङ पावर बढाउने सिवाय नेतृत्व नै परिवर्तन गर्नेसम्मको उद्देश्य राखेको विश्वास धेरैलाई लाग्दैन।

तर, यति हुँदाहुँदै पनि कोइरालाको इच्छाशक्तिले मात्रै धेरै दिन अघि जान सम्भव हुन्न। स्वास्थ्य र उमेरको दृष्टिले ढिलो–चाँडो प्रधानमन्त्रीको विकल्प भने खोज्ने दिन आउने निश्चित छ। त्यसबेला कोइरालाको उत्तराधिकारी को होला? उनको अनुपस्थितिमा जारी शान्ति प्रक्रिया, देश भित्र र बाहिरका शक्तिबीचको सन्तुलन निरन्तर राख्नमा उनको अनुपस्थितिको कस्तो प्रभाव पर्ला? अप्रकट रहने गरेका यस्ता जिज्ञासाहरू अब प्रकट हुन थालेका छन्। विद्रोही शक्तिको सत्तारोहण, राजसंस्थाको भविष्य जोडिएको शान्ति प्रक्रियालगायतका कारण खासगरी अन्तर्राष्ट्रिय समुदायले यो मामिलालाई निकै गम्भीर रूपमा लिएको पाइन्छ। प्रधानमन्त्रीका सल्लाहकार डा. सुरेश चालिसेका अनुसार, त्यसैले पनि विदेशी कूटनीतिज्ञहरूले भेट्दा प्रधानमन्त्रीको स्वास्थ्य लाभ, दीर्घायु र शान्ति प्रक्रियामा सफलताको कामना गर्ने गरेका छन्।

विकल्प खोज्नुपर्ने अवस्थामा के कोइराला जस्तो व्यक्ति सर्वसम्मत रूपमा चयन गर्न सक्लान् माओवादी सहितका आठदलले? कोइरालाको विकल्प खोज्नुपर्ने अवस्था आउँदा गलत तत्वले अस्तव्यस्त पार्न, अन्यौल फैलाउन र फाइदा उठाउन खोज्ने सम्भावना देखेका छन्, एमाले महासचिव माधवकुमार नेपालले। “तर, त्यसको सामना गर्नुको विकल्प छैन। विगतमा पनि हामीले निकै प्रतिकूलतालाई पनि अनुकूलतामा बदलेका छौँ”, उनको दृढता छ। कोइरालाको अनुपस्थितिको बारेमा नसोचेको बताउने नेका प्रजातान्त्रिकका महामन्त्री विमलेन्द्र निधिको धारणा पनि महासचिव नेपालभन्दा भिन्न छैन। भन्छन्, “तत्काल आइपर्ने अप्ठेरो, आपत–विपद र आवश्यकता पूर्ति गर्न पार्टीहरू सक्षम छन्।”

को हुनसक्ला कोइरालाको उत्तराधिकारी? नयाँ नेतृत्व राष्ट्रिय व्यक्तित्व भएको, देश हाँक्न सक्ने दृष्टिकोण भएको, अनुभवी, सबैलाई मिलाएर लान सक्ने हुनुपर्ने धारणा राख्ने महासचिव नेपाल त्यो विकल्प दिन आफ्नो दल तयार रहेको बताउँछन्। एमालेले त्यो मौका पाएमा महासचिव नेपालले त्यो अवसर पाउन सक्छन्। माओवादी अध्यक्ष प्रचण्डको चर्चा पनि चल्ने गरेको छ। धेरैलाई उनीहरू तत्कालै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट स्वीकार्य हुने विश्वास छैन। लोकतन्त्रप्रति प्रतिबद्धता व्यक्त गरे पनि माओवादीप्रतिको जनसमर्थन र उसको लोकप्रियताको मापन हुन बाँकी छ। आफ्नो दललाई यथास्थिति र उग्रताको विपक्षमा उभ्याउँदै आएको बताउँदै महासचिव नेपाल आफ्नो दलको सान्दर्भिकता यसरी प्रस्तुत गर्न खोज्छन्, “हामी विश्व परिस्थिति र राष्ट्रिय हितको तालमेल मिलाएर जान्छौँ।”

नेता निधि भने आफूले माओवादी बाहेक सबै दललाई प्रजातन्त्रवादी माने पनि विदेशीहरूले नमान्ने बताउँदै माओवादी त के एमाले पनि अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य नहुने देखेका छन्। “भोट, प्रतिस्पर्धा, खुला बजार, राजतन्त्र सबै स्वीकार गरेर कम्युनिज्म त्याग्दा पनि विदेशीहरूले पत्याउँदैनन्”, निधि भन्छन्, “विगतमा अनुकूल अवसर हुँदा पनि वामपन्थीहरूलाई प्रधानमन्त्री बन्न दिइएको छैन। एमालेको नौ महिने शासन टिक्न नदिनु नै एउटा प्रमाण हो। किनकि राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजले नेपालमा कम्युनिष्ट प्रधानमन्त्री चाहँदैनन्।”

प्रमका अर्का दावेदार पूर्व प्रधानमन्त्री भइसकेका नेका प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा हुनेछन्। अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन उनको सबल पक्ष हुनसक्छ। उनीमाथि लाग्दै आएको 'प्रजातन्त्र दरबारमा बुझ्ाएको' आरोप देउवाको कमजोर पक्ष हो। माओवादी लगायतका शक्तिले त्यो निहुँमा अवरोध खडा गर्न सक्छन्। त्यसको प्रतिवाद गर्दै महामन्त्री निधि भन्छन्, “त्यो भ्रमबाट माओवादी मुक्त भइसके। उनीहरूले पनि विगतमा राजा वीरेन्द्रलाई प्रयोग गर्न खोजेकै हुन्।”

कोइरालाको दल नेकाबाट भने उपसभापति सुशील कोइराला र महामन्त्री रामचन्द्र पौडेल दाबेदार हुनसक्छन्। नेका अन्तरिम संसदको ठूलो दल पनि हो। तर, उनीहरू दुवैले महासचिव नेपाल र नेका प्रजातान्त्रिकका सभापति देउवाको जति राजनीतिक उचाइ बनाइसकेका छैनन्। उनीहरूको दाबी वजनदार हुने प्रमुख कारण भनेको प्रम कोइरालाको व्यक्तिगत र दलीय विरासत हो। उमेर, राजनीतिक अनुभव, दलीय विश्वास, वरिष्ठता, विश्वसनीयता, सक्रियता र प्रजातन्त्रप्रतिको प्रतिबद्धता लगायतका हिसाबले कोइरालाको विकल्प भेट्न नसकिने बताउने प्रमका सल्लाहकार चालिसे “अन्तर्राष्ट्रिय विश्वसनीयता र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले गर्दा कोइरालाको विकल्प नेकाकै नेता हुने” बताउँछन्। दुई काङ्ग्रेस एक भएमा चाहिँ देउवा, कोइराला वा पौडेलबीचको सम्मति बलियो बन्न सक्छ। किनकि नेकपा एमाले र माओवादीबीच एकता नहुँदाको अवस्थामा त्यो दल नै ठूलो दल हुनेछ।

यति हुँदा पनि अन्तर्राष्ट्रिय समुदायको चासोले निर्णायक भूमिका निर्वाह गरेन भने संसदभित्रका दुई प्रमुख दल नेकपा एमाले र नेकपा माओवादीको आपसी सम्बन्ध नै उत्तराधिकारी चयनमा निर्णायक बन्न सक्छ। तर यस्तो अवस्थामा कतै विगतमा झ्ैँ प्रधानमन्त्री बन्न दलहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने त होइन भन्ने चासो पनि पाइन्छ। एमाले महासचिव नेपाल भन्छन्, “नेतृत्वको लागि आठदलबीच बहस र छलफल होला, तर साझ्ा सहमति हुनैपर्छ र हुन्छ पनि।”
 
Posted on 01-29-07 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कांग्रेस अचम्मसंग चलेको दल हो। आर्थिक मामिलामा त झन अचम्म छ। एउटा आधुनिक राजनीतिक दल यति धेरै तदर्थवादमा चल्नसक्छ भन्ने कल्पना गर्न गाह्रै हुन्छ। बेनी बहादुर कार्की जिवितै हुँदा धेरै खर्च उनले चलाउँथे रे भन्ने कुरा सुनिन्थ्यो कांग्रेसीहरुबाट। उनीमात्रै नहोलान्, कांग्रेसको नेतृत्वमा रहेका कोइराला परिवार, गणेशमान, वेनीबहादुर आदि नेपालका धनीमानी मध्ये पर्ने हुँदा परिआउँदा काम चलाउन कांग्रेसलाई गाह्रो हुँदैन होला, तर एउटा आधुनिक राजनीतिक दल चल्ने तरिका यहि हो त?
यी सबै कुरा लेखिसकेपछि म के पनि दोहोराउन चाहन्छु भने, म गलत पनि हुन सक्छु। तर यी कुरा दिग्गज कांग्रेसीहरुबाटै सुनेकाले यहाँ नहिच्किचाई राखेको हुँ।
********************
सांगठनिक ढाँचाको कुरा गर्ने हो भने, कांग्रेसको स्थिति राप्रपा भन्दा पनि कमजोर छ। कांग्रेसमा नेता छन्, समर्थक छन् तर कार्यकर्ता कमै छन्। यत्तिकै भरमा पनि कांग्रेस हिजोसम्म देशको सबैभन्दा ठूलो दलको रुपमा कायम रहन सक्यो। आगामी निर्वाचनले देखाउला, भविष्यमा पनि कायम रहन सक्छ कि सक्दैन। तर जुन कारणहरुले गर्दा कांग्रेस विना कुनै गतिलो संगठन पनि ठूलो दलको रुपमा कायम रहेको थियो, ती सबै कारणहरु विस्तारै सकिँदै छन्। देशले कांग्रेसको लोकतान्त्रिक विकल्प खोज्न थालेको छ (भलै, अझै त्यो विकल्पको निर्माण नभईसकेको होस्), वामपन्थीहरु, विशेष गरी एमाले, ले जडसूत्रवादलाई त्यागेर वैचारिक रुपमा प्रजातन्त्रिक समाजवादी भईसकेका छन् र विदेशी शक्तिहरुसंग कांग्रेसजत्तिकै नजिक भईसकेका छन्, तराईमा एमाले-माओवादीले ब्यापक संगठन विस्तार गरिसकेका छन् र तराईका क्षेत्रीय दलहरु पनि धेरै बलिया भईसकेका छन्।
जनआन्दोलन-२ पछिको विशिष्ट परिश्थितिमा गिरिजा कोइरालाको नेतृत्वलाई सबैले स्विकारेको तथ्यलाई कांग्रेसले भविष्यको आफ्नो अकण्टक राज्यको रुपमा लिन थालेको जस्तो छ। ०७ साल र ०४६ सालको ब्याजमा ०६२-६३ सालको सावाँ पनि मिसाएर इतिहासको पानामा सबैभन्दा बढी जस आफ्नै नाममा लेखाउने उपक्रममा कांग्रेसले भविष्यको चिन्ता गर्न छोडेको छ।
 
Posted on 01-29-07 2:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गिरिजा पछि को र के भन्ने प्रश्न उठ्न थालेको छ कांग्रेसमा। तर यो प्रश्न उठ्ने स्थिति किन बन्यो? के एउटा आधुनिक राजनीतिक दल एउटा नेताको अवसान पछि नेतृत्वको संकटमा पर्न सक्छ? नयाँ नेतृत्वको विकास र संवर्धनलाई रोक्नालेनै यो स्थिति आएको हो। ०७ सालले जन्माएको नेतृत्वले अझै कांग्रेसको लगाम थामिरहेछ। त्यसपछिको यति लामो कालखण्डमा गिरिजाको विकल्प निस्कन सकेन?
नेतृत्व प्रतिस्पर्धाबाट जन्मन्छ र 'प्रतिस्पर्धा'भन्ने कुरोलाई कांग्रेसभित्र सबैभन्दा बढी घृणा गरिन्छ। कांग्रेसको नेतृत्व कार्यक्रम/विचार को प्रतिस्पर्धाभन्दा परिवारवाद र कृपावादबाट बनेको सबैले देखेका छन्। पार्टी र भातृसंगठनहरुको केन्द्र र जिल्ला तह मात्रै हैन, त्यहाँ भन्दा तल पनि 'टिके' कमिटि बनाईन्छ। यस्तो 'टिके' परम्पराबाट गतिलो नया नेतृत्व निस्कन असम्भव जस्तै त हुनेनै भयो।
स्थापना भन्दा थोरैमात्र फरक विचार राख्ने प्रतिस्पर्धी नेतृत्व जन्मिन आँट्यो भने कसरी छि:छि: दूर दूर गरिन्छ र त्यस्तो नेतृत्वलाई कलिलैमा निमोठ्न खोजिन्छ भन्ने कुरो त गगन थापालाई गरिएको ब्यबहारबाटै थाहा हुन्छ। भविष्यप्रति चिन्तित दलले त गगन थापा जस्ताको उदयलाई खुशीले हेर्नुपर्ने हो र अझ बढी अवसर दिएर परिपक्व बनाउनुपर्ने हो, किनभने, अवसरसंगै चुनौतीहरु आउँछन् र चुनौतीहरुलेनै नेतृत्वलाई परिपक्व बनाउँछन्।
*****************
म कांग्रेससंग आवध्द व्यक्ति हैन, तर मलाई के लाग्छ भने नेपाललाई आधुनिक संगठन भएको, बलियो र प्रतिस्पर्धी नेपाली कांग्रेस अथबा यो जस्तै कुनै अर्को राजनीतिक/आर्थिक विचारमा मध्यमार्गी दल चाहिन्छ। तर कांग्रेस हिँडिरहेको दिशाले यो संकेत दिँदैनन्।
एमालेजस्ता दलहरु दोधारमा छन्। तीनमा रहेको 'कम्युनिष्ट' ट्यागले तीनको अन्तर्राष्ट्रिय पहिचानमा धक्का दिईरहनेछन्, ट्याग छोडुन् भने 'कम्युनिष्ट' शब्दप्रति नेपालमा भने अझै रहेको आकर्षणका कारण, बाँकी कार्यकर्ता र समर्थकहरु माओवादीतिर पूरै लाग्लान् भन्ने डर।

समाधान के त?
मेरो विचारमा कांग्रेस-एमालेभित्रका युवा नेतृत्वले एउटा छुट्टै घोषित/अघोषित मोर्चा बनाएर संगै काम गर्ने बानी बसाल्दै जानुपर्छ। त्यो मोर्चालाई, भविष्यमा आवश्यक पर्दा एउटा छुट्टै लोकतान्त्रिक दलको रुपमा विकास गर्नुपर्छ।
 
Posted on 01-29-07 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal ma Jwai, kangress ko Jwai vanda pani farak naparla.
Raj bahadur (Gyane ko Jwai) jasto haina hai feri, Garib nai chhu, jenten gujara ....

Kasto ramro chhalfal

Punha: Jai Nepal
 
Posted on 01-29-07 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राउनितिको कुरो हुँदैरेछ ल ल जाओस्।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters