- सरोजराज अधिकारी
२०४६ सालको जनआन्दोलनताका खासगरी काठमाडौ“मा एउटा नाम निकै चर्चामा थियो, मार्शलजुलुम शाक्य । आन्दोलनमा नेपाली काङ् ग्रेसका तर्फाट उपत्यका हर्ेने जिम्मेवारी पाएका शाक्य प्रजातन्त्रको पुनःस् थापनास“गै कृष्णप्रसाद भट्टर्राईको नेतृत्वमा बनेको अन्तरमि मन्त्रिपरष्िाद्मा करीब १३ महिना निर्माण तथा यातायातमन्त्रीसमेत भए । त्यसयता १३ वर्षबितेको छ, यतिबेला तिनै शाक्य राजनीतिक परविेशबाट निकै पर मात्र छैनन्, शनैशनै गुमनाम जिन्दगी बिताइरहेका छन् ।
०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र 'कू' गरेलगत्तै आफूस“ग रहेको अमेरकिी विलिस जिपमा 'प्रजातन्त्रको हत्या भयो, तानाशाही शुरू भयो, जनता जनार्दन सावधान †' भन्दै माइकिङ् गर्दै हि“डेको हिजैजस्तो लाग्छ उनलाई । ०१८ सालमा 'जनसेवा काण्ड' का नामले चर्चित सिनेमा हल जलाएको घटनामा पक्राउ परेर लगातार छ वर्षजेल परेका उनले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण ३० वर्षो पञ्चायतकालमा पटकपटक गरी १५ वर्षत जेलमै बिताए । उनकै शब्दमा ०१७ सालपछिको अ“ध्यारा दिनहरूमा राजनीतिमा होमिने धेरै योद्धाजस्तै राजनीतिक परदिृश्यबाट हराएका छन् उनी पनि । किन त - सहज जवाफ छ उनीस“ग । "काङ्ग्रेसभित्र परविारवाद, बाहुनवाद हावी भयो, जसका कारण कार्यकर्ताको सही मूल्याङ्कन हुन सकेन," लामो ओभरकोट स्याहार्दै शाक्यले भने, "यतिबेला राजनीतिभन्दा मानव अधिकारवादी गतिविधिमा बढी संलग्न छु ।" अन्तरमि सरकारमा मन्त्री रह“दा आर्थिक विवादमा पनि तानिएका शाक्य पछि आफै“ राजनीतिबाट टाढा हुन पुगे ।
झापा आन्दोलनका एक हस्ती मोहनचन्द्र अधिकारीले संलग्नताका हिसाबले पा“च दशक बिताइसकेका छन् राजनीतिमा । लगातार १६ वर्षजेल बसेको इतिहास पनि छ उनीस“ग । माले-मार्क्सवादी एकीकरणपछि बनेको नेकपा -एमाले) का पोलिटब्युरो सदस्य अधिकारीको राजनीतिक जीवन यतिबेला सल्लाहकार समितिका करीब तीन दर्जन सदस्यमध्ये एकमा सीमित छ । त्यसमा पनि गृहस्थी सञ्चालनका बाध्यताले अडिएको बताउ“छन् उनी । "जिम्मेवारी दिएजस्तै काम पनि इमानदारीसाथ पूरा गर्ने हैसियत राख्छु," ६९ वर्षो बुढ्यौलीमा पनि जोश देखाउ“दै उनी भन्छन्, "तर, त्यसका लागि कसैको गुलामी गर्नु मेरो स् वाभिमानले दि“दैन ।"
०५४ सालमा पार्टर्ीीवभाजनताका मालेतिर लाग्नुको 'सजाय' भोगेका छन् उनले पनि । फुटेर जानेलाई सजाय दिनर्ुपर्छ भन्ने मानसिकताबाट ग्रस् त एमाले नेतृत्वको उपेक्षाले उनलाई रत्नपार्कमा 'कोटी होम' सञ्चालन गर्ने अवस्थासम्म पुर्यायो । अनि, द्वन्द्वात्मक भौतिकवादीले 'कोटी होम' गर्ने त - भन्ने प्रश्न निकै बिझ्छ उनलाई । "काम नपाएर फाल्तु बस्नुको पीडा शायद तपाईंलाई थाहा छैन," उनी आफ्नो गल्ती स्वीकार्छन्, "हो, कोटीहोम सञ्चालन गर्नु मेरो जीवनकै ठूलो गल्ती थियो । झन् त्यसलाई राजा ज्ञानेन्द्रलाई रभिmाउन गरएिको भनेर अर्थ्याइ“दा म मर्माहत भएको छु । " तानाशाहीका विरुद्ध ५० वर्षम्म लडेको तथ्य नबिर्सिदिन आग्रह गर्दै उनी थप्छन्, "०६२/६३ को आन्दोलनमा पनि मैले सक्रिय सहभागिता जनाएको छु । मेरो टाउको फुटेको छ ।"
माले-मार्क्सवादीको एकीकरणपछिको एमालेमा मोहनचन्द्रजस्तै पोलिटब्युरो सदस्य थिए, केशरमणि पोखरेल । 'हर्रर्ेेर्े काण्ड' का नाइकेमध्ये एक थिए उनी । ०२५/२६ सालतिर अर्घर्ाा“चीमा भएको ठूलो किसान आन्दोलनका अगुवा पोखरेल बौद्धिक नेताका रूपमा समेत चिनिन्थे । सूचना 'लिक' गरेको अभियोगमा एमालेले निकालेपछि काङ् ग्रेसमा आबद्ध भएका उनी पनि यतिबेला गुमनाम छन् । ०५१ सालको संसदीय निर्वाचनमा नेकपा - एमाले) का तर्फाट काठमाडौ“ क्षेत्र नम्बर १ बाट चुनाव जितेका नारायण ढकाल पनि लामो समय राजनीतिक मैदानमा रहन सकेनन् । केही समयको सक्रिय राजनीतिपछि 'बुट पालिस' नामले चर्चित ०३१ सालको साहित्यिक आन्दोलनका एक अगुवा ढकाल अहिले पर्ूण्ारूपमा साहित्यिक संसारमै फर्किएका छन् । "नोकरशाही मानसिकताबाट ग्रस् त राजनीतिक संस्थाहरूमा म अटाउन सकिन“," राजनीतिक मैदान छाड्नुका पछाडिको मूल कारण बताउ“छन् ढकाल ।
०१४ सालको भद्र अवज्ञा आन्दोलनबाट राजनीतिमा सङ्गठित ओमकार श्रेष्ठ लगातार १० र पटकपटक गरी १४ वर्षजेल बसे पञ्चायतकालमा । प्रजातन्त्र पुनःस्थापनापछि तीनपटक मन्त्री भएर आधा दर्जनभन्दा बढी मन्त्रालयहरूको जिम्मेवारी सम्हालिसकेका छन् उनले । तर, चाइना साउथवेष्ट एयरलाइन्सको विमान भाडामा लिने विवादास्पद निर्ण्र्ााश्रेष्ठ पर्यटन तथा नागरकि उड्डयनमन्त्री छ“दा नै भएको थियो । नेपाली काङ् ग्रेसको केन्द्रीय सदस्यसमेत भए उनी । तर, यतिबेला राजनीतिक चर्चा-परचिर्चाभन्दा बाहिर छन् । "असल हुनर्ुपर्छ, असल गर्नुपर्छ भन्ने आदर्श बोकेर राजनीतिमा लागेको थिए“," श्रेष्ठ भन्छन्, "अहिलेको लहैलहैमा लाग्न सकिन“ । परविर्तन गर्न सक्ने अवस्थामा पनि छैन, त्यसैले चुप बसेको छु ।"
खासगरी काङ्ग्रेसको राजनीतिमा काठमाडौ“को मान्छे किन कहिल्यै अगाडि बढ्न सकेन - यस प्रश्नको उत्तर नपाएर आफ“ै आजित छन् उनी । काङ् ग्रेसको पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस् यमा हारेपछि आफ्नो राजनीतिक सक्रियता ह्वात्तै घटेको उनी स्वयम् स्वीकार्छन् । "सभापतिले गर्ने मनोनयनमा पनि 'एस म्यान' र परविारका मान्छेले मात्र स्थान पाए । काङ्ग्रेस पार्टर्ीी तो रहेन," श्रेष्ठको निष्कर्षछ, "सिद्धान्त त प्रजातान्त्रिक नै छ तर स्वरूपमा तानाशाही संस् थाजस्तो भयो । "
काङ्ग्रेसको राजनीतिमा परविारवाद - कोइरालावाद) हावी भयो र ओझेलमा परयिो भनेर गुनासो गर्नेहरू प्रशस्त छन् । तर, त्यही कोइराला परविारका एक सदस्य विपीन कोइराला भने कोइराला थर नै आफ्ना लागि अभिशाप भएको बताउ“छन् । "आफूलाई 'ए ग्रेड' को कोइराला ठान्नेहरूकै घरमा राजनीति गर्नेको सङ्ख्या धेरै भएपछि म 'सी ग्रेड' को कोइराला," नेपाल विद्यार्थी सङ्घका संस्थापक अध्यक्ष विपीन भन्छन्, "पृथक् किसिमले राजनीति अघि बढाउ“ भन्यो भने 'ए यो त कोइराला परविारको मान्छे' भन्छन् ।" प्रजातन्त्र पुनः स्थापनाका लागि ०२० सालमा 'ब्लड सिग्नेचर' गर्नेमध्येका एक विपीन ०५४ सालमा काङ्ग्रेस-राप्रपालगायतको संयुक्त सरकारमा करीब चार महिना स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।
०३२ देखि ०४२ र ०५२ देखि ०६२ सम्म गरेर २० वर्षकाङ्ग्रेसका सिन्धुली जिल्ला सभापति रहेका विपीन राष्ट्रियताका सवालमा आफ्नो सम्झौताहीन अडानले पनि आफूलाई पछि पारेको हुनसक्ने अनुमान गर्छन् । "काङ्ग्रेसको राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालाको पालाको प्राथमिकता पर्ूण्ारूपमा बदलिएको छ । पहिला राष्ट्रियता, प्रजातन्त्र, पार्टर्ीी व्यक्ति प्रधान थिए, अहिले व्यक्ति, पार्टर्ीीप्रजातन्त्र र अनि मात्र राष्ट्रियता आउ“छ," विपीन भन्छन्, "पद प्राप्तिकै लागि आफ्नो अडानमा विचलन ल्याउन मैले चाहिन“ ।" अरू अम्मल छाड् न सके पनि राजनीति छाड्न नसकिने भएकाले चर्चाबाहिर रहेर पनि आफू राजनीतिबाट अलग नभएको दाबी छ उनको ।
मार्शलजुलुम हुन् वा मोहनचन्द्र, ओमकार हुन् वा विपीन । मूलभूत रूपमा सिद्धान्तबाट विचलित नभए पनि राष्ट्रिय राजनीतिक परदिृश्यबाट ओझेलमा परेका धेरै राजनीतिकर्मीमध्येका प्रतिनिधि पात्र मात्र हुन् । नेपाली काङ्ग्रेसका बद्रीनारायण बस् नेत, कुवेर शर्मा, नारायणसिंह पुन, प्रकाश कोइराला, एमालेका र एमालेबाट माले भएका राधाकृष्ण मैनाली, सलिममिया अन्सारी, देवी ओझा, कमल चौलागाईं, हिरण्यलाल श्रेष्ठ, प्रेमबहादुर सिंह आदि, पद र तथाकथित प्रतिष्ठाका लागि सैद्धान्तिक रूपमै विचलित हुने यस्ता राजनीतिकर्मीहरूको फेहरस्ि त त झन् लामो छ । कुनै बेला चर्का क्रान्तिकारी कुरा गर्ने यिनीहरूले आफूलाई अन्ततः राजा ज्ञानेन्द्रको शाही शासनको मतियारका रूपमा उभ्याए ।
शैलजा आचार्य र तारानाथ रानाभाट, यी यस्ता नाम हुन्, जसस“ग राजनीतिक मैदानमा टेक्ने फेद र समाउने हा“गो दुवै थियो । सीधै प्रतिगामी कित्तामा नहोमिए पनि आफूलाई समयसापेक्ष परविर्तन गर्न नसक्दा शनैशनै अहिलेको राजनीतिक परदिृश्यबाट बाहिर पुगिसकेका छन् उनीहरू । नेपाली काङ्ग्रेसको उप-सभापति रहिसकेकी आचार्य अबको केही सातामै महामहिम राजदूत बनेर भारतका लागि बाटो तताउने तयारी गर्दैर्छिन् । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाकी भान्जी आचार्यको त्यही राजदूतमा भएको सिफारसिको विषय पनि विवादमा तानिएको छ ।
त्यसैगरी प्रतिनिधिसभा पुनःस्थापनास“गै आफ्नो पदबाट राजीनामा दिनुपर्ने अवस्थाको सिर्जना हुनु संसद् नरहेको अवस्थामा समेत सभामुख रहेका रानाभाटको जीवनकै ठूलो विडम्बना हो । लोभमा परेर जनआन्दोलन-२ का बेला त्यसप्रति नैतिक र्समर्थनसमेत जनाउन नचाहेका रानाभाटस“ग यतिबेला नेपालको संसदीय इतिहासमा सबैभन्दा बढी समय सभामुख रहनुको इतिहास मात्र बा“की छ । विपीनकै शब्दमा राजनीति यस्तो कुरा हो जहा“, पद भए सबै थोक छ, नभए केही छैन । र, राजनीतिज्ञहरू - ओमकारको यस भनाइमा धेरै दम छ, "हा“डीभित्रका मकै हुन्, राम्ररी नचलाइ“दा केही का“चै रहन्छन्, केही बढी चलाइएर हा“डीबाटै उछिट्टन्िछन् ।"
http://kantipuronline.com/Nepal/rajniti.ph