गिरिजालाई दुई घण्टा थुनियो
अँ म तपाईंलाई राजदरबार घटनाका बारेमा बताउँदै थिएँ ।
घटनामा महाराजाधिराज वीरेन्द्र सरकारको वंश सखाप भयो, तर ज्ञानेन्द्र सरकारतर्फका कसैलाई केही भएन । के यस्तो हुन सम्भव हुन्छ ? यसबाट पनि दुनियाँले बुझ्नुपर्ने हो नि वास्तविकता के हो भनेर ।
मैले जिज्ञासा राखें "तर कोमल सरकार त घाइते भएर अस्पताल भर्ना होइबक्सेको थियो नि त ?"
"अलिअलि नाटक त देखाउनका लागि पनि गर्नुपर्यो नि" उनले भनिन् "वास्तवमा भन्नुहुन्छ भने कोमल सरकारलाई केही भएकै थिएन । सब नाटक गर्या हो ।कोमल सरकारले छानबिन आयोगलाई दिएको बयानमा पनि आफूलाई गोली नलागेको, गोली लागेर ढल्दा शान्ति सरकारको जिउले थिचिएको कुरा बताइबक्सनु भएको छ । प्रमाणको लागि बरु तपाईंले त्यो प्रतिवेदन हेर्नु भए हुन्छ ।" मैले अघिल्लो दिन पढ्न भनि छाडिदिएको छानबिन समितिको प्रतिवेदनको फोटोकपी मतिर अघि सार्दै उनले भनिन् ।त्यसदिन त्रिभुवन सदनमा आयोजित पारिवारिक कार्यक्रममा म पनि गएको थिएँ । श्री ५ युवराजाधिराज सरकार अलिक चाँडै सुकला भइबक्सन गएको सुनें । केही समयपश्चात् गोली चलेको आवाज आयो र त्यो गोली सिलिङमा लाग्यो । त्यसपश्चात् श्री ५ महाराजाधिराज वीरेन्द्र सरकारको घाँटीको दाहिने भागमा गोली लागेको देखें । कुमार गोरख र कुमार खड्गलाई पनि गोली लाग्यो । त्यसपछि मलाई पनि पछाडिबाट धक्का लाग्यो र म लडें । त्यतिबेला मलाई सास फेर्न कठिनाई भएको महशुस भयो । शान्ति राज्यलक्ष्मी म माथि पर्यो र उहाँको रगत मेरो टाउकोमा लाग्यो ।
अधिराजकुमारी कोमललाई केही पनि नभएको कुरा छानबीन आयेगसँगको बयानमा वर्तमान युवराज तथा तत्कालिन शाहजादा पारसले समेत स्वीकारेका छन् । उनको बयान भनी प्रतिवेदनमा उल्लेखित सन्दर्भ यस्तो छः
त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठिबक्सिराथ्यो, ढलिबक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले घचेटेर उठेको देखें । म ज्भउि गरेर उठाएँ मुमालाई । म ठीक छैन, म ठीक छैन भन्नुभयो, माथबाट पनि रगत आइराखेको रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि कहाँ लागेको भन्दा यहाँ लागेको छ हुकुम भयो, माथपनि चेक गरें मैले, केहिपनि छैन ।घटनापछि घाइतेहरुलाई प्रशस्तै अप्रेसन थिएटर, डाक्टरहरु भएका नजिकका सुविधासम्पन्न वीर अस्पताल र टिचिङ अस्पताल नलगेर सैनिक अस्पताल लगियो नि, त्यो पनि ग्रायन्ड डिजाइनअन्तर्गत नै हो । जहाँ ड्युटीमा डाक्टरहरु त थिएनन् नै अप्रेसन थिएटर पनि पुग्दो थिएनन् । अप्रेसन थिएटरको अभावमा घाइतेहरुलाई भुईंमा सुताएर अप्रेसन गरिएको थियो । अप्रेसनका लागि २४ जना डाक्रहरु टिचिङ् हस्पिटलबाट लगिएको थियो । जब डाक्टर नै टिचिङबाट लानु छ भने विरामीलाई नै टिचिङ लगेको भए भइहाल्थ्यो नि ।मलाई लाग्छ, नजिकको अस्पतालमा लैजाँदा कोही न कोही बाँचिबक्सन्छ भनेर नियोजित तरिकाले सुविधा नभएको टाढाको सैनिक अस्पताल लगिएको हो ।
अर्को महत्वपूर्ण र दुनियाँले थाहा पाउनै पर्ने कुरा के हो भने समयमै उपचार पाएको भए, अर्थात् भनूँ नजिकको अस्पताल लगेको भए श्रुति सरकार र धीरेन्द्र सरकार बाँची बक्सन्थ्यो । घाइते अवस्थामा उद्धार गर्ने कर्मचारीहरुले भने अनुसार श्रुति सरकार र धीरेन्द्र सरकारलाई गोलीको सामान्य छर्रामात्रै लागेको थियो भन्थे । तर उहाँहरुलाई उपचार नगरेरै मृत्युको साथ लगाइयो ।
घटनाबारे थाहा पाए लगत्तै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला घटनास्थल गएका थिए । उनलाई देख्ने बित्तिकै मुमा बडामहारानी सरकारले "यो पिलन्धरे बाहुनलाई यहाँ कसले आउन दियो ? तुरुन्त सैनिक क्याम्पमा लगेर थुनिहाल" भनेर हुकुम भएछ ।मुमा बडामहारानीको आदेश शिरोपर गर्दै प्रधानमन्त्रीलाई सेनाले दुई घण्टासम्म ब्यारेकमा लगेर एक्लै थुनेर राखेछन् । दुई घण्टापछि राजपरिषद्का सभापति डा. केशरजंग रायमाझी आएर कोइरालालाई घटनाबारे बताएछन् । साथै, उनले अनुकूल वातावरण तयार गर्नका लागि मुमा बडामहारानीबाट हुकुम भएको कुरा
सुनाएछन् । घटनास्थल हेर्न जाँदा आफूलाई दुई घण्टा थुनिएको कुरा त गिरिजाप्र्रसादले त्यसै बेला पनि भनेका थिए । त्यतिमात्रै होइन, घटनाबारे पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तारानाथ रानाभाटको प्रतिवेदन छ नि त्यो सब नाटक हो । उपाध्याय र रानाभाटले दरबारको गोटी बनेर गरेको नाटक । वास्तवमा त्यो आयोगमा बस्न अस्वीकार गरेर माधव नेपालले एकदम ठीक गरें ।
व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मलाई माधव नेपाल मान्छे पटक्कै मन पर्दैन । तर राजदरबार हत्याकाण्डको छानबिनका लागि ठन गरिएको नौटंकी आयोगमा नबस्ने भनेर जुन निर्णय लिए नि, त्यो एकदम ठीक निर्णय लिए । मलाई लाग्छ, दरबार भित्रको कुनै सूत्रबाट षड्यन्त्र ढाकछोपका लागि गोटी बनाइदैछ भन्ने थाहा पाएरै उनले छानबिन आयोगमा बस्न अस्वीकार गरेका हुन् । यो कुरा तपाईंले उनैलाई सोधेर प्रस्ट भए हुन्छ ।"तपाईंले छानबिन आयोग गठन र उसको प्रतिवेदनलाई षड्यन्त्र ढाकछोपका लागि गरिएको नाटक हो भन्नुभयो । त्यसको आधार चाहिं के हो ?" मेरो सहज जिज्ञासा थियो ।"त्यो आयोगले बयानका नाममा कस्ता चाकरीका प्रश्न गरेको छ त्यहीं हेर्नुस् न, त्यसबाटै वास्तविकता खुलिहाल्छ नि ?" उनले भनिन् । त्यसपछि मैले साथैमा भएको छानबिन प्रतिवेदन पल्टाउन थालें । बीस नम्बर पेजमा नवघोषित बडामहारानी कोमललाई यस्तो प्रश्न गरेको पाइयो ।
सरकार, नारायणहिटी राजदरबारमा यही १९ गते घटित घटनामा सरकारको गाथमासमेत चोट लागेको भन्ने खबरले हामीलाई मर्माहत तुल्याएको छ । सरकारको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सरकारमा श्री ५ महाराजाधिराज सरकारबाट उक्त घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन हुकुम भई गठित उच्चस्तरीय समितिको तर्फबाट घटना घटेको समयमा सरकारसमेतको समुपस्थिति थियो भन्ने जानकारी प्राप्त भएकोले सरकारलाई सो सम्बन्धमा भएको जानकारी यस समितिलाई उपलब्ध भएको खण्डमा समितिलाई आप\mनो कार्य सम्पादनमा सहयोग पुग्ने दृष्टिकोणले हामी यहाँ उपस्थित भएका छौं । सरकारको स्वास्थ्यलाई विचार गर्दै सरकारबाट यस समितिलाई त्यस घटनाका सम्बन्धमा केही जानकारी निगाह बक्स हुन्छ कि ?
त्यसैगरी तत्कालीन शाहजादा तथा वर्तमान युवराजलाई यस्ता प्रश्न सोधिएको देखियो ।
सरकार, दरबारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहिं हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पथ्र्यो कि ?उपरोक्त अंशहरु मैले पढेर सुनाएँ । त्यसपछि उनले भनिन्, "अब तपाईं आफै भन्नुस्, त्यो छानिबन आयोगले सोध्ने प्रश्न हो कि चाकरी हो ?त्यो आयोग प्रायोजित हो भनेर मैले ती प्रश्नहरुका आधारमा मात्रै भनेकी होइन, मुख्यआधार त घटनास्थलको मेडिकल रिपोर्टका लागि डाक्टरहरुलाई दिइएको निर्देशन हो ।मैले थाहा पाएअनुसार हत्याकाण्ड भएको पर्सिपल्ट रगत सफा गर्नु अगावै वीर अस्पतालमा कार्यरत डा. दिनेश गंगोललाई राजदरबारमा बोलाएर अनुकूल प्रतिवेदन बनाउनका लागि सहयोग गर्न निर्देशन दिइएछ । निर्देशन सुनिसकेपछि उनलाई घटनास्थल देखाउन लगिएछ । जताततै मासुका चोक्टा र रगतको आहाल देखेपछि उनी त्यही बेहोस् भएछन् । त्यसपछि "यसबाट काम हुँदैन" भनेर डा. उपेन्द्र देवकोटालाई त्यो कामको जिम्मा दिइएको थियो ।
त्यही गुनबापत पछि डा. उपेन्द्र देवकोटाले होइन भनेर खण्डन गर्न सक्छन् । तर राजदरबारको कर्मचारी भएर हामीले देखेको वास्तविकता भनेको यही हो ।अर्को कुरा अधिराजकुमार पद छाडेपछि जन्मोत्सवका पार्टीहरुमा बाहेक नियमित पार्टीहरुमा धीरेन्द्र सरकारको कहिल्यै उपस्थित हुँदैनथ्यो । आश्चर्यको कुरा चाहिं के हो भने त्यो दिनको पार्टीमा धीरेन्द्र सरकारको उपस्थिति थियो । तर पार्टीमा नियमित उपस्थित हुने अधिराजकुमार ज्ञानेन्द्र सरकार भने कसैलाई जानकारी नै नदिई रहस्यमय तरिकाले अनुपस्थित होइबक्सेको थियो । मलाई लाग्छ, षड्यन्त्रको तयारीका बारेमा कोमल सरकारलाई पनि जानकारी थिएन । यसबाट पनि बुझ्न सक्नुहुन्छ, घटनाको रहस्य ।"मान्छेहरु राजदरबार घटनामा राजपरिवारका सदस्यसँगै अरु थुप्रै कर्मचारी मरेको आशंका गर्छन्, वास्तविकता के हो ?" मैले आम मानिसमा रहेको जिज्ञासा राखें ।"त्यो सब केही पनि होइन, घटनामा मारिएको कर्मचारी भनेको मेरा श्रीमान् मात्रै हुन् । तर राजदरबारले फलानो पनि मारियो है भनेर नभनिदिएकोमा चाहिं मेरो ठूलो चित्त दुखाइ छ । अस्ति -केही महिनाअघि) आएको बेला मेरा सानो छोराले पनि त्यही गुनासो गर्दै थियो । मारिनेहरु सबैको नाम भनियो तर हाम्रो बाबाको नाम किन नभनेको होला ? भनेर । वास्तविकता तपाईंलाई भनूँ, मैले राजदरबार छाड्ने कारण नै त्यही हो । हुन त मुमा बडामहारानी सरकारले काम गर्न भनिबक्सँदै थियो । तर पनि मलाई काम गर्नै मन लागेन । त्यहाँको षड्यन्त्र, जालझेल, रक्तपात, चुक्लीबाजी सब देखेर राजसंस्थाप्रतिको मेरो आस्था र विश्वास नै मर्यो, त्यही भएर काम छाडिदिएँ ।
अब म टेन्सनमुक्त भएर छोरा बुहारीसँगै शान्तिपूर्वक बाँच्न चाहन्छु ।"
-पत्रकार कृष्ण अविरलद्वारा लिखित खोजमूलक उपन्यास ँरक्तकुण्ड’बाट)
सभार्: सभार्: क्लिक् धरान डट् कम