something to read
मुलुकमा संविधानसभा निर्वाचन हुन नदिने अनेक षड्यन्त्रहरू भइरहेकै बेला मलाई २०३६ सालको जनमतसङ् ग्रहताकाको एउटा घटना सम्झना भइरहेछ । म त्यसताका इन्धन संस् थानको महाप्रबन्धक -जीएम) थिए“ । मेचीदेखि महाकालीसम्म कार्यक्ष्ँेत्र भएकाले देश दौडाहामा गइरहन्थ“े । जनमतसङ् ग्रहको घोषणालगत्तै म धनगढी पुगेको थिए“ । त्यहा“का पाण्डे थरका अञ्चलाधीशले आएर भने, "कोइरालाजी, तत्काल काठमाडौ“ गइहाल्नूस् । गृहमन्त्रीको फोन आएको थियो । अति जरुरी छ रे †"
गृहमन्त्री थिए, नवराज सुवेदी । उनी मेरा सहपाठी थिए सानैदेखिका । मैले धनगढीबाट उनलाई फोन गरे“ । "कतै अलमल नगरी तुरुन्तै काठमाडौ“ आइहाल्नुपर्यो," सुवेदीले भने । म डराए“ । परविारमा कतै अनिष्ट पो भएछ कि भन्ने आशङ्का भयो । खास कुरा के हो भनेर मैले गृहमन्त्रीस“ग सोधे“ । उनले भने, "यहा“ प्रधानमन्त्रीले खोज्या खोज्यै छन् । आइहाल्नूस् ।"
म सेनाको 'स्काई भ्यान' मार्फ तत्काल काठमाडौ“ फर्कें । र्सर्ूयबहादुर थापा थिए, प्रधानमन्त्री । भोलिपल्ट बिहानै सरासर प्रधानमन्त्री निवास पुगे“ । केही मन्त्रीलगायत थुप्रै मान्छेको भीड थियो । देशको प्रधानमन्त्रीले मजस्तो जीएमलाई किन खोजेका होलान् भन्ने कौतूहल थियो मनमा । केहीबेरमै प्रधानमन्त्रीका पीए नरेन्द्र कटुवाल आएर भने, "आज प्रधानमन्त्रीले कसैलाई पनि भेट्नुहुन्न । तपाईंहरू जानुभए हुन्छ ।" अन्य आगन्तुकस“गै म पनि र्फकने तयारीमा थिए“ । तर, कटुवालले च्याप्प मेरो हात समाते । अरू सबै गइसकेपछि उनले भने, "तपाईं एकछिन बस्नूस् । प्रधानमन्त्रीज्यूले भेट्न खोज्नुभा'छ ।" केहीबेरपछि प्रधानमन्त्रीले माथि बोलाए । "तपाईं नै हो जीएम -" उनले भने । प्रधानमन्त्री केही भन्न खोज्दै थिए तर अकमकाए । "ठीक छ, अहिले नै गएर वनमन्त्रीलाई भेटिहाल्नूस्," उनले आदेश दिए ।
आज्ञा शिरोपर गर्दै म सरासर वनमन्त्रीलाई भेट्न मन्त्रीनिवास पुगे“ । 'प्रधानमन्त्रीले पठाएर आएको,' मैले जानकारी गराए“ । तर, वनमन्त्री मकेश्वरप्रसाद सिंहले पनि केही भनेनन् । "प्रधानमन्त्रीले नै सबै कुरा भन्नुभएन र -" उनको प्रत्रि्रश्न थियो । मलाई दिक्क लाग्यो । खास कुरा बुझ्न सकेको थिइन“ । पुनः सरासर प्रधानमन्त्रीकहा“ गए“ । दोस्रँेपटक चाहि“ प्रधानमन्त्रीले खुलेरै भने, "जनमतसङ्ग्रह आउन लाग्यो । हामीस“ग पैसाको कमी छ । तपार्इं इन्धन संस् थानमा हुनुह“ुदोरहेछ । त्यहा“ त पैसा उठ्छ रे † काठ भारत निकासी गर्दा पैसा आउ“छ रे † काठको रोयल्टी अलि बढी उठाउनुपर्यो नि, कसो - अरूलाई पनि उठाउन भन्या'छु ।"
म त छा“गाबाट खसेझै“ भए“ । "प्रधानमन्त्रीज्यू, मैले अहिलेसम्म नगरेको काम । एकाधले गरे होलान् तर यसबारेमा मलाई थाहा भएन," मेरो यस्तो जवाफ सुनेर प्रधानमन्त्री थापा एकाएक ताते । राजाबाहेक अरूको नाइनास्ती नसुन्ने प्रधानमन्त्रीले कड्कि“दै भने, "हर्ेर्नूस्, पैसा चाहिएको भन्या सरकारलाई हो । तपाईंले उठाउन सक्नुहुन्छ भने उठाउनूस्, सक्नुहुन्न भने अर्को मान्छे ल्याएर भए पनि उठाउनु त पर'िगो । गर्ने/नगर्ने निर्ण्र्ाागर्न तपार्इंलाई म २४ घण्टाको म्याद दिन्छु ।"
मैले भने“, "गर्दै नगरेको काम कसरी हुन्छ भनौ“ -" मेरो कुरा भुइ“मा खस्न नपाउ“दै प्रधानमन्त्रीले भने, "त्यसैले त तपाईंलाई २४ घण्टाको म्याद दिएको हो । सोच्नूस् । " म बडो अप्ठ्यारोमा परे“ । मेरा केही मित्रहरू दरबारनिकट थिए । मलाई जुन काम गर्न भनिएको छ, त्यसमा दरबारको सहमति छ कि छैन - राजालाई जानकारी छ कि छैन - आदि जिज्ञासा तिनै मित्रहरूमार्फ राजासम्म पुर्याए“ । काठ भारत निकासी गर्न दिएर पैसा जोहो गर्ने सर्न्दर्भमा दरबारको असहमति नरहेको खबर मलाई मित्रहरूले सुनाए । अर्थात्, प्रधानमन्त्रीले जुन काम मलाई अह्राए, त्यसबारे दरबारलाई पनि जानकारी रहेछ । त्यसो हो भने 'लौ त गर्नैपर्यो' भन्दै म धनगढीतर्फलाग्ने सुरसार कस्न थाले“ ।
सुदूरपश्चिममा त्यहीबेला राजाको सवारीको पनि तयारी हु“दै थियो । प्रधानमन्त्रीले 'तपार्इं भोलि नै धनगढी पुग्नूस्, हामी पनि आउ“दैछौ“' भनेका थिए । तर, राजाको सवारी हुने भएकाले जहाजको टिकट 'प्याक' थियो । "कसरी भोलि नै पुग्न सकिन्छ र -" मैले भने“ । प्रधानमन्त्रीले जङ्गि“दै भने, "जसरी भए पनि पुग्नूस्, त्यो तपार्इंको ड्युटी हो, मलाई थाहा हुने कुरा भएन । " लखनउबाट दिल्ली हु“दै महेन्द्रनगर पुग्दा प्रधानमन्त्री थापा दरबारका सचिव रञ्जनराज खनालस“गै एयरपोर्टमा भेटिए । "ल आजैबाट काम थाल्नूस्," थापाले आदेश दिए ।
महेन्द्रनगरमा इन्धनका क्षेत्रीय प्रबन्धकलाई प्रधानमन्त्रीले भनेका सबै कुरा सुनँए“ । अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीलाई सबै कुरा थाहा भइसकेको थियो । उनीहरूले मेरो खातिरदारी पहिलेभन्दा भव्य गरे । तर, धनगढीका तत्कालीन अञ्चलाधीश रत्नबहादुर गुरुङलाई मेरो 'मिसन' बारे जानकारी रहेनछ । उनले बखेडा झिके । शान्ति सुरक्षाको कुरा उठाएर मलाई धनगढीमै रोके । कहा“सम्म भने, सेनामार्फ साङ्केतिक भाषामा मेरो गतिविधि श्ाङ् कास् पद भएको खबर दरबारमा पुर्याए । दरबारबाट 'दिनेशलाई काम गर्न दिनू' भन्ने सङ्केत प्राप्त भयो । महेन्द्रनगर, धनगढी र नेपालगन्जबाट रकम सङ्कलन गरयिो ।
सङ्कलित रकम एउटा ब्रिफकेशमा राखेर म जहाजमा र्फकंदै थिए“ । गर्नैनहुने काम गरयिो भन्ने ग्लानिले हो या अरू के कारणले हो, मलाई बिसञ्चो भयो । काठमाडौ“ अवतरण गरेर घर पुग्नासाथ मैले डाक्टरलाई फोन गरे“ । उनले 'हाइपर टेन्सन' भएको बताए । लगत्तै म वीर अस्पताल भर्ना भए“ । प्रधानमन्त्रीका पीए नरेन्द्र कटुवाल दौडदै अस्पतालमै भेट्न आइपुगे । उनले 'प्रधानमन्त्रीले सञ्चो-बिसञ्चो सोध्नुभा'छ, ठीकठाक छ -' भन्दै अन्त्यमा पैसाकै कुरा उप्काए । मैले भने“, "म अस्पतालमा छु । पैसा घरमा छ, भाइलाई खबर गर्या'छु । दिउ“सो आउनूस्, उपलब्ध गराउ“छु ।" दिउ“सो कटुवाल पुनः वीर अस्पताल आए । मैले एउटा ब्रिफकेश उनको हातमा थमाइदिए“, जुन सोझै प्रधानमन्त्रीकहा“ पुग्यो । त्यसमा त्यस् तै बाइस लाख रुपिया“ थियो । म एक जनाबाट त्यति रकम जम्मा गर्नेहरूले मुलुकभरबिाट निर्दललाई जिताउन कति रकम जम्मा पारे होलान् -
प्रस्तुति ः कुसुम भट्टर्राई
http://kantipuronline.com/Nepal/smaran.php