स्वागतमा target=_blank>http://www.mahanagardaily.com/news.php?go=fullnews&newsid=3360
स्वागतमा पञ्चकन्या होइन र्सवकन्या परम्परा बसाल्नुपर्नेमा जोड
काठमाडौँ, (महानगर)। नेपालको चारदिने भ्रमणका लागि बुधबार राजधानी आइपुग्नुभएका अमेरिकी पूवराष्ट्रपति जिम्मी कार्टरलाई एउटै ड्रेस लगाइएका पञ्चकन्या समूहले परम्परागत रूपमा स्वागत गरियो।
लाग्थ्यो, नेपाल भनेको छिपको धोती, तुना भएको चोली पहिचानमुखी ड्रेस लगाउने खस ब्रा≈मणको मात्र देश हो।
ँएक भाषा एक धर्म एक जाति एक भेष? लादिएको पञ्चेकालीन स्वागत संस्कारलाई अबका दिनमा सुधार गरी र्सवव्यापी लोकतान्त्रीकरण नगरिएमा नयाँ नेपालको कुनै अर्थ नरहने संस्कृतिविद्को भनाइ छ।
देशी-विदेशीको स्वागतार्थ उभ्याइने पञ्चकन्याको ठाउँमा देशमा भएका विभिन्न जात-जातिका पहिरन पहिरिएका कन्यालाई उभ्याउन सके देशको पहिचान पर््रदर्शनमा ठूलो योगदान पुग्नसक्ने पाटन कृष्ण मन्दिरका पूजारी प्रकाशधर शर्मा बताउँछन्।
यसबाट नेपाल बहुजाति, बहुधर्मी, बहु संस्कृतिले सम्पन्न मुलुक भएको देखाउन सक्नुका साथै जातीय सम्बन्ध सुमधुर तुल्याउनसमेत टेवा पुग्नसक्छ।
जातीय अग्राधिकारसहितको सङ्घीय राज्य व्यवस्था र राज्यका हरेक क्षेत्रमा समावेशी सहभागिताको माग भइरहेको वर्तमान परिवेशमा सत्तासीन नेतृत्व तहले पाइला पाइलामा समावेशी सहभागिताका लागि काम थाल्नुपर्ने आजको आवश्यकता हो।
स्वागतार्थ उभ्याइनेमा केटी मात्र नउभ्याई केटापक्षको पनि प्रतिनिधित्व गराइँदा अझै सुनमाथि सुगन्ध हुने तुलसीलाल स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य दुगामान खड्गीको छ।
स्वागत भनेको एउटै पक्ष एकै जातिले मात्र गर्ने नभई नेपालभित्रका सबै समुदायले गरिने प्रतिनिधिको प्रतीक भएका कारण यस अभियानलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ।