[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 रोमान्टिक नेपाली गजल -

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8  
[VIEWED 73654 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-10-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्गको अनुभबको अबसर कस्तो होला ?

रिसाउदा खेरि त फूलै फूलले हिर्काउंछन्
माया जागेको बेला झन् कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरेको शहर कस्तो होला ?



मलाई चढ्न गार्हो छ उनी बस्ने शिखर 
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?





This is a thread for just romantic ghazals...you write the rest....


Last edited: 10-Sep-07 03:16 PM
Last edited: 10-Sep-07 03:16 PM

 
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-26-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ति एकान्त ति आपसी मन्जूरहरु

बिह्वल अचेल बेरोजगार चुकुलहरु ।

 

वार पार गर्दा नत्र भेटिनै पर्ने हो -

कि बनायौं समानान्तर पुलहरु ?

 

कपटी कामिनीको कब्जामा कलेजो

आफ्नो भाग्यमा केबल कबुलहरु !

 

मेरो लिलाम घटाघटको मौकामा

अति नै खुशी कवाडीका हूलहरु !


 
Posted on 01-26-08 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लिलाम घटाघटको मौकामा

अति नै खुशी कवाडीका हूलहरु !

 

वाह! शिरीष गुरु वाह! गजब!


 
Posted on 01-26-08 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो लाग्यो गुरु !

चारवटै शेरहरु एकदम सटिक (छोँटा, मीठा र अति नै अर्थपूर्ण)  छ।

शब्द चयनमा त खुङ्खारै भएर निस्किनु भो त ! डाह लाग्ने गरी !


 
Posted on 01-27-08 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद बिर्खे र भउते

मेरो बैकल्पिक शेर

---

अझ आफ्नो भाउ कति झार्नु पर्ने हो ?

कवाडीले ‍किन्न पनि टालटुलहरु !

 

 


 
Posted on 01-27-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुर्दा कुर्दै सांझ पर्यो पर्खि बसु कती ।
तिम्रो लागि सस्तो भईयो तिमी भयौं मोती ।।


माफी चाहन्छु, यदि मैले गलत दिशा दिएको भए । यो मेरो होइन मेरो साथिको हो । जुन किन किन मलाई मन पर्छ ।
Last edited: 27-Jan-08 09:18 AM

 
Posted on 01-28-08 6:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बेरोजगार चुकुलहरु भन्ने शब्दहेरु, मरीजाम्, हप्तादिनसम्म टाउको वरिपरि घुम्याघुम्यै थे ।

 

त्यसले अझै राम्रो बान्कीको शेर भेटिसक्या छैन है । त्यो मतलामाथी छिनो चलाउन अझै पुग्या छैन ।

 

अनि त्यो समानान्तर पुल वाला र कपटी कामिनी वाला शेर चै चिटिक्क देखिए अब ।

 

अन्तिम शेरले चाही किन हो सौन्दर्यवर्धन गर्न सकेको जस्तो लागेन है गजलको । त्यस्तो शेर धेरै ठाममा पढेर होला ।

 

Nepe


 
Posted on 01-29-08 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Sure Nepe Guru, I will modify and try to make it better. I need more constructive criticisms like this to improve.

In the mean time, one more sher -

 

म भने निन्द्रामै पनि हिडेर आउने 
तिमी भने उठ्नलाई नै टालटुलहरु !


 
Posted on 01-29-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish, I think you are using incorrect confusable.

 

टालटुल = refurbish

आलटाल = Dilly-dallying


 
Posted on 02-03-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे जी

मैले नेपाली dictionary हेरें

आल टाल ब्यबहारलाई टालटुल पनि भनिदो रहेछ !

 

 


 
Posted on 02-03-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाइ थाहा छैन यी शब्दहरुले गजल बन्छन बन्दैनन् तर पनि मलाइ पनि थोरै लेख्न मन लाग्यो

जिउँदो लाश रोएको हेर तिमिलाई फिक्रि हुने भए


जिउँदो लाश रोएको हेर तिमिलाई फिक्रि हुने भए

म बिल गेट्स हुन्थे होला आँशु बिक्रि हुने भए।


 

 
Posted on 02-03-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम मात्र सुन्दा त कानै पवित्र हुने
तिम्रो गुन्जनमा बाँच्न पाउँदा कस्तो होला?

धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे !
सिताराले सजाई राखेको अधर कस्तो होला ?


 
Posted on 02-06-08 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>आल टाल ब्यबहारलाई टालटुल पनि भनिदो रहेछ !

कुन शब्दकोश ? बृहत नेपाली शब्दकोश ? जे भए पनि पर्याय नै चाही सुनिदैन है । निकटार्थी सम्म सुन्न सकिएला । बेकारमा विवादास्पद हुने खतरा किन मोल्नु, म भए refurbish कै अर्थमा प्रयोग गर्थें ।

 

*** *** *** *** ***

>म बिल गेट्स हुन्थे होला आँशु बिक्रि हुने भए।

हाहा ! कविज्यू कत्ति सुधा ! "व्यापारिक प्रतिस्पर्धा" भन्ने कुरा नै थाहा नभए जस्तो । कि बिल गेट्स ले जस्तै Anti-trust law संग भिंड्छु भन्न खोज्नु भएको ?


 
Posted on 02-07-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिउँदो लाश रोएको हेर तिमिलाई फिक्रि हुने भए

म बिल गेट्स हुन्थे होला आँशु बिक्रि हुने भए।

 

हाहाहा झक्कीको प्रयोग गर्नुभएर फुच्चेकेटोजीले!

यो काफियामा गजल कति लामो बनाउन सकिएला???

 

 



 
Posted on 02-07-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepe

Ho chitta bujyo guru timro kura le !


 
Posted on 02-07-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टालटुल र आलटाल!

 

मैले केहि कुरो भनेँ कसैलाई तर तत्कालै त्यो भन्नु उपयूक्त लागेन, र मैले अरु कुराहरु गरेर पहिले भनेको कुरालाई टालटुल गरेँ!

त्यस बाहेक, घरको छाना टालटुल गरे, लुगा टालटुल गरेँ ईत्यादी।

 

मबाट केहि कुरो को अपेक्षा कसैले गर्यो, तर म उक्त कुरा गर्न त्यतिबेला कम्फर्टेबल छैन, र मैले बिभिन्न अरु कुराहरु गरेर मुख्य कुरालाई आलटाल गरेँ!

त्यस बाहेक, पिकनिक जान आलटाल गरेँ, नुहाउन आलटाल गरेँ ईत्यादी।

 

 


 
Posted on 02-07-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेज्यु,

Good illustration.

अनि त्यो काफियाको कुरा चाही, एकबाजी कतै चर्चा भईसक्या पनि हो, केही मान्य अपवादहरु रहेछन्, सजिलोको लागि ।

 

जस्तो:

 

फिक्री

बिक्री

झाँक्री

टुक्री

काँक्री

..क्री

..क्री

..क्री

 

अथवा

 

फिक्री

बिक्री

पानी

जिन्दगी

..की

..खी

..गी

..घी

 

अर्थात् आरम्भिक शेर (मतला) ले काफियाबन्दी निर्धारण गर्ने नभई बरु मतला पछिको पहिलो शेर (अर्थात दोश्रो शेर) ले गर्ने रहेछ ।

Nepe

 

 


 
Posted on 02-09-08 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो आलटाल शब्दले पनि दु:ख दियो मलाई - तर फाईदा ने भो जस्तो लाग्यो !

 

‌++

++

++

आलटाल गर्यौ जब झ्यालबाट हेर्न

ढोका फुटाल्न हतारिए  हूलहरु !

 


 
Posted on 02-10-08 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो फाईदै भएको हो शिरीषलाई । एउटा राम्रो विम्ब भेटियो हाम्रो वर्तमानलाई चित्रण गर्न । चिटिक्क परेको शेर गयो ल ।

 

मैले यसको झण्डै एन्टागोनिस्टिक एउटा शेर रचेको थिएँ, जनआन्दोलन भन्दा नि अघि हो । पुरै गजल कुन थ्रेडमा हो टाँसेको थिएँ, अहँ भेटिएन । अनि मैले उल्लेख गरेको शेर चाही यस्तो थियो ।

 

ढुङ्ग्रो लुका'को भए 'नि मही दिउँ भन्नु

के दिउँ जुलुसलाई, डोको लिएर आयो !


 
Posted on 02-11-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nepe

I am getting smarter ..!! Thank You.

 

One more sher which will definitely be modified.

I think, it has few different aspects to it.

I will explain later.

 

बाथ, औलोलाई उही कन्दमूलहरु
ऊपचारमा परिबर्तन आमूलहरु !

 

 

1. when the only tool you have is a hammer every thing looks like a nail !!

2. It is sarcastic: when considering the same treatment for all the problems.

3. It is true when you consider Hydroxychloroquine to treat both malaria (aulo) and Rheumatoid Arthritis (बाथ) though it is not actually a paribartan. It has been in the practice for long.

4. Politically....you know what I mean.

I think people will understand # 2.

 
Posted on 02-11-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""ढुङ्ग्रो लुका'को भए 'नि मही दिउँ भन्नु

के दिउँ जुलुसलाई, डोको लिएर आयो !""

 

बाफ रे! यो भन्दा अप्ठ्यारो परिस्थिती के होला!

 

शिरीष गुरु मैले त बरु #१,२ र ३ बुझेँ; ४ झन बुझ्न छोडेको चाहिँ बुझिएन!


 



PAGE: <<  1 2 3 4 5 6 7 8  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters