[Show all top banners]

MR_TRUTH
Replies to this thread:

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Better than goat story !
[VIEWED 1220 TIMES]
SAVE! for ease of future access.
Posted on 09-11-07 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think this is more embarrassing news than that of goat story. The title should be "Roads are constructed in same place per party line to appease ego Bhairab in the poorest country." Can you come up with better headline?


(बाँदरहरुको काम बनाउने होइन, बिगार्ने मात्रै, राजदुत,कर्मचारि पद, शिक्षण,प्रग्या त लुछिलुछि खाए, अब देशको माटो पनि भागबण्डा गर्न थाले। शिव शिव ।)



कांग्रेस-एमालेका आआफ्नै सडक

दिनेश घिमिरे/नयाँ पत्रिका

रामेछाप, २४ भदौ





मन नपर्ने मान्छेको बाटै गन्हाउछ भन्ने उखान रामेछापका नेपाली कांग्रेस र नेकपा एमालेका नेता तथा कार्यकर्ताले चरितार्थ गरेका छन् । शक्ति देखाउन खनिएका यस्ता सडक साघुरा
भएकाले गाडी भने कुदेका छैनन् । रामेछापको गेलु र भीरपानीमा अलग-अलग सडक बनेका छन् । यसरी दुइवटा सडकले पुग्ने ठाउमा चारवटा सडक खन्नुपरेको छ । यसले स्थानीय बासिन्दालाई दुःख मात्र भएको छ, गाडी नचलेकाले उपलब्धि केही छैन । एमाले र्समर्थक बस्तीलाई फाइदा पुग्ने गरी सडक बनाइएको भन्दै कांग्रेसले २ सय मिटरमाथिबाट समानान्तर बाटो खनेको छ ।एमाले स्थानीय सत्तामा भएको बेला गेलुमा सिक्राल हुदै पशुपति
मन्दिरबाट बुङदालसम्म सडक खनेको थियो । यसका लागि राष्ट्रिय योजना आयोगको बजेटमा जिल्ला विकास समिति र गाविसले सडक खनाएका
थिए ।

जिल्ला विकास परिषद्ले नै एकमतले पारित गरेर स्थानीय श्रमदानमा समेत खन्न थालिएको सडक बीचमा पुगेपछि विवाद उत्पन्न भएको थियो । एमालेले आफ्ना र्समर्थकको बस्तीतर्फलगेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको थियो ।
विवाद बढ्दै गएपछि कांग्रेसका स्थानीय नेताको नेतृत्वमा दुइ सय मिटर तलबाट समानान्तर सडक खनिएको छ । लोकतन्त्र बहालीपछि कांग्रेस नेता डा. रामशरण महत अर्थमन्त्री भएकाले कांग्रेसले राष्ट्रिय योजना आयोगबाट बजेट छुट्टयाउन सफल भएको हो । कांग्रेसको नेतृत्वमा सादीबाट साबाडाडा हुदै नाटिलासम्म सडक खनिएको छ । यसरी सरकारी पैसा खर्चेर समानान्तर
सडक बनेका छन्, तर पैरोले गर्दा दुवै सडक ट्रयाक्टर पनि नचल्ने भएका छन् ।

उता, भीरपानीमा भने पहिले कांग्रेसले एकलौटी गरेको भन्दै एमालेले नया“ सडक खनेको छ । पहिले सित्का नयाबजारबाट भगवती प्रावि, प्रगतिशील निमावि भलायाखर्क हुदै पकरबासको ठाटीसम्म सडक खनिएको थियो । सडक खनेको पनि तीन वर्षभइसकेको छ । तर, राष्ट्रिय योजना आयोगको बजेटमा बनेको सडकमा असन्तुष्टि व्यक्त गर्दै एमालेले नया सडक खनेको हो । यो सडक गोगनपानीबाट पकरबासको ठाटीसम्म पुगेको छ । तर, राष्ट्रिय योजना आयोगबाट बजेट नपाएको एमालेले २५ लाख रुपैया चन्दा उठाएर सडक बनाएको हो । बजेटको अभावमा खनिएको यो सडक साघुरो भएकाले गाडी चल्न सकेको छैन ।

यसरी पार्टर्ीी राजनीतिजस्तै सडक पनि फरक-फरक बनाएको स्थानीयबासीलाई मन परेको छैन । 'दुवैथरिले मिलेर सडक निर्माण गरेको भए ठूलो र फराकिलो सडक तयार हुने थियो', स्थानीय हरि केसी भन्छन्, 'तर, अहिले दुवैले बनाएका सडकले काम दिएनन् ।'
त्यस्तै, स्थानीय कृष्ण तामाङ पनि निमुखा जनताका पिरमर्कामा सहयोगी हुनुपर्नेमा राजनीतिक दलले पैसा धूलोमा उडाएको आरोप लगाउ“छन् । '२० मिटर पोलिथिन पाइप नभएर पानी खान नपाउने जनता पनि यहा“ छन् । उनीहरूको पिरमर्काबारे ध्यान दिएको भए दलहरूलाई जनताले धन्यवाद दिन्थे' उनी भन्छन् ।

गेलुमा एमालेले बनाएको सडकमा १७ लाख र कांग्रेसले बनाएको सडकमा १३ लाख ५० हजार रुपैया“ सरकारी बजेट खर्च भएको प्राविधिक बताउ“छन् । ७/७ किलोमिटर लामा ती सडक बनाउन ३०/३० लाख रुपैया“ बराबर श्रमदान भएको थियो ।
सडक बनाउन डोजर ल्याउ“दा व्यक्तिगत लालपर्ुजा धितो राखेर ऋण निकालेको नेता बताउ“छन् । एमालेले ८ लाख र कांग्रेसले ३ लाख ७८ हजार रुपैया“ विभिन्न वित्तीय संस्थालाई तिर्न बा“की भएको बताउ“छन् ।

उता, भीरपानीको सडक बनाउ“दा पहिले नै ६६ लाख ५० हजार रुपैया“ खर्च भएको थियो भने त्यसको विरोधमा एमालेले २५ लाख उठाएर अर्को सडक निर्माण गरेको छ ।

त्यस्तै, मन्थलीबाट टेकनपुर ह“ुदै कठजोर जाने सडक पनि तीनतर्फाट निर्माण भएका छन् । मन्थलीबाट लिपेखोला टेकनपुर ह“ुदै कठजोरसम्म पहिलो, भर्‍याङखोला टेकनपुर हु“दै कठजोरसम्म दोस्रो र मन्थली टेकनपुर ह“ुदै कठजोरसम्म तेस्रो सडक निर्माण भएका छन् ।
तर, कुनै पनि सडक सवारीसाधन चल्न सक्ने अवस्थामा भने छैनन् ।
 
Posted on 09-14-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What ? Miss Teej ?

मिसेज तीजको ताज अनुपमालाई

हिन्दू महिलाहरूको महान पर्व तीजको अवसरमा प्यानोप्लाइ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको महिलाबीचको सौर्न्दर्य प्रतिस्पर्धामा अनुपमा ज्ञवालीले मिसेज तीज २०६४ र वेष्ट डान्सरको उपाधि हासिल गरेकी छिन्।



तीजको रहर आयो बरिलै नाम दिइएको सो कार्यक्रमा अन्तिम प्रतिस्पर्धी उत्कृष्ट पाँचमध्ये ज्योति खड्का गौतम फस्ट रनरअप र वेष्ट ड्रेस तथा सञ्जीमा श्रेष्ठ सेकेन्ड रनरअप भएका छन्।



त्यसैगरी ब्युटिफुल स्किनमा नीलु थापा सापकोटा, ब्युटिफुल स्माइलमा अञ्जना जोशी, वेष्ट मेकअपमा सृजना पोखरेल प्रधान, वेष्ट हेयरमा कृष्णदेवी कार्की र मिसेज फ्रेन्डसिपमा शर्मिला कक्षपति विजयी भएका छन्।



कार्यक्रममा २० महिलालाई उनीहरूको पहिरन, हिँडाइ र शृङ्गारलगायतका पक्षलाई मध्यनजर गर्दै उत्कृष्ट दश छानिएको थियो। जसमा व्यक्तिगत परिचयमा राउन्डमा उनीहरूको बोल्ने तौरतरिकाबाट उत्कृष्ट पाँच छनोट गरिएको थियो।



निर्णायक टोलीमा नेपालकी प्रथम नायिका भूवन चन्द, ब्युटिसियन कमला श्रेष्ट, अभिनेत्री विपना थापा र पूर्वमिस नेपाल उषा खड्गी रहेका थिए।
 
Posted on 09-14-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

that's not embarassing at all, simply greedy, dirty politics.
 
Posted on 09-14-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BM, it's wow that you find these story common when uncommon atmost. Goat story sounds common sense atleast in nepal/india out of fear/beliefs/religion but have you heard building two roads in the vicinity just because they're competitive in politics?thus both are not usable? When the country is poorest in the world?. It is beyond dirty politics. It is common in politics to be greedy and other dirty stuff but after all they're human at the basic level. But the same basic humanity seems to be eroded in the case of poorest people. What next, two airports, two bridges or multiplied by parties that exist in Nepal. Even animals would use common sense when their own survival/developement matters. You seems to be a  sympathetic to PETA's cause who has fallen into bbc's rating net campaign/tactics. This story wouldn't be any interest to media because nobody knows where the hell Nepal is but sadly  those tasty meat happens to be a catagory "animal" that western people started to love. Atleast nepali would consider embarrassing news, that's what I thought.
Last edited: 15-Sep-07 02:02 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters