[Show all top banners]

sajhabusaima
Replies to this thread:

More by sajhabusaima
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ला दाजु भाइ दिदि बहिनि परिबर्तन गरौ हाम्रा गाँउ , आउनुस भागलिनस र बोलनुस के लाग्छ
[VIEWED 1940 TIMES]
SAVE! for ease of future access.
Posted on 04-05-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेरो नितान्त मेरो सोचाइ हो तपाइ सँग मेल खान पनि सक्छ नखान पनि त्यसैले यसको बारेमा तपाइको भाषामा लेख्न सक्नु हुने छ।यो त केबल हाम्रा समाजमा राजनिति गर्नेहरु तपाइ हामि बिचका मध्यका एक हौं र हमिले एउटा सोच लियर जानु आबस्यक छ । त्यति मात्र

१. हरेक लाइ शिक्षा
मेरो गाबिस जुन महेन्द्र राजामार्ग सँग जोडिएको छ र एउटा बिकाससिल गाबिस मा पर्दछ चितवन को । तर पनि त्याँहा अझै पढन नपाएका धेरै भाइ बहिनिहरु छन् अनि कति दाजु दिदि र आमा बुबाहरु ले अक्षर चिन्नु हुन्न । त्यसैले सुधार ल्याउने सोच यस्तो छ हुनसक्छ तपाइहरु सँग म भन्दा राम्रो सोच र हाम्रो देशको हरेक गाँउ लाइ परिबर्तन लेर्याउन सकिन्छ यस्तै सोचले। ल सुरु गरौ गाँउ बनाउने कुरा बाट सिधै देश बनाउने भन्दा।

१.१ गाबिस मा शिक्षा अनुगमन गर्न एक कर्मचारि राखिने, जुन शुरुका केहि बर्ष सम्म समाजसेवा सरह रहने छ . उसले गाबिस मा भएका शैक्षिक संस्थाको प्रर्गति को मुल्याङकन मात्र गर्दैन कि कुनै क्षेत्र मा सुधारिनु पर्ने छ भने त्यसमा सल्लाहा पनि दिन्छ गाबिस र स्कुल लाइ।

१.२ गाबिस मा निर्वाचित हुने सदस्य अनि शिक्षा अनुगमन कर्मचारि र गाँउ का समाजसेबि मार्फत हरेक बार्ड मा कति मानिस बस्छन र कति ले कति पढेका छन मात्र नभएर कस कसका कति छोरा छोरी छन, कस कसले काँहा पढछन वा पढाउछन, कति मा पढछन र कति घरको कमाइ हुन्छ र कति दाजु भाइ दिदि बहिनि ले पढेका छैन्न भनेर (बिस्त्रित तथया्ङ्क ) डिजिटल प्रबिधिमा रेकड राख्ने र हरेक साल अपडेट गर्ने, जसले गर्दा गाबिस मा भएका बिध्यार्थि को रेकड मात्र नभइ सक्लरर्सिप को लागि पनि सजिलो हुन्छ र प्रगति समिक्षा मा पनि यथार्थ रुप थाहा हुन्छ।साथमा कुन कुन वार्ड मा कति को प्रायोरोटि दिन आबस्यक छ शिक्षा सुधार को लागि भन्ने।

१.३ माथि को तथ्यांक को आधार मा जसको कमाइ निम्न छ उनिहरुलाइ स्कलरसिप को ब्यबस्था गर्ने । जसका लागि सरकारि स्कुल मार्फत गाँउ मा भएका आर्थिक सम्पन्न बर्ग सँग उनिहरु का नाम स्कलर्सिप दिन आग्रह गर्ने र सरकारि सहयोग को भरमजदुर प्रयोग लिने धेरै भन्दा धेरै परिवार लाइ आर्थिक भार बाट कम गर्न ।

१.४ जति पनि प्राइभेट स्कुल हरु गाबिस मा चलिरहेका छन् त्यनिहरुलाइ गाबिस मा निम्न आयका बिध्यार्थि मध्य टोटल २५% लाइ अनिबार्य स्कलरसिप दिन लगाउने।जसले गर्दा यसको भार सरकारि स्कुल मा मात्र पर्दैन।

१.५ सरकारि स्कुल लाइ समय सान्दर्भिक बनाउन नयाँ सैलि को पढाइ लाइ महत्व दिने। जसमा शिक्षक हरु लाइ स्कुल स्तरमै हरेक महिना एक दिन ट्रेनिङ दिने(देश बिदेश बाट संकलन गर्न सकिने सामाग्रि को आधार मा )अनि अर्को महिना त्यसलाइ मुल्याङकन गर्ने गरेर ।
१.६ बिधालय नजाने भाइ बहिनि का परिवार लाइ केहि राहात दिएर त्यिनिहरुलाइ स्कुल पु्र्याउने।जसका लागि अभिबाबकहरु लाइ प्राबिधिक ज्ञान दिएर हुन्छ वा गाविस ले अरु कुनै फइदा दिएर हुन्छ । हाल रहेको शिक्षक र बिध्यार्थि को दुरि काम गर्ने प्रयास गर्ने र ब्यबसाहिक ट्युसन पढाउने सरकारि बा प्राइभेट शिक्षकहरु लाइ कर लगाउने वा त्यस मध्यको २४% उहाँले पढाउने स्कुल मा जाने गरेर ट्यसन सँचालन गर्न दिने।

१.७. स्कुल अनि शिक्षण संस्थालाइ आधुनिकि करण गर्ने प्राबि वा निमाबि बाट स्कुल छोडेका हरुको लागि ब्यबसाहिक वा टेक्निकल शिक्षा मा जोड दिने। (साइकल, मोटरसाइल, गाडि मर्मत, मह उत्पादन, दुग्ध उत्पादन )।

 
Posted on 04-05-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा विरलै देखिने केही रचनात्मक बहसहरुमध्येको एक !

धन्यवाद Sajhabusaima-ज्यू !

Nepe


 
Posted on 04-05-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजि धन्यबाद तपाइ को  साथ को लागि । देश परिबर्तन हुदैछ तर गाँउ मा यो कहिले पुग्ने  थाहा छैन त्यसैले यसलाइ मैले याँहा सम्म लेर्याए र साझामा पाल्नुहुने सम्पुर्ण देशप्रेमि लाइ बोल्न को लागि आग्रह गर्दैछु ।

म स्वास्थ, बिकास र रोजगारि का साथ साथ मा गाँउ लाइ हरेक तरिका बाट कसरि परिबर्तन गर्न सकिन्छ भन्ने सोच मा यो लेख्दैछु  हुनसक्छ म सँग सबै कुरा मा त्यति धेरै ज्ञान नभएर गल्ति कमजोरि भएको हुनसक्छ र आस छ तपाइ जस्ता बुद्धिजिबि बर्गबाट  यसलाइ सच्चाउने काम हुनेछ।


१.८ हरेक ३ महिना मा एकदिन बिध्यार्थि, शिक्षक र अबिभावक बिच अन्तर्क्रिया कार्यक्रम राख्ने र अभिभावक लाइ अनिबार्यरुप मा भागलिन लगाउने, जसले गर्दा सामाजिक रुपमै शिक्षा अनि बिध्यालय को बारेमा चासो हुन्छ। यसले हरेक अभिभाबक लाइ आफ्ना बच्चा बच्चि लाइ बिध्यालय पठाउन पर्ने र शिक्षाको महत्ब बढन जानेछ। यो बिकास को लागि त्यो अति आबस्यक छ ।

१.९ गाँउ मा रहेका कलेज मा अध्यनरत भाइ बहिनि अनि शिक्षक शिक्षिका मार्फत माथि तथ्याङक लाइ आधार मानेर अशिक्षित बर्ग मा पर्नु भएका दाजु दिदी आमा बुबा हरुलाइ प्रौढ अनि ब्यबसाहिक शिक्षा तालिम दिने। जसमा साधारण ब्यपार गर्दा चाहिने सम्पुर्ण ज्ञान , पढाइ लेखाइ देखि लिएर हिसाब पनि समेटिने छ।

१.१० पर्यटकिय क्षेत्र नजिक भएका ले त्यस सम्बन्धि बिशेष कार्यक्रम भाषा, ब्यबसाय अनि सिप दक्षता का लागि काम गर्ने र यसका लागि त्यस क्षेत्रमा रहेका पर्यटन सम्बन्धि संस्थाहरुको सग्दो सहयोग लिने।

१.११ बिध्यालयहरु मा शिक्षक अनि बिध्यार्थि लाइ कम्प्युटर र इन्टरनेट सम्म पहुच पुर्याउने।जसका लागि गाबिस स्तर मा उठाइने कर को सदुपयोग गर्दे हेरक बार्ड मा वाएरलेस एकसेस पोइन्ट र कम्पयुटर लाब को ब्यबस्था गर्ने र यसको रेखदेख बार्ड मा रहने पुस्तकालय ले गर्ने छ।कलेज का बिध्यार्थि को हक मा र गाँउमा रहनु भएका अरु को हक मा पनि माथि को नियम हरु लागु हुनेछ ।झसले गर्दा पुस्तकालय को महत्व बढने छ र मानिस मा पढने बानि को बिकास हुने छ ।


 
Posted on 04-05-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१.१३ गाबिस मा जति संचालन भएका घरेलु बाहेक अरु ब्यबसहिक प्रतिष्ठान हरुलाइ अनिबार्य रुपमा कलेज को बिध्यार्थि लाइ कलेज बिदा (समर होलिडे )को समय मा इन्टरसिप (पैसा दिएर बा नदि)को रुप मा काम दिन र गाबिसकै बिध्यार्थि को हक मा अनिबार्य गर्नै पर्ने बनाउने जसले गर्दा गाँउमा , बिध्यार्थि को सिप को बिकास हुन गइ पछि बेरोजगार रहनु पर्ने स्थिति र काम को लागि सहर छिर्ने प्रर्बिर्ति कम हुने छ ।
१.१४ गाबिस भरि का बिध्यालय मा सकेसम्म गाँउकै दाजु , दिदि भाइ बहिनि लाइ पढाउने मौका दिने जसले गर्दा स्कुल मा आफ्नो गाँउ प्रति बढि माया ममता रहन जाने र बिध्यार्थि को हक मा गाँउकै मान्छे ले पढाउने भएको कारणले आबस्यकता मा जान र भेटन सकिने अनि अभिभावक को सबाल मा बिध्यार्थि को प्रगति समिक्षा सजिलै पाइने। बिग्रिन लागेका भाइबहिनि लाइ सहि बाटो मा डोर्याउन पनि सजिलो हुने  हुने र एउटै समाज का मनिस सँग काम गर्न पनि सजिलो हुनेछ। जसले गर्दा समाज को तल्लो तह सम्म पहुच हुने छ बिध्यालय को ।
१.१५ गाबिस का हरेक वार्ड मा लाइब्रेरि को अवधारणा पुर्याइने छ, जुन गाँउ कै कलेज अध्यनरत युबा बर्ग बाट हुने छ । जसका लागि युबा क्लब (युवा कल्ब) हरु को गठन गरिने छ जसले लाइब्ररि, कम्प्युटर ल्याब लगायत खेलकुद प्रतियोगिता गर्ने छ जसले गर्दा गाँउ मा जातियता , छुवाछुत, कुरिति जस्ता कुरा हरु हराउन अनि आत्मबिश्बास, देश बिकास सामाजिक सदभाब र मौका  (अपर्चुनिटि)हरु पाउन मा मद्दत मिल्ने छ ।जसले गर्दा हरेक लाइ पढने बानि बसाल्ने मात्र होइन समाज मा शिक्षा को महत्व बढनेछ छर नयाँ नयाँ कुरा को ज्ञान हुनेछ। यसको लागि लाग्ने पैसा युबा हरु ले नै उठाउने छन तर शुरु मा लाग्ने खर्च (पुस्तकालय, ल्याब अनि पत्रपत्रिका ) गाबिस ले ब्यहोर्ने छ।
१.१६ गाँउ मा हरेक वार्ड रहेका बुद्दिजिबि अनि समाजसेबि हरु बाट कल्ब हरु को गठन गरिने छ (बिकास क्लब) जसले गाँउ मा हरेक महिना एक एउटा वटा ट्रनिङ चलाउने छन् , जस्तै पशुपलान ( दुग्ध संकलन, कुखुरा पालन, बाख्रा पालन आदि ) ब्याबसहिक (तरकारि,खुद्रा पसल) , टेकनिकल (साइकल, मोटरसाइकल , टयाक्टर, गाडि मर्मत, बिजुलि बत्ति जडान , रेडियो टिभि मर्मत ) र यसमा सहभागि हुनुहुने हरुको लागि ब्यबसाय मा लाग्न सहयोग गर्ने छ । यसरि ब्यबसाय मा लागेका हरुको हरेक ३ महिना मा एक पटक जमघट गराइने छ साथ मा अरु लाइ पनि प्रगति समिक्षा गर्न र ब्यबधान हरु पन्छाउन । त्यसले गर्दा अरुलाइ पनि ब्यबसाय मा लाग्न प्रेरित गर्नेछ, जसले गर्दा गाँउ मा नै थन्केर रहेको सिप, पैसा र मानपावर को सदुपयोग हुन जानेछ । यसको ब्यबस्था त्यस क्लब का मेम्बर ले गर्नेछन केन्द्र देखि जिल्ला सम्म तर गाबिस ले त्यसमा लाग्ने खर्च हेर्ने छ।


 
Posted on 04-05-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१.१७ हरेक तिन महिना मा गाबिस भरि रहेका क्लब हरु अनि गाबिस र बार्ड का सदस्यहरु को एक ठाँउ मा जमघट हुने छ र त्यसको प्रगति र प्रगति का पाइला मा आएका ब्यबधान लाइ पन्छाउने प्रयास गरिने छ ।
१.१८ गाबिस ले गाबिस का सम्पुर्ण बासिन्दा को घर मा भोलिएन्टर को फर्म पठाउने छ जुन एक्षिक हुनेछ र फर्म फिर्ता भएर गाबिस मा आए पछि त्यसैको आधार मा हरेक बार्ड मा भोलिएन्टर हरु को लिस्ट तयार गरिन्छ र त्यिनै मध्यका ले माथि का क्लव, पुस्तकालय अनि बास क्लब को संचालन गर्नेछन।जसले गर्दा समाज मा शिक्षा प्रति लगाब मात्र बढने छैन हरेक परिवारलाइ समाज प्रति दाइत्ब सिर्जना हुन जाने छ र यसले गर्दा अशिक्षित हरुलाइ पनि शिक्षा पहुचहुनेछ ।
१.१९ बिदेश मा बसेका दाजु दिदि भाइ बहिनि लाइ गाबिस का शैक्षक बिकास सम्म आप्नो पहुच राख्न निम्न बर्ग का बिध्यार्थि हरु को लागि स्कलरशिप दिन को बाताबरण बनाइने छ जसले गर्दा बिदेशमा बस्ने दाजु दिदि मा पनि देश प्रति माया बढन जाने छ। त्यस साथै बिदेश स्थित दाजु दिदि भाइ बहिनि हरु को संस्था खोलिने छ, जसले बिदेशमा रहेका त्यस गाबिस सँग सम्बन्धित जनसाधारण सम्म गाबिस को शैक्षिक प्रगति को बिबारण मात्र नभइ त्यिनिहरु ले स्पनसर गरेका भाइ बहिनि को प्रगति समिक्षा पनि दिनेछन, जसले गर्दा उनिहरु मा पनि गाबिस को शिक्षा सुधार मा एउटा दाइत्व जानेछ।यसैगरि यो संस्थाले बिदेसबाट गाबिस र यसको शैक्षिक सुधार मा हुन सक्ने सहयोग गुटाउन का लागि पनि पहल गर्ने छ ।


 
Posted on 04-06-08 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३. यस गाबिस मा ९५% जनसाधारण बाच्ने भनेको एग्रिक्लचर अनि यसको बिकास हुनु सबै भन्दा अनिबार्य छ, सबै तरिका बाट।
३.१. सस्टेनेवल एग्रिक्लचर को अबधारणा लाइ अगाडि लेर्याउने।
३.२.  गाबिस मा रहेको पशु स्बास्थ र एग्रिक्लचर डेभलपमेन्ट का कर्मचारि को सग्दो सहयोग लिने र हरेक बार्ड हरेक महिना को एक पटक अनिबार्य रुप मा उहाँहरु लाइ जनसाधरण सँग जम्काभेट गराउने, र आइपरेका समस्या लाइ हल गर्ने। हल हुन नसकेका समस्या केन्द्र वा सम्बन्धित निकाय बाट खोज्ने ।
३.३.हरेक जनसाधरण लाइ इन्टरनेट सम्म पहुच पुर्याउने कि जसले गर्दा उनिहरु को समस्या को निराकरण गर्न सजिलो मात्र हुने छैन कि यसले परेको खन्ड मा प्राबिधिक सँग सम्पर्क र उनिहरु को ज्ञान र सिप अरुलाइ सिकाउन पनि सजिलो हुनेछ ।
३.४.जनसाधरण को हित लाइ ध्यान मा राखि साझा डिपो हरुलाइ गाँउ गाँउ पुर्याउने,यसका लागि  समाजिक लगानि लाइ प्रोत्साहान दिने।
३.५. अत्याधुनिक मल हरु र औषधि को प्रयोग बाट हुने खतरा लाइ ध्यान दिदै जन साधारण लाइ चेतना जगाउन यसबारे घर दैलो मा कार्यक्रम लैजाने।
३.६ एग्रिक्लचर पेसामा लागेका मानिस हरु को हरेक बार्ड मा समुह बनाउने। जसले पशु स्बास्थ र एग्रिक्लचर डेभलपमेन्ट का कर्मचारिहरु सँग मिलेर त्सय बार्ड मा  एग्रिक्लचर बिकास को लागि सग्दो प्रयास गर्नेछन् । जसले गर्दा कर्मचारि हरु को तल्लो तह सम्म पहुच पुग्ने छ।
३.६ जनसाधरण को हित लाइ ध्यान मा राखि जनसाधरण बाट उत्पादित सामान को सहि मुल्यमा बेच्ने प्रबन्ध गाबिस ले मिलाउने, यसको लागि गाबिसका हरेक बार्ड मा संकलन कर्ता को नियुक्ति गरिने टेनडर को आधारमा, जसले गर्दा उनिहरु ले भाउमा मर्नु पर्दैन ।
३.७ जनसाधारण को हित मा राखि बिउ बिजन लाइ सजिलै र प्रभाबकारि रुपमा तल्लो स्तर मा पुग्ने बनाउन साझा सँस्था सँग , जिल्ला एग्रिक्लचर डेभलेप्मेन्ट अनि स्थानिय ब्यापारिक सँस्था सँग मिले गाबि मा एउटा भन्डारण को निर्माण गर्ने।
३.८ स्थानिय स्तर मा खुला डेरि वा एग्रिक्लचर बिषय मा काम गर्ने संस्था हरु लाइ हरु भन्दा प्राथामिकता दिने जसले गर्दा उनिहरु को तल्लो स्तर सम्म पहिच पुग्न सजिलो हुने छ  र उनिहरु ले बाहिर बसेका डेरि ले भन्दा जनसाधारण को कुरा बुझ्नेछन।
३.९ यस पेसा मा लागेका मानिस र यस बाट आस्रित मानिस हरु को बिस्त्तित तथ्याङ्क बनाउने, जसले गर्दा उनिहरु सम्म पुग्न सजिलो हुनेछ।
३.१० उनिहरु लाइ गोबर ग्याँस र सोलार पावर को बारे मा धेरै ज्ञान दिने जसले गर्दा मट्टितेल, डिजेल र ग्याँस मा मानिस कम आस्रित हुनेछन र सरकार तथा अरु संस्थाले ले दिदै आएको अनुदान को कदर गर्दै हरेक किसान को घर सम्म पुर्याउने।
३.११ उनिहरु लाइ ३ महिना मा एक पटक सस्टेनेवल एग्रिक्लचर र यसका बाट मा आएका प्रगति र बाधा हरु को बारेमा ट्रेनिङ दिने।
३.१२ गाबिस मा जनस्तरमै एग्रिक्लचर  बा घरेलु उधयोग चलाउन प्रोतसाहन गर्ने र त्यसका लागि भर मजदुर सहयोग गर्ने ।जसले गर्दा अरु लाइ पनि ब्यबसाय शुरु गर्ने होसला मिल्दछ ।

३.१३ गाबिस भरि मा रहेका जति पनि खुद्रा, होलसेल , तरकारि, मासु पसले देखि सर्बसाधारण लाइ बाहिर बाट ले्रायएको खाना र गाँउ मै उत्पादित मा के फरक छ भनेर चेतना जगाउने , जसले गर्दा गाँउ को उत्पादन को महत्व बढने मा्त्र होइन  हेल्थि खाने बानि को पनि बिकास हुन्छ ।

http://en.wikipedia.org/wiki/Sustainable_agriculture
http://www.ciesin.org/docs/004-176a/004-176a.html
Sustainable Agriculture: An Introduction
http://attra.ncat.org/attra-pub/PDF/sustagintro.pdf
Applying the Principles of Sustainable Farming
http://attra.ncat.org/attra-pub/PDF/Transition.pdf
Organic Crop Production Overview     
http://attra.ncat.org/attra-pub/PDF/organiccrop.pdf
Holistic Management: A Whole-Farm Decision Making Framework
http://attra.ncat.org/attra-pub/PDF/holistic.pdf
Biointensive Integrated Pest Management (IPM)
http://attra.ncat.org/attra-pub/PDF/ipm.pdf
http://attra.ncat.org/attra-pub/perma.html#intro



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
nrn citizenship
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters