[Show all top banners]

bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजा भारतको शरणमा जानसक्ने

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE: <<  1 2  
[VIEWED 10790 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-17-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा भारतको शरणमा जानसक्ने
५-वैशाख-२०६५,बिहिवार
भारतका विभिन्न ठाउँमा राजा ज्ञानेन्द्रको सम्पत्ती
Image

नेपालमा राजसंस्थाको अन्त्य हुने र राजगद्दिबाट राजा ज्ञानेन्द्रलाई हटाइने आशंका सबैतिर छ। भारतीय पत्रिका नवभारत टाइम्सले राजा ज्ञानेन्द्र भारतमा शरण लिनसक्ने बताएको छ। नवभारत टाइम्सले आफ्नो सहयोगी च्यानल टाइम्स नाउको हवाला दिदै भनेको छ–  सीकार जिल्लामा रहेको एक महल उनको नयाँ घर हुनसक्नेछ। सीकर युवराज पारसकी धर्मपत्नी तथा युवराज्ञी हिमानीको होम टाउन हो।

भारतीय वर्तमान नेपाल नीतिअनुसार भारत सरकारले राजा ज्ञानेन्द्रलाई शरण दिनसक्ने एजेन्सीहरुले बताएका छन्। भारत सरकारले नै उनको आवश्य सुरक्षाको प्रबन्धसमेत मिलाउनसक्ने बताइएको छ। केही बर्ष पहिले राज सस्थाको विरुद्धमा भएको विरोध प्रदर्शनपछि राजाले गुप्तरुपमा भारत सरकारसँग कुराकानी गरेको नवभारत टाइम्सले बताएको छ। त्यो समय पनि उनीलाई सिकर सबैभन्दा मन परेको थियो। यस गुप्त बातचितसँग जोडिएको मानिसहरु यो बताउन चाहदैनन्

Image

कि यसको मध्यस्थ को हो भनेर। टाइम्सले जम्भू कश्मिरको राजवंशसँग जोडिएका कांग्रेसी नेता कर्ण सिह भएको संकेत मिलेको बताएको छ। संविधानसभाको निवार्चनको सबै मतगणतना भइनसकेको भए पनि पछिल्लो परिणामले चुनावबाट माओवादीलाई बहुमत नमिले पनि गणतन्त्रवादीहरुको बहुमत आउन सक्ने आशंका गरिएकाले राजा ज्ञानेन्द्रले सेफ ल्यान्डीङ्ग खोजेका हुन्।

अब बन्ने नेपाल सरकारले राजालाई कुनै आधिकारीक ओहदा नदिने आशंका गरिएपछि राजाले भारतलाई आफ्नो वासस्थानका रुपमा रोज्ने सक्ने बताइएको हो। माओवादीलाई सरकारमा गएपछि सबैभन्दा पहिलो २ सय ४० बर्ष पुरानो राजसंस्था हटाउनुपर्र्नेे चुनौती देखापरेको छ। सन् २००१ मा राजा ज्ञानेन्द्रले तनावपूर्ण अवस्थाबाट राजसंस्थालाई जोगाएका थिए। यदि राजा ज्ञानेन्द्र नेपालमा नै बस्ने फैसला गरे भने उनले गरेको कथित अपराधका कारण उनीमाथि मुद्दा चलाइनसक्ने कुरा समेत नवभारत टाइम्सले उल्लेख गर्दै भनेके छ– यस कारण उनी आम नागरिक भएर नेपालमा बस्न पनि मुश्किल रहेको छ।

अघिल्लो समय जब राजा ज्ञानेन्द्रले भारतको शरणमा जाने इच्छा व्यक्त गरेका थिए , त्यस समय भारत सरकारले राजा ज्ञानेन्द्रलाई स्वागत गरेको थियो। वरिष्ठ अधिकारीको हवाला दिदै नवभारत टाइम्स लेख्छ– हामी अब पनि उनलाई शरण दिन तयार छौं। नेपालको शाही खानदानी सुत्रका अनुसार राजा ज्ञानेन्द्रको भारतको गुडगांव, बेंगलोर, कोलकाता, राँची र वाराणसीमा सम्पत्ती छ।

 

http://weeklynepal.com/index.php?option=com_content&task=view&id=9140


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-17-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, आत्मरतिमा रमाउने मान्छेको लागि केहि न केहि बहाना चाहिन्छ भनेजस्तै माओबादीले त्रिशंकु संसदमा सबैभन्दा ठूलो दल बन्ने निश्चीत भएपछि माओबादीले चुनावमा भयंकर विजय पायो भन्ने आत्मरतिमा रमाउनेहरुको जमात साझामा देख्न पाइएको छ । म देख्दैछु पछिल्ला केहि दिनहरुमा यो जमात राहुलभाइ प्रति ब्यक्तिगत असहिष्णु टिकाटिप्पणी गर्न थालेका छन । हुन त राहुलभाइ पनि यो मुढे लडाइमा मुक्का प्रहार गर्न रुचाउँछन, तर उनले ब्यक्ति किटेर टिकाटिप्पणी गरेको मलाइ सम्झना छैन । उनले उठाएका सवालहरुमा टिकाटिप्पणी गर्न छोडेर उनको ब्यक्तिगत भावना, लगाव, वितृष्णा, पुर्वाग्रह, आवेग, आस्था जस्ता कुराहरुमा अलमलिनु उचित होइन ।  

 

रह्यो कुरा ज्ञानेको,

- म देश छोडेर जानेवाला छैन पिएम - भनी गिरीजालाइ भन्ने ज्ञानेले सजिलै नारायणहिटी छोड्ला भन्ने मलाइ विश्वास छैन । उनलाइ नारायणहिटी छोड्न कुटनीतिक दवाव दिने अथवा नारायणहिटी छोड्नु पर्ने अवस्था आए उनले कस्तो रियाक्ट गर्ला भनी थाहा पाउने उद्देश्यले भारतीय छापाहरुमा यो आशयको लेखहरु छापिएको हुन सक्छ । पत्रिकामा सनसनीपूर्ण लेख छापेर वातावरण आफ्नो अनुकूल बनाउने खुफिया योजना अनुसार यी लेखहरु पत्रिकामा आइरहेको होला भन्ने मेरो अनुमान छ । नत्र तुलसी गिरीले थाहा नपाउने योजना भारतीयले थाहा पाउन कसरी सक्छ ?

अर्को कुरा, ती कुनै पनि लेखहरुमा किटानी खबर छैन, हल्ला शंका र अनुमानहरु मात्र छन । मैले सुनेअनुसार हिमानीको पुर्खा सिकरका भएता पनि हिमानीका बुवा तथा नजीकका परीवार धेरै बर्षदेखी नेपालमा नै बस्दै आएका हुन रे । हिमानीका क्लासमेटहरुलाइ पनि हिमानीको पुर्खौली भारतमा रहेछ भन्ने कुरा उनको बिहे पारससित हुने समाचार नआउँदासम्म थाहा थिएन रे । राजालाइ भारत वा कतै निर्वासनमा जानै परेपनि उनीसित त्यतीधेरै अप्सनहरु छ कि उनलाइ सिकर जान जरुरत नै छैन । कहिँ नपाएर शरण लिन सम्धिखलककाँ जान्छ होला त ?


 
Posted on 04-17-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

double post deleted

Last edited: 17-Apr-08 06:20 PM

 
Posted on 04-17-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One more thing...just imagine that he decide to leave the country voluntarily...why will he need assylum...don't you think he can afford to come to any country and stay there...if you seriously believe that he has billions of rupees as some Maoist claim and has property all over the world why will he need assylum. If he leaves the country he will have choice to make his own decisions.
 
Posted on 04-17-08 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चार हप्ताभित्र दरबार छोड्न राजालाई चेतावनी
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौ ,१७ अप्रिल/नेपाल कम्युनिष्ट पार्टी माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराइले राजा ज्ञानेन्द्रलाई चार हप्ताभित्र नारायणहिटी दरबार छाडन् चेतावनी दिनुभएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै माओवादीको प्रमुख एजेण्डा नै राजतन्त्रको अन्त्य भएकाले राजालाई जनमतको सम्मान गरी नारायणहिटी छाडन् चेतावनी दिनुभयो ।

चेतावनी दिदा पनि नारायणहिटी नछाडे संविधानसभाको पहिलो बैठकले हटाउने उहांको भनाई थियो । माओवादीले उठाएको एजेण्डालाई कार्यान्वयन गरेरै छाड्ने उहांको दृढता थियो । राजाले सोझो तरिकाले नारायणहिटी छाडे सामान्य नागरिक सरह रहने व्यवस्था गरिदिने बताउनुभयो ।

http://americadarpan.com/news.php?cid=2245
 
Posted on 04-17-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Asylum = Protection from possible criminal charges brought against the subject. That's why.

मलाई चाहिं जहाँ सम्म लाग्छ, सर्वसाघरण भएर नेपाल मै बस्दैनन् (माथि उल्लेखित कारणले)। बिदेशीने नै छन् होला, अनि भारत मै, त्यो पनि राजस्थान मै। धन दौलतको त कमि छैन जस्तो छ ज्ञानेन्द्र शाहलाई, तर राजस्थानमा बसे, रहल पहल "शाही, मौसूफ, महाराजा"को केहि हदसम्मको मान मर्यादा पाउँला कि भन्ने झिनो आश होला। महाराजाहरुको राज्यमा  पाउन पनि सक्छन्।

धन भन्दा पनि पुस्तौं देखि सौख गर्दै आएको खोक्रो ईज्जत नमरुन्जेल केहि हदसम्म भए नि चाख्न पाऊँ भन्ने ईच्छा होला उनको।

दैव जानुन्।


 
Posted on 04-17-08 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधवार, 16 अप्रैल, 2008 को 11:28 GMT तक के समाचार
 
मित्र को भेजें   कहानी छापें
नेपाल नरेश को गद्दी छोड़ने का सुझाव
 
नेपाल के राजा ज्ञानेंद्र
राजा पर पद छोड़ने के लिए दबाब बढ़ रहा है
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) के प्रमुख नेता बाबूराम भट्टराई ने नेपाल के राजा ज्ञानेंद्र से अपील की है कि वे प्रतिष्ठापूर्वक अपना पद छोड़ दें.

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) में बाबूराम भट्टराई, प्रचंड के बाद दूसरे सबसे बड़े नेता हैं.

समाचार एजेंसी एएफ़पी से बात करते हुए उन्होंने कहा कि इससे नेपाल में लोकतांत्रिक गणराज्य के गठन में सुविधा होगी.

 संविधान सभा की पहली बैठक में हम देश को एक गणतंत्र घोषित करेंगे उसके बाद राजा को राजभवन छोड़ने के लिए अधिसूचना जारी करेंगे
 
बाबूराम भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) संविधान सभा के लिए हुए चुनाव में पूर्ण बहुमत की ओर बढ़ रही है.

भट्टराई ने कहा कि नेपाल में राजशाही के लिए कोई रास्ता अब नहीं बचा है. उन्हें जाना ही होगा.

उन्होंने कहा, "संविधान सभा की पहली बैठक में हम देश को एक गणतंत्र घोषित करेंगे, उसके बाद राजा को राज भवन छोड़ने के लिए अधिसूचना जारी करेंगे. एक आम नागरिक की तरह ही राजा को क़ानून का पालन करना होगा."

नई दिशा

इस बीच सेना और व्यापार जगत के आला अधिकारियों का कहना है कि उन्हें विश्वास है कि उन्हें नए सरकार के साथ काम करने में कोई परेशानी नहीं होगी.

बीबीसी के संवाददाता चार्ल्स हेवीलैंड का कहना है कि नेपाल में चारों तरफ़ एक उम्मीद दिख रही है कि माओवादी नेपाल को एक नई दिशा देंगे.

कल तक जो लोग माओवाद को लेकर चिंतित थे आज वे उन्हें शुभकामनाएँ भेज रहे हैं.

अमरीका ने नेपाल के लोगों को शांतिपूर्ण ढंग से चुनाव संपन्न कराने के लिए बधाई दिया है.

ग़ौरतलब है कि अमरीका माओवादियों को चरमपंथी कहता रहा है.


 
Posted on 04-17-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'जनताको आदेश आइसकेको छ, यो देखेर अब ज्ञानेन्द्रले र्सलक्क नारायणहिटी छाडिदिए हुन्छ,' उनले भने- 'त्यसो भयो भने हामीलाई पनि सजिलो हुनेछ । मुलुक, उनी र सबैको हित हुने थियो ।'

मुलुक यो अवस्थामा आइपुग्नुमा 'माओवादीको सद्बुद्धिस“गै राजा ज्ञानेन्द्रको कुबुद्धिले पनि सहयोग गरेको' उनले बताए

here, उनले --> Mr. Prachanda

from kantipuronline.com


 
Posted on 04-17-08 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rev change  र Free H1B जी,
मेरो आलेखमा तपाईं हरुको कतै अपमान गरेको छु कि कसो? माओवादी को बिरोध गर्न नपाउने भन्ने केही छ। तपाईं समर्थन गर्नुस्, म बिरोध। मेरा पुराना पोस्ट हरु हेर्नुस्, ज्ञानेको कतै समर्थन कही गरेको छैन र गर्ने छैन। माओवादीको सक्कली रुप जो मैले देखेको छु, लेखेको छु। चाहे तपाईं बिलाप भन्नुस् या मिलाप। अतिबादिको बिरोधी हुं। तपाईंलाई न पच्न सक्छ यस्को अर्थ तपाईंले थर्काउदैमा लेख्न छोड्ने छैन।
हत्याको राजनीतिमा मेरो सहमत् कहिलेइ हुने छैन।  तपाईं आफ्नो तर्क राख्नुस् तर ब्यक्तिगत भीडन्तमा न उत्रिनुस्।
 
Posted on 04-17-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो काम राहुल भाई! कत्ती पनि पिर नमणिकअन लेख्दै जानु। यि कम्युनिष्ट हरु भन्ने जन्तु हरु नै तेस्ताइ हुन। बिरोध भन्ने कुरा त यिनी हरु पचौन नै सक्दैनन। बिरोध गर्न नपाउनु नै कम्युनिष्ट को परिभासा हो नि त। तेसैले तिनिहरुको भनाइलाई कत्ती पनि अनर्थ न लिकन लेख्ने काम्लाई निरन्तरता दिदै जानु है।

 
Posted on 04-17-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh welll guys lets wait and see. hope he wud leave palace without any violence. good luck gyanendra.  hey paras what u doing doug.
 
Posted on 04-17-08 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई भनुम कि दाई भनुम जेसुकै होस्। राजा ज्ञानेन्द्र एक असफल र अभागी मान्छे हो। उसलाई सब लोकले खेदिरहेको बेलामा तिमीले समर्थन गर्योउ भने तिमीलाई पनि लोकले ताना लाउनेछन यि माओवादीको ल्यकत सबैले देखेकै हो त्यैपनी केही गर्लान कि भनेर प्रजातान्त्रिक अभ्यासको मर्यादा राख्दै उनिहरुलाई समर्थन गरेर देश बिकास तर्फ लम्किउ। अब राजाले सत्ता त्याग्नु पर्छ जनताले दिएको म्यान्डेट मान्नु पर्छ।
 
Posted on 04-17-08 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

well i know its gyanendra, i know its paras,, and we all dont like em,, so do i... but  these dhoti mothafckers writing NEPALI KING SEEKING REFUGE IN INDIA sounds too disgusting to me..i dont know how much pride them mothafckers carry saying that..

one more thing guys never trust these dhoti medias. they are really interested in talkin shit bout Nepal, and exxagerating the news, and even false news most of the times.

i read this dhoti paper called voice of asia.. it was saying how violent and chaotic nepalese CA election was...duh.. and then after it goes like Nepal was under british rule and got independence in 1923..motherfckers being a nepali citizen i never knew it was ruled by british.. these motherfkers gotta do some serious study be4 writing anything, they cant write anything man..  fck em all dhotis


 
Posted on 04-17-08 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा ज्ञानेन्द्रलाई मुस्ताङ्गी राजाझै बस्न प्रस्ताव
६-वैशाख-२०६५,शुक्रवार
 राजा ज्ञानेन्द्रलाई पनि मुस्ताङका राजाको सरह मान्यता दिने प्रस्ताव नेकपा माओवादीले राख्न लागेको स्रोतको दावी छ। स्रोतका अनुसार राजालाई स–सम्मान भक्तासमेत उपलब्ध गराएर मुस्ताङका राजाको सरहमान्यता दिने बताइन्छ तर उनको हौसियत राष्ट्रप्रमुखको झै हुदैन।  
उनलाई नारायणहिटिबाहेक नेपालमा रहेका हनुमानढोका,पोखरामा रहेको दरबार, गोर्खा दरबार जहाँ बस्न मन लाग्छ बस्ने दिनेसमेत योजना माओवादीको  छ। राष्ट्रप्रमुख भने राष्ट्रपति नै हुनेछ। यदि राजालाई यसरी खोपीका राजाका रुपमा राखिए, राजाको अवस्था कुमारीको झै त हुँदैन? आशंका उब्जेको छ।  
यता राजा ज्ञानेन्द्रको निर्वल निवासमा अहिले साजसज्जा गर्न थालिएको स्रोतको दावी छ। रंग लगाउने, पर्दा फर्नेलगायतका काम द्रुत गतिमा हुन थालेको छ। यसले कतै राजा निर्मल निवासमै बस्न खोजेका त छैनन् भन्ने आशंका पनि उब्जाएको छ। उता नारायणहिटि स्रोतका अनुसार नारायाणहिटि राजदरबारमा रहेका फूलहरु समेत केही दिनदेखि पानी नहालेकाले सुक्न थालेको छ। निर्वाचन आयोगले बैखाश १२ गतेसम्म निर्वाचनका सम्पूर्ण परिणाम आउने बताएकाले अझै एक सप्तासम्म राजाका विषयमा अड्कलबाजी चल्ने देखिन्छ।  
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9149
 
Posted on 04-17-08 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These days rado comrade understands colors of money....quickly came out to assure the money people.

 

And then he eyes narahiti....allright dude not bad choice, but hey democracy creed don’t you think comrade in gel is missing populace for palace?

 

his alleged heir, BB, is not that far to educate us what or how a democratic leader should operate and talk.... he sets ultimatum for the king from a public domain.......he sets the rule now!

 

why do you have interim constitution egalitarianism pundits out here?

 

 


 
Posted on 04-18-08 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chup lagera baseka raaja lai gali garnu nai bahaduri samjhine yi bakamfuse neta haru lai k nai garna sakincha ra. Raja le auta interview dida nai saato jancha yiniharu ko...ali dherai kehi gare bhane ta k garne holan ni...
 
Posted on 04-18-08 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo mula bange jaha sukai jaos bal matlab
 
Posted on 04-18-08 3:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो माओवादी लाई घर नीकाला र घर काब्जा गर्न बाहेक केही आउँदैन रहेछ ।

 
Posted on 04-18-08 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Last edited: 18-Apr-08 03:06 AM

 
Posted on 04-18-08 3:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Last edited: 18-Apr-08 03:05 AM

 
Posted on 04-18-08 4:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई

 हामी नेपाली आझै पनि पार्टी भन्दा माथि उठ्न सकेका छैन। हामीले पार्टी को सघुरो घेरा छिचोलेर  असल कुरा को प्रशन्शा अनी खराब कुरा को बिरोध गर्न सक्दैनौ।   आझै पनि कांग्रेस वा कम्युनिष्ट को पछौटे बन्ने दास चरित्र सकिएको छैन- मा  साझा  त्यो बिम्ब प्रस्ट देखिन्छ

 जो सुकै किन नहोस् अतिबाद को बिरोध गर्नु पर्छ। हामी तपाईं को बिचार  सँग सहमत छौ


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters