[Show all top banners]

BinodB
Replies to this thread:

More by BinodB
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादीले किन जिते ? कांग्रेस एमाले कसरी हारे ?
[VIEWED 5210 TIMES]
SAVE! for ease of future access.
Posted on 04-19-08 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीले किन जिते ? कांग्रेस एमाले कसरी हारे ? - रामप्रसाद खनाल

रामप्रसाद खनाल

अप्रील १७, २००८

सात दलका उनकै शब्दमा �२३८ वषै पुरानो सामन्ति राजतन्त्रको अन्त्यका संविधान सभाको चुनाव� भर्खरै सम्पन्न भयो नेपालमा। संविधान सभा निर्वाचन त भयो तर माओवादी बाहेक अरु ६ दल, त्यसमा पनि नेपाली कांग्रेस, एमालेहरुको लाजै लाग्दो हार भयो र प्रचण्ड मात्र होइन साह्रा संसारले कल्पनानै नगरेको नतिजा आउने क्रम जारी छ।

न काँग्रेस रह्यो, न एमाले रह्यो, राप्रपाको त नाम निशान नै हरायो, कमल थापाहरुको त के कुरा गर्ने। संसारका सात आश्चर्यपछि नेपालमा अहिले आठौं आश्चर्य भयो भन्दा हुन्छ � माओवादीको यस किसिमको अप्रत्याशित विजय र अरु प्राय सवैको पराजय।

अझ आश्चर्यको कुरा, भारतप्रेमी उपेन्द्र यादवको मधेशी जन अधिकार फोरमदेखि महन्त ठाकुरको तराई मधेश लोकतान्त्रिक पार्टी ( तमलोपा) को पनि राम्रै विजय भएको छ, त्यसैले भारतले खुशी व्यक्त गरिसकेको छ। यो आठौं आश्चर्य नेपालमा कसरी भयो त रु एकैछिन बँदागत रुपमा हेरौं

१) नेपाली जनता माओवादीसँग आजित भई बरु �चोरलाई नै चाँवी� दिए बाँच्न त पाइन्थ्यो कि, शान्ति आउँथ्यो कि भनेर भोट हाले उसलाई।

२) हार्ने चुनाव कोही लड्छ? हामी २८ गतेसम्म तपाईंहरुलाई चिन्छौं, २९ गते पछि चिन्दैनौं, कसले कहाँ भोट हाल्छ हामी सवलाई चिन्छौं, हामीसँग यन्त्र छन्। यदि हामीले हारे कोही बाँकी रहँदैन, हामी १ घण्टामा कब्जा गर्न सक्छौं, त्यसैले हाम्रा सेना, हतियार सुरक्षित राखेका छौं भन्ने माओवादीसँग जनता तर्सेको र त्वंम् शरण गरेको देखियो।

३) राजाको शासनकालको असफलता र काँग्रेस, एमालेको शासन शैलीबाट वाक्क दिक्क भएका र यिनीहरुको दास बन्न नचाहनेहरुको एक प्रकारको विद्रोहको पनि माओवादीले फाइदा उठाउन सफल भएको देखियो।

४) गिरिजा, माकुने देखि कमल थापाहरुसम्म आइपुग्दा कसैको भूमीका पनि सन्तोषजनक नरहेको र यिनीहरु क्ोही पनि सत्तामा पुगे फेरि माओवादी जंगल फर्किन्छन् र बाँच्नै गाह्रो हुन्छ, बरु यिनीहरुलाई नै दिए के हुँदो रहेछ हेरौं त भनेर परिक्षण गर्न चाहेको देखियो जनताले।

५) म्ााकुनेको �हिजडा� नेतृत्वले एमाले बर्वाद भइदिँदा सवैभन्दा बढी फाइदा माओवादीलाई भयो। एमालेका असन्तुष्टहरु माओवादीतिर लागे।

६) अक्सिजनका भरमा देश चलाईरहेका रोगी प्रधानमन्त्री गिरिजा बाबुको भूमीकाप्रति पनि जनता शशंकित भए। कहिले वेवी किंग, कहिले सुजातामार्फत शेरेमोनियल किंग त कहिले प्रचण्डको निर्देशनमा गणतन्त्र। अडान देखिएन र अव गिरिजा बाबुले थामेर देश थामिदैन भन्ने कुरा जनताले महशुश गरेकाले पनि माओवादीलाई फाइदा पुगेको हुनुपर्छ।

७) कांग्रेस, एमाले, राप्रपा र अरु दल भाषणमा ठिक्क, माओवादीहरु भित्री रुपमा जनताको घरघर पुगेर धम्काएर हुन्छ कि, तर्साएर हुन्छ कि, के गर्नुपर्छ, त्यही गरे त्यसैले पनि यस्तो परिणाम आउँदैछ।

८) मधेशीहरुको एकता, भारत भक्तहरुको भारतीय निर्देशन अनुशरण, जातजाति, भाषाभाषी, क्षेत्रियता, साम्प्रदायिकताका कारण, बाहुन, क्षेत्री, पहाडे विरुद्धको प्रचार र भ्रमले पनि यो निर्वाचनमा केही हदसम्म भूमीका खेलेको छ।

९) समग्रमा �मर्नु भन्दा बहुलाउन निको� भने जस्तै नेपाली जनताका लागि यो निर्वाचन बहुलाउनु सावित भएको छ।

सारमा अझै यसरी भनौं कि

भन्थे सवै राजा गयो

तर कांग्रेस के के भयो?

एमालेनै कहाँ रह्यो?

राप्रपाको निशान छैन।

च्ुानाव मान्दिन, भन्नै भएन

घर जलाएर आगो ताप्दै

म्ााओवादीको पारो नाप्दै

ज्ानता बहुलाए शान्ति जप्दै

सोमालिया बन्ने डर,

म्ााओवादीको के छ भर

राजा ज्ञानेन्द्र मात्रै होइन

गिरिजा माकुने नामै छैन

घाँटी रेट्ने जय भए

न्ोपालका दिन गए

उपेन्द्र यादव पनि रहे

�मेरो भारत� महान भए।

�दूर दिन� अव शुरु हुन्छन्

विगत संंझी सवै रुन्छन्

�अपराधी�ले सवलाई धुन्छन्

अनि बल्ल हिसाव गुन्छन्।

अव के होला त?

१) जिम्मी कार्टरले जतिसुकै भनुन जे सुकै भनुन, अन्तर्राष्टिय जगत �प्रचण्डराज�को समर्थन र सहयोगमा न थियो न हुन सक्छ। त्यसैले माओवादीको नेतृत्व भनेको नेपाल र नेपालीको लागि दुर्भाग्य सावित हुने छ किनकि अन्तर्राष्टिय सहयोग विना नेपाल चल्न सक्दैन र प्रचण्डराज, ज्ञानेन्द्रराज जस्तै असफल हुने कुरामा दुइ मत छैन।

२) कांग्रेस, एमालेको लाजै लाग्दो हार भए पनि मत संख्या नियाल्दा जनताहरुको बहुमत कांग्रेस, एमाले र अरु दलतिरै छ, अव माओवादीले कांग्रेस एमालेसहित सवैलाई समेटेर अघि बढ्न कठिन छ, एक्लै त झन् गाह्रो छ।

३) �संविधान सभा निर्वाचनपछि सवै समस्या समाधान हुन्छन्� भन्दै बासी आश्वासन बाँड्दै गरिएका संझौताहरुले प्रचण्डलाई डुवाउने निश्चित छ, माग पुरा गर्दै गए राष्ट्र नै रहँदैन। माग पुरा नगरे चल्नै गाह्रो।

४) अहिले सम्म समाधान के भएको छ र? सात दलले बल मिच्याँईंका आधारमा यहाँसम्म आएता पनि अव राजतन्त्रको औपचारिक विसर्जनको घोषणा, जनताका घाँटी रेट्ने कथित माओवादी नेपाली सेनामा समायोजन, भनिए जस्तो �नयाँ नेपाल निर्माण� त्यति सजिलै कहाँ हुन सक्ला र!! यी र यस्ता कारणले नेपाल सोमालिया, कम्बोडिया, हाइटी, बुरुण्डी, कंगो, सियरालियोन जस्तो मात्र होइन साथसाथै इराक, अफगानिस्तानको नियमित जान सक्ने खतरा टरेको छैन।

समाधान के हुन सक्छ?

१) विगतको संझेर भएन, अव जनताको म्याण्डेट अनुसार चल्नै पर्छ, निर्वाचन परिणाम स्वीकार गर्नैपर्छ। यसका लागि माओवादी अत्यन्त संयम, जिम्मेवार बनेर, हतारमा कुनै निर्णय नगरी सोंचविचार गरेर, सवैलाई समेटेर अघि बढ्न सक्नुपर्छ।

२) अन्तर्राष्टिय सहयोग, समर्थनका लागि माओवादीले कांग्रेस, एमालेसहितका सवै अस्तित्वमा रहेका दलहरुलाई साथै लिई हिड्न सक्नुपर्छ।

३) माओवादीले यदि आफ्ना कथित जनसेनाहरुलाई नेपाली सेनामा सहजै भित्र्यायो भने त्यसले नसोंचेको दुर्घटना हुन सक्ने भएकाले उनीहरुको वैकल्पिक व्यवस्था गर्नु बुद्धिमानी हुने छ।

४) अव पनि जनतालाई विगतमा जस्तै थर्काएर, धम्क्याएर, अपहरण गरेर, चन्दा मागेर माओवादी र उसका कथित वाईसीएल रुपी उदण्डहरु अगाडी बढे भने त्यसले पनि नराम्रो दुर्घटना निम्तिन सक्ने भएकाले माओवादीहरु जिम्मेवार भई अघि बढ्नु जरुरी छ।

५) जनमत संग्रहमार्फत राजसंस्थाको अन्तिम निर्णय गर्न सके उत्तम हुन्छ, तर अव बलजफ्ती भयो भने अर्को खतराको घण्टी सधै बजिरहन सक्छ।

६) समग्रमा कसले के गर्यो, कसबाट के गल्ती भयो भनेर विगत कोट्याईरहनु भन्दा पनि सवै मिलेर विगतबाट पाठ सिकेर अगाडी बढ्न सके नेपालको भविश्य उज्जल हुन सक्छ, माओवादी एक्लै अगाडी बढ्न खोजे उनीहरु त सकिन्छन नै, राष्ट्र पनि सकिने छ।

कसैले नसोंचेको अर्को खतरा

१) माओवादीको हत्या, हिंसा, आतंकको राजनिति १० वर्षमा जसरी सफल भयो, जनताले जसरी संविधान सभा रुपी चुनावमा बाध्यताले होस् वा जुनसुकै कारणले होस जसरी मत दिएर अनुमोदन गरे, त्यसले आगामी दिनमा अरु माओवादी जन्मिने खतरा छ, माओवादीलेझैं हामीले पनि विद्रोह, युद्ध गरौं भनेर बहकिनेहरुको संख्या बढ्न सक्छ, आखिर नेपाल त्यहिनै हो गरिवी, अशिक्षा, वेरोजगारी, यसैले त निम्त्याउँछ फेरी अर्को माओवादी। यसतर्फ सम्बन्धित सवैको ध्यान जानु जरुरी छ।

२) अर्को खतरा के छ भने माओवादीले प्राप्त गरेको जम्मा मत भन्दा दोब्बर मत कांग्रेस, एमाले लगायतका अरु पार्टीको पनि आएको छ, यद्दपी प्राविधिक हिसावले सिट संख्या कम छ। सिट संख्यालाई आधा बनाएर र आफ्ना विरोधी दोब्बर मतको वेवास्ता गरेर माओवादी एक्लै अगाडी बढ्न खोजे भोलि सारा प्रतिपक्षी एक भएर माओवादी गुल्टिने स्थिति आउन सक्ने खतरालाई प्रचण्ड र बाबुरामहरुले आत्मसाथ गर्नुपर्छ।

३) अझै अर्को खतरा के छ भने हिजो जसरी २०५२ साल फागुनमा माओवादीहरु दुईचार सयको संख्यामा चरा मार्ने गुलेली लिएर जंगल पसी कथित जनयुद्ध शुरु गरे, अव यदि अरु जंगल पसे वा विद्रोहमा उत्रिए भने चरा मार्ने गुलेलीको य ुग छैन, स्वचालित हतियार, माओवादीलेनै सिएकाएको तरिका अरुले अनुशरण गरे भने त्यतिखेर फेरि माओवादी ठूलो धरापमा पर्न सक्छ, सँगै राष्ट्र पनि।

४) कांग्रेस र एमाले हारे अमेरिका र भारतले हार्ने हो, साम्राज्यवादीहरुले हार्ने हो भन्दै अमेरिका, भारत र विदेशीलाई सत्तो सराप गर्ने प्रचण्डबाबु र उनका सहयोगीहरुले अव के भन्ने हुन्? कसरी व्यवहार गर्ने हुन? हात लिन सक्छन सक्दैनन्? त्यो खतरा पनि कम छैन।

५) काठमाण्डौंमा बम पड्काउने माओवादीको पूर्व चेलो एव अपराधी भनि सर्वाधिक प्रहरीको �मस्ट वान्टेड� सूचिको बबन सिंहले रौतहटबाट चुनाव जितेको छ, माओवादीकै पूर्व नेता पछि सौतेला उपेन्द्र यादवले त्यति धेरै सीट जितेको छ, तसर्थ प्रचण्डले जुँगामा ताउ लगाएर फूर्ति गर्नु भन्दा पहिले अहिलेको चुनावी प्रकार, टेण्डलाई हेर्न, मनन गर्न जरुरी छ। कसैले मानोस, नमानोस् यो पटक आतंक, त्रास, हतियारको विजय भएको छ, यो इतिहासका लागि पछिसम्म एउटा अनौठो आश्चर्य र नजिर भइरहने छ।

अन्त्यमा १५।२० हजार जनताको क्रुर ढंगले रगत बगाउने, दुनियाका सन्तति रुवाउनेहरु, हत्या, आतंक अपहरणका नायकहरु भए पनि चुनावमा प्राविधिक रुपमा बढी सीट ल्याई सरकार बनाउन र संविधान लेख्न गइरहेका प्रचण्ड र प्रचण्डपथका बाहकहरुलाई बधाई दिंदै विगतबाट पाठ सिकेर राष्ट्र र जनताप्रति जिम्मेवार भई सच्चिन आग्रह गर्दै, नेपाललाई कम्बोडिया वा अन्य असफल राष्ट्र जस्तै नबनाउने गरि सत्ता संचालनका लागि शुभकामना दिन चाहन्छु। धन्यवाद हाल भर्जिनिया, अमेरिका

rampdkhanal@gmail.com

Last edited: 19-Apr-08 06:12 PM

 
Posted on 04-19-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good thoughts but felt like u r too much skeptical about the result of election and the future of Nepal.Some good analysis indeed.UML doesnot have any vision to act a/c to wat u r focusing.Maoist r too clever to get their works done with NC and UML......NC and UML will be scapegoat..onemore time...thats for sure
 
Posted on 04-19-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता-कता लेखको शिर्षक देखे /सुने जस्तो लागेपनि भित्र हेरेपछि भने त्यस्तो लागेन, धन्यवाद छ।
तर माफ गर्नुहोला -तपाईको सार केहि बाहेक, धेरैमा विरोघाभासपुर्ण छन ।धेरै कुरा गरेर साध्य छैन, विश्लेषणको गुण भनेको विभिन्न आयामलाई नाप्ने धरातल छुटै हुनु पर्छ जस्तो लाग्छ
:जस्तै आजित भएर वा कुनै देशको खुसिकोलागि नेपाली जनताले भोट हाले भनेमा कत्तिको सहि हुन्छ: जस्तै जस्तै

मेरो एक विचार।।।
तैपनि धन्यवाद छ तपाईलाई



 
Posted on 04-19-08 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता कता लेखक महोदय चिनेको चिनेको जस्तो लाग्यो। कता कता लेखक लाई केही महिना अगाडि मावोबदी हरुले अपहरन गरेको जस्तो लाग्यो। फेरी किन हो किन केही दिन पछी छोदीदिएको जस्तो लाग्यो । पहिल एमालेमा लागेको, पछी ज्ञानेले देश खाय पछी राजाबदी भएको जस्तो लाग्यो । राजाबादी भएर तन्न पैसा कमाय पछी अमेरिका मा ग्रीन कार्ड लिएको जस्तो लाग्यो । राम आए जय राम भन्ने अनी रवन आए जय रवन भन्ने बानी लगेको जस्तो लाग्यो । टैपनी लेखक ले जे लेखेको हो केही केही सान्दर्भिक जस्तो पनि लाग्यो .

 


 
Posted on 04-19-08 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prem chopda!!!!!

You got it!!! ................Good Job.

Aru pani sunaunna Khanal bro ko??

 


 
Posted on 04-20-08 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

its all bullshit dude....dont trust wotever is in the news...because u know even the reporter support the leaders...how can u say that maoist come to everyone house and threaten them....i havent heard from anyone from my family that maoist came and threaten them....they are the supporter of congress...congress and communist are bullshit...wht u think...how was it possible to throw away the king on 2006 baishak...have u seen the guys fighting with the stem of treee on the front...they are all maoist..u think congress and communist have done that...they were sleeping on the house...if maoist havent dont that than still now there will be no mobile in the country...they have done mistake but it will be forgotten in the course of time....congress have done same thing before 2046...they were reported as criminals...now they are good....who u think can run the country good...show me one leader from congress and communist that can be compared to the thinking and personality of prachanda and baburam....there is no comparison...girija is running congress since 2046...there is no other leader from congress....girija...learn abt the history of girija...u will know it...i dont trust the news of nepal....coz everything runs from the capitalist...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters