काठमाडौं, वैशाख १६ - 'स्वतन्त्र तिब्बत' लेखिएको ब्यानर लिएर सगरमाथा आरोहणमा जान लागेका एक अमेरिकीलाई दर्ुइ वर्षम्म नेपालमा कुनै पनि पर्वतारोहण गतिविधिमा सरिक हुन नपाउने गरी सरकारले सोमबार देशनिकाला गरेको छ ।
सगरमाथा आधार शिविरमा सुरक्ष्ँाजाच गर्दा २८ वर्षो विलियम ब्रान्ट हल्यान्डको साथमा यस्तो ब्यानर फेला परेपछि गत आइतबार पर्यटन मन्त्रालयले आरोहणमा रोक लगाई फर्काएको थियो ।
आरोहणका र्सत पालना नगरे कारबाही गर्न सकिने पर्वतारोहण नियमावलीको प्रावधानअनुसार आइतबार सचिवस्तरीय निर्ण्र्ाााट निकाला गरिएको मन्त्रालयका एक अधिकारीले बताए । स्रोतअनुसार थाई एयरलाइन्सको उडानबाट उनी सोमबारै फर्केका छन् । ५ वर्षम्म नेपाल आउन प्रतिबन्ध लगाउने र १० वर्षम्म पर्वतारोहण गतिविधिमा सामेल हुनबाट रोक लगाउन सक्ने व्यवस्था नियमावलीमा भए पनि सम्झौता र सहमति तोड्नु हुदैन भन्ने सन्देश दिन न्यूनतम कारबाहीमात्र गरिएको हो स्रोतले बतायो ।
बेइजिङ ओलम्पिक प्रचार क्रममा संसारका विभिन्न मुलुकमा र्टच र्यालीमाथि अवरोध भइरहेको छ । चीनले उत्तरी मोहडाबाट यसवर्षसगरमाथा आरोहण रोकेर नेपालबाट आरोहण गर्नेले पनि अवरोध ल्याउन सक्ने आशंका गदर्ेर्ैैारोहण रोक्न दबाब दिदै आएको थियो । नेपालले भने पूरै अवधि आरोहण नरोकेर चीनविरोधी गतिविधि नियन्त्रण गर्ने विश्वास दिलाउदै आधार शिविरमा सुरक्ष्ँाजाचको व्यवस्था गरेको छ । ओलम्पिक र्टच सर्वोच्च शिखर पुग्ने मे १ देखि १० सम्मको अवधिमा भने नेपालतिरबाट पनि आरोेहण पूरै रोक्ने निर्ण्र्ाामन्त्रिपरिषद्ले गरेको थियो ।
हिमालयन गाइडले पर्यटन मन्त्रालयबाट ती आरोहीका लागि अनुमति लिएको थियो । उनको आरोहण व्यवस्थापन एसियन ट्रेकिङले गरेको हो । दुवै कम्पनीहरूलाई पनि १५ दिनभित्र स्पष्टीकरण माग्दै गतसाता मन्त्रालयले पत्र पठाएको थियो ।
http://kantipuronline.com/kolnepalinews.php?&nid=145406