[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

Geology Tiger

shirish

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सबिराको जेरुसेलम यात्रा
Keywords associated with this thread

Nakkali Keti story Israel Palestine Jerusalem
[VIEWED 4728 TIMES]
SAVE! for ease of future access.
Posted on 06-01-09 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिराको जेरुसेलम यात्रा


सबिरालाई आज निन्द्रा परेको छैन तर पनि उसलाई भोलिको महत्वपूर्ण काम फत्ते गर्नु अगाडि केही बेर आराम गर्ने निर्देशन दिइएको छ। निदाउन पाउनु सबिराको लागि आधारभुत आबस्यक्ता होइन। उस्ले कयौँ रातहरु झिमिक्कै नगरी काटेकी छ।भोक, प्यास त्रासले गाँजेका ती रातहरु भन्दा आजको रात भिन्नै छ। आज अतितका सम्झनाले सुत्न सकेकी छैन।

सबिराको पुरा नाम सबिरा नजारी हो। पेलेस्टेनी भुभागको पश्चिमि किनारमा रहेको पुरानो शहर रामाल्लाह मा जन्मिएकी थी। बाउ आमाकी कान्छी छोरी सबिराका दुई भाईहरु पनि थिए। सबिराका बाउ सलह अबी नजारी इजराइलले गरेको हवाइ आक्रमणमा पनि मरेका थिए। सयौँ छ्य्त बिछ्य्त भएका लास बिच सलह अबीको लास परिवारका सदस्यहरुले अनुमान गरेर गाडेका थिए। बाबु मरेको १० महिना पछी सबिराले सात बर्षका दुई भाईहरु  अर्को इजराइली आक्रमणमा गुमाएकी थी। उस्का दुई भाईहरु सँगइ  अरु तीन जना बच्चाहरु पनि मारीएका थिए। इजराइलले त्यो आक्रमण आफ्न तीन सैनिक मारीएकोमा गरेको थियो। सबिर सधैं ति तीन सैनिकहरुको छबी बुन्न खोज्छे। पाँच बच्चा बराबर तीन सैनिक... ... ...  यो हिसाब उस्ले कहिले पनि बुझ्न सकिन। सबिराको कथा यही सकिँदैन। साँची भन्ने हो भने उस्को जीवन कथा पश्चिमिहरुको लागि एक साँझ खर्चिने फिक्सन मुभि बन्न सक्छ।

यसरी युद्दले जर जर भएको भुमिमा ज्यान जोगाउनु कम चुनौतीपूर्ण काम होइन। त्यस माथि सबिरा एक नारी। संसारका हरेक नारीलाई झै उस्लाई पनि आफ्नो अस्मिता बचाउनु पर्ने जिम्मेबारी छँदैछ। हुन लुटिइ सकेकी छ। उस्को जीवनको पछील्लो घटना। १५ जनाको सैनिक टोलिले घेरेको थियो , उस्की आमा, दुई दिदिहरु अनी अरु , जना आइमाइहरुलाई। सबिराले मन मनै गनेकी थि ति मान्छेहरुलाई। आधुनिक हतियारको ताकतले मात्तिएका ति सैनिकहरु पागल हात्ती झै देखिन्थे। ती जनावरहरुले आक्रमण गर्दा उस्की आमा दिदिहरुले प्रतिकार गरे। डुँग् डुँग् गोलीको आवाज आयो। क्षण भरमै , जनाको लास काठको मुडो बनेर तेर्सियो। १५ बर्षकी सबिरा तर्सी। उस्लाई ती नरपिसाच भन्दा मृत्‍यु भयन्कर लाग्यो। त्यसैले चुँइक्क  पनि नगरि सुम्पी नि उस्ले आफ्नो अस्मिता। तर उस्लाई त्यस्को पछुतो छ। त्यसैले यो काम गर्न जाँदैछे नि भोली।

सबिराको यो कथा पेलेस्टाइनिहरुको लागि भने नौलो होइन। यस्तो कथा इजराइलले ओगटेको पेलेस्टाइनमा बस्ने हरेक दोर्सो, चौथो सबिराको हुन सक्छ। तर कुनै संचार माध्यामहरुले उनिहरुको कथा भन्दैन। उनिहरुको घर, देश इजराइलले जबरजस्ती कब्जा गरेको कुरा गर्छ। गरोस् नै किन, सबिराको वा सबिरा जस्ताको संचार माध्याममा लगानी , सेतो घर सँग निकट सम्बन्ध। तर दोष यहाँ बिदेशिको मात्रा होइन। सबिराका आफ्नै बाउ, काका, दाजु, भाईहरु पनि फुटेर फताह हमास बनेका छन। यसै बिदेशिले कब्जा गरेको भुमी , त्यस माथि आफ्नै घरमा कलह भएपछी कसरी त्यहाँ बस्ने मानिस सुरछित हुन सक्छन ?

कयौँ बर्षदेखी सबिराहरुको भुमिमा चल्दै आएको संघर्सको समाधान सरल छ। इजराइल पेलेस्टाइन दुई छुट्टा छुट्टै राज्यको स्थापना तर कार्यन्वन अत्यन्त जटिल छ। इजराइलले पेलेस्टाइनी भुमीमा यहुदी बस्तीहरुको सन्जाल फिजाइ सकेको छ। त्यस माथि उस्लाई अमेरिकाको सहयोग छ। आफुलाई
संसारको नाइके भन्ने अमेरिकाले इजराइललाई बर्सेनी करोडौंको सहयोग गर्छ।
त्यसैले त हरेक बर्ष कयौँ सबिराका परिवारहरु मारिन्छन नि। हुन त सबिराका
टाढाका नातेदारहरु पनि सक्ती सम्पन्न छन्। प्रसस्त तेल र पैसा छ
उनिहरुसँग। चाहेको खन्डमा उनिहरु यो अत्याचार रोक्न सक्छन। तर किन हो किन ति तमासे बनेका छन्।

आफ्नो सर्बस्व गुमेपछी सबिरा अल-अमारी शरणर्थी केन्द्रमा पुगेकी थि।  तर उ त्यहाँ बस्न चाहिन। आफ्नै देशमा शरणर्थी बन्नु पर्ने त्यो कस्तो बाध्यता। उ भित्र आक्रोस छ। देश हडपिएको आक्रोस, परिवार मारीएको आक्रोस अनी आफु लुटीएको आक्रोस। आफु भित्र दन दन बलेको आगो निभाउन चाहन्छे उ। त्यसैले त कता कताबाट करिब १५ दिन जती अघी रामाल्लाहमा रहेको हमासको  एउटा
सानो समुहमा भित्रिएकी छ उ। उ भित्रको आगोलाई हमासका ति सदस्यहरुले
प्रत्यक दिन हम्कन्छन। उ अहिले सही गलत केही देख्दिन। उ केवल भोलीको
पर्खाइमा छे।

मनमा अनेक थरी ताना बाना बुन्दै उस्को रात बितेछ।
उ उठेर तयार हुन्छे।



समुहका सबैले प्रार्थना गर्छन् अनी
सबिरा लाई शपथ खुवाइन्छ।
समुहको नाइकेले उस्को कम्मर म एउटा गर्हौँ पेटी बाँधिदिन्छ अनी एकछीन केही
प्राबिधिक कुरा गर्छ। अहिले उस्लाई निरिह सबिराबाट सक्तिसाली सबिरा भएको
अनुभब हुन्छ। त्यस पछी उस्लाई जेरुसेलमको जाफा भन्ने ब्यस्त सडकमा लगेर
छोडिन्छ। केही समयपछी एउटा ठुलो बिस्फोटनको आवाज आउँछ। CNN, BBC हरु
समाचार फुक्न ब्यस्त हुन्छन जेरुसेलममा आत्मघाती बम बिस्फोटमा परी १३ जनाको मृत्‍यु... ... ति मध्ये ५ जना बाल बालिका... ... ...


अस्तु




Last edited: 01-Jun-09 08:12 AM

 
Posted on 06-01-09 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फरक सैली, फरक प्रस्तुती। राम्रो लाग्यो

 
Posted on 06-01-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Raw, gross and inadequately informed.


Disppointed to read from otherwise one of the best writing talents of Sajha.


Nepe


 
Posted on 06-01-09 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Perfectionist
Thank you for the comment.

Nepe
Thank you for your comment too. I can take the "inadequately informed" part of your comment but would you please enlighten me on "Raw" and "Gross" part of it. I will appreciate that.



 
Posted on 06-02-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कलीजी,


मेरो अनुदार टिप्पणीबाट म पनि अलि असहज अनुभव गरिरहेछु है । अनि खासमा मैले भन्न चाहेको कुरा मेरा शब्दले राख्‍न सकेनन् कि भन्छु ।


मलाई दुईवटा कुरा भन्नु थियो: एउटा कुरा राजनैतिक पाटोको थियो भने अर्को साहित्यिक पाटोको । तर ती दुबै केही हदमा अन्तर्सम्बन्धित पनि छन् ।


राजनैतिक पाटोको हकमा, ईजरायललाई हैकमवादी र फिलिस्तिनी अतिवादलाई मुक्तियोद्धाको रुपमा बुझेको जुन विश्व वामपन्थी, प्रगतिशिल र उदारवादी जनमत छ, त्यो त्रुटीपूर्ण छ । ईजरायली र फिलिस्तीनी जनताको सम्बन्ध यस्तो श्यामश्वेत प्रकृतिको छैन । दुबै जनतामा एकअर्काप्रतिको भावना, चाहना र व्यवहारमा एक अति देखि अर्को अतिसम्मको सम्पूर्ण विविधता छ र यस्तो विविधता र भौगोलिक विभाजनको बिचमा पनि उनीहरुको सहजीवन र सहअस्तित्व एउटा निरन्तर यथार्थ बनेर रहेको छ । चाखलाग्दो कुरा त के छ भने, यो कुराबाट समाचार र प्रचारसाहित्यमा मात्र निर्भर रहेको विश्व बेखबर छ ।


द्वन्दको मात्र चित्रण गर्ने दैनिक समाचार र conformist literature हरुले गर्दा ईजरायली र फिलिस्तिनी जनताको सहजीवनको यथार्थबाट हामी सबै बेखबर छौं । यो हाम्रो सूचनाको युगको एउटा दु:खद विडम्बना हो ।


एनिवे, मैले राख्‍न खोजेको तथ्य के हो भने, ईजरायली र फिलिस्तिनी जनतामा सिमित अतिवादी तप्का बाहेक बाँकी सबै तप्कामा सरदर मानिसमा एकअर्काका भय, समस्या र घाउ को जानकारी छ र त्यसबाट एकअर्काप्रति मिश्रित भावना छ भन्ने मेरो लामो र निकट अवलोकनको निस्कर्ष हो ।


तपाईको कथाको पात्र यो यथार्थबाट टाढा भएको पाएँ । मेरो विमत त्यही हो ।


अनि कथामा अतिरञ्जना पनि छ । तर त्यसलाई artistic license दिन सकिन्छ ।


अनि साहित्यिक पाटोमा चाही मैले भनेजस्तै मिश्रीत भावनात्मक यथार्थको पृष्टभूमिमा प्रतिशोध  तपाईले चित्रण गर्नुभएको जस्तै एकोहोरो नभई केही अन्तर्द्वन्द सहितको बढी स्वाभाविक हुनेथियो । अमिश्रित घृणाकै कथा हो भने पनि भावनात्मक चित्रणमा केही content त हुनुपर्थ्यो, त्यो छैन ।


ल मैले मेरो राय राखें । भुलचुक लिनेदिने ।


 


Nepe


 


    


 
Posted on 06-02-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो एउटा समाचार रिपोर्ट पनि सान्दर्भिकै होला यहाँ:


Riyashi is hailed as a courageous resistance fighter among Palestinians throughout Gaza and the West Bank, but the truth about what drove her to such a terrible act is much more complex. Palestinians in Gaza and Israeli internal-security experts who studied the background of her case say Riyashi's husband had discovered that she was having an affair with a senior Hamas commander.......


Behind the motives of religion and rage at Israeli occupation, Palestinian women, far more than men, tend to choose self-sacrifice as an exit from personal despair, while others are pushed into it for having broken taboos in strict Palestinian society. "These women are both victimizers and victims," Berko says.......


At least some of the captured suicide bombers interviewed by Berko say their motivation is the promise of paradise. Terrorist recruiters often tell male martyrs that a bevy of 72 virgins awaits them in heaven. But some women suicide bombers believe that in paradise they will become queens, while others are told by recruiters that no matter how old or grotesque they may be in this life, they will become the fairest of the 72 virgins that await each jihad warrior.


Palestinian Moms Becoming Martyrs

http://www.time.com/time/magazine/article/0,9171,1617542,00.html

Last edited: 02-Jun-09 01:07 PM

 
Posted on 06-02-09 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Raw" and "Gross" are extreme words for me and definitely those words didn't express your intentions.
However, I am glad that you realized it and took time to do some constructive criticism.

As
far as my writing, this is my first attempt to write in a political
issue. As I have accepted before, I may not be adequately informed
about the topic as you are. Being an outsider, I didn't have(still
don't have but I will do the research) proper understanding of  Israeli
and Palestinian relationship. I couldn't picture the common pains and
fears because of this ignorance. But in this story neither I have shown
hatred between civilians nor I am advocating Sabira's action. I just
tried to picture conflict between Palestine people and Israeli army and
the outcome.

Again, thank you for your comments. I expect them in future too.
Last edited: 02-Jun-09 06:26 PM

 
Posted on 06-23-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाजा र पश्चिमी तट (प्यालेस्टाईन ) का प्यालेस्टिनीहरु ईजरायल भित्र काम गर्दछन् भन्ने कुराबाट थुप्रै हामी अनभिज्ञ छौं । हामी प्यालेस्टिनीहरु ईजरायलमा आउने भनेको बम पड्काउन मात्र आउने होला भन्ठन्छौं । तर वास्तविकता के हो भने प्यालेस्टिनीहरुको ठूलो संख्या ईजरायलमा रोजगारी गर्दछन् । ओस्लो सम्झौता अघि त गाजा र पश्चिमी तटका एक तिहाई कामदारहरु ईजरायल भित्र काम गर्दथे । पछि त्यो संख्या ईजरायलको नीति अनुसार कहिले घट्ने कहिले बढ्ने गरेपनि सन् २००० को तथ्यांक हेर्ने हो भने पश्चिमी तटका २०% कामदार र गाजा र पश्चिमी तटका सालाखाला गर्दा २५% कामदारहरु ईजरायलभित्र काम गरिरहेको भेटिन्छ ।


प्यालेस्टिनी र ईजरायली जनताको यो आर्थिक सह-जीवन (अनेक राजनैतिक समस्याको वावजुद) को पाटो हो मैले अस्तिन हामी असूचित अवस्थामा छौं भनेको ।


आसा छ यो सानो टुक्रो तथ्यांक हाम्रो लागि सुसूचनाकारी हुनेछ ।


Number of Palestinians allowed to work in Israel, in Israeli-controlled industrial zones, and in Israeli settlements:


 

1987 (1)

1991 (2)

1992

1993 (3)

 1996

 1998

January 2000 (4)

mid-2002 

 end-2002

January 2004 

March 2004

180,000

100,000

116,000

65,000

 35,000

 56,000

 125,000

 7,532

 31,018

 17,000

33,386


 

(1) Before the first Intifada

(2) After the Gulf war

(3) Following the closure policy initiated by the Rabin government in April                        (4) Before the second Intifada


 PALESTINIAN Workers in Israel

http://www.medea.be/index.html?page=2&lang=en&doc=284


 

 

Last edited: 23-Jun-09 04:34 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters