[Show all top banners]

timer

More by timer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Euta Begalai Katha, Chalirahnchha Jivan
[VIEWED 1208 TIMES]
SAVE! for ease of future access.
Posted on 07-14-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.mysansar.com/temp/2169.html#more-2169

देवेन्द्र भट्टराई


‘साउदी अरबमा आएका नेपाली घरेलु कामदारको बारेमा सबैले
जानकारी लिनुपर्ने महत्वपूर्ण कुरा के छ भने यी सबै महिला कामदार आफ्नो
घर-गाउँको नाताको/चिनेजानेको/दलालको सहयोगमा राहदानी बनाइ भारतको बाटो
हुँदै बम्बइ पुग्छन्। र, त्यहाँ म्यानपावर एजेन्टले भिसा उपलब्ध गराएपछि
साउदी अरबलगायत खाडी मुलुकमा आउँछन्। केही अरुको राहदानी प्रयोग गरी आउने
गरेका छन्। धेरैले परिवारको सहमती नै नलिइ हिंडेका हुन्छन्। कसैले नगद
२०-३० हजार रुपैंया आफूलाई पठाइदिने व्यक्ति वा दलाललाई बुझाएका हुन्छन् त
कसैले नेपाल फर्किएपछि दिने बाचा गरेका हुन्छन्। बम्बइको भारतीय एजेन्टले
भिसा उपलब्ध गराएपछि धेरैजसो साउदी रियाल ४ सय (अर्थात झण्डै ८ हजार
रुपैंया) मासिक तलबमा सहमती जनाइ साहुको घरमा काम गर्न पुग्छन् भने कोही
रियाद्, दमाम, जेद्दा जस्ता शहरका महिला कामदार आपूर्ति केन्द्रमा
आइपुग्छन्। त्यहाँबाट साउदी साहुले उमेर, जिउडाल, रुप, अरबी/अंग्रेजी
भाषाको ज्ञान भएको/ननभएको आधारमा १२ हजारदेखि १६ हजार साउदी रियालमा खरिद
गरी लैजान्छन्। ती खरिद गरिएका घरेलु कामदारको काममा चित्त नबुझेमा साहुले
आफ्नो रकम फिर्ता पाउन ती कामदारहरुलाई उक्त आपूर्ति केन्द्रमा केही समयका
लागि छाडिदिन्छन्। त्यस अवधीमा अर्को साहुले ती कामदारलाई खरिद गरी लगेमा
पहिलेको साहुको रकम फिर्ता हुन्छ। यस क्रममा कुनै महिला कामदारहरुले ७-८
साहुहरुको खरिदबिक्रीको साधन बनिसकेको सत्यतथ्य पनि व्यक्त गरेका छन्।
आपूर्ति केन्द्रबाट पुन बिक्री हुन नसकेका वा बिरामी भइ काम गर्न नसक्ने
कामदारहरुलाई सम्बन्धीत साहु र आपूर्ति केन्द्रले राजदुताबासको गेटमा लगी
छाडिदिने गरेका छन्।’


जुन १२ को बेलुका ३ बजे गल्फ एयरबाट १५ जना घरेलु कामदार साउदी
अरेबियाबाट काठमाडौं उत्रनासाथै रियादस्थित नेपाली दुतावासले नेपाल
सरकारलाई अवगत गराएको सत्यतथ्य रिपोर्टको एक अंश हो यो। दुइ पृष्ठ लामो
रिपोर्टभित्रको सबै कुरा प्रकाशनमा ल्याउन समेत असम्भव छ किनभने यी
चेलीबेटीमाथि पालोक्रम र चरणबद्ध शैलीमा कसरी मानसिक, आर्थिक र शारीरिक
(यौन) शोषण हुन्छ भन्ने कहालीलाग्दो चित्र पनि यसमा समेटिएको छ।










सधैंभरि खाडीमा घरेलु कामदार पठाउने अथवा नपठाउने भन्ने बिषयमा बहस र
तर्क-बितर्क भैरहेका बेला पछिल्लो चरणमा एउटै हुद्दामा बाँधिएर यी पन्ध्र
युवती काठमाडौं उत्रेका छन्। साउदी अरेबिया नेपाली नियोगबाट राजदूत हमिद
अन्सारी र प्रथम सचिव खड्ग दाहालसँगको फोन सम्पर्कबाट जानकारी पाएर जुन १२
को अपरान्ह त्रिभुवन बिमानस्थल पुग्दा र एयरपोर्टको प्रहरी प्रशासनको
सहयोगमा आगन्तुक कक्षको मुखैमा उभिइरहेका बेला साउदी, बहराइन, कुवेत,
युएइबाट हुलका हुल युवकहरु घर भित्रिरहेको दृष्य देखिन्थ्यो। त्यही बेला
पत्रकारितामा ‘तस्वीर आफैं बोल्छ’ भनिए झैं युवतीहरुको एक हुल गेटमा
आइपुग्यो जो टाउकोमा प्लाष्टिकका थैला अथवा काखीमा पोलिथिनका झोला बोकेर
अगाडि बढिरहेका थिए। अधिकांसका जिउमा सुरुमा कालो कपडा अर्थात बुर्काको
केही अंश देखिन्थ्यो। कसैले त्यही बुर्काको मजेत्रोले मुख छोपिरहेका थिए,
कोही त्यो वस्त्रको आवरण खोलेर अर्कै स्वरुपमा देखिन्थे।


त्यही लर्कोमा नेपालगंजकी ३० बषिर्या मन्सरा रावल पनि थिइन् जो खाडीको
भोगाइ न सुनाउन न सम्झिन चाहिरहेकी थिइन्। धादिङकी सीता लामिछानेको
इतिबृतान्त अगाडी नै फोनबाट सुनिएको थियो। ती कसरी बाजको पंजाबाट उम्केको
परेवा झैं बनेर रियाद दुतावासमा पुगेकी थिइन् भन्ने वृतान्त यहाँ लेख्न
पनि सकिन्न। यी दिदीबहिनीहरु विदेशबाट सपनाको फल बोकेर घर फिरिरहेका
होइनन् कि पैह्रोले गाउँबस्ती उजाडिएपछि बचेका थोत्राथाम्रा बोकेर पहाड
ताप्लेजुङबाट तल मधेश झरिरहेका दुःखियाहरु झैं देखिन्थे।


तनहुँकी सहिदा खातुनका भाइ जलाल दिदीलाई लिन एयरपोर्ट आइसकेका थिए।
उनका साथमा अरु ४/५ युवतीहरु पनि साथै जाने भएका थिए। अरु कोही नेपालगंजका
थिए, कोही चितवन त कोही मोरङ। ‘मेरो टेक्ने-समाउने कोही छैन भाइ, म कहाँ
जाने -’, अझै कालो बुर्काको आवरणमा प्लाष्टिकको थैलो टाउकोमा अड्याएर
रोइरहेकी मन्सरा बिलाप गर्दै थिइन्।



अघि नै नेपाली दुतावासले भने झैं यी महिला ‘खद्दामा’ बनेर साउदी अरेबिया
पुगेका थिए, भारतीय नाकाबाट। साउदीमा घरेलु कामदारको ठूलो असुरक्षा रहेपछि
रियाद दुतावासकै आग्रहमा त्यहाँ ‘हाउसमेड भिसा’मा कामदार जानमा रोक
लगाइएको एक बर्षभन्दा बढी भैसकेको छ। कुवेतमा डोल्मा शेर्पाको प्रकरण
बाहिर आएपछि त्यहाँ पनि घरेलु कामदार जानमा सरकारले ‘कथित रोक’ लगाएको छ।
तर उपायहरु एक होइन, अनेक छन्। भारत, बंगालादेश, पाकिस्तान र कहिलेकाही
अफगानिस्तानको नाका भएर पनि साहसी दलालहरुको भरमा परेर सयौंको संख्यामा
नेपाली युवतीहरु घरेलु कामदार बनेर खाडी छिरिरहेकै छन्।


खाडीको साउदी अरेबियाकै कुरा गरौं। त्यहाँको रियाद दुतावासमा सधैंजसो
दुइ दर्जनभन्दा बढी घरेलु कामदार आश्रित हुने गरेका छन्। तीमध्ये को कति
बलात्कृत भएका छन्, कसको पेटमा कति महिनाको बच्चा छ अथवा को कति महिनादेखि
मानसिक रुपमा प्रताडित छन् भन्ने बुझ्ने चेष्टा न नेपाल सरकारले गरेको छ,
न यहाँका ‘लैङ्गिक समानता’का उग्र हकदार संघसंस्थाले - सामाजिक, राजनीतिक
र अन्य परिवेशका आधारमा पनि भिन्न भूगोल रहेको खाडी मुलुक पुगेकामध्ये
अधिकांस घरेलु कामदार युवतीको आवाज कि त दबिएर बसेको छ अथवा कि लाचारीका
कारण मानसिक बिचलनको अवस्थासम्म आइपुगेको छ। यसबेला, अरु मुलुकहरुले अपनाए
झैं सम्बन्धीत ट्रान्जिट वा हवाइ नाका भएका मुलुकलाई पत्र लेखी ‘हाउसमेड
भिसामा आवतजावत गर्न प्रतिबन्ध’ गराउन सक्ने हैसियत हाम्रो नयाँ नेपालको
सरकारले राख्न सक्नुपर्ने हो। तर श्रमले परराष्ट्रले ‘माथि’ देखाउने
भोगाइमा र्सवसाधारण नागरिक परिरहेको यथार्थ पनि लुकेको छैन।


रियाद नियोगले सरकारलाई पठाएको खद्दामा-विवरण अनुसार यहाँ गएका
चेलीबेटीको हैसियत कुनै पशुबजारमा झैं छ, खरिदबिक्री आधारमा। तिनको
ज्यानको मोल तोकिएको छ, भाउ बढाबढमा उनीहरु बिक्री भैरहेका छन्। अनि त्यो
रगत-पसिनाको बलमा पठाएको दुइचार सुकाको रेमिट्यान्सका भरमा अर्थ मन्त्री
बाबुराम भट्टराईदेखि सुरेन्द्र पाण्डेसम्म सपनामुखी बनिरहेका हुन्छन्।
कतिसम्म भने तिनै अबला नागरिकबाट लिएको अध्यागमन अथवा श्रम ट्याक्सबाट
करोडौं र अहिले अर्बौं रुपैंया उठेर पनि उनीहरुका लागि कल्याणकारी काम भने
केही हुन सकेको छैन। त्रिभुवन बिमानस्थलमा अलपत्र परेकी मन्सरा
रावलजस्तालाई एक रात गुजारा गर्नका लागि सरकारले आश्रयस्थल चलाउन सकेको
छैन। त्यसबेला केही हितकारी पौरखी नेपालजस्ता संस्थालाई हारगुहार
गर्नुबाहेकको अरु कुनै उपाय पनि रहन्न।


यहाँ महिला अधिकारका नाममा गोष्ठी हुन्छन्। दर्जनौं संघ-संगठन महिलाका
नाममा यहाँ छन्। सबैले बनाएका प्रतिवेदन र रिपोर्टहरु कति लोभलाग्दा छन्
भने मानौं, ति चिल्ला आवरण भएका ठेलीलाई छोएर मात्रै पनि धेरै कुरा सल्टन
सक्छ। तर यी संघसंस्था र नारीबादी अधिकारीहरुले किन सबैतिर र सधैंभरि
लैङ्गकि समानताको तर्कले काम गर्न सक्दैन भन्ने सोच्न नसकेका हुन् - अथवा
बिचल्ली परेर एक हजार रियालको घरफिर्ती टिकटका लागि हारगुहार गरिरहेका
दिदीबहिनीका लागि उद्वारका पक्षमा आवाज किन उठाउन नसकेका हुन् - कि खाडीमा
संगठनात्मक काम र निकायबाहेक ‘घरेलु कामदार’ हैसियतमा नेपाली दिदीबहिनी
नपठाइयोस् भन्न सक्नुपर्यो कि त उनीहरु अलपत्र हुदा उद्वारका लागि केही
पहल गर्न सक्नुपर्यो। होइन भने बोर्ड झुण्ड्याएर, ‘वुमन एक्टिभिष्ट’को
भिजिटिङ कार्ड बनाएर अथवा ठूला ठेली प्रतिवेदन बनाएर मात्रै आधी आकाश
थाम्न खोज्नुको कुनै तुक छैन। अहिले पनि दुइ महिनाअघि साउदी अरबमा मृत्यु
भएका बानिगामा, मोरङकी प्रमिला अधिकारी र शनिश्चरे, मोरङकै कमला मगरको शव
रियाद अस्पतालमा लडिरहेको छ। तिनको शव फिर्ता गर्न आफन्तको सर्म्पर्क हुन
नसकेको अथवा नचाहेको विवरण बुझ्नमा को, कुन संस्था अग्रसर भएको छ - हो,
एउटा नागरिक विश्वको जहींजुनै बिन्दूमा अलपत्र परेपनि त्यसको उद्वारमा
राज्य लाग्नुपर्ने हुन्छ। तर हाम्रो राज्य र राज्यको संयन्त्रमा भर पर्न
नसकिएरै अनेक संघसंस्था खोल्दै त्यसको संचालनबाट फाइदा लिन सकिएको
यथार्थलाई पनि नकार्न मिल्दैन।


आज पनि कुवेतको जेलमा डोल्मा शेर्पासँगै दुइ दर्जनभन्दा बढी नेपाली
युवती थुनामा छन्। तीमध्ये केही कुमारी आमाहरु पनि जेलमैं छन्, आफ्ना
बालबच्चासहित। कतार र युएइबाट हरेक साताजासो अलपत्र घरेलु कामदार युवती
कोही चोखो त कोही जुठो ज्यान लिएर घर फिरिरहेका छन्। दलालको सपनामा तानिएर
ओमान पुगेकी रसुवाकी लुसाङ तामाङ सात बर्षम्म घरेलु नजरबन्ददेखि अदालती
प्रकृयासम्म जोडिएर भर्खरै घर फिर्न पाएकी छिन्। लेबनान, बहराइनदेखि इराक
पुग्नेमा पनि घरेलु कामदार छन्। एउटी डोल्मा अथवा अर्की लुसाङ वा कुनै
मन्सरा रावलको पीडा एकदिन लेख्दैमा, सुन्दैमा सकिने पनि होइन।


अघिल्लो साता त्रिभुवन बिमानस्थलमा उत्रिएका अलपत्र युवतीको लर्को
पछ्याउँदै फेरि साउनको पहिलो साता पनि साउदीबाट दश जना घरेलु कामदार यता
फिर्दैछन्। यसबेला अरु कुराको त्यति याद हुन्न, एक महिनाअघि मात्रै
कुवेतबाट फिरेकी मकवानपुर घर हुने एक २२ वर्षकी युवतीले नामथर नछाप्ने
शर्तमा बोलेको कुरा मात्रै सम्झना यहाँ हुन्छ ‘मेरो जोवनको मोल १५ हजार
साउदी रियाल (अर्थात झण्डै ३ लाख रुपैंया) थियो। अथवा बजारबाट म ३ लाख
रुपैंयामा बेचिएकी रहिछु। मैंले घरमा आएका अरबी मालिकका पाहुनालाई
ख्वाउने-पियाउनेदेखि जिउमा तेल घस्नेसम्मको काम गर्नुपथ्र्यो। एक रात घरमा
आएका सातजना पाहुनालाई एकसाथ तेल दलिसकेपछि र सबैले पालो गरेर बलात्कार
गर्ने भएपछि म बेहोस भएछु। राति नै मलाई छेउको सडकमा रक्ताम्मे शरीरसँगै
छाडिएको रहेछ। भोलिपल्ट सडक खन्न आएका नेपाली कामदारले सोधपुछ गरेपछि म
कुवेतका केही नेपाली र रियाद दुतावासको सम्पर्कमा आएर यता आउन पाएकी हुँ।’


अझै यो मर्मभेदी कथा कसले, कतिदिनसम्म सुनिरहने यो नयाँ नेपालमा ??


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters