[Show all top banners]

Poon-Hill
Replies to this thread:

More by Poon-Hill
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

jgrasp
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kali Yug ko Chamatkar????
[VIEWED 2376 TIMES]
SAVE! for ease of future access.
Posted on 12-08-09 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Really????



बोकाले दूध दिएपछि...




मोहन बस्याल/चितवन


boka dudh जलवायु परिवर्तनका कारण साङ्गलाले धेरै सन्तान जन्माउन थालेको खबर सुन्दा आश्चर्य लागेको थियो।


नब्याएको कोरली बाच्छीले दूध दिएको सुन्दा पनि आश्चर्य लागेकै हो। तर उखानमा मात्र गोरु ब्याउने कुरा सुनेको मान्छेले बोकाले दूध दियो भन्ने सुन्दा आश्चर्य नलाग्ने कुरै भएन।


शुरुमा त हल्लाको देशमा नयाँ हल्ला भन्ने लागे पनि बोका पाल्ने किसानले दूध दुहेरै देखाएपछि त पत्याउनै पर्‍यो। त्यतिमात्र होइन, चितवनमा पशु सेवा कार्यालयका प्रमुख बिष्णुकुमार श्रेष्ठले पनि बीसौँ वर्ष पशु सेवामा लाग्दा पनि यस्तो नदेखेको बताएपछि त यो खबर माइसंसारका पाठकलाई पनि सुनाउन मन लाग्यो।


राजधानी बनाउने पहल शुरु भएपछि एकाएक नचिताएको मूल्यमा जग्गा खरिदबिक्री हुन थालेको चितवनमा धेरै खेत भएका कृषक यसै पनि खुशी थिए। अब बोकाले पनि दूध दिन थालेपछि खुशी नहुने त कुरै भएन नि हैन र?



बिहाडका लागि भनेर पालिएको बोकाले दूध दिन थालेपछि चितवनको एक किसान परिवार आश्चर्यमा परेको छ। चितवनको भरतपुर नगरपालिका १२ निवासी बलबहादुर खड्काले पालेको बोकाले गाईभैँसीले जस्तै गरी दूध दिन थालेको हो। जमुना पारी नामको सो बोकाको थुन बढ्दै गएपछि हात लगाउँदा दूध आउन थालेको ८१ वर्षीय बलबहादुर खड्काले बताए।


बोकाको थुनबाट दूध आउन थालेपछि पशु डाक्टरहरुलाई समेत देखाइएको छ। करिब डेढ वर्षअघि रामपुरमा रहेको फार्मबाट बिहाडकै लागि भने खड्काले किनेको ४२ किलोको सो बोका अहिले ८० भन्दा बढी किलोको भएको छ। बिहाडे बोकाले दूध दिने थाहा पाएपछि अहिले खड्का निवासमा दिनहुँ सयौँको भीड लाग्ने गरेको छ।


जो आएपनि खड्का र उनकी श्रीमति उमा खड्काले बोका दुहेर देखाइदिने गरेका छन्। यस घटनाले सर्वसाधारण मात्र होइन, पशु चिकित्सकहरु समेत आश्चर्यचकित परेका छन्। स्त्रीलिङ्गीले बालि नजाँदै दूध दिएकोसम्म सुन्ने र देख्ने अवसर पाएका पशु चिकित्सकहरु बोकाले दूध दिएको आफ्नै आँखाले देख्दा अचम्ममा परेका छन्।


जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक बिष्णुकुमार श्रेष्ठले हार्मोनको अनुपात बढी भएका कारण बोकाको थुनबाट दूध आएको हुन सक्ने अनुमान गरेका छन्। बोकाले दूध दिएको थाह भएपछि पशु सेवा कार्यालयले दूधको ल्याव टेष्ट समेत गराएको थियो। ल्याव टेष्टको रिपोर्टले पनि बोकाको दूध सामान्य गाईभैँसीको दूध भन्दा फरक नभएको प्रमाणित गरेको छ।


पशुसेवा कार्यालयका बरिष्ठ पशु बिकास अधिकृत तेजबहादुर रिजालका अनुसार बोकाको दूधमा चार दशमलव चार प्रतिशत फ्याट, ३ दशमलव ५४ प्रतिशत प्रोटिन, ८.२२ प्रतिशत एस.एफ.एन. चार प्रतिशत कन्डक्टिभिटि, २७ प्रतिशत डेनसिटिको मात्रा रहेको छ।


कहीँ नभएको जात्रा हाँडीगाउँ भनेझै चितवनमा देखिएको दूध दिने बिहाडे बोका साँच्चिकै नमुना बनेको छ।
boka dudh


 
Posted on 12-08-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now goats are getting handjobs....
 
Posted on 12-08-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol that's just plain stupidity. do people have brain to think or just too busy to follow herd-mentality.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters