[Show all top banners]

Narayangarh suburb
Replies to this thread:

More by Narayangarh suburb
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालीहरुको आन्दोलन मोह
[VIEWED 2663 TIMES]
SAVE! for ease of future access.
Posted on 05-06-10 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नेपालीहरुको आन्दोलन मोह

मलाई राजनीति आउँदैन। यदी कुनै झन्डाको खम्बा समाउनु र तेसैको तालमा फहराउने नै राजनीति हो भने, मैले राजनीति नबुझेकै राम्रो। देशको सम्रचना लाई बुझेर देस हाक्ने निती तर्जुमा गर्ने हो भने चै मलाई राजनीतिमा जिज्ञासा भने छ। मैले धेरै पटक एकै प्रश्न झेलेको छु " तिमी कुन पार्टी को?"। थोरै मान्छेले मात्र विश्वाश गरेको जस्तो देखाय म पार्टीबिहीन भएको सत्यताको। धेरै को भनाइ एउटै छ कुनै न कुनै छानो त चहियो नि। अचम्म लाग्छ कुनै पार्टीमा नलाग्दैमा म राष्ट्रप्रेमी भइन।

बिदेसमै भएपनी म हरेकदिन नेपालको घटनाक्रम नियाल्दै छु। आन्दोलनका पक्ष बिपक्ष सबैतिरको गतिबिधी मुल्याङ्कन गर्दै छु। विश्वाश गर्नुस् नगरनुस् म चिन्तित छु। नेपालको राजनीति जसरी अगाडि बढी राखेको छ मलाई लागदैन हामी कुनै स्वर्निम युग तर्फ उन्मुख छौ। हामी कलह गरी रहेकै थियौ, भिडन्त पनि गरेउ र फेरी भिडन्त तर्फ नै लाग्दै छौ। धेरै तितो लाग्न सक्ला तर सत्य के हो भने हामी नेपाली हरुमा मानब समबेदना को निकै अभाव छ। बन्द गरेर होस्, तोड्-फोड गरेर होस् हाम्रो आन्दोलन अरुलाई दु:ख दिने, सास्ती दिनेमै केन्द्रित हुन्छ। न नेता भनेका नाइके हरुले एक्-अर्कलाई सम्म्मान गर्न जानेक छन न कार्यकर्ता भनाउदा लठेत हरु सद्भभाब राख्न सक्छन। अर्को पार्टीको मान्छे माथि एसरी खनिन्छन कि लाग्छ उस्को जन्म नै अर्को लाई सकाउन को लागी भाको हो। "नया पार्टी" को त के कुर गर्नु र। उ त जन्मिदै खुडा र बन्दुक बोकेर जन्मेको "महान" पार्टी।
सबै पक्षलाई हेर्ने हो भने हाम्रो देसेको समस्याको जड् भनेकै नेपाली हरुको आन्दोलन प्रतिको मोह हो। अधिकान्स सँग काम छैन। सकी-नसकी भये पनि बौ-आमाले क्याम्पस सम्म झोल बोक्न पुग्ने गरी पैसा देएकै छन। झोल भित्र किताब चकी कुनै पार्टीको घोषणा पत्र केही सोध-खोज गर्दैनन। खाएको पचाउनै भएपनी त केही गर्नु पर्‍यो। सर्बोत्तम उपाय राजनीति। थोरैलाई नाम र दाम मिल्ने। केहीलाई खाजा-साजा मिल्ने। धेरैलाई अर्काको खप्पर फुटाउने अबसर। नियालेर हेर्नुस् त। हाम्रा क्याम्पस हरुमा  केटी जिस्काएको कुरा देखी लिएर जाच म फैल भएको कुरा सम्मले राजनीतिक समर्थन पाउछन। अहिले न स्कुल न कलेज म विद्यार्थी हरुले शिक्षक को मर्यादा नै गर्दैन। आफ्नो कम्जोरीलाई लुकाउन भएपनी एउटा न एउटा झन्डा समाउने चलन छ। सबैले एन-कानुन को पालन गर्ने हो भने टाउको फुटाउन पो किन पर्‍यो र?  तर हैन नेपाली लाई आन्दोलन को बानी पारी सक्यो। यो रोग निको हुनेवाला छैन। ०४६ साल मा पनि यस्तै मान्छे हरु थिए। म ९ बर्षको बालक पनी होमिएको थिए तर पारिवारिक कारणले। ०६३ साल सम्म अैपुग्द मैले राज्निती नबुझे पनि नेपालका पार्टी हरुलाई चिनी सकेको थिए। म सस्तो ब्रोइलेर खाएर घरमै बसे तर एक्दिन पनि गैन आन्दोलनमा। मैले न ज्ञानेन्द्र लाई समर्थन गरे न प्रचन्डका हिमाएती हरुलाई। तर म जस्तै माओवादी को सास्ती अब अरुले भोग्न नपरोस, ३-४ घण्टामै काठमाडौं पुग्न पाइयोस भनेर सान्तिको कामना चै गरी रहे।
मैले बिरोध गर्नुले कुनै अर्थ राख्दैन। ट्रकमा चढाएर भएनी, धम्काएर भय नि, आन्दोलन को मोहले भये नि यो आन्दोलनमा एतिहासिक भिड थुप्रिदै छ। राजधानीमा रोज्गारी गर्न आएका र बन्दले बेरोजगार भएका, गाउ-गाउ बाट सुन्धारा र नयाँ भनेका नौ-तले भवन हेर्न पाउने आस्मा आउने नेपालीहरुले आन्दोलन हरुलाई जहिले पनि "पेट्रोल" प्रदान गरी रहने छन। यो उनीहरुको बाध्यता हो। माओवादी ले गर्ने आन्दोलन सधैं सफल हुने छ। किनकी नेपाली जनतमा आन्दोलन मोह छ, माओवादीलाई अन्मिन र मनब्-अधिकार बादी हरुको छहारी छ र गाउ गाउमा माओवादीको बन्दुक छ। " जब सम्म हामी आन्दोलन मोह त्याग गर्दैन र जुनै कारण भय पनि हिङ्सा र हद्ताल्को बिरोध गर्दैनौ तब सम्म नेपाल देसलाई पसुपती नाथले मात्र कल्यान गर्न सक्लान अरु कसैले गर्न सक्दैन"

 
Posted on 05-06-10 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याद आयो होला नि हैन नारयने

 
Posted on 05-06-10 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

NS bro,


I agree with most of things you have put here but I view the picture a bit differently. The crowd seem to be driven by fear and been duped by leaders as always been the case.  I don’t blame the mob, it can be steered or it can be motivated and exploited, so I don’t think all the participants are in favor of the protest or they are enthusiastic about it except those brainless YCL faggots who are just maintained for the specific purpose of creating fear and chaos and always are ready to flex their muscle power and some mercenaries (bhanda ko gunda haru) who always worship money rather than any side. Some are there for family reasons, some are there coz they are frustrated and they want to end this as soon as possible and some are getting paid to do this, of course I will do it, if I get some money , rather than sitting at home, and I get two meals for free. So illiteracy, unemployment and lack of social control are the reasons to be blamed and all of them are tied to “ineffective policies” implemented so far.


I know it pretty well when you refer to kids and youths in the school and colleges, I have been through that. At one point of time, I was ready to fight with my friends, in just one hint by the leaders of a party we used to follow blindfolded, and now I know those friends are there for me when I need them. So I don’t blame the crowd, I blame the leaders who are leading it, who are exploiting it to fulfill their agendas and their egos. When they lack morale, imagine they can lead these youths to fulfill their wicked intent.     The current demonstration in Nepal is not motivated by a general cause, its just Prachanda’s hubris; he wants to be PM again riding the back of these misdirected youths. He and his sidekicks are still blood thirsty and power hungry, they did not care for lives of thousands, why would they care for the sufferings of ppl rite now. I don’t know how many more lives they need to quench their vampire thirst.


Maoists have fked up the hope of Nepal and Nepalese already crippled by the greed and incompetency of the mainstream party leaders. Nepalese ppl voted them for the majority party in mainstream politics from an outcast terrorist group and see what they are getting in return. I am more worried about the emerging differences and hatred among Nepalese ppl, its no more Nepal and Nepalese, its bahun and bahun rajya, madhes and madhesh rajya  , khumbu and khumbuwan, and the list goes on …… so it seems our ancestors fought for wrong cause of unification, these ppl now want to stay divided and these leaders are stoking the fire with elements of racism and ethnicity and now they are going to fight for it, Nepal is going to revert to the stage of “baaise and chaubise rajya” and may be the word Nepal and Nepalese  would cease to exist ….


 


All I care about is prosperity of Nepal and Nepalese, don’t care which party does it or who does it but it hurts when I have to see the country being torn apart into pieces and the countrymen involved in zero sum game. I think that’s what is going on with all Nepalese diasporas abroad.


 


Anyway all I wanted for you is to read the following article from ekantipur but I got carried away, so let me shut the eff up and get back to work :P


 


  राजधानीबाट र्फकने क्रम जारी

काभ्रे (कास)- माओवादीले आमहडतालका लागि काठमाडांै लगेका रामेछाप, फर्पुका चित्रबहादुर विश्वकर्मा मलिन अनुहार पार्दै बुधबार फर्किरहेका थिए । हिंडेरै घर जान लागेका उनी बुधबार बनेपामा भेटिए । उनले काठमाडांैमा चिसोमा बस्नु परेका कारण हातखुट्टा सुन्निएको

बताए । 'हामी सर्वसाधारण हाँै', माओवादीले आन्दोलनका लागि जबर्जस्ती ल्याइएको हो', उनले भने, 'माओवादी कार्यकर्ताले धम्की दिएपछि आन्दोलनमा गएका हांै ।' उनीसँगै ३० जना सर्वसाधारण घर फर्किन हिँडेर जाँदै थिए । उनका अनुसार उनलाई हिंडेरै गाउँ पुग्न अझै २ दिन लाग्छ ।

'द्वन्द्वकालमा भन्दा अहिले बढी दुःख पाइयो', दुःख मात्र होइन मानसिक चिन्ता पनि बढी भएको उनले गुनासो गरे । आन्दोलन लम्बेपछि माओवादीले लगेका रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुलीका धेरै सर्वसाधारण अरनिको र बीपी राजमार्ग हुँदै फर्किरहेका छन् ।

'बिरामी थिएँ, जबर्जस्ती आन्दोलनमा लगे', दोलखा, जिरीका सोनाम लामाले दुःखेसो पोखे, 'रातभर लामखुट्टेको टोकाइ र चिसो ठाउँमा सुत्नु पर्दा ज्वरो आएर झन्डै मरेको ।' ज्वरोले निस्लोट भएर विस्तारै विस्तारै हिँडेर उनी घर जाँदै थिए । 'आउँदा बसमा आइयो, बिरामी छु, बाटामा कहाँ बस्ने ठेगान छैन', उनले भने, 'घर पुग्न मलाई अझै तीन दिन लाग्छ होला ।'

'काठमाडांैबाट आन्दोलन छाडेर धेरै सर्वसाधारण घर जान थालेपछि काठमाडांैमा रहेका माओवादीले आन्दोलन छाडेर जानेलाई कडा कारबाही गर्ने धम्की दिइरहेका छन्', उनले भने, 'बरु मारुन् अब उनीहरूको आन्दोलनमा जादैनांै ।'

'१७ गते काठमाडांैमा पुगेको थिएँ', सिन्धुलीका केदार थापाले भने, '१८ गते बेलुकादेखि पेट दुख्ने समस्याले सताइरहेको छ ।' बिरामी पर्दा माओवादीले राम्रो उपचार नदिएको उनले बताए । 'उपचार गराउन पैसा थिएन, माओवादीले राम्रोसँग उपचार गरिदिएन', उनले भने, 'त्यही भएर त्यहाँ बस्न नसक्ने भएर घर आएको हुँ, अहिले पनि समस्या उस्तै छ, गाउँमा पुगेपछि स्वास्थ्य चौकीमा जचाएर औषधि खान्छु ।'

काठमाडांैबाट फर्किएका अधिकांश सर्वसाधारणले माओवादीविरुद्ध आक्रोश पोखेका थिए । 'मलाई त केको लागि काठमाडांै ल्याइएको थाहा थिएन, माओवादीले समयमै संविधान बनाई गरीबी हटाउन भनेकाले आएँ', सिन्धुपाल्चोकका मिन अधिकारीले भने, 'काठमाडांै आएपछि बल्ल थाहा पाएँ प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने रे ।'


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters