वतमान राजनैतिक निकासका लागि आवश्यकता र समस्या दुइ कुरा छन्। अहिलेको
आवश्यकता भनेको शान्ति प्रक्रिया र संविधान लेखन हो। समस्या भनेको कुर्सी
भइरहेको खिचातानी हो। नेताहरूले कुर्सी सत्ताबाहेक केही नदेख्नु समस्या
भएको छ।
जनताको नाउँमा आफूले रजाइँ गर्ने सोचमात्र भएकाले समाधान हुन सकेको छैन।
सबै नेता सहमति-सहमति भनिरहेका छन्। सहमति भनेको सुन्दा-सुन्दा छाती फुट्ला
जस्तो भइसकेको छ। सहमति भनिरहने तर कहिले सहमति नहुने भएको देख्दा
नेताहरूले सहमति भनेकै नबुझेको हो कि जस्तो लागेको छ।
नेताहरूले कि त सहमति खोज्नुपर्यो कि त महमतिमा जानुपर्यो। महमति भनेको म र
हरिवंश मिलेजस्तो हो। महजोडी भएर काम गर्न थालेको ३१ वर्षभयो। मान्छेमा एक
जनामा त द्वन्द्व हुन्छ भने हामी त दुइ जना छौं। हामीभित्र पनि स्पर्धा छ,
एक अर्कालाई पटक्कै मन नपर्ने बानी व्यहोरा छन्। तर माया छ, सल्लाह छ,
अभिभावकत्व छ। एक अर्कालाई मन नपर्ने कुरामा पनि सहिदिने क्षमता छ। त्यसैले
हामी ३१ वर्षेखि लगातार सँगै बसेर काम गर्न सफल भएका छौं। महमति भनेको
समझदारी र सम्झौता हो। नेताहरू महमतिमा आइदिए भने अहिलेको समस्याको निकास
निस्कन्छ।
आ-आफनो हठमा नबस्ने, कम्परमाइज गर्ने, जुन पार्टर्ीीढी परिपक्व छ, उसले
हारेर होइन, हारिदिएर जित्न जान्नर्ुपर्छ। पद, कर्ुर्सर्ीीेह, शक्तिमोह
त्यागेर जनतामोह, जनता पनि आफनो पार्टी लागेका जनतामात्र होइन, आमजनतालाई
सोचेर समझदारीमा आयो भने कुरा मिल्छ।
अहिलेको राजनैतिक समस्यामाथि पार्टीबीच वार्ता भइरहे पनि दाउपेच बढी भएकाले
आ-आफनो स्वार्थमा खेल भइरहेकाले निकास निस्कन नसकेको हो। हामी कुनै पार्टी
छैनौं। कुनै पक्ष नलिई भन्नुपर्दा सहमति वा महमतिबाट निकास निकाल्नुको
सम्भावना छैन। हरिवंश र ममध्ये एकजना प्रधानमन्त्री र एकजना प्रचण्ड
भइदिएको भए एकछिनमा सबै कुरा मिल्थ्यो। हामी पनि प्रजातन्त्र प्राप्ति र
यसको प्राप्तिपछि त्यसलाई स्थापित गर्ने काममा लाग्यौं। त्यो बेला अब
राजतन्त्र पुग्यो, जनताको शासन चाहिन्छ भनेर हामी लागेका थियौं।
त्यो समयमा कुनै करकाप, डर-धाक, धम्कीबिना बौद्धिक वर्ग पनि
स्वतःस्फूर्तरूपमा आन्दोलनमा आएका थिए आफनो हकका लागि। अहिलेको समस्या पनि
लम्बियो भने बौद्धिक वर्ग शान्ति जुलुसको रूपमा पार्टर्ीीलाई मिल्नका लागि
दबाब दिन तटस्थ भएर आउँछ, हामी पनि आउँछौ। आउने सुरसार पनि भइसकेको छ। कुनै
पनि देशको विकासका लागि उद्योगधन्दा बढाउनतिर लाग्नुपर्छ। जनता जुलुसमा
आउँछन्, ती जनतालाई मन्त्री, प्रधानमन्त्री बन्नु छैन। पदमा पुग्नका लागि
नभई ती जनता गाँस, बास र कपासका लागि कसको पछि लागेर हुन्छ आन्दोलनमा
आउँछन्।
तर गाँस, बास र कपास जुटाउने उद्योग कलकारखानामा बन्द, हडताल, तालाबन्दी
गरेर नेताहरूले जनताकै पेटमा लात हानिरहेका छन्। यसलाई हर्ेदा नेताहरूलाई
उद्योगधन्दा कसरी चल्छ भन्ने नै थाहा नभए जस्तो लाग्छ।