[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कस्ता छन त हाम्रो भारतीये मित्र
[VIEWED 1861 TIMES]
SAVE! for ease of future access.
Posted on 10-01-10 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसा तिर्न नसकेपछि भारतीय डाक्टरले निको भएको घाउ काटिदिए





Font size:
Decrease font
Enlarge font





image







कैलाली, १५ असोज : शल्यक्रिया
गरेको पैसा तिर्न नसक्दा भारतीय डाक्टरले निको भइसकेको बिरामीको घाउ काटेर
घर फर्काइदिएका छन् । उपचार गरेको पैसा तिर्न नसकेपछि भारतको उत्तरप्रदेश
राज्यको सितारगन्जमा रहेको टुरना अस्पतालका डाक्टर एसएस टुरनाले मालाखेती-७
का रामबहादुर साउदको निको भइसकेको घाउ काटी आन्द्रा बाहिर निकालेर घर
फर्काइदिएको हो ।


हर्नियाको
शल्यक्रिया गर्दा लागेको पूरै रकम तिर्न नसकेपछि साउद एक महिनासम्म
अस्पतालमै बसेका थिए । एक महिनासम्म पनि पैसा तिर्न नसकेपछि अस्पतालका
डाक्टर टुरनाले घाउ काटेर आन्द्रा निकालिदिएको पीडित साउदले बताए । 'पैसा
तिर्न नसकेपछि निको भइसकेको घाउ काटेर जा भन्यो,' उनले भने, 'शल्यक्रियाको
३५ हजार भारतीय रुपैयाँ तिरे पनि थप रकमको माग गर्दै पुनः सोही ठाउँमा
काटेर आन्द्रा बाहिर निकालिदिए । त्यसपछि उनीहरूले नै भारतको बनबासासम्म
ल्याएर छाडिदिए ।' उनलाई ६ महिनाअघि नै डाक्टरले निको भएको घाउ काटेर घर
फर्काएको भए पनि भर्खर मात्रै यो घटना सार्वजनिक गरेका हुन् ।



महिनाअघि शल्यक्रिया गरेको पैसा नतिरेको भन्दै निको भइसकेको घाउ चिकित्सकले
पुनः आन्द्रा काटेर घर फर्काइएको साउदको काटिएको ठाउँको मासु कुहिएको छ
भने बाहिर निस्केको आन्द्रा फुल्न थालेको छ । पैसा अभावले पुनः उपचार गराउन
नसक्दा उनको अवस्था गम्भीर हुँदै गएको छ । उनी काटेको घाउ र आन्द्रालाई
प्लास्टिकको थैलाभित्र राखेर सहयोग जुटाउँदै हिँडेका छन् । सहयोगको याचना
गर्दै धेरै ठाउँ पुगे पनि कसैबाट पनि सहयोग नपाएको उनलेे दुखेसो गरे ।
'सहयोग माग्दै सबैतिर भाँैतारिरहेको छु । कसैले पनि सहयोग गरेको छैन ।'
साउदले भने, 'कसैबाट सहयोग पाए पुनः जीवन पाउने थिए ।'


डाक्टरले
घाउ काटेर घर फर्काएका साउदलाई परिवारले समेत बोझ भन्दै घरैबाट
निकालिदिएका छन् । बाँच्न नसक्ने मान्छे घरमा नबस् भन्दै परिवारले निकालेको
उनले बताए । 'बाँच्न सक्दैनस् उपचार गरेर खर्च किन गर्ने भनेर सबैले मिलेर
घरबाट निकाले,' गहभरि आँसु पार्दै उनले भने, 'आप\mनै
बुबा, श्रीमती, छोरी, भाइ, बुहारीले फोहोरीलाई घरमा राख्नु हँुदैन भन्दै
निकालिदिए ।' परिवारले समेत निकालेपछि सडकमा बास बस्न बाध्य उनले बताए ।
'आफ्नै भन्नेले पनि छिछि गरेपछि सडकमा बास बस्न बाध्य छु,' उनले भने,
'दिउँसो उपचारका लागि खर्च माग्दै हिँड्छु, राति जुन ठाउँमा पर्छ त्यसैको
सडकछेउमा सुत्छु ।




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters