[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भिबोर बैंकलाई राष्ट्र बैंकबाट ५० करोड कर्जा
[VIEWED 947 TIMES]
SAVE! for ease of future access.
Posted on 06-09-11 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुदर्शन सापकोटा, काठमाडौं, जेठ २७- चरम तरलता अभाव भएपछि सहायता माग्न पुगेको भिबोर विकास बैंकलाई राष्ट्र बैंकले ५० करोड रुपैयाँ ऋण दिएको छ। बैंकलाई सात प्रतिशतको ब्याजमा राष्ट्र बैंकले आगामी छ महिनाका लागि कर्जा उपलब्ध गराएको हो।

राष्ट्र बैंकले २७ करोड र नेपाली सेनाले ५ करोड रुपैयाँ निक्षेप झिकिदिएपछि चरम तरलता अभाव भएको बैंकका अधिकारीहरु बुधबार राष्ट्र बैंकका अधिकारीहरुलाई भेट्दै 'पैसा उपलब्ध गराइदिन वा व्यवस्थापन लिइदिन' आग्रह गरेका थिए। साँचोसमेत लिएर बैंकका अधिकारीहरु पुगेपछि राष्ट्र बैंकले बिहीबार बिहान आकस्मिक सञ्चालक समितिको बैठक डाक्दै भिबोरलाई ५० करोड उपलब्ध गराएको हो।

'अन्तिम ऋणदाता व्यवस्थाअन्तर्गत पैसा दिइएको हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बिहीबार नागरिकसँग भने, 'वित्तीय अवस्था राम्रो भएको बैंकमा तरलता अभाव देखिएकाले पैसा दिने भएका हौं।' ग्राहकले ठूलो परिमाणमा निक्षेप झिकेर बैंक तथा वित्तीय संस्थालाई अप्ठेरो पारे केन्द्रीय बैंकले अन्तिम ऋणदाता व्यवस्था अन्तर्गत कर्जा उपलब्ध गराउँछ।
 

 
 
-बैंकले डेढ महिनामा अवस्था सुधार गरी ६ महिनामा कर्जा तिर्ने
-चाँडै सञ्चालक समिति अध्यक्ष वा कार्यकारी प्रमुखमध्ये एक पद छाड्ने प्रतिबद्धता
-मर्जरमा जानका लागि पार्टनर खोजिने 
-कर्मचारी खर्च घटाइने
-बैंक सुधार नभएसम्म कार्यकारी अध्यक्षले बिनातलब काम गर्ने
 


'धान्नै नसक्ने गरी तरलता अभाव भएपछि राष्ट्र बैंकसँग सहायता मागिएको हो,' बैंकका कार्यकारी अध्यक्ष अजय घिमिरेले नागरिकसँग भने, 'बैंकको सबै वित्तीय सूचक एकदमै राम्रो छ। तर पछिल्लो समयमा एकपछि अर्को संस्थामा समस्या आउन थालेपछि त्यसको प्रणालीगत असरले भिबोरमा पनि समस्या देखिएको हो।' उनले आगामी डेढ-दुई महिनाभित्र अवस्था सामान्य भइसक्ने जानकारी दिए।

राष्ट्र बैंकले ७० करोडको कर्जा धितो र कमल पोखरीमा रहेको भिबोरको सम्पति (हाउजिङ) लाईसमेत सुरक्षण लिएर ५० करोड उपलब्ध गराएको हो। कमलपोखरीको हाउजिङको किताबी मूल्य ३५ करोड रुपैयाँ छ। 'बैंकको वित्तीय अवस्था नराम्रो छैन। तत्काललाई तरलता अभाव देखिएको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'धितो लिएको कर्जा बिक्रीबाटै एक अर्बभन्दा बढी उठ्छ। यसबाहेक पनि बैंकसँग १ अर्बको लगानी भएकाले समस्या छैन।'

घिमिरेले तरलता अभावले समस्या पर्छ भन्ने बेलैमा थाहा भएको जानकारी दिँदै विभिन्न सम्पत्तिमा भएको लगानी बिक्री गर्न समय लागेकाले व्यवस्थापन गर्न नसकेको बताए। उनले घरजग्गाको बजार खस्किएकाले सम्पत्तिहरु बैंकले तयार पारेको योजनाअनुसार बिक्री गर्न नसकेकाले समस्या आएको बताए। 'चार महिनाअघि बिक्री भएर सबै राफसाफ गर्ने योजना थियो,' उनले भने, 'तर सबै काम योजनाअनुसार चल्न नसकेकाले तत्काललाई तरलता अभाव भएको हो।'

कार्यकारी अध्यक्ष घिमिरेले राष्ट्र बैंकको कर्जा भुक्तान गरेर अवस्था सामान्य नभएसम्म बिना तलब काम गर्ने प्रतिबद्धता जनाएका छन्। सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापनको प्रमुख कार्यकारी दुवै भूमिका एक्लै सम्हाल्दै आएका घिमिरेले दुईमध्ये एक पद छाड्ने पनि प्रतिबद्धता जनाएका छन्। 'एकै व्यक्ति दुवै पदमा बस्दा समस्या आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला सञ्चालक समितिमा दुवै पदमा एक्लै बस्नु हुँदैन भनेर छलफल भइरहेको छ,' घिमिरेले भने। उनले आगामी तीन महिनामा राम्रो पार्टनर खोजेर अर्को संस्थामा गाभिनका लागि राष्ट्र बैंकसँग लिखित प्रतिबद्धतासमेत गरेको जानकारी दिए।

राष्ट्र बैंकले भिबोरलाई कर्जा दिनुअघि तरलता व्यवस्थापन, सम्पति बिक्री योजनाका साथै कर्मचारी खर्च घटाउन पनि निर्देशन दिएको छ। चैतसम्मको वित्तीय अवस्था अनुसार कम्पनीको कर्मचारी खर्च ३ करोड ८६ लाख रुपैयाँ भएको उल्लेख छ।

बैंकमा बिहीबारसम्म ३ अर्ब ६ करोड रुपैयाँ निक्षेप छ। यसमध्ये ३५ करोड रुपैयाँ संस्थागत निक्षेपकर्ताको हो। कर्जा २ अर्ब २६ करोड रुपैयाँ छ। सम्पत्तिमा लगानी १ अर्ब ५ करोड भएको घिमिरेले जानकारी दिए। 'बुङमतिमा भएको जग्गा बिक्रीबाट सुरुको लगानी मूल्य १ अर्ब ४० करोड उठ्छ। यसमा नाफा जोडियो भने यो अझ माथि पुग्छ,' घिमिरेले भने, 'कुनै पनि हिसाबले समस्या होइन हामीलाई तत्काललाई मात्र तरलता व्यवस्थापन गर्न गाह्रो भएको हो।' राष्ट्र बैंकले संस्थाको निहित प्रणालीगत जोखिममा वृद्धि भएर अन्य स्वस्थ बैंक तथा वित्तीय संस्था धरायसी हुने अवस्था आएमा यस्तो कर्जा उपलब्ध गराउँछ।

प्रतिबद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भइ त्यसको नकारात्मक असर अर्थ व्यवस्थामा पर्न गएमा पनि केन्द्रीय बैंकले ऋण दिन्छ। 'सर्वसाधारणको बैंकिङ प्रणालीबाटै विश्वास उड्ने अवस्था देखियो,' राष्ट्र बैंक स्रोतले भन्यो, 'त्यही भएर पैसा दिएका हौं।' स्रोतका अनुसार बैंकको सञ्चालक समितिले संस्थाको पुनरुत्थान गर्न कार्य योजना पेस गरेपछि कर्जा पाएको हो।

source: http://www.nagariknews.com.np/




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters