हाकुपटासी स्कर्ट
पहिरन
स्टाइलिस र फरक डिजाइनका पहिरनले नेपाली बजारमा प्रवेश गरेसँगै यहाँका रैथाने पहिरनले आफ्नो अस्ितत्व बचाउन निकै संघर्ष गर्दै आएका छन्। स्थानीय पहिरनलाई अद्यावधिक र विकसित नगरी तिनको संरक्षण असम्भव हुँदै गइरहेको छ। यसको सुरुवात भएको छ, नेवारी पहिरन हाकुपटासी स्कर्टबाट।
केही समययता आकर्षक शैलीको यो नेवारी पहिरन सांस्कृतिक कार्यक्रममा सीमित रहे पनि अहिलेे युवतीहरूबीच यसको लोकपि्रयता बढ्दो छ। अब हाकुपटासी स्कर्ट फेसनकै रूपमा लगाउन थालेका छन्, युवतीहरूले। यस पहिरनलाई फरक शैलीमा बजारमा ल्याइएको भक्तपुरस्थित मिलन ह्यान्डीक्राफ्ट सेन्टरका मिलन सुवाल बताउँछन्। १ हजार ५ सयदेखि २ हजार रुपियाँसम्म पर्ने यो नेवारी स्कर्ट विभिन्न रङमा उपलब्ध छ।