तमुवान बोर्ड’ हटाउन खोज्दा पोखरामा झडप
यस्तो देखियो नेपाल बन्द (फोटो फिचरसहित)
२८ बैशाख, पोखरा । जातीय राज्यको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले पोखरामा तमुवान राज्य लेखेको बोर्ड हटाउन खोज्दा झडप भएको छ ।
आन्दोलनकारीले पोखराको पृथ्वी चोकमा रहेको ‘तमुवान राज्य’ लेखेको बोर्ड हटाउन खोज्दा प्रहरीसँग झडप भएको हाम्रा सहकर्मी दीनानाथ बरालले जनाएका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो । दुई जना आन्दोलनकारी घाइते भएको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।
पोखरासहितको क्षेत्रलाई माओवादीले तमुवान राज्य बनाउन प्रस्ताव गरेपछि यसक्षेत्रका अन्य जातीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बाहुन-क्षेत्री, दसनामी, दलित लगातको आन्दोलनलाई समर्थन गरेका छन् । केही दिनअघि उनीहरुले पोखराको पृथ्वी चोकमा रहेको लखन थापाको शालिकसमेत
http://onlinekhabar.com/2012/05/161446.html