कविता जस्तो......
मलाई कविता लेख्न मन लग्यो, लेखु?
न बाउ ले लेखे, न बाजेले,
कविता लेख्ने तिम्रो "पहिचान नै" छैन
होइन, म त लेख्न सक्छु नि, लेखु ?
सब्द बटुलेर मात्रै कविता हुन्छ ?
कविता लेखें तिम्रो "सामर्थ्य" छैन
तर म त लेख्छु लेख्छु काबिता
ल हेर मेरो कविता, राम्रो छैन ?
कविता होइन, दिग्भ्रमित सोचाइ बगेको हो
होइन, यो त स्वोत: स्रुफुत कन्चन ज़ल हो
यसमा जिबन को मिठास छ
तिम्रो सपना हो, सबैलाई किन बेच्छौ
यसमा माया को सुगन्ध छ
होइन, त्यो तिम्रो स्वार्थ हो
यसमा जिबन को बाटो छ
तर देखाउ कहा छ लक्च्य ?
यसमा बिहानी को सुगन्ध छ
रात को आध्यारो पानि त छ नि
यो मैले लेखेको कविता हो
होइन, तिम्ले कोरेको दिवास्वोप्न हो
यो एउटा राम्रो कविता हो
होइन, एउटा कविता जस्तो मात्रै