इतिहास बनेको भोलिपल्ट
गणतन्त्र दिवसको अपराह्न नचिनेको ल्यान्डलाइन नम्बरले मोबाइलको घन्टी बजायो। राष्ट्रपति कार्यालयबाट आएको रहेछ। खबर पाएँ, 'आजको कार्यक्रमको तपाईंको निम्ता नपुगी फर्केर आएछ, यसलाई निम्तो मानी समारोहमा सहभागी हुन आउनुहोला, ४ बजे।' आश्चर्य लाग्यो तर प्रभावित पनि भएँ। निम्तो पुगे/नपुगेको लेखाजोखा राखी फोन गर्ने व्यवस्था रहेछ, त्यहाँ। राष्ट्रपति कार्यालयअगाडि पुगेपछि सुरक्षाकर्मीले निम्तो कार्ड मागे। मैले आफ्नो नाम बताएँ र भनेँ, टेलिफोनबाट खबर पाएकाले आएको हुँ। ती भाइ केही बेरपछि मेरो नाम लेखिएको कार्ड लिएर आइपुगे र हातमा थमाइदिए।
शीतलनिवासको पूर्वी चौर निम्तालुहरूले बिस्तारै भरनि थालेको थियो। राजनीतिज्ञहरू, सञ्चारकर्मी, पेसाकर्मी, प्रशासक, सुरक्षाकर्मी सबै थिए। संविधानसभाको चारवर्षे आयु सकिएको भोलिपल्ट, अबको बाटो के भन्ने कौतूहल मनमा भएको हुँदा पंक्तिकारको काम थियो, झुन्डझुन्डमा व्यक्त हुँदै गरेका तर्क सुन्ने। सबैका आफ्ना परभिाषा र व्याख्या थिए तर बटमलाइन एउटै थियो, के हुन्छ भन्नेबारे अस्पष्टता।
पुराना मित्र केशवमान शाक्यसित भेट भयो, धेरैपछि। सुर्खेत उपत्यकाको इगाम खोला जलाधार क्षेत्रमा संरक्षण कार्यक्रममा संलग्न उनलाई सन् १९७७ मा पहिलोपल्ट भेटेको थिएँ। आफ्नो विषयका प्रखर ज्ञाता र कामप्रति समर्पित शाक्यले पछि राजनीतिलाई आफ्नो कार्यक्षेत्र बनाए। भलाकुसारीका क्रममा मन्त्री पदको दायित्व पाएको जानकारी पाएँ तर कुन मन्त्रालय? सोध्ने हिम्मत पुगेन। पछिल्ला कालखण्डमा मन्त्रालय छुट्याउने, नयाँ बनाउने अनि गठबन्धन कायम राख्न मन्त्रालय बाँडफाँटको क्रम यति बढ्यो कि मेसो राख्न पनि व्यावहारकि हुन छाड्यो। मन्त्रीहरू आउने/जाने क्रम छिटो-छिटो भएकाले चासो राख्नु आवश्यक पनि भएन। प्रधानमन्त्री बाबुराम भट्टराईले पनि स्वीकारे, "म नै मेरा मन्त्रीहरू चिन्दिनँ।" हामी बबुराको त के कुरो ! नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष शाक्य वातावरण मन्त्रालयमा जिम्मेवारी सम्हाल्न पुगेका रहेछन्। विषयगत दखल भएका विज्ञ त्यस मन्त्रालयको अगुवा हुनु राम्रो मानेँ। उनी आफ्नो कार्यकालमा वातावरण क्षेत्रमा भविष्यले सम्झनलायक नीति बनाउन सफल होऊन् भन्ने मनमनै कामना गरेँ।
तर, बृहत् राजनीतिले गति लिन नसकेको स्थितिमा व्यक्तिविशेषले के पो गर्लान् भन्ने प्रश्न पनि उठ्यो। १४ जेठ साँझ टेलिभिजनमा संविधानसभा परसिरका घटनाक्रम हेरेको सम्झेँ। चार वर्षअघि सोही दिन 'नेपाली जनताले २००७ सालपहिलेदेखि पटक-पटक गर्दै आएको ऐतिहासिक संघर्ष र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी नयाँ संविधान निर्माण गर्न संविधानसभाको गठन भएको' थियो। संविधानसभाले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेपछि तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले भनेका थिए, "नेपाल नयाँ युगमा प्रवेश गर्दै छ र राष्ट्रको सपना पूरा भएको छ।"
त्यो सपना के भयो, इतिहासले लेख्ला। सामूहिक लक्ष्य प्रतिविम्बित गर्ने भनिएको नेपालीले भोट हालेर त्यहाँ पुर्याएको सभाको साह्रै लज्जास्पद अवसान भयो। पंक्तिकारजस्ता सामान्य पर्यवेक्षकका पीडा लेखिका शारदा शर्माको लेखले प्रतिविम्बित गर्छ। उनकै भनाइ पैँचो लिएर भनौँ, सामान्य औपचारकि सूचना र बिदाइ पनि नभई बेवारसिे किसिमबाट त्यस दुर्भाग्यपूर्ण घडीमा परसिरबाट सभासद्हरू अँध्यारो रातमा बिलाए। सभामुख पुगेनन् त्यहाँ, न त प्रधानमन्त्री, न कुनै शीर्ष नेता नै। रात पर्न लागेपछि र अब त कुनै नेता आउँदैनन् भन्ने थाहा पाएपछि त्यहाँ कुर्दै गरेका सभासद्हरूले परसिरमै नाराबाजी गर्दै शीर्ष नेताले आफूहरूलाई 'भेडा बाख्रा' बनाएको आरोप इतिहासलाई धरोहरका रूपमा दिए, संविधान दिन सकेनन्।
तर, पृथ्वी घुम्न छाडेन। १५ जेठका दिन छापाहरूले नेपाली राजनीति र समाजको विषम चरत्रि प्रतिविम्बित गरे। नागरकि तहका भनाइ आयो, 'नेताहरूमा सहकार्य गर्ने संस्कार छैन, तिनका नालायकीपनले गर्दा संविधान आउन सकेन।' नेताहरूका भनाइ पनि सार्वजनिक भयो। नेपाली राजनीतिका प्रमुख अभियन्ता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने, "नेपालीहरूमा आत्मविश्वास पूरै गुमाएर आफैँले जे गरेको छ, त्यसबाट पनि तर्सेर जेमा पनि विदेशीको हात देख्ने मनोरोग लागेको छ।" यस भनाइले नरमाइलो बनायो।
के नेपाली समाज नालायक र मनोरोगीहरूको जमात हो? यदि हो भने जे भयो अनौठो होइन।
हामी अझ निकै तल पुग्ने छौँ, त्यही मनस्थितिमा बसे भयो। यदि तल नपुग्ने हो भने उपचार सुरु गरौँ। तर, कसले? आरोप-प्रत्यारोपको नेपाली माहोलमा कोही चोखा मानिँदैनन्। दलहरू मिल्न नसकेको परण्िाति त हामी भोग्दै छौँ, नागरकि र शिक्षित समाज छिन्नभिन्न बाँडिएका छन्। शिक्षकहरू आफ्ना डम्फू बजाउन तल्लीन छन् अनि सञ्चारमाध्यम भिन्न क्याम्पमा बाँडिएका। हाम्रा चुनौती यति मात्रै होइनन्, गहिरा छन्।
नेपालीहरू 'म' मात्रै हौँ, 'हामी' होइनौँ। 'म' मात्रै ठीक हुन्छ, अरू बेठीक। त्यो 'म'लाई एकोहोरो प्रतिस्पर्धात्मक भाषण मन पर्छ, संवाद मन पर्दैन। '
मैले' भनेको अरूले सुन्नुपर्छ, 'मैले' अरूको सुन्न जरुरी छैन। संविधानसभा अवसानको इतिहास नेपाली राजनीति असफल भएको संकेत हो। किन यस्तो भयो भन्ने प्रश्नको वास्तविक जवाफ खोज्न यो अवसानले हामीलाई प्रेरति गर्नुपर्छ।
औद्योगिक कालखण्ड सुरु भएपछि विश्व रंगमञ्चमा नेपाल एवं नेपाली सीमान्तकृत थियौँ र रह्यौँ। यस्तै स्थिति रहने हो भने एक सय वर्षपछि पनि हाम्रो स्थिति फरक हुने छैन तर आफू-आफूमा लड्ने स्तर सयौँ गुना माथि जानेछ। नेपाली हामी खिसीटिउरीको विषय बन्ने छौँ। परविर्तनका लागि स्वचिन्तनको बौद्धिक यात्रा आरम्भ होस् !
http://www.ekantipur.com/nepal/article/?id=3844
Last edited: 03-Jun-12 12:53 PM