[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आङकाजीले जीब्रो थुतेर आँखा निकाल्ने
[VIEWED 2751 TIMES]
SAVE! for ease of future access.
Posted on 06-11-12 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

यो शेर्पा काजि प्रचण्ड को नया अबतार हुनुहुन्छ जस्तो छ. प्रचण्ड पनि सुरुसुरु मा तेसै भन्थे, सत्ता पाएपछि देखि हालियो अब इ शेर्पा काजि ले पनि सत्ता पाउन को लागि प्रचण्ड पथ अपनाको जस्तो छ
अब यो प्रचण्ड को नया अबतार ले कति को ज्यान लिने हो . तर इनको व्यक्तिगत भबिस्य चाही सारै राम्रो छ. इनको यात्रा कि त सिंह दरबार मा गएर टुंगिन्छ. कि त शेर्पा प्रदेश मा इनको लागि नया सिंह दरबार को निर्माण हुन्छ . पिछ लग्गु हरु कोइ सहिद होलान, कोइ पछि गएर चोर दाका बन्न बाध्य हुन पर्ला , कोइ अरब जालान तेत्ति हो



आङकाजीले जीब्रो थुतेर आँखा निकाल्ने

 

काठमाडौं, जेठ २९ । पत्रकारलाई सार्वजनिक ठाउँमै कुट्न र सन्चारगृहमाथि आगो लगाउन आदिवासी जनजातिहरूलाई आह्वान गर्ने नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले अब एमाले र कांग्रेसबाट विद्रोह नगर्ने जनजाति नेताहरूलाई भौतिक हमला गर्न निर्देशन दिएका छन्। जनजाति महासंघजस्तो जिम्मेवार संस्थाको महासचिव जस्तो जिम्मेवार ओहोदामा बसेका शेर्पाले प्रेस विज्ञप्ति र मोबाइल एसएमएसमार्फत् एमाले नेता कृष्णगोपाल श्रेष्ठ, कांग्रेस महामन्त्री प्रकाशमान सिंह र कांग्रेसका पुराना नेता भीमबहादुर तामाङको नामै लिएर 'तिमीहरूको आँखा निकालेर गुच्चा खेल्न नपरोस्' भन्ने चेतावनी दिएका छन्। महासचिव शेर्पाले आफ्नो वक्तव्यलाई फेसबुक स्टाटसमा पनि राखेका छन्। जहाँ उनले कृष्णगोपाल, प्रकाशमान, भीमबहादुर लगायतका जनजाति नेताहरूलाई 'बाहुनको हनुमान' भन्दै उनीहरूको जीब्रो थुत्नेसम्मको अत्यन्तै अराजक र अपराधिक शैलीको चेतावनी दिएका छन्। आङकाजीले जेठ २६ गते कांग्रेस एमालेसहितका २२ दलले गरेको आमसभापछि साँझ अपडेट गरेको फेसबुक स्टाटसमा यस्तो लेखेका छन् 'आदिवासी जनजाति, मधेशी, मुस्लिमको बहिष्कार परिणाम हो। देखिस् बाहुन नेताहरू हो! आदिवासी जनजाति, मधेशी र मुस्लिम नभए तिम्रो पार्टीको हालत कस्तो हुँदोरहेछ? कमल थापा र चित्रबहादुरको कार्यकर्ता ल्याउँदा पनि आधा टुडिखेल भर्न सकिनस् हैन। थुक्क नामर्द हो। २२ दल मिलेर २ हजार मानिस उतार्न नसक्ने डाडुमा पानी तताएर आत्महत्या गर्नु।' आङकाजी अझ अगाडि लेख्छन् 'बाहुनको हनुमान कृष्णगोपाल श्रेष्ठ, प्रकाशमान श्रेष्ठ र भीमबहादुर तामाङलाई आदिवासी जनजातिको पूर्खाहरू र भावि सन्ततिको सत्तोसराप लाग्नेछ। पर्दा जन्ती र मर्दा मलामी पाउने छैनन्। 
बाहुनको हनुमान हो, मन्त्री बन्ने स्वार्थमा आदिवासी जनजातिको विरोधमा धेरै बोलिस् भन्ने जिब्रो थुतेुर असनको भुस्याहा कुकुरलाई खुवाउनु नपरोस् अनि तेरो आँखा निकालेर गुच्चा खेल्नु नपरोस्।' जनजाति महासंघको महासचिव र नेकपा एमालेको सोलुखुम्बु जिल्ला कमिटीका उपसचिवसमेत रहेका शेर्पाले सार्वजनिक रुपमा यतिसम्म अपराधिक र आपत्तिजनक अभिव्यक्ति दिदा पनि सम्बद्ध पार्टी र महासंघ मौन रहेकोमा धेरैले आश्चर्य व्यक्त गरेका छन्। आङकाजी शेर्पा, मल्ल के सुन्दर, कृष्ण भट्टचन लगायत केही आइएनजीओकर्मीहरूले मूलधारका राजनीतिक दलहरूबाट विद्रोह नगरी एकताको पक्ष लिने नेता कार्यकर्ताहरूलाई सामाजिक बहिस्कारको आह्वान गर्ने भनेर लबिङ चलाइरहेको बताइएको छ। यति गर्दा पनि सम्भव नभए त्यस्ता नेता कार्यकर्ताको लिष्ट उतारेर भौतिक हमला गर्नेसम्मको तयारी भइरहेको महासंघ सम्बद्ध स्रोतले जनाएको छ।

http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/13889-2012-06-11-09-12-33


 
Posted on 06-11-12 10:18 AM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Aba ek thari manchhe haru, ankha nikalera gucha khelne bhaneko matra ho, marchhu bhaneko hoina bhanera justify garna aunchha hola.
 
Posted on 06-11-12 1:46 PM     [Snapshot: 339]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रहस्य जी ले गजब कै रहस्य को कुरा गर्नु भो है , हुन त हो नि गुच्छा खेल्नु भन्या कहाँ मर्नु हो र ?
खेल ले त झन् भै चार बढाउन मद्दत मिल्छ नि
 
Posted on 06-11-12 1:51 PM     [Snapshot: 349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के जाठों आङकाजीले चैं गूच्चै खेल्न नपाउने हो र??? यो त सरासर कास्टीजम भयो है । आङ काजी ब्रो, मज्जाले खेल गूच्चा पर्या म बेहोर्छू ।
 
Posted on 06-11-12 3:18 PM     [Snapshot: 441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भैरब अर्याल ले लेख्नु भएको ब्याग विधा मा जस्तै सबैले त्यो सेर्पा र तिनका कार्यकर्ता देख्न साथ् सक्कली आखा थैलीमा नक्कली आँखा आखाको तोप्रो मा राख्नु पर्ने भयो .

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters