[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 त्यो नेतृत्वको असक्षमता–कमजोरी हो शेरधन राई, अध्यक्ष, भोजपुर जिल्ला कमिटी, नेकपा एमाले
[VIEWED 1595 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-12 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो नेतृत्वको असक्षमता–कमजोरी हो शेरधन राई, अध्यक्ष, भोजपुर जिल्ला कमिटी, नेकपा एमाले

० नेकपा एमालेका जनजाति र मधेशी नेताहरू पार्टी छोड्ने तयारीमा लागेको बेला तपाईहरू जिल्लाबाट किन काठमाडौं आउनुको कारण के हो?
– नेकपा एमालेले एकपटक फुटको गम्भीर क्षति भोगिसकेको छ। फुटले पार्ने असर हामीले महसुस गरिसकेका छौं। त्यसकारण पार्टीमा फुट आउनुहुदैन। पार्टी टुक्रिनु हुदैन। चोइटिनु हुँदैन भनेर नेतृत्व र नेताहरूमाथि दबाब सिर्जना गर्न काठमाडौं आएका हांै। भूगोलका आम कार्यकर्ताहरूमा चाहना, भावना र अपेक्षाको प्रतिनिधित्व गर्दै हामी पार्टीका शीर्ष नेतृत्व र असन्तुष्ट नेताहरूलाई सन्देश प्रवाहित गर्न पनि आएका हांै। भूगोलमा काम गर्ने त हामी हौं।भूगोलको कमाण्डर पनि हामी नै हौ। यो बीचमा सबै नेताहरूसँग एकचरण कुरा भईसकेको छ। यी भेटले केही सकारात्मक सन्देश पनि दिएको छ। पार्टीमा असन्तुष्टी बढ्यो। भूगोलमा हामीले शीर्ष नेता र असन्तुष्ट नेताहरूवीच सम्वादहीनताको वातारण सिर्जना भएको छ भन्ने कुरामा पनि मिडियामार्फत जानकारी पाएका थियौं। त्यसकारण यतिबेला हाम्रो भूमिका महत्वपूर्ण हुन्छ र पार्टीलाई एक बनाएर लैजान सकिन्छ कि भनेर पहल गर्न आएका हौं।
० असन्तुष्ट जनजाति र मधेशी नेताहरूको भनाई के रहे छ त?
– हाम्राे भेटमा निकै अन्तरंग कुराकानीहरू भएका छन्। पार्टीका शीर्ष नेता र असन्तुष्ट नेताहरूसँग पनि लामो कुराकानी भयो। त्यसकारण हामीले नेताहरूबीचमा सम्वादहीनता रहेको कुरा र बढेको दुरीको विषयमा जानकार पनि भयौं। नेताहरूबीचमा दुरी निकै बढेको महसुस पनि भयो। तर त्यो सल्टाउन नसकिने नै अवस्थामा पुगेको भने छैन। हामीसँगको भेटमा नेताहरूले यस्तै अभिव्यक्ति दिनुभएको छ। पार्टीलाई मिलाउने आश्वासन पनि दिनुभएको छ। पार्टी नेतृत्वले गल्ती गरेकोमा बढी असन्तुष्टि देखिन्छ। खासगरी संविधानसभाबाट संविधान जारी गर्ने कुरामा नेतृत्वले गल्ती गरेको असन्तुष्ट नेताहरूको भनाई छ। हुन पनि शीर्ष नेतृत्वबाट केही गल्ती भएको छ। ती गल्तीलाई सच्याएर लैजानुपर्छ भन्ने कुराभन्दा पनि सम्वादहीनताको अवस्थामा रहनु झन् नराम्रो कदम हो। असन्तुष्ट नेताहरूको भनाई अनुसार, एकल पहिचानसहित जनजाति र मधेशीले संविधानसभाबाट पाउन लागेको अधिकार पार्टी नेतृत्वले एकल पहिचान स्वीकार नगर्दा सबै गुम्यो भन्ने चिन्ता छ।
० एकल पहिचानको कुरा नेकपा एमालेका शीर्ष नेताहरूमात्रै भन्दा पनि समग्र नागरिकलाई प्रभावित पार्ने मुद्दा थियो। त्यो सजिलै सम्बोधन हुने अवस्था त थिएन नि होइन र?
– हो। एकल पहिचानसहितको राज्यको माग जसरी उठेको छ, त्यसले समग्र देशका नागरिकलाई प्रभाव पार्ने छ। कोही एकल पहिचानको विरोधमा छन। कोही बहुपहिचानको पक्षमा छन। कोही दुवै पहिचानको विपक्षमा छन। कोही संघीयताकै विरोधमा छन। त्यसकारण यो निकै संवेदनशील मुद्दा भएकोले असन्तुष्ट नेताहरूले भनेजस्तै शीर्ष नेताहरूका कारणमात्रले नभएको भन्ने पनि होइन। अनि शीर्ष नेताहरूले पनि पहिचानलाई अस्वीकार गर्ने वा पहिचानको मुद्दा उठाउने नेताहरूप्रति हेर्ने र गर्ने व्यवहारमा केही समस्या पक्कै पनि देखिएको छ। हामीले यो बीचमा त्यो अनुभूति पनि गरेका छौं। यहाँ एकले अर्कोलाई दोषी देख्ने भन्दा पनि समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने मुख्य कुरा हो। पार्टीभित्र यो विषय चाहिं केन्द्रित हुनुपर्छ भन्ने लागेको छ। र हामीले त्यही कुरा दुवै पक्षलाई भनेका पनि छौं। 
० असन्तुष्ट पक्षका नेताहरू अशोक राई, पीएस गुरुङहरू बैठकमै नआउने, शीर्ष नेताहरूसँग सम्पर्कमै नरहने कारण चाहिं के रहेछ नि?
– हाम्रा मुद्दा पार्टीका शीर्ष नेताहरूलाई जानकारी छँदैछ, त्यसप्रति उहाँहरूको धारणा, कार्यक्रमा कस्तो आउछ त्यही अनुसार अगाडि बढ्ने हो भनेर बैठकमा नआउने भन्नुभएको छ। वैठक बहिस्कार नै भन्दा पनि हाम्रा मुद्दा कसरी सम्बोधन गरिन्छ? भनेर हेरेर बसेको भन्नुभएको छ। हामीले उठाउदै आएका मुद्दा पार्टीलाई जानकारी नभएको भए पो बैठकमा जानु र विषयलाई राख्नु? भन्नुहुन्छ।
० बैठकमा नजाने, आफ्ना कुरा पनि नराख्ने अनि कसरी समाधान निस्कन्छ अरे?
– यो कुरा हामीले असन्तुष्ट नेताहरूलाई राखेका छौं। तपाईहरू विधिमा आउनुहोस्। विधिबाट बहस गरौं। पार्टीभभित्र व्यापक अन्तरसंघर्ष गरौं। त्यसपछि पनि भएन भने तपाई हामीले पार्टीका शीर्ष नेतृत्वलाई के गर्न सकिन्छ? कसरी सच्याउन सकिन्छ? त्यतातिर सोचौला भनेका छौं। असन्तुष्ट नेताहरू पनि विधिबाट भागिरहनुभएको छ। पार्टीभित्र अन्तरसंघर्ष चलाएर जाने हो भने धेरै अन्तरविरोध हल हुन्छ भन्ने कुरा राखेका छौं। चालु केन्द्रीय समितिको बैठकमा सहभागी हुनुहोस्। आफ्नो कुरा राख्नुहोस्। विधि र प्रक्रियाभित्र रहँदा पनि पार्टीले अन्याय गर्‍यो, तपाईहरूका कुरा सुनेन भने हामी सबैले लड्ने हो पनि भनेका छौं। तर पनि उहाँहरूले पार्टीलाई हाम्रा मुद्दाका विषयमा जानकारी नभएको होइन। ती मुद्दालाई कसरी सम्बोधन गर्छ, त्यही अनुसार बैठकमा जाने कि नजाने भन्ने कुरा निर्भर हुने बताउनुहुन्छ। केन्द्रीय उपाध्यक्ष अशोक राईले भने केही कुराहरू लिखित रुपमा पार्टीमा राख्ने र त्यसलाई कसरी सम्बोधन गरिन्छ त्यसको पर्खाइमा रहेको कुरा पनि गर्नुभएको छ। 
० खासगरी पार्टी नेतृत्वप्रति एकल पहिचानको बाहेक केही मुद्दा रहेछन असन्तुष्ट नेताहरूसँग?
– एकल पहिचानसहितको संघीयतामा पार्टी नेतृत्वले स्वीकार नगरेको नै मुख्य असन्तुष्टिको कारण हो। उहाँहरूले हामीसँग भनेको कुरा त्यही हो। पार्टीले यो कुरा स्वीकार नगर्दा अन्तिम समयमा संविधान जारी हुनबाट रोकियो। र आदिवासी जनजाति, मधेशी, महिला र उत्पीडित समुदायले पाउन लागेको अधिकार गुमेको भन्दै व्यापक असन्तुष्टि छ। 
० पार्टीका शीर्ष नेताहरूलाई पनि भेट्नुभएको छ। उहाँहरूलाई तपाईहरूले के भन्नुभयो?
– हामीले शीर्ष नेताहरूलाई सामुहिक रुपमा भेट गर्‍यौं। ४ घण्टाभन्दा लामो कुराकान भयो। हामीले पार्टी नेतृत्वलाई पनि प्रष्टसँग तीन/चार वटा कुरा भन्यौ। पार्टीभित्रको समस्या किन जटिल भयो? अन्तरसंघर्षलाई व्यवस्थित गरेर लैजान नसक्नुमा त्यो नेतृत्वको असक्षमता हो। कमजोरी हो। यो कुरामा तत्काल होसियारी अपाउनुपर्ने हुन्छ। त्यसैगरी संघीयताको बारेमा पार्टीको आधिकारिक धारणा के हो? त्यो तत्काल प्रष्ट पार्नु पर्‍यो। नाम र नक्सांकनसहितको आधिकारिक धारण सार्वजनिक हुनुपर्‍यो। कहिले ८ प्रदेश भनेको छ। कहिले ६ प्रदेश कहिले ११ कहिले १४ कहिले १५ प्रदेशका भनिएको छ। प्रष्ट धारणा आएन। यस्तै कारणले अरुले संघीयता विरोधी पार्टी भनेर प्रचार गरेका छन। त्यसको खण्डन गर्नका लागि पनि प्रष्ट धारणा आवश्यक छ। अर्को कुरा पहिचानको सन्दर्भमा पनि प्रष्ट कुरा आउनुपर्‍यो। नेकपा एमाले यो कारणले एकल पहिचानमा जान सक्दैन, यो कारणले बहुपहिचानमा जान्छ, अथवा यो कारण एकल पहिचान स्वीकार गर्छ त्यो कुरा यही केन्द्रीय समितिको बैठकबाट आउनुपर्‍यो भनेका छौं। अर्को कुरा पनि हामीले भनेका छौं, आदिवासी जनजाति, मधेशी, महिला र उत्पीडित समुदायलाई दिने जिम्मेवारीमा विवेक पुर्‍याईओस्। उनीहरूलाई नेतृत्व विकास र जिम्मेवारी दिने कुरामा गम्भीर हुनुपर्‍यो भनेका छांै। त्यसपछि सम्वादहीनता रहेको अवस्थालाई तोड्न नेतृत्वबाट नै पहल हुनुपर्छ पनि भनेका छौं। त्यसपछि त असन्तुष्ट नेताहरूले पनि केही आफ्नो धारणा त सार्वजनिक गर्नु हुन्छ होला नि। 
० शीर्ष नेताहरूलाई यति धेरै कुरा गर्नु भएछ। उहाँहरूले के भन्नुभएको छ?
– पार्टीको शीर्ष नेतृत्वद्वारा हामीलाई आश्वासन दिइएको छ कि अधिकतम लचकता अपनाएर पार्टीलाई मिलाएर लैजाने प्रयत्न हुन्छ। पार्टीभित्रको असन्तोषलाई सम्बोधन गरिन्छ। असन्तुष्टीका सबै मागलाई कसरी सम्बोधन गर्न सकिन्छ? त्यो पार्टीभित्र छलफल हुन्छ। र त्यही अनुसार निर्णय गरिन्छ। बहुपहिचानका झल्किने गरी संघीयतामा जाने कुरामा एम्ाालेले आफ्नो प्रष्ट धारणा राख्नेछ भन्नुभएको छ। 
० असन्तुष्ट पक्षले मिल्ने कुरामा केही सर्त राखेको छ?
– छैन। हामीले उठाएका मुद्दालाई पार्टी नेतृत्वले कसरी सम्बोधन गर्छ त्यो हेरर मात्रै पार्टी कार्यक्रममा सहभागी हुने भन्नुभएको छ। त्यही कारण त हामीले भनेका छौं, तपाईहरू विधिमा लड्नुहोस्। अहिले तपाईहरू विधिबाहिरबाट लडिरहनुभएको छ। केन्द्रीय समितिको बैठक चलिरहेको छ। त्यसमा जमेर बहस गर्नुहोस्। त्यहाँ नेतृत्वलाई कन्भिन्स गर्नुहोस्। आम सदस्यलाई कन्भिन्स गर्नुहोस्। मुद्दाको सुनुवाई भईहाल्छ नि। दोस्रो कुरा हामीले के पनि भनेका छौं भने एकल पहिचानको मुद्दालाई मात्रै लिएर चोइटिनु राम्रो हुदैन। 
० कतिपय नेताहरूलाई चाहिं पार्टीले कारबाही गर्ला कि भन्ने चिन्ता छ अरे हो?
– त्यस्तो देखिन्छ। हामीसँगको भेटमा एकल पहिचानको मुद्दा उठाएकै कारण नेता र पूर्वसभासदहरूको पंक्तिलाई भेदभाव गर्न हुदैन भन्नुभएको छ। पार्टीले एकल पहिचानसहितको संघीयता स्वीकार गरियो उक्त असन्तुष्ट पंक्तिलाई भेदभाव नगर्ने ग्यारेन्टी हुन्छ भने मिल्न सकिने संभावना रहन्छ भनेर असन्तुष्ट नेताहरूले भन्नुभएको छ।
० असन्तुष्ट नेताहरूमध्ये कुन नेता बढी पार्टीप्रति सकरात्मक हुनुहुन्छ?
– सबै नेताहरू नै सकरात्मक हुनुहुन्छ। व्यक्तिगत रुपमा भन्दा पनि मुद्दा कसरी सम्बोधन हुन्छ, त्यही अनुसार पार्टीप्रति विश्वास रहने कुरा गर्नुभएको छ। संविधानसभामा हामीले एकल पहिचानसहितको संघीयताका विषयमा त्यतिधेरै लड्यौं, पार्टीभित्र नेतृत्वले पहलकदमी लिईदिएन भन्ने गुनासो मात्रै हो। हाम्रो भेटमा अशोक राई भन्दा बढी सकारात्मक पीएस गुरुङ हुनुहुन्छ। हामीलाई लागेको कुरा चाहिं नेताहरूबीचमा आम्नेसाम्ने भएर कुरा गर्ने हो भने धेरै कुरा मिल्न सक्छ। 
० शीर्ष नेता र असन्तुष्ट नेताहरूबीच अहिलेसम्म केही कुरा भएकै रहेनछ?
– आमुन्ने समान्ने बसेर नेताहरूवीचमा छलफल भएको रहेनछ। नेताहरू आमुन्ने सामुन्ने बस्ने हो भने अविश्वासको खाडल कम हुन्छ। आफूहरू सीधै बस्नुभएन भने पनि नेताहरूवीच सम्बाद गराउन हामी पनि पहल गर्ने सोचमा छौं। हाम्रै पहलमा नेताहरूलाई एक ठाउँमा बसाउने प्रयास गरिरहेका छौं। हामीले शीर्ष नेताहरूलाई यो कुरा गरेका थियांै कि किन सम्बाद हुन नसकेको? शीर्ष नेतृत्वले हामीसँग भन्यो, उहाँहरू फोन रिसिभ समेत गर्नुहुन्न, बैठकमा पनि आउनुहुन्न। नेताहरूसँग कुरा गर्न नचाहेको जस्तो देखिन्छ र सम्पर्कमै आउन चाहनुहुन्न। 
० धेरेले त विदेशीको उक्साहटमा पनि असन्तुष्टहरूको हिम्मत बढेको चर्चा छ। त्यस्तो केही पाउनुभयो?
नेपालको राजनीतिमा विदेशीको प्रभाव प्रशस्त छ। त्यसकारण यो असन्तुष्टिमा पनि खेल्न खोजिरहेका होलान। त्यसो हुन दिनुहुदैन। यो कुरा नेताहरूले पनि बुझ्नु भएकै होला। एनजीओ र आईएनजीओको प्रभावमा लाग्नुहुन्छ होला भन्ने पनि लागेको छैन। हामीले सुनेका हौं, एनजीओ आईएनजीओमा आबद्धहरू बढी असन्तुष्ट हुनुहुन्छ भनेर। तर हामी अहिले गैरराजनीतिक कुरा गरेर पार्टीलाई चोइटिन दिने पक्षमा छैनौ। नेपालको सामाजिक बनोट र संरचनालाई मुख्य आधार मानेर मुद्दा उठानउनुपर्छ भनिरहेका छौं। 
० जातीय पार्टीप्रति भूगोलमा कस्तो प्रभाव हुन थालेको छ?
– खास प्रभाव देखिदैन। असन्तुष्ट नेताहरू बाहिरिनुभयो भने पनि त्यो कस्तो पार्टी बन्छ, त्यसमास भर पर्छ। कम्युनिष्ट पार्टी बन्छ कि जातीय पार्टी बन्छ कि क्षेत्रीय पार्टी बन्छ। त्यसआधारमा पनि कार्यकर्ताको मन विभाजित हुने हो। नेपालमा पहिला पनि जातीय पार्टी नभएका होइन, तिनीहरूको अवस्था कस्तो छ भनेर अहिले हेर्दा थाहा भईहाल्छ। नेपालको सामाजिक सद्भाव र बनोट यस्तो छ कि, जातीय नारा दिएर पार्टी खोल्दैमा त्यो जातीय सद्भाव भत्किन सक्दै सक्दैन। 
० हिजो तपाई कम्युनिष्ट भनेर पार्टीमा लाग्नुभएको अहिले जाति भनेर आउँदा कस्तो लागिरहेको छ?
हिजो हामीले वर्गीय माया न्यानो हुन्छ भन्दै अन्तर्राष्ट्रिय जाति बन्न हिडेको मान्छे। आज जनजाति भन्दै शीर्ष नेता र असन्तुष्ट नेताहरूलाई दबाब दिन आउनुपर्दा ग्लानी भईरहेको छ। म जिल्लाको अध्यक्ष राई भएका कारण भएको होइन। पार्टीमा गरेको लगानी, मेरो क्षमता, योग्यताले भएको हो। त्यो सबै पार्टीले बनाएको हो।
तपाईहरू एकल पहिचान भन्दा पनि बहुपहिचानको पक्षमा हो?
– हो। नेपालको सांस्कृतिक विविधता, जातीय सद्भाव,समाजिक बनोट सबैलाई ध्यान दिएर बहुपहिचानमा जानुपर्छ भन्ने लागेको छ। अरु कुनै नाममा समाजिक बनोट विगार्नुहुदैन। वल्लो घरदेखि पल्लो घरले डर मान्नुपर्ने अवस्था आउन दिनुहुदैन। हेर्नुस हामी भनेको भूगोलका कमाण्डर हौ। हामीले भूगोल जति बुझेका छौ त्यति नेताहरूले बुझ्नुभएको छैन। त्यसकारण पनि हामी वास्तविकताको नजिक छौ भन्ने लाग्छ। 
० एमालेभित्र जातीय नारामा एमाओवादीले खेल्न खोजेको चाँहि कतिको महसुस भयो नेताहरूलाई भेटेपछि?
– एमाओवादीले आफ्नो जनयुद्धलाई टिकाउने नाममा होस् या लडाकु तयार गर्न होस् उसले जातीय नारा दिएर समाजिक बनोटलाई विर्गाने काम गरिरह्यो। साथै उसले जनजाति,मधेशी ,महिलालाई सत्तामा पुग्ने रणनैतिक भर्‍याङमात्रै बनायो। उ जहाँ जे पनि बोल्दिन तयार छ,आफ्नो स्वार्थका लागि। अहिले पनि त्यही भएको हो। हाम्रा असन्तुष्ट नेताहरू पनि त्यही बन्नुहून्छ कि कम्तिमा माओवादीको नेताहरूले बोल्नलाई त बोलिदियो ,हाम्रा नेताहरूलाई त्यतिबोल्न पनि किन गार्‍हो भएको? बोलेर हुदैन काम गर्नुपर्‍यो। सत्ता कव्जाको रणनीति बाकेर जातीय नारा माओवादीले फ्याकिरहेको छ। त्यसकारण सबै पार्टीमा माओवादीले प्रशस्त खेलेको छ। त्यसकारण माओवादीले जनजातिका केही गर्छ भन्ने कुरा भ्रम मात्रै हो। 
० तपाईहरूलाई शीर्ष नेताहरूले असन्तुष्ट नेताहरूको काउन्टरमा उचालेको आरोप छ नि?
– यो शतप्रतिशत गलत हो। हामी कसैको काउन्टर आएको होइन। त्यसरी आउदा पनि आउदैनौ। पार्टीभित्र विधि र प्रक्रियामा बहस नभई नेताहरूवीच सम्वादहीनताको अवस्थालाई तोडेर पार्टी एक राख्नुपर्छ भनेर हामी आएका हौ। नेताहरूलाई सम्वादको वातावरण निर्माण गर्न र दबाब दिन आएका हौ। 
० तर,पार्टीभित्रको एउटा पक्ति असन्तुष्टहरू गए पनि जाऊन भन्ने पक्षमा छ रे हो?
– हो,यो अतिवाद दुवैतिर छ। असन्तुष्ट नेताहरूतिरमा पार्टी छोडिहाल्नुपर्छ भन्ने छन। यता पनि केही गएर जाउन अरु आईहाल्छन भन्ने अतिवाद छ। यी दुई अतिवादले पनि अहिले सम्वादहीनतलाई कायम राखेको छ। हामी त्यसैलाई चिर्ने प्रयत्नमा छौ।

http://www.weeklynepal.com/index.php/2011-08-02-03-02-45/229-weekly/2011-08-03-09-43-52/2011-08-09-05-03-02/13838-2012-06-11-05-49-27

 

Last edited: 13-Jun-12 08:11 AM

 
Posted on 06-13-12 1:44 PM     [Snapshot: 73]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एमाले पार्टी मान्छे छिन्न नसक्ने पार्टी रहेछ, देश लाई संकट को बेला जातिय पहिचान को पछाडी दौडने नेता हरु उपध्यछ्य, सभासद हुन पुगेछन. बहुजातिये पहिछान, देश को माग बुझ्ने मान्छे हरु जिल्ला मा नै थान्को लागेछन

मान्छे चिन्नुस हो कमरेड हो मान्छे चिन्नुस.  कैउ जनजाति का नेता हरु जो जातिय पहिछान को संकीर्ण घेरा बाट माथि उठ्ने साहस राख्छन  तिनीहरु लाई केन्द्र मा ल्याऊनुस्. अब आउने निर्बाचन मा तेस्ता नेता हरु लाई मौका दिनुस.
माछा  परे एमाले भ्यागुतो परे जनजाति भन्ने नेता हरु लाई किन काखी च्याप्ने ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters