[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जन्मका आधारमा केही पनि चिज पाइँदैन है'
[VIEWED 1479 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-12 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

बहुजातीय होइन, बहुलजातीय

 
(9 Votes)
 
 
 
प्रा. चैतन्य मिश्र

 
 
<[Disallowed String for - i frame not allowed] allowtransparency="true" frameborder="0" height="250" hspace="0" marginwidth="0" marginheight="0" scrolling="no" vspace="0" width="300" id="aswift_2" name="aswift_2" style="margin: 0px; padding: 0px; border-width: 0px; outline: rgb(0, 0, 0); vertical-align: baseline; background-color: transparent; left: 0px; position: absolute; top: 0px; ">
 
मचारवटा विषयमा कुरा गर्छु । पहिलो, संविधानसभाको राज्य पुनर्संरचना र राज्यशक्तिको बाँडफाँड समितिले गरेको काममा संक्षिप्त टिप्पणी । दोस्रो, जातीयता भनेको के हो ? । तेस्रो, जातीय संघीयता र त्यसलाई समृद्ध बनाउने अमिल्दो कुरा । चौथो, असमानतालाई कसरी सम्बोधन गर्ने ?

राज्य पुनर्संरचना समितिको प्रतिवेदनले पहिचान र सामथ्र्यलाई सार्‍यो । त्यसमा पनि पहिचानका पाँचवटा र सामथ्र्यका चारवटा तत्वहरू निर्धारण गरियो । त्यसमा मैले मुख्यतया दुइटा समस्या देखें । प्रदेश यो मापदण्डमा बन्ने हो भने सिंगो मुलुकको मापदण्ड के हुने ? सिंगो मुलुकको राष्ट्रिय एकता र लोकतन्त्र कसरी सुरक्षित गर्ने ? प्रदेश यस्तो हुनुपर्छ चाहिं भनियो, तर त्यसलाई धान्ने केन्द्र/संघचाहिं कस्तो हुनुपर्छ, त्यसको मापदण्डचाहिं के हो ? त्योचाहिं भनिएन । राष्ट्र एकत्रित कसरी हुने ? कस्तो केन्द्रले प्रदेशहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्वलाई हल गर्न सक्छ ? राष्ट्रिय एकता, सद्भाव र राष्ट्रिय सुरक्षा कसरी कायम गर्न सकिन्छ ? समितिको प्रतिवेदनमा यस्ता सवाल आएको पाइँदैन । राष्ट्रिय सुरक्षाबारे कतै चर्चा भएको पाइँदैन प्रतिवेदनमा । संघीय स्वरुपको कुरा गर्दा राष्ट्रिय सुरक्षाको चर्चा नहुनु अचम्मै मान्नुपर्छ ।

त्यस्तै अर्को समस्या लोकतन्त्रबारे देखियो । केन्द्रदेखि स्थानीय तहसम्मका सरकार कस्तो हुने र तिनलाई कसरी चलाउने भन्नेबारे समितिको प्रतिवेदनमा चर्चा गरेको पाइँदैन । राष्ट्रिय एकता/सुरक्षा र लोकतन्त्रजस्ता प्रमुख राष्ट्रिय एजेन्डामा समितिले प्रतिवेदन तयार पार्दा ध्यान दिएको देखिंदैन । यी दुई मुद्दामा बहस र उचित समाधान नखोजी अन्य विषयमा छलफल गर्नुको अर्थ रहँदैन ।

फेरि समितिले निर्धारण गरेको पहिचान र सामथ्र्यकै कुरा गर्दा पनि पहिचान अन्तर्गत जातीयता/सामुदायिकतामात्रै हावी हुन पुग्यो र अन्य तत्व गौण बने । भाषाको कुरा गौण भयो, संस्कृतिको कुरा पनि छायामा पर्‍यो । वास्तवमा जातको कुरा भनेको नश्लकै कुरा हो । त्यो भाषा, संस्कृतिको कुरा होइन । भाषा, संस्कृतिको कुरा गरेको भए त्यसलाई गर्वसाथ लिन सकिन्थ्यो । यो नश्लको कुरा हावी भयो अन्य आठवटा कुरा गौण भए ।

हामी 'रिपब्लिक' भयौं । यसको समाजशास्त्रीय अर्थ हो 'जन्मका आधारमा केही पनि चिज पाइँदैन है' गाउँमा मुखिया नहुने र देशमा राजा नहुने भनेको जन्मका आधारमा यी पद प्राप्त हुनसक्दैन भन्ने होयो त हरेकले प्राप्त गर्नसक्ने अधिकारको कुरा हो, 'रिपब्लिक'मा । राजा फाल्नु भनेको जन्मजात केही पनि प्राप्त गर्न पाइँदैन भनेको होहरेक व्यक्तिले क्षमताका आधारमा लिने भन्ने दर्शन हो- 'रिपब्लिक' । यद्यपि कतिपयले प्राप्त गर्ने क्षमता राख्दैनन्, त्यसका लागि राज्यले सम्बोधन गर्नुपर्छ । त्यो अर्कै विषय हो फेरि । तर यहाँचाहिं राजतन्त्र जाने र जातितन्त्र स्थापित गर्ने जस्तो परस्पर विरोधी कुरा भइरहेको छ ।

जातीय पहिचान भनेको के हो ? हामी जातीय व्यक्तिमात्र होइनौं । हाम्रा विभिन्न पहिचान छन् । हरेक व्यक्तिभित्र विभिन्न पहिचान छ । त्यसकारण जातीयतामा सीमित पार्नु या खसाल्नु व्यक्तिको समष्टिगत पहिचानको सन्दर्भमा अत्यन्त 'रिग्रेसिभ' कुरा हो । यो अहिलेको जमानाको मान्छेलाई सुहाउने कुरै होइन । अहिलेको यो नश्लीयवाला बहसले चाहिं हामीलाई त्यसतर्फ लग्यो । हामी जातीय व्यक्तिमात्रै होइनौं । हामी किसान हौं वा महिला हौं, बूढा हौं वा जवान हौं, उद्योगपति हौं वा श्रमिक हौं, जे भए पनि हामी धेरै हौं । यी सबै कुरालाई गौण तुल्याउँदै राज्य पुनर्संरचनालाई जसरी नश्लमा गएर टुंग्याइयो, त्यो अत्यन्तै अमान्य र घातक कुरा हो ।

बाजे लिम्बु र नाति लिम्बुमा धेरै फरक हुन्छ । मेरै बाजे र ममा धेरै फरक छ । जातै भन्ने हो भने एउटै हो । यद्यपि दस वर्ष या पाँच वर्षमै पनि जातीय पहिचानमा परिवर्तन आउन सक्छ । जातीयता भनेको फेरि एउटा ढुंगामा लेखेर कहिल्यै नमेटिने कुरा पनि होइन । जातीयता परिवर्तनशील कुरा हो । अबको जमानामा हामी झन् परिवर्तनशील पहिचान बोकेका व्यक्ति हौं । पहिले अलि अलि स्थिर पहिचान थियो भने पनि अब त्यो ज्यादै अस्थिर भएर जाने सम्भावना छ ।

हामीलाई बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक भनिएको छ । तर हामी बहुजातीय र बहुसांस्कृतिकमात्रै होइनौं, हामी बहुल जातीय पनि हौं । बहुजातिहरू मिसिएपछि बहुल संस्कृतिको निर्माण हुन्छ । मानौं, बाहुन र गुरुङ एकै ठाउँमा बसे भने तिनीहरू र तिनका छोराछोरी तथा नातिनातिनामा आउने परिवर्तन पहिलेको बाहुन या गुरुङजस्तो नभई छुट्टै हुन्छ । अलग्गै संस्कृतिको निर्माण हुन्छ । अर्थात् छोराछोरी र नातिनातिना नै हुनुपर्छ भन्ने पनि छैन जो मिसिएका हुन्छन्, तिनमा परम्परावादी बाहुन र गुरुङभन्दा छुट्टै संस्कृति निर्माण हुन्छ । समाजशास्त्रमा यसलाई बहुल भनिन्छ । बहुवालाले गुरुङको एकथरी संस्कृति छ, बाहुनको अर्कोथरी अनि स्थिर हुन्छ भनी सोच्छ । तर त्यो होइन । परिवर्तन भैरहन्छ र नयाँ 'बि्रड' जन्मन्छ । नयाँ भाषा र संस्कृति जन्मन्छ ।

तेस्रो, अब आउने जमानाको लागि जातीय संघीयता किन ठीक छैन भन्ने बहस महत्वपूर्ण छ । यसमा राष्ट्रिय एकता कसरी अगाडि बढ्छ भन्ने कुरा हो । धेरै अघि समुदायहरू एक प्रकारले भन्ने हो भन्ने सम्पर्कविहीन भएर बसेका हुन्थे । अझ हिमाली क्षेत्रमा त्यस्तो हुने गथ्र्यो । हामीकहाँ धेरै भाषा हुनुको कारण पनि यही हो । संसरभरिका हिमाली क्षेत्रहरूमा धेरै भाषा, संस्कृति हुने गरेको पाइन्छ । समथर भूभागमा धेरै मानिसले एउटै भाषा बोल्छन्, तर जहाँ-जहाँ विकट हिमाली क्षेत्र छ, अझ नदीले काटेको छ, ती भूभागमा समुदायहरू पनि छुट्टाछु्ट्टै रुपले विकसित भएका छन् । अन्तरक्रियाको क्षमता पनि न्यून हुन्छ । यसरी लामो समयसम्म अलग-अलग बस्दा अलग-अलग भाषा र संस्कृति विकसित हुने हो ।

ठूलो पैमानामा उत्पादन र उपभोग गर्ने अहिलेको पुँजीवादी जमानामा मुलुकका विभिन्न ठाउँका मानिसबीच -जस्तो ताप्लेजुङ र कञ्चनपुर, दार्चुला र झापा) लेनदेनलाई बढाएर मात्रै हामी बढ्न सक्छौं । लेनदेन विभिन्न प्रकारका हुनसक्छन् । अर्थतन्त्र अन्तर्गत श्रमिकको आवत-जावत, साधन र लगानीको लेनदेन आदि । यातायातको कुरा पनि आउँछ, जसले विभिन्न भूभागका मानिसहरूलाई एकत्रित हुन सघाउँछ । यी मानिसहरूबीच भेटघाट र अन्तक्रिया हुने र एकले अर्कोलाई चिन्ने अनि बुझ्ने द्वारहरू हुन् । यो हिमाल, पहाड र तराईलाई जोड्ने कडी पनि हो । छुट्टै जल, जमिन र जंगलको कुरा होइन । त्यो विविधतालाई कसरी समेटिन्छ भन्ने कुरा महत्वपूर्ण हो । हिमाल, पहाड र तराईलाई कसरी जोड्ने भन्ने महत्वपूर्ण कुरा हो । संघीयताले जोड्ने हो । त्यसको अर्थ फेरि पूर्व-पश्चिम नहुने भन्ने पनि होइन । यसोगर्दा भाषा, संस्कृति, गीत, सिनेमा आदि सबै कुराको बिस्तार हुनपुग्छ, जसले संघीयतालाई सबल तुल्याउँछ । शिक्षा, सञ्चारले अभिरुचि जगाउँछ । एकठाउँका मानिसको समृद्धि र समस्याबारे अर्को ठाउँकाले थाहा पाउँछन् । अन्तर-जातीय विवाहलाई प्रोत्साहन दिन सक्नुपर्छ ।

अन्त्यमा, नेपालमा जातजाति बीचमा असमानता प्रशस्तै छ । यो असमानतालाई ज्युँकात्यँु राखेर हामी लोकतन्त्र हाँक्न पनि सक्दैनौं, समृद्ध बन्न पनि सक्दैनौं । लोकतन्त्र, समृद्धि र संघीयता सफल हुनसक्दैन । पुँजीवादभित्र रहेर असमानतालाई पूर्णतः निराकरण गर्न सकिंदैन, तर कमसेकम जन्मँदै प्राप्त हुने कुराहरूलाई हटाएर अरु सर्तहरू बढीभन्दा बढी समानीकरण गर्दै यो समस्याबाट पार पाउन सकिन्छ । हामीकहाँ भाषा, संस्कृति लगायत धेरै खाले असमानता छन् । यसलाई न्युनीकरण गर्ने बाटोमा लाग्नुपर्छ । धर्मनिरपेक्ष बन्नाले धर्मको असमानता केही हदसम्म हटेको छ । अर्को वर्गीय असमानता हटाउनु जरुरी छ । संघीयताले त्यसमा सहयोग गर्नुपर्छ । अहिले यस्तो वर्गविहीनताको स्थिति र जातीय प्रकटताको स्थिति राजनीतिले ल्यायो, त्यो राम्रो भइरहेको छैन । अहिले त वर्ग भनेको मधेसी र पहाडे अनि महिला र पुरुष भन्न थालिएको छ । यो त वर्गको परिभाषा नै होइन ।

जातीय संघीयताको जुन बहस छ, त्योचाहिं असमानता न्युनीकरण गर्नका लागि हो कि हामी छुट्टै हौं भन्नका लागि हो वा हामी मिसिएर बस्नै सक्दैनौ भन्नका लागि हो ? छुट्टिएर बस्नका लागि भिन्न प्रदेश चाहिएको हो कि असमानता घटाउनका लागि चाहिएको हो ? असमानता घटाउन हो भने भिन्न प्रदेश चाहिंदैन । असमानता घटाउने अनेक तरिका छन् । एकात्मक राज्यमा धरि त्यो हुनसक्छ । यद्यपि मैले एकात्मक राज्यको वकालत गरेको चाहिं होइन । छुट्टैपनालाई अधिक मूल्यांकन गर्दै जाने कुरा जुन जातीय संघीयताले बोकेको छ, त्योचाहिं नितान्त गलत छ ।

(२०६९ असार २ गते पुलचोक इञ्जिनियरिङ कलेजमा आयोजित 'समृद्धिका लागि लोकतन्त्र' विषयक गोष्ठीमा समाजशास्त्री गुरुङको प्रस्तुतिमाथि अर्का समाजशास्त्री मिश्रको टिप्पणीको सम्पादित अंश) 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters