[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दैनिक ११ नेपालीले गर्छन् आत्महत्या
[VIEWED 1023 TIMES]
SAVE! for ease of future access.
Posted on 07-29-13 6:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 
दैनिक ११ नेपालीले गर्छन् आत्महत्या पीडीएफ मुद्रण इमेल
 



नवराज मैनाली/
नयाँ पत्रिका
काठमाडौं, १२ साउन

 

आत्महत्याको घटना नेपालमा डरलाग्दो रूपमा बढ्न थालेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार एक दिनमा ११ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०६९/७० मा देशभर तीन हजार नौ सय ७४ जनाले आत्महत्या गरेका छन् । यो तथ्यांकले एक दिनमा ११ जना नेपालीले आत्महत्या गर्ने प्रहरी अधिकारी बताउँछन् । उनीहरूका अनुसार आत्महत्याका कतिपय घटना प्रहरीसम्म नआइपुग्ने भएकाले यो संख्या अझ धेरै छ ।

 

०६९/७० मा आत्महत्याको दर अघिल्लो वर्षकै हाराहारीमा छ । ०६८/६९ मा तीन हजार नौ सय ७७ जनाले आत्महत्या गरेका थिए ।

 

आत्महत्याका धेरै घटना पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रमा भएका छन् । गत वर्ष पूर्वाञ्चलमा आठ सय ७१ जना तथा पश्चिमाञ्चलमा आठ सय ७४ जनाले आत्महत्या गरेका छन् । उपत्यकामा चार सय चारजनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । काठमाडौंमा आत्महत्याका घटना बढ्दै गएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरे बताउँछन् । प्रहरीका अनुसार काठमाडौंमा एकैदिन तीन–चारजनासम्मले आत्महत्या गर्ने गरेका छन् ।

 

प्रहरीको विवरणमा धेरैले झुन्डिएर आत्महत्या गरेको उल्लेख छ । गत वर्ष आत्महत्या गरेका तीन हजार नौ सय ७७ जनामध्ये दुई हजार पाँच सय चारजनाले झुन्डिएर आत्महत्या गरेका छन् । त्यस्तै, एक हजार तीन सय ३४ जनाले विष खाएर, ५७ जनाले हामफालेर, ३३ जनाले आगो लगाएर, हातहतियारको प्रयोगबाट २७, डुबेर १९ तथा तीनजनाले शरीरमा करेन्ट लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आत्महत्या गर्नेमध्ये धेरै ३० भन्दा कम उमेरका छन् । 


आत्महत्याका विवादास्पद घटना
आत्महत्याका घटना बढेसँगै त्यसको अनुसन्धान पनि पटक–पटक विवादमा पर्दै आएको छ । अनामनगरमा बस्ने सरस्वती सुवेदीको मृत्यु प्रकरणले गत वर्ष ठूलै हंगामा पायो । बाथरुममा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । पछि हत्या गरेको भन्दै किटानी जाहेरी परेपछि सुवेदी बस्ने घरधनी प्रसाईं परिवारका सबै व्यक्तिलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । तर, मेडिकल रिपोर्टमा आत्महत्या नै भएको खुलेपछि अदालतले उनीहरूलाई रिहा गर्ने आदेश दिएको थियो ।

 

ललितपुरनिवासी एक इन्जिनियरको घरमा काम गर्ने सिर्जना चौधरी थारूले शरीरमा आगो लगाएर गरेको आत्महत्या पनि त्यत्तिकै विवादास्पद बन्यो । उनको हत्या भएको भन्दै थारू अधिकारकर्मीले आन्दोलन नै गरे । तर, अनुसन्धानमा आत्महत्या नै गरेको खुलेको थियो ।

 

नेपाली नागरिकसँग बिहे गरेकी भारतीय मूलकी अमेरिकी महिला भूमिका काँचारको आत्महत्या पनि विवादमा परेको छ । अमेरिकामा पढेका नेपाली युवक आकाश जटियासँग बिहे गरेकी भूमिकाले करिब दुई महिनाअघि बाथरुममा झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । तर, भूमिकाको माइतीले उनको हत्या भएको दाबी गर्दै प्रहरीमा निवेदन दिएको छ ।

 

विवाद बढ्दै गएपछि शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखाले पत्रकार सम्मेलन नै गरेर अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । हालसम्मको अनुसन्धानमा हत्याको कुनै प्रमाण भेटाउन नसकिएको महाशाखाका अधिकारीले जनाएका छन् ।

 

यसैगरी, पूर्वमन्त्री अनिल झाकी छोरी श्वेताको आत्महत्या पनि हालसम्म रहस्यमै छ । दुई साताअघि घरमै झुन्डिएर उनले आत्महत्या गरेकी थिइन् । 
गरिब मात्र नभई सम्पन्न परिवारका व्यक्तिहरूले पनि आत्महत्या गर्ने गरेको भूमिका र श्वेताको आत्महत्याले देखाएको छ । उच्च वर्गमा भने पारिवारिक समस्याका कारण आत्महत्याका घटना हुने गरेको प्रहरीको विश्लेषण छ । 

हत्या बढ्यो 
अघिल्लो वर्षको तुलनामा ज्यानसम्बन्धी अपराधमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा चार हजार ५९ वटा ज्यानसम्बन्धी अपराध भएकोमा ०६९/७० मा चार हजार एक सय १५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । यसमा सातवटा खुन डाँका, ६ सय ७९ वटा कर्तव्य ज्यान, पाँच सय ४९ वटा ज्यान मार्ने उद्योग, दुई हजार ६४ वटा भवितव्य ज्यान, सात सय ५८ वटा फुटकर ज्यान, ३० वटा गौबध र २८ वटा गर्भपतनजस्ता ज्यानसम्बन्धी घटना प्रहरीमा दर्ता भएका छन् ।

 

चोरीसम्बन्धी अपराध भने केही घटेका छन् । अघिल्लो वर्षमा एक हजार ६९ वटा चोरीसम्बन्धी अपराध भएकोमा यस वर्ष केही घटेर एक हजार ४२ वटा मात्र भएको प्रहरीले जनाएको छ ।

 

किन गर्छन् आत्महत्या ?
मनोविद् डा. सरोज धिताल आत्महत्या नेपालको मात्र नभएर विश्वकै समस्या भएको बताउँछन् । यसको प्रमुख कारण डिप्रेसन नै भएको उनको भनाइ छ । 
‘धेरै तनाव सहन गर्ने क्षमता नहुँदा आवेगमा आई मान्छेले आत्महत्या गर्छन्,’ डा. धिताल भन्छन्, ‘मनोवैज्ञानिक रूपमा मन कमजोर हुँदा मान्छेहरू आत्महत्याको निर्णयमा पुग्छन् ।’

 

आत्महत्याका घटना बढ्नुमा राज्य पनि जिम्मेवार रहेको डा. धितालको भनाइ छ । देशमा आर्थिक अवस्था राम्रो हुन नसक्दा समाजमा समस्या थपिएको र त्यसले आत्महत्या बढाएको उनले बताए । सरकारले मानसिक परामर्श दिई जनचेतना वृद्धि गर्न आवश्यक रहेको उनले औँल्याए ।

 

प्रहरीको विश्लेषण
नैराश्यता, पारिवारिक तथा आर्थिक तनाव र पढाइमा असफलताजस्ता कारण आत्महत्याको प्रमुख कारक भएको प्रहरीको विश्लेषण छ । आत्महत्या बढ्नुमा विखण्डित समाज पनि प्रमुख कारण भएको प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवाल बताउँछन् । घरेलु हिंसा, गरिबीजस्ता समस्याले पनि आत्महत्या बढाएको सिलवालको भनाइ छ ।
नेपाल प्रहरीका अवशकाप्राप्त एसएसपी वसन्तराज कुँवरले पनि आर्थिक समस्या नै नेपालमा आत्महत्याको प्रमुख कारण रहेको बताए । ‘ऋण लिएर मदिरा पिउने र पछि तिर्न नसकेपछि आत्महत्या गरेका घटनासमेत धेरै पाइएका छन्,’ उनले भने ।

 

धेरै नेपाली विदेशमा रहेकाले सामाजिक विखण्डनका कारण पनि आत्महत्याका घटना हुने गरेको कुँवरको भनाइ छ । ‘प्रेम र यौनसँग सम्बन्धित घटनाले पनि आत्महत्याका घटना बढाइरहेको छ,’ उनले भने । केही असामान्य व्यक्तिले पनि आत्महत्या गर्ने उनले बताए ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters