[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कसरी हत्याए सुनीलले नोबेल मेडिकल कलेज?
[VIEWED 2021 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-13 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

कसरी हत्याए सुनीलले नोबेल मेडिकल कलेज?

सुनिल शर्मा
सुनिल शर्मा
विराटनगर— तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा सत्ता हातमा लिएपछि राजनीतिक दलका अधिकांश शीर्षनेता घरमै नजरबन्द भए। त्यसबेला नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला छोरी सुजातालाई भारत पठाउन चाहन्थे। कारण थियो– राजाको कदमबारे विदेशीसँग कुरा गरी अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने। सुरक्षाकर्मीको बाक्लो तैनाथी र कडा निगरानीबीच सुजातालाई मोटरसाइकल भारत पुर्‍याउने व्यक्ति सुनिल शर्मा हुन् । द्वन्द्वकै क्रममा कांग्रेस नेता शेखर कोइरालालाई भारतको नयाँ दिल्लीमा माओवादी शीर्षनेतासँग भेट गराएको शर्माले दाबी गर्दै आएका छन्।
 
 
त्यही बेला विराटनगरका डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, रविन दाहाललगायतको समूह नोबेल मेडिकल कलेज सञ्चालन तयारीमा जुटेका थिए। कलेजका लागि भौतिक पूर्वाधार र टिचिङ फ्याकल्टी व्यवस्था गरेपछि उनीहरूले सम्बन्धनका लागि काठमाडौं विश्वविद्यालयमा आवेदन दिए।

विश्वविद्यालयमा सुरुमा मनसायपत्र (लेटरअफ इन्टेन्ट) दिए पनि सम्बन्धन दिएन । यो समूहलाई मेडिकल कलेज सम्बन्धनका लागि कुरा 'ठाउँ' सम्म पु¥याइदिने 'व्यक्ति' चाहिएको थियो । त्यही क्रममा शर्मा भेटिए। उनको सर्त थियो, 'सम्बन्धन दिलाइदिनेबापत उनलाई कलेजमा पाँच प्रतिशत सेयर दिनुपर्ने।' यो कुरा मेडिकल कलेजको टिम मञ्जुर भयो।

शर्माले सुजाता र शेखरलाई लगाएको 'गुण'को बदलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो निवास बालुवाटारमा काठमाडौं विश्वविद्यालयको सिनेट डाकेर नोबेल मेडिकल कलेजको सम्बन्धनबारे निर्णय गराए। स्रोतका अनुसार त्यसबेला तत्कालीन उपकुलपति सुरेशराज शर्माले नोबेल मेडिकल कलेजलाई सम्बन्धन दिनेबारे असहमति जनाएका थिए।

स्थापनाकालमा डा. गिरी अध्यक्ष रहेको नोबेल अस्पतालमा २८ करोड लगानी थियो। मेडिकल कलेजले सम्बन्धन पाएपछि शर्माले बार्गेनिङ गरेर सेयर पाँच प्रतिशतबाट २८ प्रतिशत सेयर पु¥याए पनि लगानी चाहिँ गरेनन्। २०६२–६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि यसका नेतालाई समेत प्रलोभनमा पारेर शर्माले मेडिकल कलेज हडप्ने रणनीति अपनाए। माओवादी नेता वर्षमान पुन र कांग्रेस नेता शेखरको हवाला दिई उनले आफूले अझै बढी सेयर पाउनुपर्ने भन्दै अन्य साझेदारलाई धम्क्याउन थालेपछि यो विवाद माओवादी हेडक्वार्टरमा पुगेको थियो।

माओवादी नेता हरिबोल गजुरेलमार्फत् अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईको उपस्थितिमा वर्षमान, सुनील र नोबेलका अन्य साझेदार राखेर दाहाल निवासमा छलफल गर्ने भनियो । त्यसैका लागि विराटनगरबाट काठमाडौं आउँदै गर्दा एयरपोर्ट छेउबाट २०६४ मंसिर १८ गते डा. गिरी, पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई शर्माले वाइसिएलका तत्कालीन इन्चार्ज चन्द्रबहादुर थापा (सागर) को निर्देशनमा अपहरण गरी काभ्रेको बल्थलीमा पु¥याएर २७ घन्टापछि मुक्त गरे।

त्यसबेला पीडितले प्रहरीमा किटानी जाहेरी दिए पनि सरकारले नै मुद्दा फिर्ता लिएको पीडित पक्षको भनाइ छ । नोबल कलेजसँग जोडिएका कांग्रेस नेता शेखर र माओवादी नेता वर्षमानले सुनीलको मुद्दा फिर्ता गराउन भूमिका खेलेको स्रोतको भनाइ छ । अपहरणपछि मेडिकल कलेजका साझेदार पाण्डे एक वर्ष अमेरिका बसेर फर्के।

सुरुका लगानीकर्ता डा. गिरी र पाण्डेलाई नोबेलबाट हटाएपछि शर्माले साझेदारका रूपमा विराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई भिœयाएर ५० प्रतिशत सेयर दिए । पाँच प्रतिशत सेयरबाट नोबेल छिरेका शर्मा २०६५ सम्म ५० प्रतिशत शेयरधनी मात्र होइन, नोबेललाई एकलौटी पकडमा लिन सफल भए । डा. कार्कीसँग उनको साझेदारी लामो समय टिकेन । नोबेल मेडिकल कलेजका अध्यक्ष डा. कार्की र उनीबीच 'सेयर' र 'व्यवस्थापन' बारे विवाद भयो । कलेजमै कार्यरत कर्मचारी पुलिस चौधरीलाई मोरङ प्रहरीले डिफेन्स आर्मीको सहयोगी रहेको र नोबेल कलेजमा पटकपटक बम पड्काएको अभियोगमा पक्राउ ग¥यो । त्यसपछि डा. कार्की र शर्माको सम्बन्ध झन् बिग्रियो। शर्माले डा. कार्कीविरुद्ध सडकमा विद्यार्थी उतारे । डिफेन्स आर्मीका अध्यक्ष आरपी मैनाली (हाल जेल) का नातेदार काशी चुँडाल त्यसबेला शर्माका सहयोगी कर्मचारी थिए। अहिले चुँडाल डा. कार्कीले खोल्न लागेको विराट मेडिकल कलेजका हर्ताकर्ता हुन्।

डा. कार्कीलाई काठमाडौंको जग्गा र नगद दिएर शर्मा नोबेल मेडिकल कलेजका एकल साझेदार बने। 'बल्लबल्ल जग्गा र नगद लिएर सेयर सल्टाए,' डा.कार्की भन्छन्, 'म जानुअघि नोबेल टाट पल्टेको अवस्थामा थियो, भवन निर्माणको बक्यौता थियो, मैले लगानी गरेको पैसाबाट नोबेल सुध्रिएको हो।' मोरङको लेटाङ माविमा पढ्दा राजेन्द्र न्यौपाने नाम रहे पनि पछि उनले सुनील शर्मा लेख्न थालेका हुन्।

राजस्व अनुसन्धान एकाइ इटहरीका अनुसार चार महिनाअघि परेको उजुरीको आधारमा शर्मासँग बयान लिँदा उनले एक अर्बसम्म कारोबार गरेको स्वीकारेका थिए। आफ्नै बाबु लोकनाथ न्यौपानेलाई अध्यक्ष र डा. भोगेन्द्र उपाध्यायलाई मुख्य कार्यकारी निर्देशक बनाएर शर्माले कलेज सञ्चालन गरिरहेका छन्। अस्ट्रेलियामा बसेका दाजु केपी शर्मालाई दुई वर्षअघि कलेजका अध्यक्ष बनाए पनि उनको व्यवहारबाट आजित भएर उनले पनि भाइको साथ छाडे। केपी अहिले काठमाडौंको जनमैत्री अस्पतालमा छन्।

साझेदारीबाट एकल स्वामित्वमा पुर्याएर अर्बौंको मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माको सम्पत्तिको स्रोतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धानले खोजी गरिरहेको छ। यसअघि वर्षमान पुन अर्थमन्त्री रहँदा राजस्व छलीको आशंकामा राजस्व अनुसन्धान विभागले शर्मालाई ताकेता गरे पनि दबाबका कारण बयान लिन सकेको थिएन।
- See more at: http://www.nagariknews.com/society/nation/story/5479#sthash.9dFjVXUl.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters