वैदेशिक रोजगार विभागका निर्देशकसहित ६ पक्राउ
४ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनालीसहितका ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धानलाई हिरासतमा लिएको छ ।
शाखा अधिकृत दीपक प्रसाद खतिवडा, नायवसुब्बा चन्द्रहरि लुईटेल, कम्प्युटर अपरेटर पप्पु कुमार साह, रामप्रसाद पोखरेल, अरबिक भाषा अनुवादक ओवैदुल्ला मक्सुदसमेत ६ जनालाई हिरासतमा लिइएका अख्तियारले जनाएको छ ।
उनीहरुले म्यानपावर कम्पनीहरुले पेश गरेका झूटा व्यहोराका कागजातलाई समेत गैरकानूनी लाभ लिई गलत विवरणका कागजातहरुलाई आधार बनाई कम्प्युटर इन्ट्री, भाषा अनुवाद, फाइल सदर गरी ७७ जना नेपाली नागरिकलाई वैदेशिक रोजगारमा जान इजाजत पत्र दिएका थिए । उनीहरुले काम कारबाहीको सक्कल फाइल नै कार्यालयबाट बेपत्ता पारेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।