[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फिरंगी मिथक 'नसकटापुर'
[VIEWED 2144 TIMES]
SAVE! for ease of future access.
Posted on 01-10-14 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिरंगी मिथक 'नसकटापुर'


सौरभ                
 
एकातिर २७ पुस अर्थात् पृथ्वी जयन्ती, अर्कोतिर कम्युनिष्टको खोल ओढेर साम्प्रदायिकतावादी र विखण्डनवादीहरूले उनीहरू कीर्तिपुरमा हार्नै सक्दैनन् भनी बनाएको धारणाको मूलजरो हो, पृथ्वीनारायणका समयमा त्यहाँ नाक काटिएको प्रसंग । यो लेख त्यसैको सन्दर्भमा छ ।

सुनिजान्नेको यथार्थ- एक

क) 'कीर्तिपुरलाई हराउँदा गोरखालीहरूलाई भएको हैरानीको झ्वाँकमा उनीहरूले समातिएका सबै पुरुषको नाक काटिदिए । भरियाहरूमध्ये उल्लेख्य संख्याको नाक नभएको देखेर यसको कारण पत्ता लगाउनतर्फ हामी लागेका थियौं'

(ककपेट्रिक, सन् १७९२) ।

ककपेट्रिकले जान्न चाहेको कारणका मूल स्रोत हुन् पादरी जिस्सेपी, जसले कीर्तिपुरमा भएको घटनाबारे लेखे (एसियाट्रिक रिसर्च, खण्ड २, पृ.३१५), तर कीर्तिपुर युद्धको २५ वर्षपछि । त्यसमाथि त्यो घटना उनी आफैंले पनि देखेका होइनन्, पादरी माइकल एञ्जेलोले दिएको बयानलाई टिपेका हुन् ।

विडम्बना यहीँनिर छ । किनभने एञ्जेलो र जिस्सेपी नै हुन्, जसलाई पृथ्वीनारायण शाहले नेपालबाटै निकाले । निकालिएका जम्मा ६२ जनामध्ये थिए, यी दुई । त्यो कुरा जिस्सेपी आफैंले पनि त्यस बयानमा लेखेका छन् । फलस्वरुप जिस्सेपीको फट्याइँपूर्ण आक्रोश उनकै लेखमा यस्तो छ- म कीर्तिपुरमा १७६९ मा पुग्दा ज्ञानप्रजाले अनेक मानिसलाई झुन्ड्याइरहेको देखेँ । सन् १७६८ मा काठमाडौं जितेर गोरखालीहरू पाटनतिर लागे ।

सन् १७६९ मा कीर्तिपुरको घटना देख्न पुगेर १७६८ मा काठमाडौं जितेको देख्न पुग्ने जिस्सेपीलाई आफ्ना पूर्वजन्महरूबारे पनि पक्कै थाहा थियो होला । किनभने काठमाडौं १७६८ मा जितियो र कीर्तिपुर त्योभन्दा अघि नै १७६६ मा । उनले भनेका ज्ञानप्रजा अरु कोही नभएर जयप्रकाश हुन्, पृथ्वीनारायण शाहको निम्ति हार्डी हाँडीसाहेब भएजस्तै ।

ख) जिस्सेपीको अर्को नमुनालायक वाक्य छ, कीर्तिपुर नामक करिब आठ हजार घरहरू भएको ठाउँ । त्यस्तो हो भने त्यो बेलाको संयुक्त परिवार प्रथाअनुसार एक घरबराबर न्युनतम दस सदस्य मान्ने हो भने पनि त्यहाँ असी हजार जनसंख्या हुनुपर्‍यो ।

तर उनीभन्दा पछिका एक लेखक (हेमिल्टन १८०३) लेख्छन्- मेरो अनुमानमा कीर्तिपुरको जनसंख्या ६ हजार होला । समकालीन अर्थशास्त्री टमस माल्थसको जनसंख्या सिद्धान्तअनुसार हरेक पच्चीस वर्षमा जनसंख्या दोब्बर हुन्छ । यसरी जाँदा सन् १७६६ मा कीर्तिपुरको जनसंख्या हुन आउँछ, बाइस सय पचासमात्र । अब वृद्ध, महिला, बालबालिका छाडेर युद्धयोग्य जनसंख्या हुन आउँछ, एक चौथाइ अर्थात् पाँच सय साठीजना ।

अर्का लेखक (ओल्डफिल्ड १८५०) लेख्छन्- कीर्तिपुरको जनसंख्या होला पाँच हजार । माल्थसको सिद्धान्तअनुसार त्यतिबेला जनसंख्या हुन आउँछ, ६ सय ५० बाट केही बढी ।

अर्थात् युद्धयोग्य एक चौथाइ भन्नाले करिब एक सय पैंसठ्ठी । अर्का लेखक (डेनियल राइट १८६७-१८७७) लेख्छन्- कीर्तिपुरको जनसंख्या होला, चार

हजार । माल्थसको सिद्धान्त लागू गर्ने हो भने जनसंख्या नै हुन आउँछ, दुई सय पचास । युद्धपुरुष हुन आउँछन्, जम्मा त्रिसठ्ठीजना ।

यसरी जिस्सेपी एक नम्बरका सुनिजान्ने देखिन्छन् ।

सुनिजान्नेको यथार्थ- दुई

क) डेनियल राइट लेख्छन्- ती नाकहरूको तौल १७ धार्नी (करिब असी पाउन्ड) थियो । जम्मा ८६५ जनाको नाक काटिएको थियो । पहिलो कुरा त यो अंक कथित घटनाको एक शताब्दीपछि दिइएको छ । दोस्रो कुरा सत्र धार्नीबराबर असी पाउन्ड हुँदैन । ०.४१८रु२.२०४ पाउन्डको हिसाबले ८९.६७७ पाउन्ड हुन्छ ।

यो अशुद्धि किन भएको हो भने विसं १८९८ मा एक स्थानीयले बनाएको टिपोटमा ८६५ जना मानिसको नाकको कुल तौल बाह्र धार्नी एक सेर छ तोला लेखिएको थियो । अनि विसं १८३५ मै बुद्धिमानसिंह बस्नेतले बनाएको अर्काे टिपोटमा सत्र धार्नी एक सेर लेखिएको थियो । उनले दुवै टिपोटको 'फ्युजन' गरेको स्पष्टै छ ।

एक व्यक्तिको नाकको तौल बीसदेखि पच्चीस ग्राम हुन्छ । पच्चीस ग्राम नै मानौं, एक धार्नीबराबर २.३९३ किलोग्रामको हिसाबले सत्र धार्नीबराबर ४०.६८१ किलोग्राम नाक हुन आउँछ, जसको अर्थ हो १६२७ जनाको नाक काटियो, जो ८६५ को करिब दोब्बर छ । यसरी धार्नी, पाउन्ड, ग्राम, संख्या माथि कतै मिलेका छैनन् । यसलाई भन्छन्, ढाँटेको कुरा काटे पनि मिल्दैन ।

यही नमिलेको कुरालाई एडेन भेन्सिटार्टले खुरुखुरु १८८९ मा सारे झन्डै एक सय बीस वर्षपछि, जसलाई धेरै विद्वानहरू साभार गर्छन् ।

ख) त्यस्तो किन भएको हो भने ल्यान्डन (१९२३) ले लेखेका छन्- घटना जिस्सेपीले देखेका थिए । तर जिस्सेपी स्वयम् भन्छन्- उनी आफू त्यहाँ १७६९ मा पुगेका थिए । र यो घटना १७६६ को हो ।

भेन्सिटार्ट 'सप्रमाण' लेख्छन्- आदेश पालनाको प्रमाणका रूपमा नाकहरू देखाउन पृथ्वीनारायण शाहकहाँ लगियो । तर जिस्सेपीले नै पृथ्वीनारायण शाह त्योबेला कीर्तिपुरमा नभएर नुवाकोटमा भएको लेखेका छन् । त्यसमाथि अहिले थानकोटमा त्रिभुवनको शालिक रहेको ठाउँलाई धेरै पछिसम्म नाय द्वों -नाकको ढिस्को) भनिन्थ्यो र आगन्तुकहरूलाई देखाइन्थ्यो भनी एक कीर्तिपुरवासी (पासा) ले लेखे ।

नुवाकोटमा बसेर दुई दिन टाढाको युद्धभूमिमा नाक काट्ने विना प्रमाणको आदेश दियो भन्नु नै तिनलाई बदनाम गर्ने सक्दो कोसिस हो । यथार्थ के हो भने त्यत्रो संग्राम र सन्त्रासका बेला कसले बटुल्ने ? कसले गन्ने ? कसले जोख्ने ? त्यसमाथि मानिसका काटिएका अंग-प्रत्यंगहरूलाई स्वास्थ्यकर्मी र पोडेबाहेक कसैले छुँदैन । अझ कसले आफ्नो तराजुमा जोख्न दिने ? यी सबै गफै हुन् । यिनले भूपी शेरचनलाई पुनः प्रमाणित गर्छन्- यो हल्लै-हल्लाको देश हो । यहाँको जग उधिनेर हेरे पनि हल्ला भेटिन्छ ।

समकालीन विश्व

सन् १७६९ अर्थात् उपत्यका सर भएकै वर्ष हैदरावाद राज्य र बि्रटिसहरूबीच युद्ध हुँदा नाकहरू काटिए । यो घटना सन् १७९९ सम्मका चारवटा मैसुर युद्धसम्म कायम रह्यो । तर सन् १७९२ का कर्कपेटि्रक पनि त्यो उल्लेख गर्दैनन्, १९२३ का ल्यान्डन पनि लेख्दैनन् । आफ्नै बि्रटिसहरूको त्यो कृत्यप्रति आँखा चिम्लिने ती पृथ्वीनारायण शाहको खेदो गर्नमात्र आतुर छन् ।

१६७० मा मुगलहरूले बिजापुरसँग युद्ध हुँदा नै गाउँलेहरूको नाक काटेका थिए । १८७६ मा बल्गारियनहरूले टर्किस सिपाहीहरूको नाक काटेका थिए । इस्तान्बुल र्फकेपछि सुल्तानले दिएका चाँदीको नाक हालेर गौरवसाथ ती सडकमा हिँड्थे । मैसुर र मदुराई राज्यबीच भएको सन् १६५६ को युद्धमा सिपाहीका नाकमात्रै होइन, जुँगासहितको ओठ काटेर झोलामा सिंगै हाल्न मिल्ने अस्त्र नै विकसित गरिएको थियो । गनेर सिपाहीले पुरस्कार पाउँथ्यो । यस्ता घटना पृथ्वीभरि प्रशस्त छन् ।

अरु त अरु, १५९२-९८ बीचको युद्धमा जापानले १ लाख ८५ हजार ७ सय ३८ कोरियाई र २९ हजार १४ चिनियाँ गरी २ लाख १४ हजार ७ सय ५२ को नाक काटेर त्यसलाई जापान पुर्‍याई जुन ढिस्कोमा गाडेर मन्दिर बनायो, त्यसलाई भन्छन्, हानाजुका (नाकेडाँडो) । पासाको नाय द्वोंको सुषुप्त मनको डाँडो यही हानाजुका हो, नकि थानकोटको यथार्थ । यो हाना र थान मिल्न पनि गएको छ ।

-यो प्रवृत्तिलाई अलि विस्तार गरौं ।

उपत्यका विजय गरेपछि मल्ल भारदारहरूलाई एउटा भोजमा निम्त्याई आगो लगाइयो भनेर दस कक्षालाई इतिहास पढाउने हैसियत नभएका (माणिकलाल)हरू लेख्छन्- यस्तो घटना अवश्य भएको हो । तर रोमानियाको बालिचिया राज्यमा ।

कहिले चन्द्रशमशेर राणाको नाम लिएर तिनले हामी किरातका तीस हजार किताब जलाइदिएकाले हाम्रो इतिहास नभएको हो भन्ने पढ्न पनि पाइन्छ । यो भएको घटना हो, तर त्यो पात्र चन्द्रशमशेर होइन, सि ह्वाङ ती हो । चन्द्रशमशेरले गरेको भए हनुमानढोकाको चौध भाषाको शिलापत्र तिनले किन नखुर्केको हो ? र अभिलेखालयमा नेवारी भाषाका त्यत्रा पाण्डुलिपिहरू किन पाइएका हुन् ?)

यसरी एन्जेलो, जिस्सेपी, कर्कपेटि्रक, हेमिल्टन, राइट, ओल्डफिल्ड, भेन्सिटार्ट गरी सात अंग्रेजले पृथ्वीनारायण शाहलाई हरतरहले गिराउन भारी कसरत गरे । यद्यपि कर्कपेटि्रकले आफ्ना भरियाहरूलाई देखेर दिएको जानकारीलाई त्यसै नकार्न सकिँदैन ।

सन् १७९२ मा क्याप्टेन नक्सको पछि लागेर उनी आउँदा कति बाकस सामान थियो भनेर अंक उनले दिएका छैनन् । यसैले भरिया संख्याको अनुमान गर्न सकिन्न । कति बाहेक भने दुई जनालाई दस-दस बाकसको छुट दिने हो भने भरिया संख्या बीस हुन आउँछ । ७५ प्रतिशत भरियाको नाक थिएन ठान्ने हो भने पन्ध्र जनाको थिएन । यति पन्ध्र जनाकै आधारमा साराको नाक काटियो भन्ने अवस्था बन्दैन ।

नभन्दै ललितावल्लभ अज्र्यालले विसं १८२६ मै कीर्तिपुर घटनाका सन्दर्भमा एउटा संस्कृत शब्द प्रयोग गरे- 'कांश्चित् ।' यसको अर्थ हुन्छ, केही व्यक्तिको । बाबुराम आचार्यले २०२२ सालमा आइपुगेर बाह्र-पन्ध्र जनाको नाक काटिएको भनेर गरेको निक्र्योलको आधार यही नै हुनुपर्छ ।

अर्थात् कथित नसकटापुरको घटना विश्वको पहिलो र अन्तिम वा एउटै घटना थिएन । त्यो विश्वभरि नै युद्धकालमा चलिआएकै मध्येको तर अत्यन्त सीमित घटना थियो । अंग्रेजहरू स्वयम् त्यस्ता कुरामा सामेल थिए ।

लिन बेनेटले 'डेन्जरस वाइभ्स एन्ड स्याकर्ड सिष्टर्स'मा खडा गरेकी काल्पनिक गाउँ 'नारिकोट' र जेम्स फिसरले 'हिमालयन ट्रेडर्स'मा खडा गरेको काल्पनिक गाउँ 'तरंगपुर'को प्रेरणा नेपाली मानवशास्त्रीय लेखनमा विहारीकृष्ण श्रेष्ठले कर्णाली लोकसंस्कृतिमा खडा गरेका काल्पनिक थलो 'दियार गाउँ' हुनुपर्छ भन्ने लाग्थ्यो । तर होइन रहेछ । जिस्सेपीले यसरी कीर्तिपुरलाई नसकटापुर नाउँ दिएर अरुका देशमा घुसपैठ गरी त्यसमा छेद हाल्ने प्रेरणा उतिबेलै दिएर गएका रहेछन् ।

फिरंगी जासुसको आशंकामा निकालिएका (जुन एडेन भेन्सिटार्ट 'नोट्स अन नेपाल'मा स्वीकार गर्छन्) र सिन्धुलीमा हारेर चुर भएका इसाई इतिहासकारहरूले त्यसलाई पृथ्वीनारायण शाहविरुद्ध भयानक प्रोपगान्डाको सामग्री बनाए । जति मात्रामा नाक काटियो, त्यसमा तिनीहरूले आफ्नै नाकहरू पनि थप्दै र जोड्दै गए ।

- See more at: http://www.ekantipur.com/np/2070/9/26/full-story/382208.html#sthash.C2htBOG8.dpuf

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters