[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भुवन केसीले यसरी खेलाए प्रहरी
[VIEWED 2124 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-14 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.weeklynepal.com/?p=24308
काठमाडौ । महागनरीय प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रहरीको व्यवहारबारे छलफल भइरहँदा एक प्रहरी टोली भने फिल्म हलमा गएका विद्यार्थी खोज्दै थिए। कलेज गएका विद्यार्थी फिल्म हल गएकोले सुधार्नका लागि प्रहरी हलमा गएको हो।
महानगरीय प्रहरी वृत्त गौशलाले चाबहीलस्थित गोपिकृष्ण हलबाट १३ जना विद्यार्थीलाई अपराधीजस्तै गरी पक्राउ गर्योव र टेलिभिजनका पत्रकार  बोलाएर भिडियो खिचायो। फिल्म हलबाट तीन सय विद्यार्थी पक्राउ गरिएको भन्दै टेलिभिजनहरूमा फ्लास न्यूज बजाइयो।
नायक भुवन केसीले जेरी फिल्मको गलत तरिकाले प्रचार गर्नका लागि यसरी प्रहरी र मिडिया दुरुपयोग गरेका हुन्। गत शुक्रबारदेखि छोरा अनमोलले अभिनय गरेको फिल्म जेरी उक्त हलमा चलेको थियो। सोही फिल्म हेर्न विद्यार्थीहरू कलेज छाडेर हलमा गएको भन्दै प्रोपोगाण्डा मच्चाएर उक्त फिल्मको प्रचार गर्नका लागि केसीले प्रहरीलाई छापा हान्न लगाइएको थियो। फिल्मी पत्रकारहरूलाई पहिले नै हलमा बोलाइसकिएको थियो। पक्राउ परेका अधिकांश विद्यार्थी हिन्दी फिल्म हेर्न गए पनि जेरी हेर्न गएको भनेर प्रचार गरिएको थियो। ताकि जेरी फिल्मबारे मानिसमा जिज्ञासा उत्पन्न होस्।
प्रहरीको यो कामको सामाजिक सञ्जालहरूमा धेरै आलोचना भयो। त्यसरी पक्राउ परेका सबै विद्यार्थी कलेज बंक गरेर फिल्म हेर्न गएका थिएनन्। फेरि कलेज ड्रेसमा फिल्म हेर्न जान नपाइने नियम पनि छैन। त्यसकारण प्रहरीले व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै यो कदमको व्यापक बिरोध भएको छ। त्यसरी व्यक्तिको स्वतन्त्रता हनन गरी चरित्र हत्या गरेवापत गौशलाका डिएसपी राकेश सिंहले फिल्म युनिटबाट लाभ लिएको बताइन्छ।
भारतमा पनि फिल्मको प्रचार गर्नका लागि अनेक प्रोपोगाण्डा मच्चाइने गरिन्छ। त्यसकै सिको गर्दै नेपालमा पनि फिल्म चल्ने बेलामा कलाकारहरूबीचको झगडादेखि अनेक बनावटी स्क्यान्डल मिडियामा ल्याएर जनतालाई मुर्ख बनाएर फिल्मको प्रचार गरिने गरिन्छ। त्यसैको नक्कल गर्दै आफ्नो छोराको फिल्म हिट गराउन केसीले प्रहरीलाई दुरुपयोग गरेका हुन्।

 
Posted on 11-23-14 1:48 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am not even mad, that's pretty creative. Wrong, but creative.
K.C. is a movie guy and a businessman, he will do what's in the best of his interest. Nepal Police should be using their discretion on what to respond and who to arrest; you cannot pin this on Mr. K.C. I still blame it on the cops.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters