[Show all top banners]

Nirman
Replies to this thread:

More by Nirman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Yatra Sansmaran: Yeuta Beglai Anubhuti

[Please view other pages to see the rest of the postings. Total posts: 82]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 27359 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-07-05 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथोहरुको नेपाललाई सहयोग गर्ने भावना देख्दा मलाई साथीहरुको जमर्कोमा केहि सहयोग पुग्ला कि भनेर मेरो यात्रा विवरण राख्दै छु। ञस्लाई म part part मा प्रस्तुत गर्नेछु। नेपालको हालको स्थिति बारे यसबाट ज्ञान पाईएला कि भन्ने आशाको साथ:

"एउटा अनुभुति बेग्लै"

"आब्बुई हो!!! क्या बिघ्न रै?छ हो ऊकालो नि।" ८-९ कक्षातिरको ?घनघस्याको उकालो? पाठको सम्झना गर्दै मैले बोलें। खोई मलाई मात्र लाग्या हो कि तर त्यो पाठ लेख्नेले यो अन्धेरीघाटको उकालो नदेख्या हुनुपर्छ भन्ने लख काटें।
"काहाँ उकालो हुनु नि सर, यो ता क्याहि नि होइन" मलाइ साथ दिन संगै हिडेको लोक दाइले मेरो कुरा काट्यो।
हुन त आफु परियो शहरमा हुर्केको मान्छे, दश पाईला नि गाडिमा चढ्ने बानि लागेको, त्यो दाइ उकालो खाई शेष भएकोसंग कुरा नमिल्ने भइहाल्यो।
"हुन नि शहरमा बस्न छोडेर फिल्डतिर काम गर्ने जोश चलेर यो दु:ख गर्नुपर्यो" भन्ने मनमा चल्यो तर मलाई मजा नि आईराख्या थियो। आखिर काठमाण्डौ गएर साथीभाईलाई भोजपुर जस्तो ठाउमा गएर आएको भन्दा शानै अर्को हुने नि।
बाटो चाहिं परेछ आधा जिउ नै खाने। उकालो र ओरालो मात्र। आफु त्यतिकै दुब्लो मान्छे अब त भोजपुरसम्म पुग्दा त मान्छे नै बिलाउला भन्ने पिर पनि चल्यो मनमा।
बाटोमा कुरा गर्दै हिंड्यो भने बाटो गएको पत्तो पाइँदैन भन्थे, त्यै भएर लोक दाईसंग गफ गर्ने मेशो निकालें।
"अनि दाई, घरमा को को छन्, नि तपाईको???"
"छन् जहान अनि दोइटा भुरा।"
"अनि घर कता नि दाइको।"
"ऊ त्यहि धनकुटा हो, सान्मे गा. बि. स. पर्छ" दाईले फुईया गर्दै उत्तर दिनुभो।
हुन नि अफिसको सामानको भारि टन्नै थियो दाईको, म जस्ता त २ जनाले नि सक्दैन होला त्यत्रो भारि उचाल्न। दाईलाई थकाई लाग्या हुनुपर्छ भन्ने लख काटेँ
"यसो बस्ने कि दाई???"
"होईन, ऊ माथि एउटा होटेल छ, त्यहिं बस्नुपर्छ" दाईले यसो सुझाव दिनुभो।
आफुलाई नि थकाई लागेर भनेको अब भारि बोक्नेले नि त्यसो भनेछि लाजै लाग्यो बसम् भन्न नि।
ऊ माथि भन्या नजिकै होला भन ठानेको त आमै नि आएकै होईन।
"अझ कति छ दाई??" यसो सोधिहाले।"?सरलाई थकाई लाग्यो कि??? ऊल्टो प्रश्न पो बज्रियो।
?होइन, यसो पानी प्यास लाग्यो" मैले नि कुरा मिलाईहाले।
हुन नि त्यत्रो बाटो हिड्नलाई एउटा टुम्लेट नि बोकिएनछ। प्यास नि लागेको थियो आफलाई धन्न दाईले पत्याईहालेछ मेरो कुरा।
"आयो सर, आबो त्यहिं हो" माथ्लो डाँडा देखाउँदै दाईले भन्नु भो।
आफ्नो खुट्टोले करामत देखाउने बेला भैसकेको थियो, झन त्यति माथीलाई त्यहिं भन्दा त सात्तो नै उडिहाल्यो।
"ऊसो भए यसो थकाई नै मारौं न।" मैले लाजै पचाएर भने लु जा त।
"लु बसम् न त सर त्यहि चौतारो मा।" अलि परको चौतारो देखाउँदै दाईले नि सहमति जनाउनुभो।
आफ्नो मनमा पनि यसो आराम भो दाईको शब्द सुनेर।

********************************************


 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-22-05 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahah गोलिले पेट भर्ने मन छ कि के हो हर्के। >>>>>>>>>>>>>>>>>>>>>>
Goli matra kin nirman, topai le pet bharumla baru, ti buini sanga kaam garna paaiyo bhane ta, ni. hehehehe.

Nice story nirman, malai pani nepal ko gaam haru guhmna sarai rahar cha, tara badhyata napareko, ra ghumna jaane sthiti ramro nabhako karan le gaiyena. Sthiti ramro hunjeel, khasai testo ichha jaagena, ichha jaage pachi isthiti ramro bhayena. Yestai ho jindagi. Tara aba chai jaanchu bhanera baseko chu, Bhagya le kahile milcha kunni. Nirman bro nice ending.
Mero prarthana yehi cha, bhagwaan shree pashupati naath le sabai ko kalyaan garun ra sabai lai sadbuddhi pradan garun.

 
Posted on 04-22-05 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nirman Jee,

Very Nice Anubhutiharu....

Share with us other experiences....... Dui Banduk ko Bichama Nimukha Jantako bijok....Our homeland can not digest anymore !!!!

PLEASE STOP WAR

I wonder when our nation will be free of GUNS...

----
OK
 
Posted on 04-22-05 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, यो निर्माण भाइले त यति चाडै सक्काइ सक्या?

यो त भएन, कि नाईटो नझरेको भन्यो भनेर लाज मान्या हो? जोक गर्या पो त। भाइको के के झरिसक्यो होला, नाइटो के बाँकि होस्। :)

तै नि एसो फुर्सदमा ळेख्दै गरे हुन्थ्यो, कस्तो रमाइलो भै'राछ पढ्न।

-सरु

 
Posted on 04-22-05 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मैलाइ प्रतिकृया दिनुभएकोमा धन्याबाद, आउदा दिनहरुमा नि सकेजति लेख्दै जानेछु र तपाइहरुले पढेर र सहेर प्रतिकृया दिनुहोला भन्ने आशा राखेको छु।
लु के हो कोल्ले कोल्ले लेखेको जस्तो पो घयो माथिको पंक्ति। हाहाहाहाहाहाहाहा जै भएनी पछि पनि भेट हुँदै होला,
निर्माण

 
Posted on 04-23-05 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है! मैले नि पढेर सक्काईं। यस्तो सान्दर्भिक मर्मको प्रस्तुतीमा ठट्टेउली नगरम् क्यार। कथा पढेर चईं रमईलो लाग्यो। चाँडै नै अरु नि पढ्न पाउने आशमा>>>
 
Posted on 04-23-05 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माणजी,

मैले पनि बडो चाख लिएर पढ्दै गएको हुँ तपाईको कथा । सजिलैसित राजनैतिक आग्रहमा चिप्लिन सक्ने सम्वेदनशिल कथानकलाई जुन सम्वेदनशिलता र सुरुचिका साथ प्रस्तुत गर्न सक्नुभयो त्यसबाट तपाईमा भएको प्रतिभा र लेखक-धर्म को पकड झल्किन्छ भन्ने लाग्छ मलाई ।

अनि ती साझावासी पाठकहरू, जसको कल्पनामा माओ छापामार युवतीको चित्र रामानन्द सागरले चित्रण गर्नुभएको सुर्पणखा जस्तो वा आशुले चित्रण गर्नुभएको बाफ-कसौंडी (pressure cooker) चोरुवी प्रेमिका भन्दा फरक छैन, पक्कै छक्क परे होलान्, तपाईको कथा सुनेर ।

 
Posted on 04-24-05 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice story Nirman...........
 
Posted on 04-24-05 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मेरो नि डिप्लोमाको लागि धरानमा नाम निस्केको थ्यो तर पढ्न पाइन।:: बैनीले दिखेसो पोखि।

This line reminded me of my college life there around 10 yrs ago.......

Your story is great Nirman !
 
Posted on 04-24-05 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Nirmanji, Yo pani padhera sakiyo. Tapai ko lekhani ko tarif garne sabda haru chhainan masanga. Etti bhanchhu tapaiko kalam le bishram naleoss. Ra aauda din ma pani tapailai padhi rakhna paiyoss.
 
Posted on 04-24-05 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great read....keep on coming nirman jee..it was subtely politically inspiring with a tinge of humor.
 
Posted on 04-25-05 1:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो जोन दाइ अनि न्यु युजर, अनि कालो भाले, नेपे र पुन्टे ब्रो बल्ल भ्याउनु भएछ है। धन्यबाद तपाइहरुलाइ यस्तो हौसलाको लागि।

>>तै नि एसो फुर्सदमा ळेख्दै गरे हुन्थ्यो, कस्तो रमाइलो भै'राछ पढ्न।
सरु दाइ अनि म पनि अब यसो मिलिसिया काव्य नै रचना गरम जस्तो लाग्यो रे क्या।

ल है जम्मैलाइ धन्यबाद है,
निर्माण
 
Posted on 04-25-05 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nirman Ji

Atti atti atti nai ramro lagyo tapai ko samrachana. Yeti samma ramro cha ki maile COPY PASTE garnu ni paachi parina..

Tapai le katha ma dherai ramro sanga patra haru lai sametnu bhayeko cha. Euta patra lai (Chapamaar Bahini) jun tasbir rakhnu bhayeko (Chappamar ko ani Nazaar Premi ko) cha tyo chai Lakh ma ek nai cha..

Tapai ko rachana dherai madhya ko kehi atti maan chune bakya haru.

"::आया भएको।:: बालशुलभ निश्चलताको साथ ती नानीले उत्तर दिइ। "

"हिजो शायद साथिले भनेको सिमाना यहि होला, एकथरि पारीबाट जिस्काउने अर्को थरि वारीबाट गोली हान्ने अनि बिचमा जनता मर्ने, अनौठो छ देशको अवस्था नि।"

"शायद बन्दुक बोल्ने देशाँ मान्छेको बोलीको महत्व नहुँदो हो, र मान्छेको ज्यानको पनि।"

"मेरो गन्तव्य आइसकेको थ्यो तर यो देशको अनिशचित गन्तव्य ठम्याउन मलाइ हम्मे हम्मे नै पर्यो।"

Aba tapakai Prerak "Dada Giri" ko Kaatha saknu cha, hunata sakina ni lagyo uha ko katha paani...
 
Posted on 04-25-05 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow nirman...i read ur this new thread and believe me i was spellbound..... was a master piece i must say...very well crafted plot and exceution perfection ( vivid use of nepali vocabulary)!!
::बन्दुक र बारुद बोल्ने देशमा बुद्ध नि रुन्छ रे,
बन्दुक बोलेछि मान्छेको मोल नि पशु सरह हुन्छ रे।::
what a saying!!!



 
Posted on 04-25-05 2:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्याबाद पिसेश्,

धन्यबाद आर्ड ब्रो। धेरै पछि हेर्नु भएछ, तै हेर्नु भयो खुसि लाग्यो। एउटा कुरा है, मैले तिमी सृष्टिसंग भागि कि के हो भनेको (अर्को धागोमा) बैनी त रिसाइ जस्तो छ। रिसानी माफ भनिदिनु है, मेरो भन्नु ठट्यौलि पारामा मात्र थ्यो तर खोइ अर्कै भयो जस्तो छ।
निर्माण
 
Posted on 04-25-05 2:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ya Nirman.. i read your thread yesterday only as it was holiday (now i know what a holiday means...he he he ) .....and common Sristi is not angry or like that..i have never seen her getting angry (except on ocassion when i talk with some other gals for more than 30 minutes ...he he he ) ...nirman in fact she reminded me that nirman was searching for me with a thread...and then i realized that it's been long time since i typed www.sajha.com ...and you know what was her comment about you...."Nirman is a great writer. when you (Ardent) would also write such story" re...he he he ...
 
Posted on 04-25-05 3:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल मैले सोधेको छ भन्दिनु है बैनीलाइ, अरु पछि,
निर्माण
 
Posted on 04-27-05 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माण ...........खै त अरू ???????

यसो अलिअलि समय दिएर लेखौं न यार साथी ।
 
Posted on 04-30-05 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले अलि कामको चापाचाप छ ओ केजी पछि फेरि लेख्ने जमर्को गर्ने नै छु नि। अनि मेरो कम्प्युटरले नि धोका दिँदैछ त्यहि भएर अलि ट्याम लाग्ला। सोध्नु भएकोमा धन्याबाद है,
निर्माण
 
Posted on 04-30-05 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रमाईलो थ्यो तर गुरुले टुङ्ग्याइ हालेछन् , हे तेरि जाँचपनि सक्यो कथा पनि :( बोर भयो नि यार, निर्माण फिरि लेखुं है ।

 
Posted on 04-30-05 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nirman,

that was just great....I sacry experience, huh?

I was shocked to see te situation in nepal...I wish it improves...

its really touching..hope to read from you in comming days..


 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters