[Show all top banners]

gwajyo
Replies to this thread:

More by gwajyo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Committee - A drama
[VIEWED 2008 TIMES]
SAVE! for ease of future access.
Posted on 12-17-05 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयोगलाई पत्रसम्म पुगेको छैन


बालकृष्ण बस्नेत

काठमाडौं, पुस १ - मुलुककै अत्यासलाग्दो एक घटनाबारे प्रतिवेदन बुझाएको ठ्याक्कै वर्ष दिनपछि पूर्वन्यायाधीश टोपबहादुर सिंहको काँधमा नगरकोट हत्याकाण्डबारे छानबिन गर्ने अर्को जिम्मेवारी थपिएको छ ।
पछिल्लो जिम्मेवारीका लागि उहाँमा जति उत्साह भरिएको छ, त्यति नै चिन्ता छाएको छ- पहिलो प्रतिवेदन कार्यान्वयन नभएकामा ।

'बेपत्तै भयो त्यो । कुनै सरकारी दराजमा थन्किएको छ होला,' अघिल्लो भदौ १६ गतेको विध्वंस र तोडफोडब्ाारे प्रतिवेदन कार्यान्वयन हुन नसकेकामा चिन्तित हुँदै उहाँले भन्नुभयो- 'अब चाहिँ यस्तो दोहोरिनुभएन ।'

इराकमा आतंककारीद्वारा भएको १२ नेपालीको हत्याको विरोधमा उति बेला उपत्यका र विभिन्न भागमा तोडफोड र आगजानी भएको थियो । सुनियोजित रूपमा विध्वंस र तोडफोड भएकाले न्यायिक छानबिन गर्न दबाब परेपछि सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिंहको अध्यक्ष्ातामा सात सदस्यीय समिति गठन गरेको थियो ।

बुधबार राति नगरकोटमा अर्को नरसंहार भयो । सैनिक जवानले जथाभावी गोली प्रहार गर्दा कालीदेवी मन्दिरमा जात्रा मनाइरहेका १२ जनाले ज्यान गुमाए । करिब २४ जना घाइते भए । यो नरसंहारको यथार्थ छानबिन गर्न सरकारले भोलिपल्टै सिंहको अध्यक्ष्ातामा पूर्वमहान्यायाधिवक्ता प्रेमबहादुर बिष्ट र नायव महान्यायाधिवक्ता द्रोणराज रेग्मी संलग्न आयोग गठन गर्žयो ।
 
Posted on 12-17-05 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर अध्यक्ष्ा र सदस्यहरूलाई आयोगमा राखिएकाबारे सरकारले औपचारिक जानकारीसम्म दिएको छैन । पत्र बुझेपछि अध्यक्ष्ाले प्रधानन्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था छ । शनिबार बिदा हुँदा यी सबै कामका लागि कम्तीमा तीन दिन ढिलो भइसक्नेछ ।

सिंहले शुक्रबार राति कान्तिपुरसँग भन्नुभयो- ँसरकारले अहिलेसम्म हामीहरूलाई चिठीपत्र केही दिएको छैन । यस्तो विषयमा ढिलो गरेकामा छक्क परेको छु ।’

घटना साम्य पार्न तत्काल समिति/आयोग गठन गरे पनि त्यसप्रति ढिलाइ गर्ने र प्रतिवेदन लुकाउने सरकारी प्रवृत्ति नयाँ भने होइन । केही महिनाअघि रिहा आदेश पाएका एक बन्दीलाई सुरक्ष्ााकर्मीले सर्वोच्च अदालत घेरी भित्रैबाट पुनः पक्राउ गरेको विषयमा सरकारले पूर्वसचिव नरेन्द्रकुमार श्रेष्ठको एक सदस्यीय छानबिन समिति गठन गरेको थियो । सञ्चार माध्यमबाट यो खबर पाएका श्रेष्ठले यसको लिखित जानकारी साता बित्दा पनि पाउन सक्नुभएको थिएन ।

शान्ति सुव्यवस्थासँग सम्बन्धित 'भदौ २१', 'मिर्जा हत्या', 'हृतिक रोशन', 'अमर लामा हत्या' सहितका प्रकरणमा गठित न्यायिक आयोगले विस्तृत अनुसन्धान गरी सरकारलाई सुझाव दिएका थिए । 'चारैतिरको दबाब मत्थर गर्न र आक्रोशित जनताका आँखामा छारो हाल्न मात्र आयोग गठन गरेको देखियो,' एक आयोग अध्यक्ष्ाले प्रतिवेदन थन्किएको उल्लेख गर्दै भने ।

बार एसोसिएन अध्यक्ष्ा शम्भु थापाले संवेदनशील घटनामा देखावटी रूपमा मात्र आयोग गठन गर्ने परम्परा दोहोरिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो- 'यो विषय सैनिक कानुनभित्र सीमित छैन । नागरिक अदालतले टुंगो लगाउनुपर्छ ।'

इराक घटनापछिको विध्वंसबारे तीन महिना लगाएर तयार पारिएको प्रतिवेदन आयोगले गत मंसिर २३ गते सरकारलाई बुझाएको थियो । सिंहले तोडफोडबाट प्रत्यक्ष्ा प्रभावित वर्गलाई तत्काल क्ष्ातिपूर्ति दिन सरकारलाई सुझाव दिएको बताउनुभयो । 'एक वर्षसम्म त्यो प्रतिवेदन किन कार्यान्वयन भएन ?' उहाँले आश्चर्य जनाउनुभयो ।

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=60212
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters