[Show all top banners]

ashu
Replies to this thread:

More by ashu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Partiotism in the age of globalisation
[VIEWED 1445 TIMES]
SAVE! for ease of future access.
Posted on 12-30-05 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्यकारका छोरा अमेरिका


विमल भौकाजी

- 'धर्म परिवर्तन गरेर क्रिश्चियन बनेकी एउटी नेपाली केटीसँग मेरो छोराको बिहे गर्ने कुरो चल्दा उसले स्पष्टसँग भन्यो- म आफ्नो बिहे नेपाल आएर हिन्दू नारीसँगै गर्छु ।' अमेरिकाको भर्जिनियामा कम्प्युटर इन्जिनियर बनेका जेठा छोराप्रति गर्व गर्दै साहित्यकार डा. तारानाथ शर्मा भन्छन्- 'मेरो छोराको नसा-नसामा आफ्नै संस्कृति छ, उसको हृदय राष्ट्रियताले ओतप्रोत छ । त्यसैले ऊ र्फकन्छ, पक्कै र्फकन्छ ।'

यहाँनिर प्रश्न भने फेरि खडा भएको छ, विदेश गएर तदनुरूप काम समाप्त भएपश्चात पनि त्यहीँ रहिरहनुको कारण के ? यो प्रश्न किन पनि उठेको छ भने हाम्रा जति पनि साहित्यिक वर्गका सन्तान विदेशमा छन्, अधिकांशतः उनीहरूमा कुन त्यस्तो विवशता छ कि जुन विवशताले उनीहरूलाई विदेशप्रतिको बढी मोह जगाएको छ । कदाचित त्यो विवशता 'पैसा' नै हो भने पैसाका खातिर विदेशमै रहनुपर्ने खालको गएगुज्रेको आर्थिक हैसियतका सम्भवतः उनीहरू कोही पनि छैनन् ।

'होइन, विदेशमा बस्नुपर्ने कारण सबैको एउटै र उस्तै हुँदैन ।' अर्का साहित्यकार डा. दुर्गाप्रसाद भण्डारीको कथन छ- 'ग्लोबलाइजेसनको यो समयमा सञ्चारमाध्यमबाट हुने विज्ञापनहरूको तीव्र जहरले आजका युवायुवतीको महत्त्वाकांक्ष्ाामा ठूलो प्रभाव परिरहेको छ । त्यसै पनि आजका युवा वर्गलाई अभिभावकले 'कन्ट्रोल' मा राख्न खोज्नु समयविपरीत चल्नु हो । उसमाथि उनीहरू आमाबाबुका आदेश हम्मेसी रुचाउँदैनन् । यस हिसाबमा उनीहरू पश्चिमतर्फ आकषिर्त हुनुलाई स्वाभाविक मान्नुपर्छ ।' हाल डा. भण्डारीका दुई छोरामध्ये एकजना अमेरिकाको पिट्सवर्गबाट अर्थशास्त्रमा पीएचडी गरेर स्वीस बैंकमा जागिरे छन् भने अर्का सनप|mान्सिस्कोमा कम्प्युटर इन्जिनियरिङ गरिरहेका छन् ।

यसैगरी अमेरिकाको वेष्ट भर्जिनियास्थित उइलिङ जेसेट युनिभर्सिटीमा अध्ययनार्थ १९९१ मा गएका कवि हेम हमालका छोरा भर्खरै नेपाल आएर पुनः उतै र्फकेका छन् । विज्ञान विषयमा डिप्लोमा गरेर हाल टेक्सस राज्यस्थित क्राइसलर कम्पनीमा अधिकृतको हैसियतले उनी उतैको स्थायी वासिन्दा बनेकोमा कवि हमालको प्रतिक्रिया छ- 'आजको युगमा मान्छेको जात र धर्म अलग-अलग होलाजस्तो मलाई लाग्दैन । मान्छेको केवल एउटै जात छ 'मान्छे' र धर्म पनि एउटै छ 'मानवता' । रगत सबैको रातै हुन्छ । जहाँ जसलाई बढी खुसी र सुख मिल्छ, ऊ त्यहीँ बस्छ, धरती सबै एउटै हो ।'

करिब-करिब यस्तै किसिमको मत छ, पुष्कर लोहनीको- 'मेरो छोरा उतैको रहनसहनमा भिजिसकेको छ, त्यसैले सायद ऊ र्फकंदैन । उसले यस्तै इच्छा जाहेर गरेको पनि छ ।'

अर्काेतिर कवि कृष्ण जोशी भन्छन्, 'अमेरिकामा रहेको मेरो छोरासँग १२ वर्ष अघिदेखि केवल टेलिफोनमा वार्तालाप भइरहेछ । कस्तो भयो होला मेरो छोरो । तर अब चाँडै र्फकेर उसले उपार्जन गरेको आर्थिक स्रोत र सीपलाई यहीं आएर सदुपयोग गर्नेमा म विश्वस्त छु ।'

यता बेलायतको लन्डनस्थित एउटा औषधी कम्पनीमा प्रशासकका हैसियतले काम गरेर १९९४ देखि उतै बस्दै आएका छन्, कवि वंशी श्रेष्ठका छोरा । उनका छोराले 'स्वीमिङ' को प्रशिक्ष्ाणसमेत दिने गरेका छन् । यही अतिरिक्त कामकै सिलसिलामा उनले 'लन्डन म्याराथुन २३ औं' मा सहभागी भएर पदकसमेत हात पारेकोमा अत्यन्तै खुसी छन् कवि श्रेष्ठ ।

सरसर्ती हेर्दामात्रै पनि साहित्यिक क्ष्ाेत्रप्रतिका अनुरागीहरू अचम्ममा पर्न सक्छन्, ओहो ! कति धेरै साहित्यकारका सन्तान रहेछन् विदेशमा !! जस्तो कि एउटा सामान्य नामावली हेरौं ! राष्ट्रकवि माधवप्रसाद घिमिरे, कृष्णप्रसाद पराजुली, कृष्णभक्त श्रेष्ठ, कञ्चन पुडासैनी, कालीप्रसाद रिजाल, केदार न्यौपाने, उपेन्द्र श्रेष्ठ, खगेन्द्र संग्राैला, गोविन्द भट्ट, दैवज्ञराज न्यौपाने, नवराज कार्की, यादव खरेल, रमेश खकुरेल, विमल निभा, शैलेन्द्र साकार ।

एकातर्फ यसरी नेपालका अग्रज लेखकका सन्तान विदेशमा रहेका देखिन्छन् भने यसको ठीक विपरीत अर्काेतर्फ कतिपय साहित्यकारका सन्तान भने विदेशमा बस्न पाइने अवसरलाई छाडेर स्वदेशमा कार्यरत भेटिन्छन् । उदाहरणका लागि विश्वेश्वरप्रसाद कोइरालाका छोरा डा. शशांक कोइराला, धुस्वाँ सायमीका छोराहरू डा. प्रकाश सायमी तथा डा. अरुण सायमी एवं परशु प्रधानका छोरा प्रतीक प्रधान ।

यसै सिलसिलामा भाषाविद् कमल दीक्ष्ाित भन्छन्- 'आफू नेपाली भाषासेवी हुनुको स्वाभिमान बोकेरै पनि कताकता अंग्रेजी भाषाको अन्तर्राष्ट्रियकरणप्रति आकषिर्त भएर आफ्ना छोराहरू कनक, कुन्द दीक्ष्ाितलाई मैले उच्चशिक्षा दिलाउनका लागि अमेरिका पठाएँ । रहँदा-बस्दा त्यहीं नै उनीहरूले कमाउन पनि लागे । तर आफ्नो 'स्वअस्तित्व' विदेशमा नभई स्वदेशमै देखेर उनीहरूले मासिक लाखौंलाखसम्मको कमाइलाई समेत छाडेर त्यहाँ आर्जन गरिएको ज्ञानलाई हाल स्वदेशमै उपयोग गरिरहेका छन् ।'

तर यहाँ दीक्ष्ाितको शब्दलाई एकछिन पर राखेर हेर्दा फेरि अर्कै किसिमको मत पनि भेटिन्छ । झन्डै ६ वर्षअघि आफ्ना छोरालाई अमेरिका पठाएर इन्जिनियर बनाएका समालोचक डा. रामदयाल राकेशको तर्क छ- 'आफ्नो सीप लिएर फकर्ंदैमा यहाँ गर्ने के ? आफूले हासिल गरेको योग्यता अनुरूपको जागिर दिने ग्यारेन्टी तपाईं दिनुहुन्छ ? त्यो जोखिम कसले मोल्छ यहाँ ?'

यहीँनिर नेराप्रप्रका उपकुलपति डा. वासुदेव त्रिपाठी आफ्ना छोरा विदेशमा रहनुको रहस्योद्घाटन गर्दै भन्छन्- 'मेरो त औषधी खर्च चलाउनसमेत केही हदसम्म उतैबाट सहयोग हुन्छ ।'

समग्रमा हेर्दा अधिकांश साहित्यकारका छोराछोरी अध्ययनकै सिलसिलामा विदेशमा रहेका तथ्य सम्बन्धित साहित्यकारहरू प्रस्ट पार्छन् । तर फेरि पनि प्रश्न उठ्छ, अध्ययन सकिसक्नेहरू त्यहीं रहिरहनुको तात्पर्य के ? यसैबीच यहाँ एउटा रोचक कुरो के छ भने पश्चिमी शिक्ष्ाालाई 'बुर्जुवा शिक्ष्ाा' को पगरी गुथाएर त्यसप्रति नकारात्मक दृष्टिकोण राख्ने कतिपय कथित आदर्शवान साहित्यकारहरूले आफ्ना सन्तानलाई अप्रत्यक्ष्ा रूपले पश्चिमी शिक्षा दिलाउनकै लागि विदेश पठाएका यथार्थ बेलाबखत छापाहरूमा सार्वजनिक हुने गरेका छन् ।

होला, विदेशमा बस्नुपर्ने अनेकौं कारणहरू हुनसक्छन् । तर कर्तव्यपरायणता, निष्ठा र राष्ट्रप्रतिको ममताबाट एउटा संवेदनशील प्रश्न निस्कनु जायज छ- 'बौद्धिक वर्ग जो मातृभूमिप्रति अगाध आस्था राख्छन्, तिनकै रगतबाट बनेका सन्ततिले भने मातृभूमिप्रति किन विमोह राख्ने ?'

यस परिप्रेक्ष्यमा विदेशमा रहेका साहित्यिक सन्ततिहरूले अनुभूत गर्न आवश्यक छ, विदेश भनेको एउटा मीठो सपना हो । सपनाको मतलव हो- देखुन्जेल हेर्ने र ब्युँझिएपछि बिर्सिदिने । यथार्थ त यथार्थ नै हो । यथार्थमा हाम्रो आफ्नै भाषा छ, आफ्नै संस्कृति छ, गौरवमय इतिहास छ र छ स्वाधीनताको मौलिकमाटो । ...के यो यथार्थलाई हामी भुल्न सक्छौं ?

Source: - http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=61226
 
Posted on 12-30-05 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A good article.
 
Posted on 12-31-05 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what the hell is this? phyuk this shiat.
 
Posted on 01-01-06 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

For the first time, Ashu has posted an informative, interesting, and useful piece :-)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters