सातामा १७ घन्टा बिजुली बन्द
हरेक दिन लोडसेडिङ
विकास थापा
काठमाडौं, माघ ८ - विद्युुत् प्राधिकरणले आइतबारदेखि प्रत्येक उपभोक्ता घरमा साताको १७ घन्टाका दरले लोडसेडिङ गर्ने भएको छ । यसअघि साताको एक पटक साढे तीन घन्टा मात्र विद्युुत् आपूर्ति बन्द थियो ।
प्राधिकरणका अनुुसार लोडसेडिङ अब बिहान र अपराह्न पनि थपिएको छ । प्रतिघर सातामा दुुई पटक बिहान तीन घन्टा, दुुई पटक बिहान दुुई घन्टा, दुुई पटक अपराह्न दुुई घन्टा र एक पटक साँझ तीन घन्टा विद्युुत् कटौती हुुनेछ ।
बिहान साढे पाँचदेखि साढे आठ, छदेखि नौ, साढे आठदेखि साढे दस र नौदेखि एघार बजे लोडसेडिङको परिवर्तित समय हो । यसअघि गत पुुसमा बेलुुकी साढे दुुई घन्टा र एक घन्टा गरी साढे तीन घन्टा मात्र भएको थियो । आगामी फागुुनमा स्थिति योभन्दा भयावह हुुनेछ, त्यतिखेर ८ लाख ३६ हजार युुनिट विद्युुत् कटौती गर्नुुपर्ने प्राधिकरणको अध्ययनले देखाएको छ ।
पुुसकोभन्दा माघमा विद्युुत् अपुुग झन्डै दोब्बर भएपछि यो स्थिति आएको हो । पुुसमा प्राधिकरण प्रणालीमा तीन लाख नौ हजार युुनिट बिजुुली अपुुग थियो । प्राधिकरण स्राेतका अनुुसार माघमा पाँच लाख ८८ हजार युुनिट बिजुुली अपुुग छ ।
अत्यधिक चिसोले जलविद्युुत् गृहका उत्पादन क्षमतामा ६० प्रतिशतभन्दा बढीले र्हास आएको तर माग भने बढेका कारण कटौती गर्नुुपरेको प्राधिकरण अधिकारीको भनाइ छ । प्राधिकरण प्रणालीमा ९२ मेगावाटको कुुलेखानीबाहेक सबै विद्युुत्गृह बगिरहेको नदी -रन अफ रिभर) मा आधारित छन् ।
स्राेतका अनुुसार एक मात्र जलाशययुुक्त विद्युुत्गृह कुुलेखानी -पहिलो र दोस्राे) मा पानी नभरिनाले स्थिति नाजुुक छ । यसपालि कुुलेखानीमा १० मिटर पानी भरिएको छैन ।
उत्पादन कम भएका बेला प्राधिकरणको विद्युुत् चुुहावट एसियामा सर्वाधिकमध्ये पर्छ । हाल २५ प्रतिशतभन्दा बढी विद्युुत् चुुहावट छ ।
एक प्रतिशत चुुहावट नियन्त्रण गर्दा ६ मेगावाट बिजुुली उत्पादन गरेसरह हुुन्छ । चुुहावटको भारसमेत उपभोक्तामाथि महसुुल र लोडसेडिङका नाममा परिरहेको छ ।
प्राधिकरणको अर्का एक इन्जिनियरले दुुई-तीन ठाउँमा प्रमुुख प्रसारण लाइन सुुदृढीकरण हुुन नसकेकाले पनि लोडसेडिङको समय बढेको औंल्याएका छन् । भरतपुुर-हेटौंडा, भरतपुुर-बर्दघाट, भरतपुुर-पोखराजस्ता अति महत्त्वपूर्ण प्रसारण लाइन निर्माण तथा सुुदृढीकरणमा प्राधिकरणले ध्यान नदिँदा उत्पादित क्षमतामा प्रसारण नहुुने र चुुहावट पनि उच्च हुुने उनले बताए ।
व्यवस्थापनले समयमै माग व्यवस्थापन नगरेकाले कठोर लोडसेडिङको स्थिति आएको प्राधिकरणका एक निर्देशकले बताए । कम विद्युुत् शक्ति खपत हुुने
सामान प्रयोग गरेर करिब १५ मेगावाट घटाउन सक्ने प्राधिकरणको योजना कार्यान्वयन हुुन नसकेकाले यो स्थिति आएको उनको दाबी
थियो ।
ग्राहकलाई त्यस्ता उपकरण खरिद गर्न सम्पूर्ण व्यवस्था गरिसकेको थियो । 'वितरण तथा ग्राहक सेवाले चासो नदेखाएकाले समयमै माग व्यवस्थापन हुुन सकेन,' ती अधिकारीले भने । प्रत्येक वर्ष कम्तीमा ६० मेगावाटका दरले विद्युुत् माग बढिरहेको छ ।
eKantipur.com