[Show all top banners]

nitu
Replies to this thread:

More by nitu
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

aeena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Terai People's Liberation Front Nepal (Madeshi party)
[VIEWED 1406 TIMES]
SAVE! for ease of future access.
Posted on 01-12-07 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सात दल र माओवादीबीचको सहमति मधेशी विरोधी हो - ज्वाला सिंह, अध्यक्ष, तर्राई जनतान्त्रिक मुक्ति मोर्चा

० तर्राई जनतान्त्रिक मुक्ति मोर्चाको अध्यक्षको हैसियतले वर्तमान देशको परिस्थिति र तर्राईको वास्तविक परिस्थितिलाई कसरी मूल्यांकन गरिराख्नु भएको छ -

- आज देश विभिन्न बाधा-अवरोध, ओरालो-उकालो, जटिल र चुनौतीहरूको सामना गर्दै अति संक्रमणको प्रशव पीडाबाट गुज्रिरहेको छ । नेपाली जनसमुदायहरूको त्याग, तपस्या र महान अमर शहीदहरूको कुठाराघात गर्ने भयंकर षडयन्त्र भैरहेको छ । जन समुदायहरूको रगत पसिना चुस्ने दलाल कमिशनखोर प्रतिक्रियावादी चरित्रका सामन्ती पहाडिया राज्य सत्तालाई ध्वस्त बनाई सक्दा पनि पुनः भित्र भित्रै वहालीको दुष्प्रयास भैरहेको छ । अहिले सबै राजनैतिक शक्तिहरूको व्यापक र बृहत मोर्चा बनाई देशको सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र र लिङ्गका जन समुदायहरूको सहभागितामा मधेशीहरूको समस्याको समाधान गर्न गणतन्त्रात्मक राज्यको स्थापना गर्नु आजको ऐतिहासिक आवश्यकता भएको छ । अर्को तर्फनेपाली पहाडियाहरूको शोषण र शासनको अधिनस्त स्वतन्त्र तर्राईलाई नेपाली शासकहरूको अधिन र औपनिवेशिक दासताबाट मुक्त गरी वैज्ञानिक, सुन्दर, शान्त, स्वतन्त्र तर्राई राज्य निर्माण गर्नु रहेको छ । हाम्रो मोर्चा अहिले ठिक समयमा सही विश्लेषण गरी स्वतन्त्र तर्राई मुक्तिको दिशामा आफ्नो भूमिकालाई गम्भीरतापर्ूवक अगाडि बर्ढाई रहेको छ । स्वतन्त्र तर्राई भुभागमा बढ्दै गएको मुक्ति युद्धमा तर्राई मुक्ति सेनाको फौजी र गैरफौजी कार्यवाहीहरूको धक्काबाट पहाडिया सामन्ती राज्य सत्ताको पहरेदारहरू राजनैतिक संकटमा फसेको छ । त्यसैले आजको वस्तुगत परिस्थिति र तर्राईबासीहरूको मनोगत भावनालाई समेट्दै तर्राई मुक्ति युद्धलाई अगाडि बढाउन तर्राईका सबै शक्तिहरू एक जुट भै एकल नेतृत्वलाई अस्वीकार गरी सामुहिक नेतृत्वको विकास गरी अगाडि बढ्नु आजको समय र परिस्थितिले माग गरेको छ । त्यसरी नै मैले तर्राईको परिस्थितिलाई मुल्यांकन गरेको छु ।

० जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको नीति तथा उद्देश्य बारे प्रष्ट पारिदिनु हुन्छ कि -

- २१ औसताव्दी औपनिवेशिक मुक्तिको शताव्दी हो । त्यसैले हामी पहाडीहरूको औपनिवेशिक शोषण र शासनबाट मुक्त भई स्वतन्त्र तर्राई राज्य स्थापना गर्न चाहन्छौं । १७७४ र १७७५ मा राज्य विस्तार गर्ने क्रममा विस्तारवादी राजा पृथ्वीनारायण शाहले तर्राईका ससाना गणतन्त्रात्मक राज्यहरूलाई कव्जा गरी पहाडिया सामुदायिक शासन थुपारि दियो । पर्ूर्वी तर्राई कव्जा गरी तर्राईको शौर्य, बहादुर, कुशल, लडाकु, तिरहुतिया सेनालाई विघटन गरी आफ्नो अनुकुलतामा चल्ने मंगोलियत अनुहारका पहाडेहरूलाई राज्य सञ्चालनको मेरुदण्ड सैन्य संगठनमा भर्ति गरे । आजसम्म तर्राईमा पहाडिया औपनिवेशिक शासन जवरजस्ती बन्दूकको भरमा चलाई रहेको छ । १८१४ को वृटिस इष्ट इण्डिया कम्पनी र नेपालबीच दासत्व स्वीकार गरेपछि तर्राईबासीहरूलाई कुनै जानकारी नै नदिई १९१८को सुगौली सन्धि र १८६० को सन्धि गरी नेपाललाई तर्राई भूभागहरू बक्स तथा वक्सिस दियो । र त्यसै दिनदेखि तर्राईको मुल निवासीहरूलाई अवहेलित, अपमानित लुट तथा दोहन-शोषण गरिदै पहाडियाहरूले तर्राई बासीहरूलाई अस्त्रशस्त्रको भरमा आक्रान्त पारेको छ । नेपाल र भारत बीच भएको "शान्ति तथा मैत्री सन्धि १९५०" र नेपाल र संयुक्त सरकारबीच भएको सन्धिहरूको धारा ८ ले १९२३ पर्ूव भए गरेको सम्पर्ूण्ा सन्धि सम्झौताहरू खारेज गरेको छ । त्यसैले १८१६ र १८६० को सन्धिहरू स्वतः खारेज भएको प्रमाणित हुन्छ । संयुक्त राष्ट्र संघको चार्टरको अध्याय ११ अनुच्छेद ७३ अनुसार तर्राई अस्वशासित भूभाग हो । तर्राई भुभाग कुनै राजा महाराजाको विजित भू-भाग होइन । तर्राई स्वतन्त्र थियो स्वतन्त्र छ र स्वतन्त्र रहने छ । त्यसै कारण हामीसँग यथेष्ट प्रमाणहरू हुँदा हुँदै हाम्रो हकदैया उपर जवरजस्ती शोषणको शिकार बनाई रहेको तर्राईका मधेशीहरूलाई हाम्रो मोर्चाको पहलमा भइरहेको तर्राईको मुक्ति युद्धलाई सशस्त्र संर्घष्ाको माध्यमबाट बन्दूकको जवाफ बन्दूकबाटै दिँदै स्वतन्त्र तर्राईलाई नेपाली शोषण र शासनबाट मुक्त गरी सुन्दर, वैज्ञानिक, स्वतन्त्र तर्राई राज्य निर्माण गर्नु हाम्रो मोर्चाको नीति र उद्देश्य रहेको छ ।

० केहि दिन पहिले मोर्चाको प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न भएको कुरा र्सार्वजनिक भएको छ - के के निर्ण्र्ाारू भएको छ बताइ दिनुहुन्छ की -

-हो । हाम्रो मोर्चाको प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ । तर्राई मुक्ति युद्धले जन्माएको स्वतन्त्र तर्राई राज्य निर्माणको ऐतिहासिक परिस्थिति र विद्यमान अवस्थाहरूलाई उच्च मूल्यांकन गर्दै नेपाल अधिनस्त तर्राई भुभागमा कार्यरत राजनैतिक पार्टर्ीीसंघ, संगठन बुद्धिजीवी, किसान, महिला, दलित, युवा जमात लगायत विभिन्न तह र तप्काका जनसमुदायसँग व्यापक छलफल र बहसको आधारमा कार्यगत एकता, सम्झौता, सहकार्य, समझदारी गर्दै तर्राई मुक्तियुद्धलाई अगाडि बढाउने निर्ण्र्ाागरिएको छ । असिम बलिदानी त्याग तपस्या गरेको मधेशी समुदायका क्रान्तिकारी योद्धा तथा नेताहरू प्रति संवेदनशील हुँदै गोलवन्द र धु्रविकरणको प्रक्रियामा रहेको तर्राई मुक्ति युद्धलाई जनतान्त्रिक तर्राई मुक्ति मोर्चाले वैज्ञानिक नेतृत्व प्रदान गर्न सकिने मूल्यांकन गरिएको छ । राजनैतिक संगठन फौजी संरचनालाई अझ फराकिलो चुस्त तुरुस्त बनाउने निर्ण्र्ाागरिएको छ । हाम्रो मोर्चाको संयोजक श्रद्देय जयकृष्ण गोइतले मोर्चा तथा मधेशी जनसमुदायहरूको लागि गर्नु भएको आजीवन त्याग तपस्याको उच्च मूल्यांकन गर्दै वहाँलाई हाम्रो मोर्चाले र्सवसहमतिबाट तर्राईको र्सवमान्य नेता घोषणा गरेको छ ।र्
वर्तमान बदलिदो राजनैतिक परिस्थितिमा पहाडेहरूद्वारा संविधान सभाको चुनावको डम्फु पिट्दै तर्राईका मुल निवासीहरूको स्वतन्त्रता र मुक्तिको ऐतिहासिक अवस्था विरुद्ध नेपाली पहाडिया शासकहरू र माओवादीहरूले अस्तशस्त्रको भरमा तर्राईमा मध्य युगिन वर्वरतापर्ूण्ा जंगली राज चलाउने दुष्प्रयास गर्दै स्वतन्त्र तर्राई राज्य घोषणा नगरी निर्लज्जतापर्ूवक संविधानसभाको चुनावको जालबुन्न तरखरमा रहेको छ । नेपालीहरूले संविधानसभाको चुनाव होइन स्वतन्त्र तर्राई राज्यको घोषणा गर्नुपर्छ । होइन भने हाम्रो मोर्चा जस्तोसुकै कठिन कठोर र प्रतिरोधको सामना गर्दै पहाडे शासकहरूले तर्राईमा गर्ने गराउने कुनै पनि चुनावलाई हामी सशक्त प्रतिरोध गर्नुका साथै तर्राईमा हुने चुनावलाई सशक्त बहिष्कार गर्ने निर्ण्र्ाागरिएको छ ।

० कुनै पनि युद्ध जित्न धेरै चिजहरूको जरुरी पर्छ । यत्रो महानलक्ष्य र उद्देश्यलाई कसरी सफल पार्नु हुन्छ -
-वास्तवमा कुनै पनि युद्ध जित्नको लागि श्वासप्रश्वास विषय र वस्तु अनि बुँदाहरूलाई आत्मसात गर्नुपर्छ । तर्राईको मूल निवासी मधेशीहरू हाम्रो साथमा हुनुहुन्छ । देश र मातृभूमिको इतिहास अध्ययन गर्नु, आत्मविश्वास र भावनासँग दृढ संकल्पित हुनु, जनतासँगको भावनात्मक एकता र जनसमुदायको सामुहिक स्वार्थसँग घुलमिल हुनु, इमान्दारिता र स्वच्छ, स्पष्ट विचार हुनु, वस्तुगत परिस्थिति र मनोगत परिस्थिति तयार हुनु क्रान्ति र युद्ध जित्नको लागि जरुरी विषयवस्तुहरू हुन् । तर्राईको वास्तविक इतिहासलाई पहाडिहरूले खाल्टोमा पुरी हाम्रो संस्कृति भाषा, भेषभुषा र रितिरिवाजलाई मटियामेट गरी पहाडे संस्कृति भाषा र भेषभुषा लादिदै आएको छ । वल्ल हामी आफ्नो इतिहासलाई खोजविन गर्न थालेका छौं । धेरै हदसम्म हामी आफ्नो इतिहासको बारेमा नजिकसम्म पुगि सही तथ्य सत्य प्रमाणहरू फेला पारेका छौं । प्राचीन मानवको अवशेष तर्राईको बुटवलमा फेला परेको छ । नेपिपिथेकस र रामापिथेकसको दात १० लाख वर्षपुरानो भएको अनुमान विज्ञहरूको छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भए अनुसार मिथिला, विदेही, शाक्य, कोलिय, कविला, जनपथ र गणराज्यहरू आफ्नै अनुकुलता र भावनामा रमाई रहेको थियो । त्यसैले तर्राईवासीहरू आदिवासी हौं । जवरजस्ती विदेशीको विल्ला भिडाउदैछ । २ करोड ४० लाख नेपालको जनसंख्या मध्ये १ करोड ४० लाख मधेशीहरूको हामीले प्रतिनिधित्व गर्न गइरहेका छौं । आजसम्म मधेशी मुक्तियुद्धमा चाहिने वस्तुहरूको पर्ूर्ति तर्राईबासीहरू नै गर्दै आइरहेको छ । जे जति चिजहरूको जरुरी भयो । सम्पर्ूण्ा जरुरी चिजहरूको पर्ूर्ति महान वीर सपुत योद्धा मधेशी दाजुभाई दिदी बहिनीहरूले नै हामीलाई गर्दै आइरहेको छ । त्यसैले तर्राई मुक्ति युद्धलाई हाक्ने जिम्मा हामीलाई सुम्पेको छ । हामी तर्राईको सचेत पहरेदार सिपाही हौं । जनसमुदायको चाहना, इच्छा र भावनालाई कदर गर्दै सामुहिक उपलव्धीको दिशामा अग्रसर भएका छौं । त्यसकारणले पनि हाम्रो मुक्ति युद्धले महान लक्ष्य र उद्देश्यलाई हाँसी-हाँसी दुश्मनहरूको किल्लामा धावा बोल्दै एक पछि एक छिट्टै सफलता प्राप्त गर्ने छौं । स्पष्ट विचार, वैज्ञानिक २१ औं शताव्दीको औपनिवेशिक मुक्तिको हतियारबाट लैस भएको तर्राई मुक्ति सेना निश्चित रुपमा सफलता हासिल गर्ने हाम्रो दृढ विश्वास छ । पहाडे षड्यन्त्रकारीहरूको सञ्जाललाई हामीले निश्चय रुपमा ध्वस्त गर्नेछौं ।


० वर्तमान सरकार र माओवादीहरूलाई कसरी मूल्याकन गरी राख्नु भएको छ ।

- नेपालभित्र अहिले स्पष्ट रुपमा दर्ुइ पक्ष दर्ुइ विचार दर्ुइ शक्तिको बीचमा संर्घष्ा हुने निश्चित भइ सकेको छ । मधेशीहरूको हक अधिकारलाई कुल्चने पहाडे सम्प्रदायिकहरू तर्राई मुक्ति युद्धलाई दमन गर्ने भयंकर योजनाहरू बनाई रहेको छ । र खुलेर आइरहेको छ । अर्को पक्ष भनेको मधेशीहरू जो अन्याय, अत्याचार, दोहन र लुटपाटबाट पीडित भै सशस्त्र संर्घष्ाको उद्घोष गरेको छ । वर्तमान सरकार र माओवादी दुवै एउटै सिक्काको दर्ुइ पहलुहरू हुन् । एकातिर शदिऔदेखि सरकारी सेनाको बलमा पहाडियाहरूले तर्राईबासीहरूलाई दमन गर्दै आइरहेको छ भने अर्को तर्फपहाडिया मुक्ति सेना माओवादीहरू क्रुर घृणित, राजनैतिक कुसंस्कारबाट प्रेरित भइ हाम्रो नेता, कार्यकर्ता र शुभ चिन्तकहरूलाई अपहरण गर्ने हत्या गर्ने श्रृंखला बर्ढाईरहेको छ । माओवादी र वर्तमान सरकारमा केही फरक देखिदैन । दुवै पक्षले मधेशीहरूलाई दवावमै राख्ने काम गरी रहेको छ । कुनै पनि पार्टर्ीीे पहाडियाहरूको शोषणको सिद्धान्तलाई धुलो पीठो पार्दै अगाडि बढ्नु आजको ऐतिहासिक आवश्यकता भएको छ । वर्तमान सरकार र माओवादीहरू तर्राईबासी कै छातीमा बसेर तर्राईबासीहरूलाई नै दमन गर्न लागि परेको छ । तर्सथ पहाडियाहरूको नेतृत्वमा गठित राजनैतिक पार्टर्ीी लाग्नु भनेको आफूलाई आफ्नै खुट्टामा बन्चरो हान्नु हो । त्यसै कारणहरूले गर्दा पहाडियाहरूको विरुद्ध आममधेशी समुदायहरू हरेक क्षेत्र र ठाउँबाट एकीकृत भै प्रतिरोधात्मक व्रि्रोहको आँधितुफानलाई तेज पार्दै सशस्त्र संर्घष्ाको मुक्ति युद्ध र स्वतन्त्र तर्राई मुक्तियुद्धसँग जोडिन हामी हार्दिक अनुरोध गर्दछु ।

० तपाईहरूलाई नै मधेशी जनसमुदायहरूले विश्वास गर्ने आधार के छ -

- तर्राईको इतिहासलाई केलाउँदै जाँदा विगत र वर्तमानसम्म हामी ठगिन पुगेको कुरा धु्रवसत्य हो । हामी माथि विश्वास गर्नुको आधार भनेको व्यवहार र मुक्तिप्रतिको र्समर्पण र बलिदानी नै हो । तर्राई मुक्ति युद्धमा लामबद्ध भै मृत्यु र मुक्तिसँग हामी लडिरहेका छौं । मातृभूमिलाई मुक्त गर्न तर्राईबासीसँग हतियार बाहेक अर्को कुनै विकल्प छैन । त्यसैले हामीले हाम्रो मुक्ति युद्धलाई पहरेदारी भएर सम्पर्ूण्ा न्यायप्रेमी मधेशीहरू सचेत र गम्भीरभै कडा नजर राख्न अनुरोध गरिरहेका छौं । क्रान्तिको गतिले ल्याउने ज्वारभाटाको उभारले हामीमाथि विश्वासको आधार तयार पार्ने छ । आगामी दिनहरूमा हाम्रो गर्राई र भनाईबाट हामीलाई विश्वास गर्ने आधार बन्ने छ ।

० यसपत्रिका मार्फ अरु केही भन्न चाहनु हुन्छ -

- तर्राई मुक्ति युद्धमा शहादत प्राप्त गर्नु हुने ज्ञात अज्ञात शहीदहरूप्रति भावपर्ूण्ा श्रद्धाञ्जली अर्पण गर्दै वहाँहरूले देखाउनु भएको मुक्तिको बाटो छोडेर जानु भएको बन्दूकलाई कहिल्यै खिया लाग्न नदिने प्रण सहित जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको झण्डा मुनी गोलबद्ध भै गुमेको अधिकारहरूलाई पुनः वहालीको लागि तर्राई मुक्तियुद्धमा सामेल हुन तर्राईका युवा पीडिहरूलाई अनुरोध गर्दछु । र हाम्रो मोर्चाको आह्वानमा असोज २७ र २८ गते तर्राई बन्द सफल पारिदिनु भएकोमा मोर्चाको कार्यकर्ता नेता तथा तर्राई मुक्ति सेना लगायत सम्पर्ूण्ा तर्राईबासीहरूमा धन्यवाद दिन चाहन्छु । तर्राई मुक्तिको युद्धमा हाम्रो पार्टर्ीी अन्य मधेशी वर्गलाई मधेशवाणीले यसरी नै सचेत पार्दै रहोस् भन्ने कामना गर्दछु ।

http://www.madheshvani.com/interview/jawaalasingh.php
 
Posted on 01-12-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Discrimination …how far? How long?

Nepal is a multi lingual and multi cultural country. Geographically, it is divided in to three major regions the Himalayas, the Mountains and the flat region called Terai. Terai is also called Madhesh. Madhesh is fertile and provides sufficient favorable conditions to live.Therefore about 50% population of Nepal live in this area. This is a fact that Madheshis are living in this region for the generations. In fact they are living here far before the time when Nepal was united as a single nation. It means they are also the native Nepali people. After the unification of the many small countries of Himalayas, Mountains and Madhesh regions Madhesh was always used and exploited for the benefit of the very few people or the rulers. The state never realized that this region is also a part of Nepal. People at this region have been treated as second grade citizen and many are yet to get the citizenship. About four million people are stateless. The rulers always tried to pick some of the Madheshi leaders and use them to exploit their own people. This is a bitter fact that Madhesh never got any chance to represent their true leaders in the government or any other area who would directly or indirectly benefit the Madhesh and Madheshi people. The long time conspiracy and discrimination against Madheshi are still going on and none of the Government has shown genuine interest in these issues rather they have tried to ignore it. What state believes is they need Madhesh but not the Madheshi people. They need vote but not the Madheshi candidates. They need grains but not the Madheshi farmers. The Madhesh provides more than 80% of the total revenue but investment is still far less than what mountain and Himalayas receive.
The discrimination is still on .How far and how long?……………..

· It is very unfortunate to mention that out of one thousand employees in the palace there is not even a single Madheshi working there. Answer?
Why does government always seek to share the lands only in the country?
Why not the property of the people no matter whether there is land or any other properties? Answer?
What is the position of Madheshis in the national security systems?
How about beaurocracy and diplomats, political appointments? Answer?
How many Madheshi leaders get chance to represent in the central committees of the national political parties?
Why is there only one secretary out of 37 in the country?
Why is there only one chief district officer out of 75 in the country?

Madeshi orgs:

http://www.madheshvani.com/
http://www.marg.org.np/
http://www.madheshee.blogspot.com/
 
Posted on 01-12-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All Madeshi people should do 3 day Nepal Bandh...
 
Posted on 01-12-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

people who r from bihar should get one chance either go back or die.
baru khedaunu cha bhane india bata nepali lai pani khedaos. afnai daju bhai haru ayejhan ramro.
 
Posted on 01-12-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All Madeshi people, Marwari etc should start another People's War ... Take away their land and live peacefully happily ever after.
 
Posted on 01-13-07 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When you take bribery money and give authentic Original Nepali citizenship to Indian crooks ..... This is a the bad Result and impact in Nepal.

Today.... they only take your citizenship and citizen rights....

Tommorrow they will take your country and make you slave.

stay back and think what have you done bad thing to Nepal and Nepalese future.
 
Posted on 01-13-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nitu you got it girl.....you got it......
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters