[Show all top banners]

h1b
Replies to this thread:

More by h1b
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Madhise and Mandale
[VIEWED 1089 TIMES]
SAVE! for ease of future access.
Posted on 02-19-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fueled by Real me1 ? Am I right Jaya-nepal?
 
Posted on 02-19-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसले गर्‍यो हत्या ?

ज्वाला सिंह समूहका तीन कार्यकर्ताको हत्याले माओवादी र मोर्चाका दुवै समूहबीच नया“ उल्झन खडा गरिदिएको छ

जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका दर्ुइ अलग समूहबीच एकीकरणको चर्चा चलिरहेकै बेला ज्वाला समूहका तीन कार्यकर्ताको एकैपटक हत्या भएको छ । माघ २२ गते अज्ञात समूहद्वारा भएको हत्यामा गोइत समूहको हात रहेको दाबी ज्वाला सिंहले गरे पनि गोइत समूहले त्यसको खण्डन गरेको छ । गोइत समूहका सप्तरी इन्चार्ज श्यामले सो हत्यामा आफ्नो समूह संलग्न नरहेको दाबी गरेका छन् ।

घटनालगत्तै जारी विज्ञप्तिमा श्यामले मधेशी कार्यकर्ताको हत्या गर्ने मोर्चाको कुनै नीति नरहेको स्पष्ट पारेका छन् । तर, मारएिका तीन जनासहित ज्वाला सिंह समूहका कार्यकर्ताहरूले केही दिनअघि मात्र माओवादीका पर्ूवकार्यकर्ताको मोटरसाइकल खोसेकाले हत्या प्रकरण झन् उल्भिmएको छ ।

मोटरसाइकलमा सवार ज्वाला सिंह समूहका तीन कार्यकर्तालाई सप्तरीको मधुवापुर अर्जी टोलनजिकै पछाडिबाट चारवटा मोटरसाइकलमा आएको आठ जनाको समूहले गोली हानी हत्या गरेको थियो । चारैतिरबाट घेरा हाली हत्यारा समूहले अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । गोली प्रहार हुन थालेपछि कार्यकर्ताले मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका थिए । "तीनै जना युवक आफूहरूको ज्यान नलिन आग्रह गररिहेका थिए । तैपनि, गोलीको वषर्ा भइरह्यो । हत्याराहरूले लखेटी-लखेटी गोली हानेका थिए । शव बीभत्स अवस्थामा यत्रतत्र छाडेर हत्याराहरू भागेका थिए," नजिकै गह“ु बाली पट्याइरहेका प्रत्यक्षदर्शीले भने ।

मृतकहरू तर्राई मुक्ति सेनाका पीएलडीसी २८ वषर्ीय राजेश यादव -चन्दन), डीसीएम २७ वषर्ीय जितेन्द्र मगरदैता -विजय) र सेक्सन कमाण्डर २५ वषर्ीय मनीष झा -मुन्ना सिंह) रहेको ज्वाला सिंह समूहले पुष्टि गरेको छ । मोर्चाकै कामले नजिकैको गाउ“ डिमन गएर फर्किने क्रममा आफ्ना तीन कार्यकर्ताको गोइत समूहका कार्यकर्ताद्वारा हत्या गरएिको सिंहले बताए । ज्वाला समूहका सप्तरी इन्चार्ज विवश व्रि्रोहीले हत्यामा गोइत समूहका अमरेन्द्र गोइत -अजय), सुरेन्द्र गोइत, राजकुमार, जयप्रकाश, कृष्णकुमार यादव, रामनाथ यादव, कपिलेश्वर यादव तथा कुख्यात भारतीय डा“का रामअवतार यादवलगायतका समूहको सहभागिता रहेको दाबी गरेका छन् । हत्यारा समूहलाई स्थानीय प्रहरीले समेत सहयोग गरेको उनको आरोप छ ।

गोइत समूहले भने घटनास्थलमै भेटिएको मोटर साइकललाई आधार बनाउ“दै हत्यामा माओवादीको हात रहेको दाबी गरेको छ । मृतकहरू चढेर आएको सो मोटरसाइकल पर्ूव माओवादी कार्यकर्ता छोटेलाल यादवको हो । ज्वाला सिंहका कार्यकर्ताहरूले को२प ४३४६ नम्बरको यामाहा क्रक्स मोटरसाइकल माघ २० गते सप्तरीको तोपामा यादवबाट खोसेका थिए । यादव केही दिनअघिसम्म पनि माओवादीका राजविराज नगर इन्चार्ज थिए । मोटरसाइकल फिर्ता नगरेको बदला लिन माओवादी कार्यकर्ताहरूको प्रयोग गरी तीनै जनाको हत्या गराएको हुनसक्ने गोइत पक्षको दाबी छ । यद्यपि, छोटेलाल यादवले भने हत्यामा आफ्नो संलग्नता अस्वीकार गरे । "मस“ग खोसेकै मोटरसाइकल घटनास्थलमा पाइएको सा“चो हो तर हत्यामा हाम्रो कुनै प्रकारको संलग्नता छैन," उनको दाबी छ ।

माओवादीस“ग अलग्गिएर गठन भएको मोर्चा र माओवादीबीच सप्तरीमा भिडन्त जारी छ । दुवै मोर्चास“गको भिडन्तमा युद्धविरामपछि पनि माओवादीले आफ्ना एक दर्जनभन्दा बढी कार्यकर्ता गुमाइसकेको छ । ज्वाला सिंहको समूह अलग भएपछि केही राहत महसुस गरेको माओवादी दुवै मोर्चाको एकीकरणको चर्चास“गै झस्किएको छ । मोर्चाका तीन कार्यकर्ताको हत्याका पछाडि दुवै मोर्चामा फुट ल्याउने नियत लुकेको एकथरीको अनुमान छ । हत्या प्रकरणलाई स्थानीय प्रशासनले पनि मोर्चाबीचको अन्तरकलह नै मानेको छ । प्रहरी उपरीक्षक सुभाषचन्द्र चौधरीका अनुसार, घटनास्थल मोर्चाका संयोजक जयकृष्ण गोइतको गाउ“नजिकै पर्छ । "त्यो त जनतान्त्रिकको क्षेत्र नै हो । माओवादी र मोर्चाबीचको बढ्दो अन्तरकलहका कारण पनि त्यहा“ पा“च-सात जनाको समूहमा माओवादी वा अन्य कुनै समूह आएर त्यत्रो ठूलो घटना गराउने आ“ट गर्न सक्दैन," उनको कथन छ ।

सोही दिन डिमन गाउ“बाट ज्वाला सिंह समूहका कार्यकर्ताले गोइत्ा समूहका राजविराज इन्चार्ज रुद्रा र सहइन्चार्ज राजलाई अपहरण गरेका थिए । आफ्ना कार्यकर्तालाई मुक्त गराउने क्रममा गोइतका कार्यकर्ताले तीनै जनाको हत्या गरेको अर्काथरीको दाबी छ । ज्वाला समूहका कार्यकर्ताहरूले केही दिनअघि सप्तरीको कल्याणपुरबाट अपहरण गरी फिरौतीस्वरूप असुल गरेको १३ लाख रुपिया“को बा“डफा“ट नै हत्याको एउटा कारण भएको दाबी माओवादी पक्षको छ । गोइत समूहस“ग एकीकरण गरहिाल्नुपर्ने दबाब ज्वाला सिंहले खेप्दै आएका छन् । एकीकरणको सम्भावनालाई पर धकेल्न यसरी गोइत समूहबाटै सो हत्या गरएिको माओवादीका एक पर्ूव कार्यकर्ताको दाबी छ ।

माओवादीबाट अलग भएर जयकृष्ण गोइतले तीन वर्षघि जनतान्त्रिक तर्राई मुक्ति मोर्चा गठन गरेका थिए । तर, मोर्चाबाट अलग भई ज्वाला सिंहले सोही नामको अर्को मोर्चा खोले । अर्को मोर्चा खोलेकोमा कुनै आपत्ति नभए पनि ज्वाला सिंहले आफूले स्थापना गरेको मोर्चाको नाम, लोगो र झण्डा प्रयोग गरएिको प्रति गोइतले आपत्ति जनाउ“दै आएका छन् । ज्वालालगायतका केही व्यक्तिलाई अनुशासनको कारबाही गरेपछि उनीहरू विरोधी तत्त्वको सहयोगमा मोर्चालाई बदनाम गराउन मोर्चाको नामको प्रयोग गररिहेको गोइतको आरोप छ । "तर्राईकै लागि लड्न जोसुकैले पनि पार्टर्ीीोल्न पाउ“छ । तर, अरूको नाम र लोगो प्रयोग गर्न पाइन्न“," गोइत भन्छन् । तर, ज्वाला सिंह आफूले अलग मोर्चा नखोलेको दाबी गर्छन् । ०६३ साउनको अन्तिम साता मोर्चाको विधिवत् अधिवेशन गरेर आफू अध्यक्ष भएको उनको दाबी छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters