*निर्दयि इतिहास*
मान्छेहरु किन कोर्छन होला प्रेमकामात्र कविताहरु
ममता,स्नेह अनि मात्र सम्बन्धका शब्दहरु
निर्मल भावना अनि गहिराइसहितका हरफहरु
मैले पनि भर्थें होला प्रेममा सायद थोरै पानाहरु
तर बाटो परिवर्तनको यो दोसाँधमा ..म अनिर्णित बनेको छु
एकातिर कहिले पुरा नहुने प्रेमको कथा अनि पलपलको म्रितु
अर्कोतिर सबै तहसनहसको अरचित इतिहास अनि मात्र एकक्षणको म्रितु
म दोस्रो भयानकता रोज्न बाध्य भयको छु...
ध्वंसको इतिहास रचेर आफैलाइ समाप्त पार्ने प्रयास गर्दैछु
मान्छेहरु मलाइ सम्झिनेछन एउटा कुपात्रको नाममा..
किनकि मैले प्रेममा नौलो आयाम थप्दै छु
हिंसाले रङगियको नौलो प्रेम को रचना गरेर..म
भविष्यका प्रेमिहरुको युग सुन्दर बनाँउदै छु
अनि फेरि प्रेम हिंसाले सिंगारिने छैन कहिल्यै
रचिनेछन सायद त्यतिबेला यथार्थ प्रेमका हरफहरु !
सानो मुटु अनि तुच्छ ह्रिदय लियर जन्मनु मेरो दोष थियो कि
नत्र मान्छेहरु भन्छन प्रेम त त्याग पनि हो रे
तर मलाइ लाग्छन असत्य यि शब्दहरु
बारम्बार म प्रेम गर्न सक्दिन..फरक पात्रहरुलाइ
एकपल्ट गरेको प्रेम म त्याग्न पनि सक्दिन
त्यागिहरुको पानामा अर्को नाम जोड्नु छैन मलाइ
बरु असत्य बनाइदिनेछु आजसम्मका इतिहासहरुलाइ
डढायर ति पानाहरु म नौलो इतिहास रच्नेछु
तिम्रा मधुर हाँसोहरुले मलाइ खिल्लि उडाइरहेकाछन
तिम्रा प्रत्येक शब्दभित्र लुकेका अर्थहरुले..क्रमशः डुबाइरहेकाछन मलाइ
उत्तर नपायका हरेक प्रश्नहरुको प्रहारबाट..बिक्षिप्त बनेको यो मनलाइ
तिम्रा प्रत्येकपल्टका भेटहरुले छियाछिया पारिरहेका छन
अर्थहिन प्रेमको यो नाटकमा..गल्तिबिनाको सजाय
कसरि म स्विकारुँ !किस्ता-किस्ताका म्रितुहरु
अब एउटा कठोर निर्णयको घडि आएको छ...
तहस-नहस र ध्वंसको कथा रचेर..इतिहास उल्टाउने
त्याग मात्र प्रेम हो भन्नेहरुको अहंलाइ कुल्चिदिने
चरम बौलाहाको सम्मान लियरै भयपनि..
घ्रिणाले मान्छेहरुले मुखैमा थुकिदियपनि
मेरो प्रेम साँचो थियो भनि चिच्याइचिच्याइ कराउने
मान्छेहरु हाँस्नेछन,बहुलाहाहरुलेपनि प्रेम गर्न थाले भनि
म प्रष्टाउनेछु म बहुलायको छैन भनि..यो त मेरो प्रेम हो भन्दै
आमा-बाबाको झुकेको शिर हेरि म बाँच्न सक्ने छैन
नाताहरुका क्षुद्र बचनहरु म निल्न सक्ने छैन
ब्यर्थैमा पायको सजाय अनि..बहुलाइयको स्वरुप
मलाइ स्विकार्य हुने छैन..अनि सायद बल्ल म साँच्चै मष्तिस्कहिन हुनेछु
छोरामाथि देखेका आमाका सपनाहरु..छरपस्ट अनि बाबाका आँशु देखि
अन्तिमपल्ट म धुरुधुरु रुनेछु..धिक्कार्दै आफुलाइ
खुसि दिनुपर्ने ति आँखाहरुलाइ आँशु दियको ग्लानिले
टुक्रा-टुक्रा पार्नेछ..यो सानो मान्छेको मनलाइ
चारैतिरको अन्धकारलाइ चिर्दै..म हिंसाको इतिहास रच्नेछु
निर्दोषहरुका रगतले भिजेका मेरा हातहरु..नपखालेरै
मुक्तिको बाटो रोज्नेछु
किनकि मेरो मुटु सानो छ,म त्याग गर्न सक्दिन
बारम्बार माया गर्न नजान्नेले..गरेको एउटै माया त्याग्नपनि सक्दिन
म कति तुच्छ छु !!आफैलाइ बित्रिष्णा लाग्छ..
कति स्वार्थि छु भनि आफैलाइ घ्रिणा लाग्छ..
तर बिगत सम्झिँदा
म यस्तो त छँदै थिइन...
सौम्य,शान्त अनि खुसि..
केहि मिठा सपनाहरु..केहि गर्ने चाहनाहरु
तर..
सानो गल्ति..अक्षम्य भुल बनिदियो
कालो इतिहासको प्रारम्भ बनिदियो
जीवन सारा भताभुङग पारेर...
मलाइ आज हिंस्रक बनाइदियो..
मेरो सानो मुटुको दोष..अज्ञानताको कारण
एउटा सुन्दर मष्तिस्क घातक बिष बनिसक्यो
कस्तो दुर्भाग्य..
प्रेममा छायको यो कालो आयाम
मेरो अन्त्यसँगै सकिनेछ
रच्न बाँकि यो क्रुर इतिहास..
मेरा सासहरुको समाप्तिसँगै..सुरुवात हुनेछ
कुनै न कुनै दिन त यो इतिहासमा कोरिनेछ !त्यो केवल कालो इतिहास हुनेछ !निर्दयि
इतिहास हुनेछ !!!