[Show all top banners]

harigautam1

More by harigautam1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हामीले चाह्यौं भने १५ हजार मान्छे एकैदिन मार्न सक्छौं
[VIEWED 1315 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-07 11:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, म परिवर्तन ।‘
0 ए, बस्नुहोस्, तपाईंको वास्तविक नाम नै परिवर्तन कि ? - होइन, मेरो वास्तविक नाम बताउन मिल्दैन, तर तपाईं मलाई परिवर्तन गिरी भन्न सक्नुहुन्छ ।गत शनिबार बिहान दस बजे घटना र विचार कार्यालयमा अप्रत्यासित रूपमा देखापरेका एक युवासँगको संवाद हो यो । बस्नका लागि गरिएको आग्रहलाई स्वीकार गर्नुअघि उनी कोठाको ढोकामा चुकुल लगाउन पुगे । त्यसपछि बडो होसियारी साथ तोकिएको कुर्सी बन्दै उनले भने, ‘धेरै अघिदेखि तपाईंको नाम सुनेको थिएँ आज भेट्न पाएँ ।‘ संवाद जारी रह्यो?0 हामीले पनि तपाईंको नाम विभिन्न बम विस्फोटका घटनासँग जोडिएको सुनेका थियौं, तर तपाईं यसरी अकस्मात हामीकहाँ आउनुको कुनै खास कारण छ कि ? जरुर छ । म तपाईंहरूमार्फत मेरा कुराहरू सार्वजनिक गर्न चाहन्छु ।0 तपाईं नै नेपाल डिफेन्स आर्मीको प्रमुखँ ‘परिवर्तन‘ हो भनेर कसरी विश्वास गर्ने ?- मैले मेरो परिचय दिएँ, तपाईंले विश्वास गर्दा हुन्छ, धोका हुनेछैन ।‘ -यति भन्दै उनले आफू परिवर्तन नै भएको विश्वास दिलाउने प्रमाणहरू प्रस्तुत गरे, त्यसपछि सुरु भयो अर्को चरणको संवाद ।0 तपाईंले निकै डरलाग्दो नाम (नेपाल डिफेन्स आर्मी) राखेर सङ्गठन बनाउनुभएछ, सैनिक पनि छन् कि नाम मात्रै यस्तो हो ?- हामीसँग तालिमप्राप्त सैनिकहरू छन्, तर हाम्रो सङ्गठनको सदस्यचाहिँ हरेक हिन्दूहरू हुन् । नेपाललाई हिन्दू राष्ट्र बनाउनु हाम्रो घोषित उद्देश्य हो । नेपाल डिफेन्स आर्मी भनेको हिन्दुत्वका लागि लड्ने सङ्गठन हो । जसरी विश्वमा मुसलमान र अन्य धर्मको रक्षाका निम्ति विभिन्न प्रकारका सङ्घसङ्गठनहरू खुलेका छन्, त्यस्तै हो हाम्रो पनि । 0 त्यसो भए तपाईंको सेना भन्नाले बन्दुक बोक्ने तालिमप्राप्त होइनन् भन्ने बुझनुपर्छ ?- हिन्दू सभ्यतालाई बचाउनुपर्छ भन्नेहरू सबै हाम्रा सेना भए पनि हामीसँग तालिमप्राप्त सेना पनि छन् ।0 कति सङ्ख्यामा छन्, तालिमप्राप्त लडाकु सेना ?- सोह्र हजारभन्दा माथि ।0 हतियार पनि छन् कि ?- हतियार नहुने त कुरै भएन । प्रचण्डपथबाट हामीले बम निर्माण गर्ने कला पनि सिकेका छौं । तर, हामी हिंसा गर्न चाहँदैनौं । मानिस मार्न चाहँदैनौं । हिन्दुत्व र हिन्दू राष्ट्रको पक्षमा बलियो शक्ति छ भन्ने धारणा स्थापित गर्न चाहन्छौं । 0 तर, तपाईंहरूले केही स्थानमा बम विस्फोटको घटना त गराउनुभयो, होइन ?- हो, हामीले गरायौं । धर्म र देशलाई शब्दबन्दीमा नराख्नका लागि दबाब र चेतावनी दिने उद्देश्यले बम विस्फोटका घटना गराएका हौं । मानिस मार्नका लागि होइन । तर, यो चेतावनीप्रति समयमै संवेदनशील हुनुभएन भने आठ दलले ठूलो मानवीय क्षति पनि व्यहोर्नुपर्छ । शान्तिको पक्षमा हतियार उठाउन बाध्य नपारियोस् भन्ने हाम्रो आग्रह छ ।0 अनि तपाईंका सेनालाई तालिमचाहिँ कहाँ दिलाउनुभयो नि ?- भारतका विभिन्न स्थानमा दिलाइयो ।0 विश्व हिन्दू महासङ्घ भारतको सहयोगमा कि भारत सरकारकै सहयोगमा ?- विश्व हिन्दू महासङ्घ भारतबाट सहयोग पाइएको छ, सरकारको होइन । विश्वको एक मात्र हिन्दू राष्ट्र नेपालप्रति विश्वभरिका हिन्दूहरूले गौरव गर्थे, त्यसैले यसलाई हिन्दू राष्ट्रकै रूपमा राखिरहनका लागि विश्वभरिकै हिन्दूहरूबाट हामीलाई सहयोग हुनेछ ।0 बमहरूको निर्माण पनि भारतमा गर्नुहुन्छ कि, त्यहाँ तालिम मात्र लिइन्छ ?- बम निर्माण गर्ने हाम्रै आफ्नै ‘टेक्नोलोजी‘ छ । कच्चा पदार्थ मात्र भारतबाट ल्याउने गर्छौँ । मैले भने नि, बम निर्माणको प्रविधिचाहिँ प्रचण्डपथले सिकाएको भनेर । 0 तपाईंहरूको भित्री उद्देश्यचाहिँ नेपालमा राजतन्त्र पुनर्वहाली गराउनु हो, होइन त ?- होइन, हामी नेपाललाई हिन्दू राज्य बनाउनका लागि आवश्यक पर्दा रगत बगाउन तयार छौं, तर राजतन्त्र या अन्य कुनै पनि तन्त्र स्थापित या विस्थापित गर्ने कुरामा हाम्रो सरोकार रहँदैन । हाम्रो आन्दोलनलाई बद्नाम गराउन हामीलाई राजा या दरबारसँग जोड्न खोजेको हामीले पाएका छौं ।0 त्यसो भए तपाईंहरूमाथि राजदरबारको कुनै लगानी छैन त ?- राजदरबारको हामीमाथि कुनै लगानी छैन र हामी राजदरबारलाई चिन्दैनौं पनि । राजदरबारले हिन्दुत्व र हिन्दूराष्ट्र जोगाउन सक्ने भए हामीले लडाइँ लड्ने तयारी किन गर्नुपथ्र्यो ? हामीलाई राजनीतिक उद्देश्य परिपूर्ति गर्नु छैन । कसैको गोटी बन्नु छैन । तर, हिन्दूराष्ट्र बनाउनका लागि एक थोपा रगत शरीरमा भएसम्म हामी लडिरहने छौं । 0 तपाईंहरू राजतन्त्रको पक्षमा हुनुहुन्न भनेर कसरी विश्वास गर्ने ?- विश्वास गर्ने-नगर्ने तपाईंहरूको कुरा हो, तर वास्तविकता त्यही हो जुन मैले बताइसकेको छु । हाम्रो हिन्दू आन्दोलनलाई बद्नाम गराउने उद्देश्यले मात्र हामीलाई राजावादीको आरोप लगाएको हो ।0 तपाईंहरूलाई संरक्षण र सहयोग कसबाट प्राप्त भइरहेको छ त ?- हिन्दुत्वप्रति आस्था राख्ने विश्वका जनताबाट हामीलाई सहयोग र संरक्षण प्राप्त हुनेछ । बाबुराम र प्रचण्डजीको बाबुआमाले पनि मलाई सहयोग गर्नुहुन्छ । हिजो युद्धकालमा उहाँहरूको आमाले आफ्नो छोरा सुरक्षित रहोस् भनी बिहान उठ्नेबित्तिकै र्सूयलाई पानी चढाउनुहुन्थ्यो । उहाँहरू हिन्दू हो र मैले सहयोग माग्दा हिन्दू आन्दोलनको योद्धाको रूपमा उहाँहरूको पनि सहयोग हुनेछ ।0 सोह्र-सोह्र हजार सेना छ भन्नुहुन्छ, तिनको भरणपोषणचाहिँ कसरी गर्नुहुन्छ त ?- हामीले लुटपाट गर्ने, चन्दा उठाउने काम गरेका छैनौं । अहिले सामान्य रूपमा आ-आफैँले जुटाउने गरेका छौं । भोलि ठूलै लडाइँ लड्नुपर्ने अवस्था आएमा हामी विशेष आर्थिक योजना बनाएर रकम जुटाउने छौं । 0 तपाईं आफू पूर्वप्रहरी हुनुहुँदोरहेछ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगचाहिँ कस्तो सर्म्पर्क र सम्बन्ध छ नि ?- प्रहरी र सेनासँग हाम्रो सर्म्पर्क र सम्बन्ध त छैन, तर मलाई उहाँहरूले पनि हाम्रो आन्दोलनमा सहयोग जुटाउनुहुनेछ भन्ने कुरामा भने पूरा विश्वास छ ।0 विश्वासको आधारचाहिँ के हो नि ? - उहाँहरूको रगतमा पनि हिन्दू सोच र संस्कारको कण-कण छ । आफ्नो धर्म रक्षाका लागि सहयोग पुर्‍याउनु उहाँहरूको पनि कर्तव्य हुन्छ ।0 तपाईंलाई हिन्दूराष्ट्र बनाउनका लागि पे्रितचाहिँ केले गर्‍यो ?


ढुङ्गा, वृक्ष र कुकुरसम्मलाई पूजा गर्ने परम्परा एवम् संस्कार भएको हिन्दूधर्मको व्यापकता भयो भने विश्वमै शान्ति र समृद्धि छाउँछ भन्ने मलाई विश्वास छ । यही विश्वासले मलाई पे्रित गरेको हो । 0 हिन्दूराष्ट्रको रूपमा यो देश रहने अवस्थामा गणतन्त्र नै स्थापना भए पनि तपाईंलाई मन्य हुन्छ ?- हामीलाई कुनै तन्त्रसँग पनि सरोकार छैन । मूल कुरा हिन्दू राष्ट्रको हो । नेपालले राजनीतिक रूपमा जुन पहिचान पाए पनि विश्वमा चाहिँ हिन्दू राष्ट्रकै रूपमा यसको चिनारी हुनुपर्छ । त्यसो भएन भने प्रचण्डले ११ वर्षा १५ हजार मारेका थिए, हामी धर्मरक्षा र शान्ति स्थापनाका लागि १५ दिनमा १५ हजार मार्ने क्षमता राख्छौं । 0 ए ! त्यसो भए मान्छे मार्नेतिर पनि लागिन्छ ?- हिन्दूराष्ट्र भएन भने युद्ध हुन्छ, युद्धमा मान्छे मर्न सक्छ । 0 कसलाई वा कस्तालाई मार्नुहुन्छ ?- हिन्दूराष्ट्र घोषणााको विरुद्ध को-को रहन्छ त्यस्तालाई छानी-छानी मारिन्छ । गिरिजाप्रसाद कोइराला र प्रचण्डजीहरूले यथाशीघ्र हिन्दूराष्ट्र कायम गराउनुभएन भने यहाँ गृहयुद्ध हुनसक्छ । धर्मरक्षाका लागि हामी रगत बगाउन तयार छौं ।0 यसरी लडाइँतिर लाग्नुभन्दा संविधानसभाको निर्वाचनमा उम्मेदवार खडा गरेर संविधानसभाबाट नै ँहिन्दूराज्य’ बनाउनेतिर लाग्नुभए हुने नि ? - हामी त्यसो गर्न चाहँदैनौं । हामीचाहिँ संविधानसभाको निर्वाचनअगाडि नै हिन्दूराष्ट्र राख्ने या नराख्ने भनेर यहाँ जनमतसङ्ग्रह हुनुपर्छ भन्ने धारणा राख्दछौं । हिन्दु राष्ट्रको घोषणा नगरिकन संविधानसभाको चुनाव गर्न खोजियो भने हामी त्यो चुनाव हुन दिदैनौं, त्यस्तो चुनाव विथोलेरै छोडिन्छ । 0 संविधानसभामा सिट कम आउँछ वा जिताउन सकिँदैन भनेर यस्तो विचार ल्याइएको हो कि ?- त्यसो होइन । पहिला यो राष्ट्र र यहाँका जनताले के चाहेका छन् त्यो हुनुपर्छ । आन्दोलन दुईमा उठ्दै नउठेका कुराहरू एकैचोटि निर्णय गर्न पाइँदैन । जनताको राय पहिले लिइनुपर्छ । 0 तपाईंको सेनामा माओवादीमा कुनै बेला लागेका मान्छेहरू पनि छन् कि ?- यसमा भूपू सेना, प्रहरी, सशस्त्रका व्यक्तिहरूलगायत माओवादीपीडितहरू छन् । तराई बेल्टमा करिब पाँच हजार माओवादी छोडेर आएकाहरू पनि छन् ।0 तपाईंहरू कसका विरुद्ध आफूलाई लक्षित गर्न चाहनुहुन्छ ?- हिन्दूविरोधीहरू सबै हुन्, त्यसमा पनि माओवादीचाहिँ बढी नै हुन् ।0 माओवादीलाई बढी निसाना बनाउनुपर्ने कारणचाहिँ ?- हिंसा र धर्म-संस्कृतिलाई उहाँहरूले बेच्न खोज्नुभएकोले नै हो ।एमालेलगायत अरू पार्टीसँग पनि हामीले कुरा गर्‍यौं । उहाँहरूले धर्मनिरपेक्ष राष्ट्र बनाउनुको सबै दोष प्रचण्डजीलाई दिनुभयो । कांग्रेसमा पनि प्रचण्डकै नाम आएको हुनाले हामीले भिड्नुपर्ने भनेको माओवादी नै हो भन्ने देखिएको छ । माओवादीहरूले आफ्नो ११ वर्षको युद्धकालमा मन्दिरहरू भत्काए, मन्दिरहरूमा गाई काटेर रगत चढाए, गाईका आन्द्राहरू मूर्तिमा बेरिदिए, हिन्दूहरूले गर्दै गरेका यज्ञहोमहरूमा जुत्ता, चप्पल हालियो, पुजारीहरूको टुप्पी काटियो, पुजारीहरूलाई पनि काँटी रोपेर मारियो । तर, ११ वर्षको युद्धमा एउटा क्रिश्चियन र मुसलमान पनि उनीहरूले मारेनन् । एउटा मस्जिद पनि तोडिएन । एउटा चर्च पनि तोडिएन । यस कारणले हामीले माओवादीलाई निसाना बनाउनुपरेको हो ।0 त्यसो भए तपाईंहरूको यो आन्दोलनमा भरतकेशर सिंहहरूको पनि राम्रै लगानी होला नि, होइन ?- उहाँहरूसँग हाम्रो त्यस्तो कुनै सम्बन्ध छैन । हाम्रो उद्देश्य र पुग्ने ठाउँचाहिँ एउटै हो तर हाम्रो साँठगाँठचाहिँ छैन । मैले भरतकेशरजीहरूको नाम सुनेको हो, तर चिनजान छैन । म चिन्न पनि चाहन्न । उहाँहरू एउटा हिन्दू आन्दोलन र मेरो आन्दोलनलाई सहयोग गर्ने खालको व्यक्ति हुनुहुन्न । उहाँहरू भाषण र नारा मात्र लगाउने व्यक्ति हुनुहुन्छ ।0 तपाईं त्यसरी पहिला त्यति चिनिएको मान्छे त होइन, अचानक सोह्र हजार सेना बनाउन कसरी सक्नुभयो ? - एउटा हिन्दू भएका कारण, हिन्दूहरूसँग मेरो साँठगाँठ भएको कारण, हिन्दूराज्य हुनुपर्छ र हिन्दूहरू पनि सेना हुनुपर्छ भन्ने कारणले हो । जसरी मुस्लिमले अलकायदालगायत विभिन्न सङ्गठन खोलेको छ आफ्नो धर्मका लागि । त्यसका लागि उनीहरूले आत्मघाती दस्ता पनि तयार गरेका छन् भने मैले पनि त्यही सोचेर आत्मघाती दस्ता तयार गर्न लागेको छु । अहिले आत्मघाती दस्ता तयार गर्ने क्रममा पाँचजना तयारी गरिसकेका छौं । आत्मघाती बम लिएर हामी अहिले पनि सिंहदरबार छिराउन सक्छौं । 0 अहिलेसम कति ठाउँमा तपाईंहरूले विस्फोट गराउनुभयो त ?- नारायणी अञ्चलदेखि पूर्वका सबै जिल्लामा गराइसकेका छौं ।0 माओवादी कार्यालयमा पनि तपाईंहरूले नै हो ?- माओवादी कार्यालयमा हामीले नै हो । त्यो शनिबार दुईवटा ग्रिनेड छोडिएको थियो । त्यस दिन त्यहाँ नारायणसिंह पुनहरू हुनुहुन्थ्यो । उहाँको कारणले गर्दा हामीले ठूलो नेतालाई नमारौं भन्ने सोच राखेर उहाँहरूलाई नमार्ने हिसाबले बम राखेको मात्र हो । नभए त्यस दिन देव गुरुङलगायत अन्य मन्त्रीहरू र प्रचण्डजी पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँहरू सबै त्यस दिन मर्नुहुन्थ्यो । मेरै निर्देशनमा त्यहाँ मार्न नदिएको हो । मेरा सेनाहरू मार्ने हिसाबले गएका थिए । तर, हामीले नेताहरूलाई मार्नुहुँदैन, उहाँहरू गलत बाटोमा हिँड्नु भएको छ । एक दिन बुझेर हिन्दुत्वको बाटोमा आउनुहुन्छ भनेर त्यस दिन सङ्केत मात्र दिन खोजेका थियौं ।0 नागरिक आन्दोलनका अगुवाहरू कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेका घरमा बम राख्ने काम पनि तपाईंहरूबाट नै भएको हो ?- उहाँहरूको घरमा बम राखेको हामीले होइन । माओवादीलाई लक्षित गरिएको मात्र हो । 0 माओवादीसँग सेना ३५ हजार र एके ४७ जस्ता आधुनिक हतियार छन्, त्यस्तो सेनासँग तपाईंहरू प्रतिवाद गर्न सक्नुहुन्छ ?- हिजो प्रचण्डको सेना पैंतीस हजार थियो र सरकारको सेना एक लाख सत्तरी हजार थियो । त्यसबेला प्रचण्डजीहरूले प्रतिकार गर्नुहुन्थ्यो । किनभने उहाँहरू लुकेर आउनुहुन्थ्यो अहिले हामी लुकेका छौं । हामीहरू लुकिलुकी लड्छौं र सफल पनि हुन्छौं । किनभने हामीहरू सत्यको युद्धमा छौं । हामीहरू धार्मिक युद्धमा छौं, यो युद्ध सफल हुन ११ वर्ष लाग्दैन बहुत छिटो समयमा सफल हुन्छ ।0 तपाईंको राजनीतिमा चाहिँ रुचि छैन ?- म पहिलाको एमाले हुँ तर अहिले मेरो राजनीतिमा रुचि छैन । धर्म संस्कार उनीहरूको सबैभन्दा ठूलो दुश्मन भएको हुनाले म एमाले त्यागेर हिन्दू आन्दोलनमा लागेको हुँ । 0 एमालेमा कति समय काम गर्नुभयो ?- आठ कक्षा पढ्दादेखि नै लागेको हुँ । तर, अहिले कम्युनिष्ट भनेपछि मलाई किनकिन एलर्जी हुन्छ । कम्युनिष्टले हिन्दू धर्म नै सखाप पार्दारहेछन् । 0 अन्त्यमा नेपाली जनतालाई तपाईं केही थप सन्देश दिन चाहनुहुन्छ ?- देशमा जति पनि मानव हिंसा भइरहेका छन् ती सबै अयोग्य राजनीतिज्ञहरूका कारणले भएका छन् । यहाँका नेताले शान्तिको लक्ष्य राखेकै छैनन् । कुनै पनि कुरामा विभाजित भएर होइन एकीकृत भएर जानुपर्छ । सरकार दिगो राख्ने भए साधारण कुरा होइन ठोस कुरामा परिवर्तन ल्याउन सक्नुपर्छ । प्रजातन्त्रको लक्ष्य प्रगति हो तर यहाँ एक करोड चौरानब्बे लाख पैंसट्ठी हजार नौ सय ७५ जना हिन्दूको अधिकार खोसेर धर्मनिरपेक्ष गरिएको छ । प्रत्येक हिन्दूको शरीरमा एक थोपा तातो रगत रहँदासम्म यसलाई स्वीकारिने छैन । यहाँ धार्मिक युद्ध पनि नहोला भन्न सकिन्न । किनकि आठ दलले धार्मिक युद्धको बिरुवा रोपिसकेको छ । यसको परिणाम भयावह हुनेछ । -
He is the journalist of that newspaper< हरदम कोइराला
do u all believed this news of not friends. don't believe this news because this weekly newspapers making this to sell there papers.but one thing i believe that is they are belongs to place and wants to keep monarchy in Nepal.he said that they will attack first to Maoists then others who are favor of republic .They cannot stop to announce republic in Nepal. They have relation with MPRF,JTTM,and others who don't like CA polls.
www.blogmandu.org
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Federal judge has rejected a plea to temporarily restore the scores of 832 medical graduates from Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters