[Show all top banners]

MR_TRUTH
Replies to this thread:

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हड्डी
[VIEWED 1459 TIMES]
SAVE! for ease of future access.
Posted on 06-09-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरुमा उसले राष्ट्रपतिरूपी हड्डी नागरिक समाजतर्फ फाले पनि नागरिक समाजमा राष्ट्रपति बन्नलायक उचाइ प्राप्त व्यक्ति कोही पनि नभएका कारण त्यसले कुनै अर्थ राखेन। अहिले उसले त्यो हड्डी कांग्रेस, एमाले र मधेसवादी दल सबैतिर फ्याँकेको छ। राष्ट्रपति पदको विषयलाई लिएर कांग्रेसभित्र मतान्तर उत्पन्न गराउने प्रयास पनि माओवादीले नगरेको होइन। गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने कुरामा नेपाली कांग्रेस सर्वसम्मत देखियो। कोइराला राष्ट्रपति बन्ने हो भने कांग्रेसको साधारण सदस्यताबाट समेत राजीनामा दिनुपर्ने प्रस्ताव कृष्ण सिटौलामार्फत माओवादीले राख्यो। त्यसका लागि कोइराला तयार भएको र उहाँले संविधानसभा चुनावअघिदेखि नै आफूलाई तटस्थ राख्ने अभ्यास गरिसकेको जानकारी सिटौलाले प्रचण्डलाई दिए। त्यसपछि प्रचण्डले सार्वजनिकरूपमै भने– 'गिरिजाप्रसाद कोइरालाजस्तो सम्मानित व्यक्तित्वप्रति हाम्रो आपत्ति छैन, अशक्त व्यक्तिलाई दुःख नदिउँ भन्ने हाम्रो चाहना हो, तर पदका लागि ६० वर्षसम्म काम गरेको पार्टी त्याग्नसमेत मान्छेहरू तयार देखिँदा रहेछन्।' कोइरालालाई राष्ट्रपति बनाउने विषयमा कांग्रेसमा सर्वसम्मति देखिएपछि माओवादी कोइराला हदैसम्म पदलोलुप भएको प्रमाणित गर्ने अभियानमा लागेको छ।
यसैगरी, पछिल्लो समयमा माओवादीले 'राष्ट्रपति' रूपी हड्डी एमालेतर्फ फ्याँकेको छ। 'एक तीर दुई शिकार' को रणनीतिअन्तर्गत माओवादीले एमालेका नेता माधव नेपाल र साहना प्रधानलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको छ। दुईजनाको नाम प्रस्ताव गर्दा एमालेमा विभाजन ल्याउन सकिने आँकलन एकातिर छ भने अर्कोतिर कांग्रेस र एमालेबीच बढ्दै गएको सम्बन्धमा भाँजो हाल्न सकिने विश्लेषण पनि छ।  
यो पासोमा एमाले सजिलै फस्न सक्ने विश्लेषण गरिएको छ। शाही शासनमा समेत प्रधानमन्त्री बन्नका लागि आमाको काजक्रिया नगरी दौरा सुरुवाल लगाएर दरबारको फोन पर्खिरहेका माधव नेपाल हदैसम्मका पदलोलुप हुन् भन्ने माओवादीलाई राम्रोसँग थाहा छ। वामदेव गौतमहरूले नेकपा मालेको सेरेमोनियल अध्यक्ष दिने प्रस्ताव राख्दैमा एमाले छाड्न तयार रहेकी साहना प्रधानको कमजोरी पनि माओवादीले बुझेको छ। नेपाललाई राष्ट्रपति बनाउने कि साहनालाई भन्ने विषयमा एमालेभित्र विवाद ल्याउनसके माओवादीलाई फाइदा हुने नै भयो। -Tarun weekly
 
Posted on 06-09-08 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said Mr Truth...Duniyaa laai bhaadera autocracy lyaaune sur maa chhan yi aatankakaari haru....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters