[Show all top banners]

geda_gudi
Replies to this thread:

More by geda_gudi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "प्रभु भक्ती "
[VIEWED 1327 TIMES]
SAVE! for ease of future access.
Posted on 06-11-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकाको १६ औ राष्ट्रपती अब्रहम लिन्कनले कुनै जमनामा भनेको वाक्यन्श, "सरकार भनेको जनताको, जनताबाट, जनतालाई" नेपालको पारीवेशमा के मान्यता रक्छ??
मेरो बिचारमा यो वाक्यको केही महत्यो छैन, किन भनेर सोध्नु हुन्छ भने।
हाम्रा प्रधानमन्त्री चुनाव हारेका, त्यो पनि एक ठाउँबाट मात्र होइन, दुई
दुई ठाउँ बाट, उनलाई कस्ले पराजित गरे त? जनताले। पर-रास्त्र मन्त्री पनि
चुनाव हारेका, झन रक्षा मन्त्री त जनता बाट तिरष्क्रित! उनीहरुको योग्य छ
त केवल "प्रभु"को भक्ती। अब नेपाली
पारीवेशमा चाँही अब्रहम लिन्कनको बिचार चै एसो हुनु पर्ने होला " सरकार
भनेको प्रभुको दासको, प्रभुको कृपाबाट, र प्रभुको स्वार्थ पुर्तीलाई"!


के
मैले भनेको कुरामा तपाईंलाई विश्वाश छैन? छैन भने जनदेश नापको ब्यक्तीहरु
कसरी लाज सरम पचाएअर कुर्सीमा बिराजमान हुन सक्छन? के एमाले, कांग्रेसमा
चुनाव जितने नेताको कमी थियो र? के उनिहरु सम्भनदीत क्षेत्रक बिशेषसग्य
हुन? जवाफ औछ हुन!!

प्रधान मन्त्री :
जनताको अधिकर पुर्व श्री ५ले मिच्दा, नेवदन दिएर मलाई प्रधान मन्त्री
बनाउनुस् भन्दै हिंडने उनै हुन, कसरी योगय्त छैन र ? राजा परे निरन्कुष
आफुलाई "दाम" रखेर ढोग्दा उन्ले एसो बेसी नझुकेको रे तेसैले त्यो बेला
प्रधान मन्त्री खान नपाको नि? अनी तेसैले यो पाली चै मज्जाले प्रभुको
अगाडि उहा झुक्नु भो? अफु जन्मेको देश प्रती उहा बफादार त हुनै पर्‍योनी
होइन र? (नेपालली नागरिकत कसरी पाको, यो कुरा चै मैले बुझिन)!! आफ्नो
जन्मभुमीका सेनाले, अफु प्रधान मन्त्री बनेको देशको सिमाना मिच्दा, नेपाली
जनतालाई सस्ती दिदा प्रभु भक्ती देखौदै चुइ सम्म नबोलने, छैन त उन्को
योग्यता?

रक्षामन्त्री:
उहा त मेरो पुरानो छमेकी, पहिले लुकुर लुकुर हिंड्ने, श्रीमान बितेको ३-४
महिनामा रातो जापानिज गाडीमा हिंडेको मैले देकेको हो! अब उहाको त के कुरा,
जनताबाट तिरस्क्रित भएर चुनाव हारेको उनी तेही पनि रक्षामन्त्री बनुभो ।
Comprehensive Peace Agreement (CPA) राम्ररी नपडी, "समयायोजन" भने शब्दनै
CPA मा छैन भनु उहको योग्यताको कदर हो भने मलाई लाग्छ। Integration भनेको
समयायोजन हो भनेर उन्लाई प्रभुका भक्तले बुझाएनन कि शान्ति प्रकृयामा आएको
माओवादीलाई युधमा फर्कएर, गृहयुधमा देश लाई फसै Commission खाँदै बस्ने
उहको रहर हो? जेहोश देशलाई सैनिक तन्त्र तिर धकेल्न प्रभुलाई उहा जस्तो
बफादार हडी चपौने भक्त कहाँ पौनु।

पररस्त्रमन्त्री:
देशको सिमान मिचेर प्रभुका सेनाले कालापानीमा नङ्गो छाती फुलाई परेड
खेल्दा । सुस्त, बारा , दाङ र देशको हरेक ठाउँमा सीमा सुरक्षा बाल नामक
"प्रभु" सरकारी अपरधी गिरोहले देशको इजत लुटदा पनि, आफ्नो भुमीबाट नेपाली
जनता बिस्थापीत हुँदा पनि। "प्रभु"ले भनुभाको कोइ पनि बिस्थापीत भाको छैन
, कही पनि सीमाना मिचिकेको छैन भनु नै ठुलो "प्रभु" भग्ति हो, र यो भन्दा
ठुलो योगयता के नै चाहिन्छ र पररस्त्र मन्त्री हुनलाई! गिरिजाको सुपुत्री,
तर देशको कुपुत्री कुजाता कोइराला नाम चाँही सुनमा सुगन्ध हो पररस्त्र
मन्त्री हुन्नको लागि।

अब
तपाईं भनुस् नेपालमा के ठीक होला? "सरकार भनेको जनताको, जनताबाट, जनतालाई"
अथवा " सरकार भनेको प्रभुको दासको, प्रभुको कृपाबाट, र प्रभुको स्वार्थ
पुर्तीलाई"!

source:http://sajilonepal.com

 
Posted on 06-11-09 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khate bhakti


 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters