[Show all top banners]

pyaari kt
Replies to this thread:

More by pyaari kt
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "RECENT TOP TEN NEWS"..MAOISTS ARE TERRORISTS
[VIEWED 6296 TIMES]
SAVE! for ease of future access.
Posted on 06-15-09 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


1) LOOK THE DIFFERENCE:


काठमाडौंबाट करिब २५ किलोमिटर उत्तरपश्चिममा अवस्थित झुलेडाँडाको रिसोर्टले लगातार दुईजना कम्युनिस्ट प्रधानमन्त्रीको सत्कार गर्ने अवसर पायो, साथसाथै दुवै प्रधानमन्त्रीको खानपिनमा भने आकाश–जमिनको अन्तर पनि फेला पार्योस। रिसोर्टमा कार्यरत एक मजदुरका अनुसार तत्कालीन प्रधानमन्त्री प्रचण्डको सत्कार एक बोतल हि्वस्की र वाइनले गरिएको थियो भने हालका प्रधानमन्त्री नेपालको सत्कारमा एक गिलास तातो पानीमात्र। प्रचण्डको टोलीले विभिन्न स्न्याक्स र कालिजको मासुका परिकार खाएको थियो भने माधव नेपालको टिमले सादा दालभात मात्र। आफू झीनो मतले पराजित भएको काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गतका नाङ्लेभारे र लप्सेफेदीका जनता तथा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटपछि दिवाभोजका लागि नेपाल वाइल्ड लाइफ रिसोर्टमा बसेका थिए।


2) CORRUPTION IN ECONOMIC SECTOR BY BABURAM AND HISILA:


अर्थमा अनुशासन रहेन भने त्यहीबाट सुरु हुन्छ विछृंखलता। माओवादीको सरकारले अर्थमा के गरेछ भन्ने धमाधम प्रकट हुँदैछन्। राज्यको ढुकुटीलाई आफ्नो गोजीको रकम जस्तो गरी बाँडिदाको परिणाम हो राजश्व उठ्तीको लक्ष्य प्राप्ति भए पनि विकास शून्य, महंगी वृद्धि र अन्य विकृतिको थुप्रो लाग्नु।


देशमा माओवादीले पहिलो पटक कुनै दलको पक्षमा परेको मतको आधारमा विकास निर्माणको रकम बाँड्ने काम शुरु भयो। एउटा परिवारका व्यक्तिले २० लाखसम्म आर्थिक सहायता पाए। आफैले राजीनामा दिएर काम–चलाउमा परिणत भइसकेपछि कसैका गोजीबाट निस्किएका आयोजनालाई हातहातै बाडेर रकम निकासा गरियो। आठ महिनामा १० करोड रुपैयाँ व्यक्तिलाई उपलब्ध गराइयो। मात्र होइन आफूसमर्थक संस्थाहरुलाई प्रचलित आर्थिक ऐननियम विरुद्ध हुनेगरी करोडौ रुपैयाँ बाडियो। यिनको समग्र रुप हुन्छ अर्थमा आक्रमण यो पटक तीमध्येका केही नमूना: ेे
अर्थमन्त्री दम्पती नै बेरुजुमा  
माग्ने र दिने एउटै परिवारका भएपछि राज्यको ढुकुटी चलाउन नियम कानुन पनि मान्नुपर्दो रहेनछ। यसरी चलाइएको एउटा रकम अहिले अर्थमन्त्रीले नै तिर्नुपर्ने गरी बेरुजु बनेको छ। अर्थ र पर्यटनमन्त्रीको एउटा भ्रमणमा खर्च भएको सो रकमलाई कतैबाट पनि कानुनसम्मत हुने गरी मिलाउन नसकिएपछि आलेपले यसलाई आदेशकर्ताबाट असुल गर्नुपर्ने भन्ने टिप्पणी लेख्न पर्यो । अर्थ र पर्यटनमन्त्री नाताले दम्पती हुन्। दम्पतीले गरेको सयरबापतको यो रकमलाई अर्थमन्त्रालयमा 'हनिमुन चार्टर' भन्ने संज्ञा दिइएको छ।  
श्रीमती मन्त्रीबाट मागियो र श्रीमान् मन्त्रीको तोक आदेशबाट निकासा र खर्च भएको यो रकम धेरै ठूलोचाहिं होइन। एउटा शीर्षकमा बेरुजु बनेको यो रकमको कुल अंक ६/७ लाख। रकम सानो भए पनि खर्चको प्रक्रिया र प्रयोजन कानुनको पक्षबाट अध्ययन गरियो भने राज्यकोषलाई मन्त्री दम्पतीले कसरी आफ्नो निजी कोष जस्तो ठानेर व्यवहार गरे भन्ने एउटा चित्र देखिन्छ। प्रक्रियाबाहिर गएर कोष चलाइन्छ भने कोषको मान्यतालाई नमानेको नै अर्थ लाग्छ। यो प्रसंग हो आसामको एउटा मेला उद्घाटनको तत्कालीन पर्यटन मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम थियो। सो कार्यक्रमको उद्घाटन गर्न एउटा निजी क्षेत्रको हेलिकप्टर चार्टर गर्ने कुरा भयो। हेलिकोप्टरवालाले कम्पनीले आसाम पुगेर आउन सात लाख रुपैयाँको प्रस्ताव गर्यो । पर्यटन मन्त्रालयबाट सो रकमको व्यवस्थापन गरिदिन भनी अर्थमन्त्रालयमा प्रस्ताव आयो। कुनै पनि मन्त्रीहरुको भ्रमणका लागि हेलिकोप्टर खर्च भनी अर्थले सोझै निकासा दिन मिल्दैन थियो। यो बेलासम्म मन्त्रीहरुले हेलिकोप्टर प्रयोग गर्दा त्यो सेनाको हेलिकोप्टर हुने गरेको र त्यसका लागि गृहमाफेल फ्युलको मात्र खर्च व्यहोरिने गरेको स्थिति दर्शाउँदै अर्थको सम्बन्धित शाखाले मागबमोजिमको कामका लागि अर्थबाट निकासा हुन नमिल्ने भन्ने व्यहोराको टिप्पणी उठ्यो। त्यो टिप्पणी मन्त्रालयको तह हुँदै अर्थमन्त्रीसम्म पुग्यो। शाखा महाशाखाले जे राय दिए पनि अन्ततः अर्थमन्त्रीले निकासा दिने भन्ने तोक लाग्यो र मन्त्रीको एउटा जिल्ला भ्रमणका लागि ७ लाख रुपैयाँको हेलिकोप्टर चार्टर गर्न रकम निकासा भयो। सेनाको हेलिकोप्टर प्रयोग गरिएको भए करिब एक लाख रुपैयाँ भए पुग्ने ठाउँमा यसरी त्यही भ्रमण सात लाख रुपैयाँको हुन गयो। यसरी ठाडो रुपले रकम निकासा दिएपछि अर्थमन्त्रीले त्यो कार्यक्रममा आफू पनि उपस्थित हुने इच्छा जनाए। एउटा मेलाका लागि मन्त्री दम्पतीको शयर तय भयो। मन्त्री दम्पतीको एउटा भ्रमणमा यसरी सात लाख रुपैयाँ सकियो तर यता कागजपत्रहरुले भ्रमणमा भएको यो खर्चलाई औचित्य साबित गर्न सकेन। आन्तरिक लेखापरीक्षणमै यो खर्चका बारे प्रश्न उठ्यो। मन्त्रीभन्दा तलका अधिकृतहरुले यस्तो निकासा दिन नमिल्ने भन्ने राय दिइएका हुँदा उनीहरु उम्किए। फलतः यो रकम आदेश दिनेबाट असुल गर्नुपर्नेमा आदेश दिनेबाट असुल हुँदा यो रकम तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईबाटै असुल हुनुपर्ने स्थिति बनेको छ। महालेखाका प्रतिवेदनमा यो कुरा झन् स्पष्टसँग आउने लेखाविज्ञहरु बताउँछन्।


- कार्यकर्तालाई १५ करोड  


3)








माओवादीद्वारा उपत्यका बन्द, चिकित्सकको मोटरसाईकल जलाईयो








१-असार-२०६६,सोमवार



काठमाडौं। एकृकित नेकपा माओवादीका कार्यकर्ताले बिहानदेखि नै उपत्यकाको यातायातमा रोक लगाएका छन्।  
माओवादीले आफ्ना काठमाडौं जिल्ला कमिटि सदस्य राजेन्द्र फुयाँलको एमाले कार्याकर्ताहरुले हत्या गरेको भन्दै अप्रत्यासित काठमाडौं बन्दको घोषणा गरेको हो।
एक साता अघि अपहरण भएका भनिएका माओवादी कार्यकर्ता फुयाँललाई शिक्षण अस्पताल माहाराजगंजमा पोष्टमार्टम गरेको अवस्थामा आइतबार फेला पारेका थिए।
माओवादी कार्यकर्ताहरु काठमाडौं, भत्तपुर र ललितपुरका चोकचोकमा बसेर सवारी साधनलाई चल्न दिएका छैनन्। साइकल चलाएर गन्तव्यमा पुग्न खोज्नेलाई समेत साइकलको हावा निकालिदिएर पठाउने गरेका छन्।  
हातमा छड र लाठी बोकेका माओवादी कार्यकर्ताहरुलाई सर्वसाधारण आतंकित पार्दै साइकल र रिक्साबाट समेत ओरालेर हिड्न बाध्य पारेका छन्। यसअघिका बन्दहरुमा साइकल र रिक्साहरु चल्ने गर्दथे।
प्रहरीले निज फुयाँललाई काभ्रेथलीमा घाइते अवस्थामा फेला पारेर उपचारका क्रममा निधन भएको जनाएको छ।  
युथफोर्सका कार्यकर्ताले गङ्गालाल हृदयरोग प्रतिष्ठनका चिकित्सक डा.रोशन राउतको अस्पताल जाँदै गर्दा मोटरसाइकल जलाएका छन्।  
अस्पतालमा बिरामी गम्भीर अवस्थामा रहेकोले उनलाई पेसमेकर (मुटुको धड्कन जाँच्ने मेसिन) राख्नका लागि जान लागेको भन्दै अस्पतालको परिचयपत्र देखाउँदा देखाउँदै पनि आन्दोलनकारीले काठमाडौँको चाबहिलमा उहाँको मोटरसाइकल जलाइएको थियो।  
नेपाल चिकित्सक सङ्घले सोमबार विज्ञप्तिमार्फत स्वास्थ्यजस्तो संवेदनशील सेवामा हुने यस्ता घटनाको निन्दा गर्दै यस्ता अमानवीय एवम् दुर्व्यवहारपूर्ण घटना आगामी दिनमा कदापि नदोहोर्‍याउन सबै पक्षसँग आग्रह पनि गरेको छ।  
यसैबीच माओवादीले सदूरपश्चिम पनि बन्द गराएको छ। भने कांग्रेस कार्यकर्ताको हत्याको विरोधमा चितवन पनि बिहानदेखि नै बन्द छ।


4)


एमालेमाथि माओवादी आक्रमण



तुलाराम पाण्डे


मान्म -कालिकोट, माओवादी संगठन वाईसीएलका कार्यकर्ताले आइतबार दिउँसो कालिकोट एमाले जिल्ला सचिवसहित १५ जना नेता- कार्यकर्तामाथि आक्रमण गरी घाइते बनाएका छन् । घटनाले मान्म बजार दिनभर तनावग्रस्त बनेको छ । 

मान्ममै एक साताअघि एमाले कार्यकर्ताले वाईसीएलका दुई जनालाई कुटपिट गरी घाइते बनाएको बदला लिन उनीहरूले गाउँगाउँबाट कार्यकर्ता सदरमुकाम उतारेका थिए ।

राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गर्ने र ेरी-कणर्ाली बन्द गर्न मान्म आएका वाईसीएलसहित माओवादीले अपराह्न एमाले कार्यालयमा बसिरहेका जिल्ला कमिटी सचिव कुर्मराज शाही र युथफोर्स संयोजक दुर्गाबहादुर शाहीलाई फलामको रड -सरिया) र लाठी प्रहार गरी मरणासन्न अवस्थामा पुर्‍याएका छन् । सचिव शाहीको टाउको फुटेको छ भने बायाँ हात भाँच्चिएको छ । शरीरभरि रडले हिर्काएका नीलडाम र घाउ छन् । युथफोर्स संयोजकको टाउको फुटेको छ भने शरीरभरि घाउ र नीलडाम छन् ।

सख्त घाइते शाहीसहित सात जनालाई हेलिकप्टरबाट साँझ नेपालगन्ज लगिएको थियो । क्षेत्रीय अस्पतालमा सिटिस्क्यान असुविधा भएपछि राति घाइतेलाई शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । 

आक्रमणबाट एमाले जिल्ला कमिटी सदस्य मानबहादुर मल्ल, युथफोर्स कार्यकर्ता हंसबहादुर मल्ल, जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य भरतराज धिताल, तिलबहादुर शाही, तुलाराज मल्ल, विष्णुबहादुर मल्ल, अनेमसंघ जिल्ला अध्यक्ष मीना शाही, एमाले कार्यालय सचिव चित्रसिंह गाउँलेसहित घाइते छन् ।

आक्रमण नियन्त्रणमा लिनेक्रममा वाईसीएल र प्रहरीबीच झडप हुँदा प्रहरी जवान युवराज थापा घाइते भएका छन् । उनलाई पनि हेलिकप्टरबाटै कोहलपुर लगिएको छ । किताब किन्न सुकाटियाबाट मान्म आएका भवानी प्रावि ठानामा कक्षा ४ मा अध्ययनरत १० वषर्ीय मदन नेपाली पनि सख्त घाइते छन् । स्थिति नियन्त्रण गर्न राति ८ बजे बिहान ५ बजेसम्मका लागि कफ्र्यु लगाएको प्रजिअ पिताम्बर घिमिरले जानकारी दिए । घाइतेहरूको उपचार गर्ने डाक्टर र औषधिको पनि अभाव भएको थियो । जिल्ला प्रहरीमै केही घाइतेलाई टाँका लगाइएको थियो ।

वाईसीएलले मान्म बजारका घरघर गएर एमाले कार्यकर्तालाई पिटेको एमाले सचिवालय सदस्य राजेन्द्रबहादुर थापाले बताए । उनले माओवादीले सरकार छाडेपछि एमालेलगायतका दलका नेता कार्यकर्तामाथि आक्रमण सुरु गरेको बताए । वाईसीएलले गत जेठ ४ गते कांग्रेस जिल्ला सभापति मुक्तिप्रसाद न्यौपानेमाथि बदालकोट ४ निगाली खोलामा आक्रमण गरी सख्त घाइते बनाएका थिए ।

वाईसीएलले दिउँसो बजारमा फलामका रड र लठ्ठी हातमा लिएर एमाले कार्यकर्ता खोजीखोजी पिट्न थालेपछि प्रहरीले १ सेल अश्रुग्यास फ्याँकेको थियो भने दुई राउन्ड हवाई फायर गरेको डीएसपी रणबहादुर रायमाझीले बताए । हवाई फायरपछि वाईसीएल भागेर बजारबाहिर गएका थिए । वाईसीएलले जिल्ला कारागारमा पनि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

हवाई फायरपछि प्रहरीले मान्म १ का वाईसीएल कार्यकर्ता कालीबहादुर बिष्टलाई पक्राउ गरेको छ । घाइतेलाई नेपालगन्ज पठाएपछि एमाले कार्यकर्ताले मान्म बजारमा जुलुस प्रदर्शन गर्दै माओवादी पार्टी कार्यालयमा पनि ढुंगामुढा गरेका छन् । आक्रोशित एमालेले बजारमा भेटिएका माओवादी कार्यकर्तामाथि पनि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

तनावबारे प्रतिक्रिया लिन माओवादी जिल्ला सहइन्चार्ज धनजित शाही आदर्शलाई सम्पर्क गर्दा मोबाइल सम्पर्कमा आउन चाहेनन् ।


5)


वाईसीएल छोराद्वारा बाबुको हत्या


पाँचथर, (नेस) गत शनिबार आफ्नै छोराको पिटाइबाट गम्भीर घाइते भएका पाँचथर चोकमागु-८ का डिल्ली र्राईको शनिबार राति मृत्यु भएको छ।

वाईसीएल कार्यकर्तासमेत रहेका छोरा दीपक र्राईले आफ्नै बाबुलाई जाँड चलाउने दाबिलोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते र्राईको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएपछि मृत्यु भएको थियो।


6)


Maoists attack UML party office, cadres in Kalikot; Administration imposes curfew


District Administration Office, Kalikot has clamped a curfew in and around district headquarter Mangma after the situation in the area became tense following attacks by Maoist cadres at the UML party office, Sunday evening.


Cadres of the Unified CPN (Maoist) had vandalized the party office of CPN (UML) in Mangma and attacked over a dozen UML cadres, Sunday afternoon. The situation had become tense after UML cadres protested against the attack.


7 )


Maoists prevent UML cadres from entering Banepa


To ward off the rally scheduled by the CPN (UML) for Tuesday against attack on its cadres and party office, the Unified CPN (Maoist) has barred any vehicles from entering Banepa.


UML had invited its party members from the neighbouring villages and areas to participate in the rally planned for 12 noon today. However, Maoists have deployed large number of its members around the town, preventing vehicles entering Banepa from 10 a.m.


On Monday, Maoist cadres had attacked and vandalised the UML party office in Banepa, in retaliation of UML resistance to the Maoist-called bandh on Sunday.


Large number of security personnel have been deployed and kept in alert for possible clashes between the two parties.


Similarly, the Maoist-affiliated Kirat Mukti Morcha has called general strike in six eastern districts – Bhojpur, Sankhuwasabha, Udaypur, Khotang, Solukhumbu and Okhaldhunga – protesting the president’s move to reinstate Chief of Army Staff Rookmangud Katawal. Early reports say at least two motorbikes were vandalised in Gaighat this morning for defying the strike.


Maoists have also called for one-hour strike nationwide today as part of their protest programmes.


While leading the coalition government earlier, Maoists had tabled the proposal to end all kinds of strikes until the country gets a new constitution. However, the proposal was rejected by other parties


The local administration has imposed curfew in and around the district headquarter from 8 pm Sunday to 5 am Monday to take the situation in control.


The Maoists had called for a strike in Bheri-Karnali region as part of their protest programme against the President’s move on army chief case.


Maoist cadres have also vandalized Bageshwari Development Bank in Surkhet Sunday afternoon accusing it of defying the band order


8)


Maoists warn NC, UML cadres to leave Ramechhap, gun fires kill one in Rolpa


Shortly after withdrawing from the government, the Maoists have begun their unruly behavior like they were carrying out during the insurgency period.


The Maoist district committee in Ramechhap has issued warning to members of Nepali Congress and CPN (UML) to leave the district by Saturday.


The district leader also threatened to take ‘physical action’ if anyone being warned did not abide by the circular in the said period.


The VDC and village committees of the party have circulated the warning throughout the district and posted it in several public places. Maoists have alleged NC and UML of being pro-Indians.


In the meantime, reports from Rolpa say crossfire between unidentified groups have left at least one dead. The deceased has not been identified.


Police have begun air patrol in Gam area of the district where the shooting took place.


9)


Maoists thrash NC, UML members in Banke


Unified CPN (Maoist) cadres have threatened and thrashed members of CPN-UML and the Nepali Congress who did not leave their villages in Bardiya district.


Maoist cadres allege these two parties of supporting the move of President Dr Ram Baran Yadav to reinstate army chief Rookmangud Katawal.


The Maoists attacked NC’s Basanta Raj Bhatt, former VDC chairman and UML member Gopal Silwal, NC district member Krishna Paudel and an NC-affiliated teacher Keshav Paudel in the district. Injured Bhatt has reached Nepalgunj for security and treatment. According to him, some 60 Khukuri wielding Maoist cadres attacked him at 11:30 p.m. and looted Rs 27,000.


The unruly Maoist cadres also vandalised the house of Anantaram Tharu alleging him of allowing his house to be used as an NC village unit office.


YCL cadres have distributed pamphlets stating that they would continue their action in Banke and Bardiya districts.


Maoists have issued similar threat in Ramechap and Kailali as well


10)


Maoist leader instructs cadres to drive out NC, UML activists


A senior Unified CPN (Maoist) leader has instructed party cadres to chase away activists of Nepali Congress and UML from villages by taking "people's action" against them.


"Maoists will take people's action against those supporting the president's move and drive them out of the villages," Kantipur Daily quoted Central Secretariat member of Unified CPN (Maoist) Top Bahadur Rayamajhi as saying while addressing a protest programme in Sandhikharka on Monday.


He also said those supporting the president's move should resign from their parties within a week or face consequences.


This remark from a senior Maoist leader has come at a time when Prime Minister and Maoist chairman Pushpa Kamal Dahal has said the party will take action against any of its cadres issuing such threats.


Terming the president's move to reinstate Chief of Army Staff Rookmangud Katawal "an initiation of war", the Maoist leader said that the party won't hesitate to raise arms again and capture villages and the capital "if they are forced to take such a step."


Rayamajhi also said there is no possibility of forming a new government without the Maoists, adding that if NC and UML formed the government alone it would not run even for a couple of days.


Meanwhile, in Bardiya district, former VDC chairman of Manau VDC Gopal Siwakoti and NC activists have arrived at the district headquarters Gulariya to take refuge following the Maoist threat.


Siwakoti told Kantipur that they had come to seek refuge at the District Administration Office after local Maoist cadres threatened them with their life if they don't leave the village.


 


 


Why are Maoists terrorists and how are they going to ruin the country?


Answer: First, they are all uneducated junglees which we all can see from all those activities going on recently. If they have guts, why don't they go and patrol the border? If they really do love Nepal, why don't they fight against Indian encroachment? But, they can't. They can just terrify normal people who doesn't have arms or any other weapons. They are the most coward people (terrorists). See few examples for your reference from different newspapers...Terrorists, like KP OLI said could not be taught any good things...They always remain terrrorists bastards. Ok now what's your say guys????????????


 
Posted on 06-15-09 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is any body reading? Stop blaming India for your failure....clean your house first.
 
Posted on 06-15-09 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i saw some YCL khates pulling up some railings from the street of kathmandu. Dont get surprised if prachanda says we are pulling up those bars to fence nepal along india-nepal boarder.


very weired leaders can justify anything and nepali bhedas are following prachandapath. 


 
Posted on 06-16-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NEPAL: Maoists ban news reporting in Rukkum


According to Maoist official, reporters should obtain permission to gather news in district


Nepal News
Friday, November 5, 2004


The Maoists reportedly have imposed a ban on news reporting by journalists in some VDCs of the mid western district of Rukkum. Rukkum is regarded one of the strongholds of the Maoists.


The ban follows the Maoist decision to declare the VDCs a ‘special area’ of the underground party, reports citing Maoist district secretary Bishal said. The ban is imposed on Chunbang, Mahat, Rammamaikot, Pwang and Purtimdanda VDCs.


Moreover, according to the Maoist district secretary, the Maoists have asked the reporters to obtain permission of the ‘people’s government’ before traveling to any part of the district for collecting news


 
Posted on 06-16-09 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुरमाथि माओवादी प्रहार



कान्तिपुर संवाददाता


काठमाडौं, उपत्यका बन्द आह्वान गर्दै सडकमा उत्रिएका माओवादीले सोमबार कान्तिपुर पब्लिकेसन्सको गाडीमाथि आगजनीको प्रयास गरेका छन् ।

तीनकुनेस्थित मुख्यालयबाट धुम्बाराहीतर्फ जाँदै गरेको पब्लिकेसन्सको बा६च २४६५ नम्बरको गाडीलाई उनीहरूले चाबहिल मित्रपार्कमा आगजनी प्रयास गरेका

हुन् । उनीहरूले कान्तिपुरकर्मीलाई गाडीबाट झर्न नदिई दुव्र्यवहार गर्दै लात्तीसमेत प्रहार गरेका थिए । गाडीको अगाडिको सीसा फुट्नुका साथै पछाडिको भाग कुच्चिएको छ ।

कान्तिपुर दैनिकमा सोमबार प्रकाशित समाचारलाई लिएर उनीहरू जाइलागेका थिए । 'माओवादीविरोधी समाचार पहिलो पानामा छाप्ने ?' भन्दै उनीहरूले कान्तिपुरकर्मीमाथि दुव्र्यवहार गरेका थिए । आगो लगाउने प्रयास गर्दा प्रहरीले उनीहरूलाई हटाएपछि चालक गाडी लिएर उम्किएका थिए ।

माओवादीले पछिल्ला दिनमा कान्तिपुरमाथि गरेका चारवटा आक्रमणमध्ये यो ठूलो हो ।

माओवादीले गत जेठ १८ गते बन्द अवज्ञा गरेको भन्दै कान्तिपुर एफएमका कार्यक्रम सञ्चालक हेम सुवेदीको मोटरसाइकलमा आगजनी गर्नुका साथै समाचारवाचिका कृष्णा पौडेलको मोटरसाइकल तोडफोड गरेका थिए ।

त्यसैगरी जेठ २४ गते पत्रिका बोकेर झापा जाँदै गरेको पब्लिकेसन्सको गाडी र पत्रिका मोरङको लालभित्तीमा जलाएका थिए ।

यस्तै २८ गते बन्द अबज्ञाकै निहुँ बनाई बुटवलमा कान्तिपुर पब्लिकेसन्सका पत्रिका जलाएका थिए ।

यसैगरी माओवादीका काठमाडौं जिल्ला कमिटी सदस्य राजेन्द्र फुयालको मृत्युपछि सोमबार आह्वान गरिएको बन्दमा खटिएका माओवादीले राजधानीका स्थानीय बासिन्दाका घरमा राखिएका कान्तिपुरका प्रचार सामग्री हटाउन पनि धम्की दिएका छन् ।

उनीहरूले घरधनीलाई होडिङबोर्ड लगायतका प्रचार सामग्री २४ घन्टाभित्र हटाउन चेतावनी दिएका छन् । सोमबार सडकमा बन्द गराइरहेका वाईसीएल कार्यकर्ताले कान्तिपुरका पत्रकार र फोटो पत्रकारमाथि निगरानी राख्दै दुव्र्यवहार गरेका थिए । कान्तिपुर टेलिभिजनका कार्यक्रम सञ्चालक वासुदेवकृष्ण शास्त्रीलाई पनि सोमबारै वाईसीएलले गैरीगाउँमा दुव्र्यवहार गरेका थिए ।

माओवादीले अन्य मिडियामाथि पनि आक्रमण गरेका छन् । समाचार संकलनका लागि पुल्चोकतर्फजाँदै गरेको इमेज च्यानलको गाडीमाथि कुपन्डोलमा आक्रमण गरेका थिए ।

महासंघको विरोध

नेपाल पत्रकार महासंघका अनुसार प्रदर्शनकारीले सिनामंगलतर्फजाँदै गरेका नेपाल समाचारपत्र दैनिकका सम्पादक बद्री तिवारी चढेको गाडीलाई अवरोध गरी फर्काएका थिए । यस्तै एभिन्युज टेलिभिजनका संवाददाता कृष्ण न्यौपानेलाई सीतापाइलामा दुव्र्यवहार गरेका थिए ।

महासंघले उपत्यका बन्दक्रममा सञ्चारकर्मीमाथि भएको दुव्र्यवहार र प्रेसका गाडीमाथि भएको आगजनी प्रयासको भत्र्सना गरेको छ । स्वतन्त्र प्रेसमाथि भएको आक्रमण जनताको सुसूचित हुने अधिकारमाथि आक्रमण भएको महासंघले जनाएको । महासंघको विज्ञप्तिमा जनताको सुसूचित हुने संवैधानिक अधिकार रक्षाका लागि अनवरत खट्ने सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति खेद व्यक्त गरिएको छ ।


 


राजेन्द्रको मृत्यु 'विष सेवनबाट'



कास


काठमाडौं, माओवादीका काठमाडौं जिल्ला सदस्य राजेन्द्र फुयालको मृत्यु 'विष सेवन' बाट भएको शवपरीक्षणबाट देखिएको छ ।

'पेटमा मेटासिड नामक विषादी देखिन्छ,' शवपरीक्षणमा संलग्न शिक्षण अस्पतालका चिकित्सकमध्ये एकले कान्तिपुरलाई भने, 'जीउमा कुनै चोटपटक देखिँदैन ।'

किसानहरूले बालीमा लाग्ने कीरा मार्न प्रयोग गर्ने रासायनिक विषादी 'मेटासिड' हो । चिकित्सकहरूले मृत्युको कारणबारे अन्तिम वैज्ञानिक निष्र्कषका लागि भिसेरा परीक्षण गर्न पठाउने भएका छन् । शवपरीक्षण भइसके पनि बन्दका कारण चिकित्सकहरू अस्पताल पुग्न नसकेका कारण अन्तिम रिपोर्ट भने तयार हुन नसकेको हो ।

'जबरजस्ती विष सेवन गराएको भए जीउमा कहींकतै ठूलासाना चोट देखिनुपथ्र्यो तर त्यस्तो केही नभेटिएपछि उनले आत्महत्या नै गरेको देखिन्छ,' अनुसन्धानमा संलग्न एक प्रहरी अघिकृतले भने । शवपरीक्षणका क्रममा फुयालले लगाएका लुगा फुकाल्दा परिचयपत्र भेटिएको थियो । बरामद परिचयपत्रका आधारमा प्रहरीले मृतकका आफन्त र पार्टीलाई सूचित गरेलगत्तै अस्पतालअगाडि नै चक्काजाम र सोमबार उपत्यका बन्द गरिएको थियो ।

'विष सेवनबाट मृत्य भएको भन्नेमा हामीलाई विश्वास छैन, प्रशासनको आडमा षड्यन्त्र गरेर हत्या गरेको हुनसक्ने आंशका छ, हामी पोस्टमार्टमको रिपोर्ट अध्ययन गरेपछि मात्रै निष्कर्षमा पुग्छौं ।' वाईसीएल उपत्यका इन्चार्ज तथा सभासद् चन्द्रबहादुर थापा -सागर) ले भने । राजेन्द्रलाई प्रहरीले बेवारिसे अवस्थामा जेठ २८ गते बिहान धर्मस्थलीबाट उद्धार गरेर उपचारका लागि वीर अस्पताल ल्याएको थियो । वीरमा उपचार हुन नसकेपछि शिक्षण अस्पतालमा लगिएका राजेन्द्रको सोही दिन मृत्यु भएको थियो । मृत्युको तीन दिनसम्म शव शिक्षण अस्पतालमा राखिएको थियो ।


 


डाक्टरलाई पनि छाडेनन्



अतुल मिश्र


काठमाडौं, मुटुरोगीको शल्यक्रिया गर्न घरबाट जाँदै गरेका सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डा. रोशन राउतलाई बन्द आह्वानकर्ताले दुव्र्यवहार गरी मोटरसाइकल जलाइदिएका छन् ।

भक्तपुरबाट बाँसबारीस्थित अस्पताल जाँदै गर्दा उनलाई सोमबार बिहान पौने ९ बजे चाबहिल पीपलबोटनजिक माओवादी कार्यकर्ताले रोकेका थिए । उनले हतारमा अस्पताल गई एक बिरामीको पेसमेकर शल्यक्रिया गर्नु थियो ।

'म डाक्टर हुँ । मलाई अस्पताल जानैपर्ने छ । हेर्नुस्, तपाइर्ंहरूजस्तै नेपाली दाजुभाइको मुटुको चाल नियन्त्रित गर्ने पेसमेकर राख्न म जाँदैछु । समयमा नराखे उनको ज्यानसमेत जोखिममा पर्छ, समस्या बुझ्नुस्,' डा. राउतले बन्दकर्तासँग यस्ता अनुरोध गरे । तर ती त्यत्तिकै खेर गए । उनले अस्पताल जान अति जरुरी भएको कारणमात्र प्रस्ट्याएनन्, आफ्नो परिचयपत्र देखाए । आन्दोलनकारीले उल्टै परिचयपत्र थुतेर च्यातिदिए ।

'मलाई मोटरसाइकल जलाएको पीडा छैन । बरु यस्तो स्थितिमा अब कसरी चिकित्साकर्मीहरू अस्पताल जाने भन्ने चिन्ताले पिरोलेको छ,' उनले भने, 'अस्पताल पसलजस्तो होइन, जुन बन्द गर्न पाइयोस् । अझ तीनजनाले यत्रो अराजक क्रियाकलाप गर्दा भेला भएका धेरै जनाको भीडले टुलुटुलु हेर्दा दुःख लाग्यो ।' अभद्र व्यवहारले मर्माहत भएका डा. राउतले यस प्रकारको अस्पताल बन्दबाट बिरामीलाई पुग्ने क्षति वा मृत्युको जिम्मेवार बन्द आह्वानकर्ता हुनुपर्ने बताए ।

घटनाको चिकित्सा क्षेत्रबाट कडा विरोध भएको छ । 'बन्दमा सेवा प्रदान गर्न निस्केका चिकित्सक तथा स्वास्थ्यकर्मीमा आक्रमण हुने अवस्था जारी रहे कुनै दिन आलु/प्याजको पसलजस्तै स्वास्थ्य सेवासमेत बन्द हुने स्थिति आउन सक्छ,' नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीले भने । उनले ड्युटीमा गएका चिकित्सकको जलाइएको मोटरसाइकलको क्षतिपूर्ति 'कसले दिने ?' भनी प्रश्न गरे ।

घटनापछि संघ स्वास्थ्यकर्मीको सुरक्षाका लागि बन्दमा चिकित्साकर्मीहरू अस्पताल पुग्नैपर्ने बाध्यात्मक स्थितिमा पुनर्विचार गर्ने मनस्थितिमा पुगेको छ । 'दिनहुँजसो बन्द हुने हाम्रो राष्ट्रमा यस्तै अवस्था रहे आम स्वास्थ्यकर्मीको सुरक्षाका लागि बन्दमा पसलजस्तै स्वास्थ्य निकाय बन्द गर्नुपर्ने प्रक्रियामा हामी जान सक्छौं,' केसीले चेतावनी दिए ।

गंगालाल अस्पताल कर्मचारी संघले भने डा. राउतको मोटरसाइकल जलाउनु, परिचयपत्र च्यात्नुलगायत अभद्र व्यवहारको भत्र्सना गरेको छ ।


 
Posted on 06-17-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढुकुटी क–कसले पाएछन्:  



माओवादीको सरकारले राज्यको ढुकुटीलाई कसरी व्यक्ति–व्यक्तिमा बाँडेछ भन्ने केही नमुना। यी नमुनामा दुई लाखभन्दा कम रकम उल्लेख भएको छैन। यसरी रकम बाँडिएकामध्ये व्यक्ति र संस्था गरी हजारभन्दा बढीको संख्या पुग्छ। तीमध्येबाट केही यहाँ प्रस्तुत गरिएको हो।  
  माओवादी नेता कृष्णप्रसाद दाहाल निर्णय नं. १११ .... .. ५ लाख।  
  प्रजातान्त्रिक राष्ट्रिय युवा संघ– ५ लाख  
  माओवादी सांसद् राजकुमार नाल्वा लिम्बु ५ लाख  
  नेपाल जनप्रशासन संघ २ लाख  
  सीता आचार्य (अधिकारी) २ लाख  
  तराई सांस्कृतिक प्रतिष्ठान, छठ मनाउन १ लाख ५० हजार  
  सुरेन्द्र सापकोटाकी छोरी शीला सापकोटा २ लाख  
  नेकपा माओवादीका नेता ओमप्रकाश के.सी. ७ लाख  
  तमु छोजोपी केन्द्रीय समिति ५ लाख  
  जनजाति संघ मगर समन्वय समिति ३ लाख  
  दोलखाका कष्णप्रसाद दाहाल निर्णय नं. १२०, ५ लाख  
  दाङका सूर्यबहादुर श्रेष्ठ निर्णय नंं. १२० ३ लाख नवलपरासीका विन्दु शाही ५ लाख  
  पूर्व सांसद सोमप्राद पाण्डे ६ लाख ७० हजार  
  पकली झरना सेवा समिति २ लाख  
  हर्कसिंह धामी दार्चुला ३ लाख ३० हजार  
  नेपाल भाषा मंकाखल ३ लाख  
  सितानन्द राय ३ लाख  
  सभासद राजकुमार नाल्वा आठ लाख  
  सम्पादक समाज दुई लाख  
  श्रीमती गोमा कुवर जुम्ला १ लाख ७५ हजार  
  माघी महोत्सव आयोजना समिति दुई लाख  
  नेपालबार एशोसिएसन ६ लाख  
  संविधानसभा सदस्य महेन्द्र पासवान ५ लाख  
  संविधानसभा सदस्य जयपुरी घर्ती दुई लाख  
  जयलाल चापागाई ५ लाख  
  हरिशिद्धि जात्रा ५ लाख  
  तेज प्रकाश रिजाल पाँचथर ४ लाख  
  झापाका बुद्धिप्रकाश निरौलासमेत १४ लाख  
  रमेश विक बारा ४ लाख  
  मा. कलावती पासवान ७ लाख  
  विष्णुप्रसाद पौडेलसमेत ११ लाख ५० हजार  
  नेपाल गणतान्त्रिक खेलकुद महासंघ २५ लाख  
  लक्ष्मीप्रसाद शतवार्षिकी समारोह १० लाख  
  संघीय लिम्बुवान राज्यपरिषद् १ करोड ८७ लाख  
  संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा ८ लाख ५ हजार  
  बेपत्ता नागरिक परिवार समाज ३ लाख  
  गोर्खा निवासी लिला बस्नेतको छोराछोरी १२ लाख  
  जनक्रान्ति घाइते तथा अपाङ्ग महासंघ ३ लाख  
  नेपाल साहित्यकार कलाकार टोली अभियान १५ लाख  
  नेपाल तराई संघ २ लाख  


 
Posted on 06-17-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol . that is funnly yclkhattes. You never know if we have to hear that. 
 
Posted on 06-17-09 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी आक्रमणबाट भारतमा एक नेपालीको मृत्यु


बारा, (नेस) भरतका नक्सलवादी माओवादीहरूको आक्रमणमा परेर छत्तीसगढ आर्मी फोर्स (सिएएफ) मा कार्यरत् एक नेपालीको मंगलबार बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा जिल्ला निजगढ गाविस-७ का २९ वषीय सन्तोष शर्मा रहेका छन्। भारतीय सुरक्षाफौजले घरमा शव आफन्तको जिम्मा लगाएपछि शर्माको बुधबार साँझ निजगढमा दाहसंस्कार गरिएको छ।

फोर्सको छोटेडोङ र क्याम्पमा कार्यरत् शर्माको शौचालय जाने क्रममा हतियारधारी माओवादीहरूले गोली र विषालु तीरले हानेर बिहान ५ बजे हत्या गरेका हुन्। पोष्टमार्टम रिपोर्टबाट शर्माको शरीरमा चार गोली र एउटा विषालु तीर प्रहार गरिएको देखिएको उनका भाइ बैकुण्ठले बताए। सिएएफमा कार्यरत् बुबा शिवराजको सडक दुघनामा परेर मृत्यु भएपछि शर्माले सट्टामा सो फोर्समा चार वर्षघि नोकरी शुरु गरेका थिए।


 
Posted on 06-21-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MAOISTS "TERRORISTS" TERRIFYING THE NATION


KATHMANDU, June 21 - The activists of Unified CPN (Maoist) clashed with the security personnel at various places across the country while picketing the government offices as part of their scheduled protest against the government, on Sunday.


The Maoist cadres and supporters gheraoed the government offices across the country for two hours from 10 am today, protesting against the government move to overturn the decision made by the Maoist-led government.A Maoist supporter shouts anti-government slogan outside the Ministry of Local Development in Lalitpur, on Sunday.

Dozens of security personnel and Maoist activists have been injured in the episodes across the country.

Meanwhile, the local administration has clamped curfew in the district headquarters and adjoining areas in Dhading as the situation worsened in the district after the security personnel clashed with the Maoists who attacked the District Development Committee and injured an officer.

Also, a police officer and about two dozen protestors were injured in the

clash.

District Administration Offices (DAOs) have been vandalised in many districts during the sit-in for two hours from 10 am, while market places were forced to close down in some places.

In capital itself, the Singhadurbar area was tensed for a while.

Traffic movement was affected in the capital due to the protests.

The Maoist activists did not even leave obstructing pedestrian in the Singhadurbar area while picketing the Kathmandu DAO.

In Ilam, about half a dozen government offices have been vandalised.

The Maoist cadres forced to shut down Ilam Bazar after two demonstrators were detained for involvement in vandalism.

Similarly, two police personnel have been injured in the ruckus at the Rastriya Bankjya Bank and five protestors at the DAO in Baitadi.

The police shelled three rounds of tear gas to contain the situation.

In Mahottari district headquarters Jaleshwor, a clash ensued after the security personnel tried to open the government offices padlocked by the Maoist men.

Also in Kavre, four Maoist supporters have been injured while clashing with the police.

Two Maoist men have been injured in a clash with security personnel while trying to padlock government offices at Manthali in Ramechhap.

The protestors also vandalised government offices in Taplejung.

The Maoist activists vandalised education, postal, animal care, telecommunications offices among others accusing of ‘defying the closure.’

Meanwhile, they have padlocked the DAO with Chief District Officer Ramu Prasad Upadhyaya and other workers still inside.

Although the sit-in was scheduled until 12, they have announced to not let the employees come out until 5 pm.

Similarly, some 30 people including local residents were locked inside Rastriya Banijya Bank for two hours after they padlocked it.

The Maoist activists also attacked the employees of Eastern Regional Health Headquarters accusing them of entering the office. They also vandalised the office.

The Maoist politburo meeting Saturday decided to stage sit-in at all major government offices including district administration offices to disrupt the bureaucratic works.

The Home Ministry had issued directives to the concerned authorities to counter the possible commotion. The ministry also directed the district administrative offices to maintain peace and security.


 
Posted on 06-21-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सभासद्को अभद्र व्यवहार



काठमाडौँ। माओवादीको उद्दण्डता र अराजकता झन्–झन् बढ्दै गएको छ। अन्य राजनीतिक पार्टीका नेता–कार्यकर्तामाथि साङ्घातिक आक्रमणका घटनाहरु तीब्र बन्दै गएका छन्।  
सरकारबाट बाहिरिएलगत्तै माओवादीले राजनीतिक पार्टीका नेता–कार्यकर्तालाई धम्क्याउने, साङ्घातिक आक्रमण गर्ने कार्यलाई तीव्र पार्दै लगेका छन्। उनीहरुले साङ्घातिक आक्रमण राजनीतिक पार्टीका नेता–कार्यकर्तामाथि मात्रै होइन सरकारी कर्मचारीहरुमाथि पनि धम्क्याउने र कुटपिट गर्ने कार्यलाई अगाडि बढाएका छन्। आफूले भनेअनुसार सरकारी कर्मचारीले काम नगरेको भन्दै ललितपुरका सभासद् राजकाजी महर्जनले स्थानीय विकास अधिकारी नारायण ज्ञवालीमाथि अभद्र व्यवहार गरेका छन्। सभासद् महर्जनले गत बिहीबार आफूले भने अनुरुप अधिकारीले काम नगरेको भन्दै सभासद् महर्जनको नेतृत्वमा गएको लामटार–लाँकुरी भन्ज्याङ–पनौती सडक उपभोक्ता समितिका पदाधिकारीले ज्ञवालीमाथि अभद्र व्यवहार गरेका हुन्।
९७ लाख बजेटमध्ये लामटार–लाकुरी भञ्ज्याङ–पनौती सडकका लागि विनियोजित बजेट रोक्का गरी गोदावरी–चापाखर्क सडकका लागि उपलब्ध गराएको भन्दै ज्ञवालीमाथि अभद्र व्यवहार गरेका हुन्। ज्ञवालीमाथि माओवादी सभासद्ले गरेको सो घटनाको नेपाल निजामती कर्मचारी सङ्गठनले विरोध गरेको छ।


 
Posted on 06-22-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MORE MAOISTS ATROCITIES

BARDIYA, June 22 - The Unified CPN (Maoist) activists vandalised the District Administration Office (DAO) of Bardiya and the Armed Police Force (APF) Security Base Camp in the district on Monday.

Police constable Ramesh Giri has been seriously injured while trying to contain the situation.

The Maoist activists demonstrated against the police intervention yesterday during the closure of the government offices in Bardiya.

The Maoist activists pelted stones at the DAO and vandalised the office


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
emergency donation needed
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters