We all know how hollow is the Nepalese journalism. It's bias against federalism and prejudice stinks. The following short story has smartly portrayed the hollowness of nepalese journalism.
------------------------------------
भुन्टेको नयाँ माग
- सुरेश किरण
भुन्टे र च्यान्टीको फेरि झगडा पर्यो । भन्छन्, लोग्ने-स्वास्नीको झगडा परालको आगो । तर, भुन्टे-च्यान्टीको झगडा परालको आगो होइन । यो त ओलम्पिक टर्चको आगो हो । उनीहरूबीच हुने झगडाको रमाइलो पक्ष के भने, झगडा चर्कंदा चर्कंदै भुन्टे अथवा च्यान्टी -जो पराजित हुन्छ) अकस्मात् सडकमा आउँछ र अकस्मातै सडक बन्द हुन्छ । सडक बन्द गर्दा उनीहरूको माग हुन्छ- लोग्ने कुट्ने च्यान्टी -अथवा स्वास्नी कुट्ने भुन्टे पनि हुन सक्छ) लाई कारबाही गर । होइन भने राजमार्ग बन्द ।
यस्तो बन्दले बटुवा कायल हुनु स्वाभाविकै हो । कायल भएका बटुवा आएर उनीहरूलाई गाली गर्छन्, ‘साले, लोग्ने-स्वास्नीको झगडामा पनि सडक बन्द गर्ने ?’ अर्काको गाली खाएपछि दुवैजना लुरुक्क पर्ने । र, चुप लागेर बन्द कार्यक्रम फिर्ताको घोषणा गर्ने ।
तर, अस्ति भर्खर उनीहरूले गरेको बन्द कार्यक्रम भने अनौठो भयो । त्यसदिन पनि भुन्टे-च्यान्टीको झगडा परेको थियो । झगडाको कारण थियो- तरकारीमा अपुग भएको नुन । झगडापछि भुन्टे राजमार्गमा ओर्लियो र सदाझैँ बन्दको घोषणा गर्योे । यसपालिको बन्दमा उसले त्यहाँ तुल पनि टाँग्योे, जसमा लेखिएको थियो- लोग्ने कुट्ने च्यान्टी मूर्दावाद, संघीय व्यवस्था चाहिँदैन ।
लोग्ने-स्वास्नीबीचको नियमित झगडामा यो संघीय व्यवस्था फेरि कहाँबाट आयो ? नारा पनि नयाँखालको छ । मैले भुन्टेलाई सोधेँ, ‘के हो भुन्टे ? च्यान्टीलाई कारबाही गर्ने माग सँगसँगै यो संघीय व्यवस्था चाहिँदैन भन्ने नाराचाहिँ कहाँबाट आएछ ?’
भुन्टेले भन्यो, ‘त्यो मिडिया आकर्षणका लागि हो, दाइ । शुद्ध बन्द मात्र भन्यो भने मिडियाले टेरपुच्छरै लाउँदैनन् । उल्टो यस्तो बन्द, उस्तो बन्द भनेर आलोचना गर्छन् । संघीय व्यवस्था चाहिँदैन भन्ने नारा पनि जोडेँ भने पत्रिका, याफयाम, टेलिभिजन सबैले ठाउँ दिँदारहेछन् । त्यसैले राखेको ।’
नभन्दै एउटा टेलिभिजन क्रु त्यहाँ पुगि पनि सकेछ । पत्रकारले माइक तेस्र्याएर भुन्टेलाई सोधिहाले, ‘तपाईंले संघीय व्यवस्थाको किन विरोध गर्नुभएको ?’ भुन्टेले पनि जवाफ दिइहाले, ‘अब यहाँ संघीय व्यवस्था नआउँदा त लोग्ने-स्वास्नीको दिनदिनै झगडा छ, भोलि संघीय व्यवस्था आयो भने झन् कति झगडा हुन्छ होला ? त्यही भएर चाहिँदैन भनेको । संघीय व्यवस्था त च्यान्टीले पनि चाहिँदैन नै भन्छे ।’ टिभीवाला गए । भुन्टेले मनिर आएर सोध्यो, ‘टिभीमा फस्र्टचोटि बोलेको, मिल्या छ होइन त दाइ ?
source: onlinekhabar dot com/wp/2010/01/19/41336.html