राजालाई यसरी घेरामा पारे... पीपी सुवेदी
नेपालमा भ्रष्टाचार रोक्ने साहस कसैले गरेनन्। किनभने राजदरबारदेखि हरेक
राजनीतिक दलले भ्रष्टहरूलाई संरक्षण गरे। राजस्व छल्ने, तस्करी गर्ने,
सरकारी सम्पत्ति अवैध तरिकाले कब्जा गर्ने वा मास्ने, उमेर ढााटेर जागिर
खाने, भ्रष्टाचारमा मद्दत गर्ने, सरकारी वा गैरसरकारी पदमा बसेर आर्थिक
अनुशासन कायम गर्न नसक्ने सबैजना भ्रष्टाचारी हुन्। भ्रष्टाचारको परिभाषा
सबै देशमा एउटै भए पनि स्वरूप र प्रवृत्ति फरक छ। तर अनैतिक, बेइमान,
दुराचारी र घुस्याहालाई भ्रष्ट भन्ने चलन हाम्रो देशमा पनि छ। महत्वपूर्ण र
गोप्य सूचना लुकाएर भ्रष्टाचारीलाई संरक्षण गर्ने काममा दरबारका सचिव र
एडीसीहरू नै सक्रिय भएकाले राजा महेन्द्र र राजा वीरेन्द्रलाई धेरैले
झुक्याए। अर्थात् राजाहरू पनि भ्रष्टाचारीको घेरामा परे।
प्रहरी
महानिरीक्षक डीबी लामा र कर्णेल भरत गुरुङ पक्राउ परेपछि सयौं
भ्रष्टाचारीको पोल खुल्योे। उनीहरूले महारानी ऐश्वर्य, उहााकी आमा,
ऐश्वर्यका दाजु सुरजशमशेर, शान्तकुमार मल्ल, ताराबहादुर थापा, सूर्यबहादुर
थापालगायत दर्जनौं व्यक्तिबाट संरक्षण पाएको रहस्य खोल्दै गए। भरत गुरुङले
गरेको बयान महाभारतजस्तै लामो भयो। बत्तीसवटा कापीमा बयान टिपियो। राजा
वीरेन्द्रले त्यो बयान पढेको खण्डमा रानी ऐश्वर्य, सासू, जेठान, भाइभारदार र
सूर्यबहादुर थापासमेतलाई अप्ठ्यारो पर्ने अवस्था भएकाले राजाका एडीसी
जर्नेल ताराबहादुर थापाले ती कापी लुकाए। राजाकै विश्वासपात्रहरूले यसरी
धोका देलान् भनेर दरबारमा कसैले सोचेका थिएनन्।
गुरुङले राजा
वीरेन्द्रलाई लेखेको एउटा बिन्तीपत्रमा तत्कालीन प्रमुख सैनिक सचिव
दानगम्भीर सिंह रायमाझीमार्फत महारानी ऐश्वर्यसाग सूर्यबहादुर थापाको भेट
गराएको र थापाले बीस लाख रुपैयाा पर्ने हीराको हार चढाएको, तर राजा
वीरेन्द्रले यी सबै कुरा थाहा नपाएको उल्लेख छ। दिल्लीमा बस्ने रामास्वामी
नामक भारतीयमार्फत आफूले यो सूचना पाएको कुरा गुरुङले बिन्तीपत्रमा उल्लेख
गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र
कर्मचारीहरूले भ्रष्टाचारीसाग ब्ल्याकमेल गरेर करोडौंको सम्पत्ति कमाएका
छन् भने राजदरबारका पदाधिकारी र तिनलाई संरक्षण गर्ने भीभीआईपीहरू पनि कम
थिएनन्। डीबी लामा, भरत गुरुङ आदिबाट नरशमशेर, विनयशमशेर, अम्बिका राणा,
सुरजशमशेर, भीमप्रसाद गौचन, जगत गौचन, बाला बगानी, दीपक बगानी, अशोक
कुण्डलिया, तेन्जिङ, (कालु गुरुङ) दीपक मलहोत्रा, कालु घले, विष्णुमान
जोशी, रवीन्द्र श्रेष्ठ, रमेश अग्रवाल, प्रकाशशंकर श्रेष्ठ, नोदविक्रम
राणा, डीबीकी श्रीमतीहरू बसुन्धरा लामा, सावित्री लामा, पूर्वप्रधान
न्यायाधीश नैनबहादुर खत्रीकी अवैध पत्नी नुडुप लामा, प्रदीपशमशेर, राजकुमार
लोहिया, पत्रकार पुष्प थपलिया, रामचन्द्र नेउपाने, मणिन्द्रराज श्रेष्ठ,
चोथमल जाटिया, उमेश जैन, विनोद चौधरी, दीपक खरेल, रामकाजी वान्तवा,
ध्रुवबहादुर प्रधान, अच्युत चालिसे, अच्युत खरेल आदि धेरैजनाको सहयोग र
समन्वयबाट तस्करी फस्टाएको पोल खुल्यो। आईजीपी भइसकेका रोमबहादुर थापा,
दुर्लभकुमार आदि पनि डीबी, भरत आदिसाग मुछिए। दरबारका अधिकांश सचिव,
राष्ट्र बैंकका कर्मचारीहरू, उच्चपदस्थ गुप्तचर र प्रहरी अधिकृत तथा सेनाका
अधिकृत पनि भ्रष्टाचारमा मुछिए। राजनीति र कूटनीति क्षेत्रका वरिष्ठ
व्यक्ति पनि कुनै न कुनै रूपमा भ्रष्टाचारमा देखिए। रामप्रसाद श्रेष्ठ
(पूर्व अञ्चलाधीश), दरबारका सचिव नारायणप्रसाद श्रेष्ठ, चिरन थापा,
रेवतीरमण, रञ्जनराज खनाल, प्रतापकुमार वान्तवा, इन्द्रप्रसाद शेरचन, राणा र
शाह घरानाका व्यक्ति, काठमाडौंका प्रभावशाली थापाहरू पनि तस्करीमा
प्रत्यक्ष र अप्रत्यक्ष रूपले संलग्न पाइएपछि राजा वीरेन्द्र निकै चिन्तित
भएको देखियो। डीबी लामाले आफ्नो बयानमा शान्तकुमार मल्ललाई दस लाख र
केन्द्रशमशेरकी महारानीलाई पााच लाख रुपैयाा अवैध ढंगले दिएको बताएका छन्।
राजाकै एडीसीसमेत तस्कर र अपराधीसाग मिलेका रहेछन्, तर उनीहरू नै दरबारका
इमानदारविरुद्ध षड्यन्त्र गर्थे।
राजा वीरेन्द्रले कार्यपालिका,
न्यायपालिका, व्यवस्थापिका, प्रेस, सेना, प्रहरी, सामाजिक र आर्थिक अंगहरू
सबैलाई भ्रष्टाचारमुक्त बनाउने प्रयत्न गरिबक्स्यो। तर उहाा र उहााका सीमित
सहयोगीबाहेक सबै भ्रष्ट रहेछन्। आफ्नै जीवनसंगिनी समेत भ्रष्टाचारीहरूकी
संरक्षक भएको चाल पाउादा पनि राजा वीरेन्द्र लाचार होइबक्सन्थ्यो। राणाशासन
२००७ सालमै खतम भए पनि सेना र दरबारमा राणाका छोराछोरी र तिनका
हर्ताकर्ताहरूले इमानदारहरूलाई सताएर भ्रष्टहरूकै पक्षपोषण गरिरहे।
उमेर,
क्षमता र योग्यता ढााटेर जागिर खाने प्रवृत्ति नेपाली सेनामा पहिलेदेखि नै
थियो भन्ने कुरा मैले मेरा आफन्तहरूबाट पनि थाहा पाएको हुा। अर्जुननरसिंह
राणाजस्ता अयोग्य व्यक्ति पनि दरबारकै प्रभावमा प्रधानसेनापति भए। एसएलसी
पास नगरेका भरतकेशरसिंह मेजर जनरल र आजीवन शाही पार्श्ववर्ती भए।
प्रधानसेनापति किरणशमशेरका भान्जा (पछि उनकै छोरी बिहे गरेर ज्वाइा भए)
भरतले सेनामा बस्दा के के गरे, धेरैलाई थाहा छ। गडुलशमशेरलाई प्रधानसेनापति
बनाउन ठूलो षड्यन्त्र गरियो। नीरशमशेर र किरणशमशेरको शक्ति लगाएर रानीको
दबाबमा राजाले गडुललाई प्रधानसेनापति बनाएको धेरैलाई थाहा छ। गडुलका ज्वाइा
नेपालभूषण चन्दले छोरीको बिहेमा करोडौं खर्च गरेको कुरा पत्रपत्रिकामा
छापियो। प्यारजंगदेखि रुक्मांगद कटवालसम्मले त्यस्तो शैली अपनाएका थिए।
मासिक तीस/पैंतीस हजार तलब खाने सैनिक अधिकृतहरूको अर्बौंको सम्पत्ति
देखिादा पनि छानबिन हुादोरहेनछ। नायब सुब्बाले भ्रष्टाचार गर्दा हल्ला
गर्ने पत्रकारहरू पनि ठूला तस्करहरूसाग डराउादा रहेछन्।
जर्नेल
योगेन्द्रप्रताप राणा सम्भाररथी विभागमा छादा 'चार करोडको सामान आयो' भनेर
नक्कली बिल बनाएर भ्रष्टाचार गरिएको घटनाबारे सेनाले कोर्ट अफ इन्क्वायरी
नै गठन गरेर उनलाई पााच वर्ष कैद र चार करोड रुपैयाा जरिवाना तोक्यो। तर
शान्तकुमार मल्लका मामा भएकाले योगेन्द्रप्रताप राणाले जेल बस्नुपरेन। न त
चार करोड रुपैयाा जरिवाना तिर्नुपर्योा। प्रजातान्त्रिक र कम्युनिस्ट सरकार
आए पनि पछि कसैले खोजी गरेन। अख्तियारले पनि आाखा चिम्लिदियो। 'सानालाई ऐन
ठूलालाई चैन' भनेको यही हो। ठूला पार्टी, ठूला पत्रिका, ठूला पैसावाल
कसैलाई पनि नेपालमा कानुन लाग्दैन। ठूलो 'पावर' लगाउने त झन् दोषमुक्त।
यस्तो देशमा विधिको शासनको के कुरा गर्नु।
रघुचन्द्रबहादुर सिंहको
अगुवाइमा गठन भएको कोर्ट अफ इन्क्वायरीले दण्ड दिने फैसला गर्नुअघि
योगेन्द्रप्रतापलाई प्रधानमन्त्री गिरिजा, प्रधानसेनापति गडुलशमशेर, शाही
पार्श्ववर्ती शान्तकुमार आदि मिलेर पदोन्नति गराउने योजना बनाइरहेका थिए,
तर राजा वीरेन्द्रले षड्यन्त्रको सुइाको पाएपछि योगेन्द्रको प्रमोसन
रोकियो। उनी मेजर जनरल हुन पाएनन्। त्यसको केही दिनपछि उनी रिटायर्ड भए।
धर्मपालवरसिंह
थापा र कृष्णनारायण सिंह थापालाई मेजर जनरल बनाउादा पनि षड्यन्त्र भएको
कुरा पीडितहरू बताउाछन्। भारतमा कम्पनी कमान्डरसरह कोर्स मात्र गरेका
धनकुटे थापा कृष्णनारायणले स्टाफ कलेजसमेत गरेका छैनन्। धर्मपाल र
कृष्णनारायणबीच अस्वस्थ प्रतिस्पर्धा भएकाले त्यसले सेनामा नराम्रो
वातावरण सिर्जना गरेको कुरा सैनिक सेवामा काम गरिसकेका मेरा पुराना
सहपाठीहरूले बताएका थिए। 'म ताक्छु मुढो, बञ्चरो ताक्छ घुाडो' भनेझैं राजा
वीरेन्द्र सुशासन चाहिबक्सन्थ्यो, तर उहााका सचिव र एडीसीहरू समेत
भ्रष्टाचारीका संरक्षक र मतियार भएकाले धेरै अप्ठ्यारो थियो। राजालाई घेरेर
बसेका अधिकांश व्यक्ति गलत भएकाले राजा वीरेन्द्रको जीवन सुखमय हुन सकेन।
उहाा र उहााका हितैषीलाई मानसिक यातना दिादै भ्रष्टहरूले वीरेन्द्रको
शासनकालमा ठूलो फाइदा उठाए।
सेनामा असत्य बोल्नु र भ्रष्टाचार
गर्नुलाई ठूलो अपराध मानिन्छ, तर नेपाली सेना आज पनि भ्रष्टाचारमुक्त छैन।
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, जंगी र निजामती प्रशासन सबैतिर
भ्रष्टाचार, विकृति, ढिलासुस्ती, बेथिति भएकाले नेपालमा ६५ प्रतिशतभन्दा
धेरै जनता गरिब छन्। देश दिनप्रतिदिन गरिब बन्दै गएको छ। दलहरूले नेपाललाई
झन् बर्बाद बनाइरहेका छन्। राजनीतिक अस्थिरताले नेपालको भविष्य अन्यौलपूर्ण
देखिएको छ। राजनीति नै भ्रष्टाचारमा डुबेकाले देश भ्रष्टाचारमा डुबेको
सबैले अनुभव गरिरहेका छन्। एउटा बलियो व्यक्ति नउदाएसम्म यो अवस्था
सुधि्रने देखिादैन।