khoikkhoik
More by khoikkhoik
What people are reading
Subscribers
Please log in to subscribe to khoikkhoik's postings.
:: Subscribe
|
[VIEWED 1965
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
khoikkhoik
Please log in to subscribe to khoikkhoik's postings.
Posted on 12-21-10 8:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सशस्त्र संघर्षको रणनीतिसहित मन्त्रीले बनाए छुट्टै संगठनकाठमाडौं, पुस ६ - भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहले मधेसमा सशस्त्र संघर्षको रणनीतिसहित नयाँ संगठन निर्माण गरेका छन् । संगठनबारे छिट्टै घोषणा गर्ने शाहले जानकारी दिए । शाहको नेतृत्वमा गठित 'मधेस क्रान्ति फोरम'ले मधेसमा चेतना अभियान सुरु गर्दै परिआए सशस्त्र संघर्षसमेत गर्ने उनले बताए । साहले आफ्नो संगठन सामाजिक प्रकृतिको भएकोसमेत जानकारी दिए । 'यो राजनीतिक संगठन होइन,' मंगलबार साँझ इकान्तिपुरसित उनले भने, 'यसले मधेसमा सचेतना अभियान संचालन गर्ने र अधिकारका लागि परिआए सशस्त्र संघर्षसमेत गर्छ ।'
साह माधवकुमार नेपाल नेतृत्वको सरकार गठन हुँदा मधेसी जनअधिकार फोरमबाट टुक्रिएको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक केन्द्रीय सदस्य हुन् । शाह मधेसी जनअधिकार फोरमबाट संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन् । साहले आफूले बनाएको नयाँ संगठन फोरम लोकतान्त्रिकबाट भने विभाजित नभएको बताए । 'यो राजनीतिक उदेश्य बोकेको नयाँ सामाजिक संगठन हो,' उनले भने, 'यो संगठन टुक्रिएर, चोइटिएर बनेको संगठन होइन, यसमा जुनसुकै राजनीतिक दलका युवाहरु सहभागी हुन सक्छन् । मधेसका दलहरुले मधेसलाई भँजाउनेमात्र काम गरेको आरोप लगाउँदै उनले अहिलेका मधेसवादी दलहरुबाट मधेस मुक्ति सम्भव नभएको दाबी गरे । 'लोकतान्त्रिक फोरमबाट पनि त्यो सम्भव नदेखेपछि नयाँ दल खोल्न बाध्य भएँ,' उनले भने ।
शाह नेतृत्वको नयाँ संगठनले सोमबार र मंगलबार राजधानीको एक होटलमा भेलाको आयोजना गरेको छ । भेलाले संगठनका कार्यविधि तथा संरचनालाई अन्तिम रुप दिएको छ । पदाधिकारीलगायतको टुंगो भने छिट्टै लाग्ने उनले बताए । साहले नयाँ संगठन खोलेबापत आफ्नो दलले गर्ने जुनसुकै कारबाही भोग्न तयार रहेको बताए । 'बलिदान नै तयार भएर हामीले संगठन निर्माण गरेका छौं,' उनले भने, 'जस्तोसुकै कारबाही नभोग्ने त कुरै भएन, कारबाहीको अर्थ पनि छैन ।'
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
श्राद्द |
TPS Re-registration |
सेक्सी कविता - पार्ट २ |
What are your first memories of when Nepal Television Began? |
पाप न साप घोप्टो पारि थाप !! |
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग |
निगुरो थाहा छ ?? |
ChatSansar.com Naya Nepal Chat |
TPS Re-registration case still pending .. |
Lets play Antakshari........... |
What Happened to Dual Citizenship Bill |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
is Rato Bangala school cheating? |
मेरो अम्रिका यात्रा -२ |
Do nepalese really need TPS? |
कता जादै छ नेपाली समाज ?? |
susta manasthiti lai ke bhanchan english ma? |
कृष्ण नै अन्तिम सत्य |
|
Nas and The Bokas: Coming to a Night Club near you |
राजदरबार हत्या काण्ड बारे.... |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
is Rato Bangala school cheating? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|