मेलम्चि विवादमा माओबादि मन्त्रीका अपरिपक्व निर्णयशैलि देख्दा मैले माओबादि नेताहरु मानसिक रोगि हुन सक्ने तर्क र कारण प्रस्तूत गरेको थिए । हेर्नुहोस
http://light.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=21&PageNum=2&forum=2&threadid=45562#434373 र
http://light.sajha.com/sajha/html/openthreadall.cfm?forum=2&ThreadID=47389 तर यो कुरोलाइ धेरैले हलुका रुपमा लिए जस्तो लाग्यो । अथवा विश्वास लागेन होला शायद । नेपाली समाजमा वार भेटरानका मनस्थिति केलाउने हदसम्मको संवेदनशीलता जागेकै छैन जस्तो लाग्छ ।
तर मेरो अनुमानलाइ बल पुर्याउने एउटा न्यूज पिस देखेपछि यो कमेण्ट पोस्ट गर्दैछु । जुलाइ १७को दृष्टी पत्रिकामा प्रकाशित समाचारअनुसार बनमन्त्री मातृका यादबलाइ अनौठो रोग लागेको छ रे । उनलाइ बैककमा उपचार गराउन लग्दा थाइल्याण्डका डाक्टरले रोग पत्ता लगाउन नसकेर मानसिक रोगको उपचार थालेका छन अरे । अर्थात उनको अनौठो रोगको संकेत मानसिक रोग तिर छ, जुन समस्या वार भेटरानहरुमा यत्रतत्र देखिन्छ । हुन त पत्रिकाको कुरा पत्याइहाल्न हतार गर्नु हुदैन, तर राज्यको पैसा खर्च गरेर ब्यक्तिगत उपचार गराउने यी नेताले जनतासामु डाक्टरी रिपोर्टका बारेमा चुइक्क बोल्ने छैनन । डाक्टरी रिपोर्टलाइ पारदर्शी बनायो भने शायद मेरो अनुमान सहि वा गलत के हो थाहा होला ।
तपाईलाई कस्तो लाग्छ ? मर्ने बाँच्ने ठेगान नहुने हदसम्म गुज्रेर लडाइ गरेका मानिसहरु राज्य संचालनका संगीन मामिलाहरुमा पनि उत्कृष्ट निर्णय लिन सक्ने हदसम्मन दिमागी तन्दुरुस्ति साँचेर राख्न समर्थ होलान त ?