[Show all top banners]

harigautam1
Replies to this thread:

More by harigautam1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मैले भाँडा माझेर पढेको हुँ :महाविर
[VIEWED 7830 TIMES]
SAVE! for ease of future access.
Posted on 08-13-07 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वायरलेस प्रविधिबाट दुर्गम हिमाली वस्तीमा इमेल/इन्टरनेट प्रविधि पुर्याएवापत बेलायतको 'ग्लोवल आईडिया बैंक'द्वारा सन् २००४ को 'ओभरअल सोसियल इनोभेसन अवार्ड' बाट सम्मानित पहिलो नेपानी एबं फीलीपीन्स बाट प्रदान गरीने रोमन म्यागासेसे प्राप्त गर्ने चौथो नेपाली महावीर पुनले अमेरीकामा पढ्दा आर्थिक अभाब टार्नको लागी आफ्नो साथी संगै भाँडा माझ्ने गरेको बताएका छन् ।
विक्रम सम्बत २०१४ सालमा म्याग्दीको राम्चे गाविस -२ नाङ्गी गाउँमा जन्मीएका पुन म्यागासेसे पुरस्कार प्राप्त गरेपछी पहिलो पटक गाउँ जाने क्रममा पुनले उक्त कुरा शुक्रबार शाँझ बेनीमा सञ्चारकर्मीलाई बताएका हुन । नाङ्गी सदरमुकाम बेनीबाट उत्तरपुर्व करीब ८ घन्टा उकालो हिंडेपछि पुग्न सकिन्छ ।

केहि गर्ने अभिलासा लिएर २०४८ सालमा जन्मथलो नाङ्गी पुगेका पुनको अक्कल सुरुमा गाउँलेले पत्याएनन् । पत्याउन पनि कसरी अमेरिकामा पढेको मान्छे गाउँ फर्केर समाज सेवा गर्ला भन्ने कसैलाई विश्वास नै थिएन । भाङग्रा भिरेको, हाफ पाईन्ट लगाएको र खालिखुट्टामा हिंड्को देख्दा पहिलो पटक देख्नेले उनलाई भेडीगोठालो भन्छन् । तर त्यही ब्यक्ती हो म्यागासेसे बिजेता महाबिर पुन । पुनले म्याग्दीको ४१ गाबिसमै वायरलेस इन्टरनेट पुर्याउने लक्ष्य रहेको समेत बताए र यसको लागी स्थानिय तबरबाट र सरकारी नीकायले सहयोग गर्नु पर्ने धारणा राखेका छन् । साथै म्याग्दी देखि पश्चिम महाकालीको दार्चुला सम्म वायरलेस इन्टरनेट पुर्याउने चाहना अनुरुप दुई महिना अगाडि योजना आयोगमा करीब ४३ करोड ५० लाख बराबरको मास्टर प्लान बनाएर पेस गरीसकेको बताए । सो योजनाको बारेमा सञ्चार मन्त्रालयले अध्ययन सुरु गरीसकेको र सोही योजना अनुसारकै कुरा २४ गते बिहीबार प्रधानमन्त्री संग समेत कुरा राखेको र प्रधानमन्त्रीले योजना आयोगलाई घच्घच्याउने आश्वासन दीएको पुनको धारणा थियो । पुन भन्छन-"योजना आयोगले पैसा छैन भन्दै टाउको कन्याउदै छ तर पैसा चाहि छ एडिबिको कार्यक्रम अन्तरगत ५० मिलीयन रकम छ र दुरसञ्चार बिकास अन्तरगत ८० करोड रकम त्यसै थन्कीएर बसेको छ त्यही रकम प्रयोग गर्नु उचित हुन्छ ।
०५८ सालमा पुनले अमेरिकामा निर्मित १५ सय मिटर 'रेञ्ज' मा मात्र प्रयोग गर्न सकिने वायरलेस इथरनेट कार्डलाई गाउँमा ल्याई स्थानिय शिपको सहायताले संसार मै पहिलो पटक करिब ८० किलोमिटर दुरीमा रहेको मोहरे स्थित हिमाली वस्तीमा वायरलेस प्रविधिबाट इमेल/जोड्न सफल भए । यसको लागी पुनले विभिन्न डाँडाहरुमा टेलिभिजनका डिसएन्टेना, स्थानिय गाउँमा फालिएका सिलट र स्टिलका सामाग्रीहरुको प्रयोगमा ल्याएका छन् । पुनले वाएरलेस प्रबिधीको लागी ठुलो लगानी र बिदेशि दाता एबं प्राबीधीकको मुख ताक्न नपर्ने बताए । उनले स्थानीय श्रोत र साधनको प्रयोगलाई नै प्रोत्साहन गर्दै आएको धारणा राखेका छन । नेपालमा केही समय पहिला सम्म आई एस पी सेबाको अनुमती पत्रको लागी करीब १५ लाख तिर्नु पर्ने गरेको भएता पनी भारतमा एक रुपैयामा सो सुविधा उपलब्ध गराइएको र सोही अनुरुप प्रयास गरे पछि एक बर्षपहील्यै एक सय रुपैयाँमा अनुमती पत्र पाउन सकिने कानुनी मान्यता बनीसकेको पुनले बताए ।

पुनकै प्रयासमा मकवानपुर जिबिस र गाबिसको आर्थिक सहयोगमा आई एस पी खडागरी गाउँ गाँउमा इन्टरनेट सेबा बिस्तार गर्न लागीयको हो । "गाबिस र जिबिसले सहयोग गरेमा यो कार्य गर्न कुनै कठीनाई नहुने समेत धारण राखेका थिए । साथै सरकार र गाबिस जिबिसले सहयोग नगरेमा पनी म्याग्दीको उत्तर काली भेगका गाबिसहरुमा अपलीङक गर्दै जाने बताएका छन । गाबिस तथा जिबिसले सहकार्य गरेमा कुनैपनी जिल्लामा आई.एस.पि खडागरी गाउँ गाउँमा इन्टरनेट सेबा पुर्याउन असम्भब नहुने बताए ।
महाविर पुनको निम्न माध्यामिक विद्यालय तह सम्मको पर्ढाई गाउँमै भएको थियो । ब्रिटिस गोर्खाका लाहुरे बाबुले चितवन जिल्लामा बसाई-सराई गरेपछि उनले त्यहींबाट एस.एल.सी.र अमृत साइन्स क्याम्पसबाट वि.एस्सी पास गरेका हुन् । स्वाभिमानी स्वभावका पुनले १२ वर्षसम्म अध्यापन पेशा गरेका थिए । त्यसपछि अध्यापन पेशा त्यागेर अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट शिक्षा विषयमा 'ब्याचलर डिग्री' गरि २०४८ सालमा पुनः गाउँ फर्केका हुन् । पुनले बैदेशिक रोजगारको लागी बीदेशिएका र बिदेशमै बशोबास गर्नेलाइ इङगीत गर्दै भने-"बीदेशमा बस्नेहरु तीमीहरुको इच्छा बिदेशमै बस्ने छ भने बस केहि फरक पर्दैन तर नेपाललाई मायाँ नमार ।" उनी थप्छन "बिदेशमा बसेर कम काम हुने नेपालमा बसे बढी काम हुने होइन बिदेश भनेको केहि टाढाको कुरा होइन मात्र १ २ दीनको कुरा हो आउन पनी सकिन्छ,
more www.cyberbeni.com

 
Posted on 08-13-07 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

second
www.cyberbeni.com

 
Posted on 08-13-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Mahabir Pun of Myagdi bags prestigious Magsaysay award:-

Mahabir Pun: 2007 Ramon Magsaysay Awardee for Community Leadership.
Mahabir Pun of Myagdi, western Nepal, has bagged the prestigious Raman Magsaysay Awards, for Community Leadership.

The Board of Trustees of the Ramon Magsaysay Award Foundation (RMAF) Tuesday announced that seven Asians bagged this year's Raman Magsaysay Awards, the Asian Equivalent of Nobel Prize.

Pun is among three Chinese, a Korean, an Indian and a Pilipino to receive the coveted award.

According to the RMAF, Pun, 52, is “recognised for his innovative application of wireless computer technology in Nepal, bringing progress to remote mountain areas by connecting his village to the global village”.

Pun is the fourth Nepali to receive the Magsaysay award. He will receive the award amid a ceremony in Manila on August 31.

Here is Pun's profile:
Nangi Village, where Mahabir Pun was born, rests high in the Himalayan foothills of western Nepal. Here and in surrounding Myagdi District live the Pun Magar, whose men have soldiered for generations across the globe as Gurkhas. Yet, their worldly careers have done little to change their sleepy homeland, so far from the traffic patterns that knit together the rest of the world. Indeed, Nangi is seven hours' hard climb from the nearest road. No telephone lines have ever reached it. Despite this, these days the people of Nangi are definitely connected to the world outside. Wireless Internet technology has made this possible. Mahabir Pun has made it happen.
Pun passed his boyhood grazing cattle and sheep in mountain pastures and attending a village school that had no paper or pencils or books. Wanting more for his son, Pun's father moved the family to Nepal's lowlands, where, in Chitwan, Pun finished high school and became a teacher, working for twelve years to help his younger siblings through school. Finally, a timely scholarship led him to a bachelor's degree at the University of Nebraska at Kearney. Then, in 1992, after more than twenty years away, Pun returned home to Nangi, determined to make things easier for other youths than they had been for him.

Nangi's leaders were busy establishing a village high school. Pun eagerly joined in. Once a month, he made the two-day trip to the nearest major town of Pokhara to check his e-mail and maintain his links to friends abroad. This led, in 1997, to the donation of four used computers from Australia. Powering them with hydro generators in a nearby stream, Pun began teaching computer classes at the high school. More computers followed, but it proved impossible to get a telephone connection to Pokhara and the Internet.

Pun e-mailed the British Broadcasting Corporation, asking for ideas. In 2001, the BBC publicized his dilemma and within a year volunteers from Europe and the United States were helping him rig a wireless connection between Nangi and the neighboring village of Ramche, using TV dish antennas mounted in trees. Some small grants soon led to the construction of improvised mountaintop relay stations and a link to Pokhara. By 2003, Nangi was online.

As word of Pun's project bounced around the World Wide Web, backpacking volunteers carried more and more donated computers, parts, and equipment into the hills. Meanwhile, Pun expanded the wireless network to embrace twelve villages-distributing a hundred computers to local schools, connecting them to the Internet, teaching teachers how to use them, and then tinkering and troubleshooting until everything worked.
Today, connectivity is changing Myagdi. Using the district's "tele-teaching" network, good teachers in one school now instruct students in others. Doctorless villagers use Wi-Fi to consult specialists in Pokhara. Village students surf the Net and are learning globe-savvy skills. Pun himself is using the Web to e-market local products such as honey, teas, and jams and to draw paying trekkers to campsites that he has outfitted with solar-powered hot showers. In parallel projects, villagers in Nangi have themselves added a library, a health clinic, and new classrooms for the high school.

Pun, now fifty-two, is both self-effacing and charismatic. "I'm not in charge of anything," he says. Yet, he seems to be the driving force of much around him. Eventually, he says, the people of Myagdi District will have to carry on for themselves. In the meantime, he hopes to play his unique role indefinitely. "As long as I can walk," Pun says happily, "I can do this."
In electing Mahabir Pun to receive the 2007 Ramon Magsaysay Award for Community Leadership, the board of trustees recognizes his innovative application of wireless computer technology in Nepal, bringing progress to remote mountain areas by connecting his village to the global village.

(Source: Ramon Magsaysay Award Foundation)

nepalnews.com mk/ia July 31 07

source:

http://www.nepalnews.com/ archive/2007/jul/jul31/ne ws12.php

 
Posted on 08-13-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
Mahabir Pun (magar) and his social developemnt project profile:

Who is Mahabir Pun (magar)?

http://rip.physics.unk.edu/nepal/


Mahabir Pun's projec start:

http://news.bbc.co.uk/2/h i/science/nature/1615454. stm



Mahabir Pun (magar)'s Wireless project Nepal:

http://www.nepalwireless.net/



His project paper:

http://www.himanchal.org/ wiki/images/6/60/NepalWir elessReport-August-2006.p df



Mahabir Pun (magar) in his Wireless village:

http://news.bbc.co.uk/2/hi/technology/3744075.stm

.
Mahabir in his village
.

 
Posted on 08-13-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He has just been like "Ghasi" which Bhanubhakta met in his life...., really a praise worthy person.... pride of our Nation
 
Posted on 08-14-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

."Raman Magsaysay Awards" is the Asian Equivalent of Nobel Prize.


It is the great Nepal National Pride.

source:

http://www.rmaf.org.ph/

.

 
Posted on 08-14-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i want to see the wireless village
kohi sanga cha pic?
 
Posted on 08-14-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

want to see the wireless village
kohi sanga cha pic?

----------

Google man google....

you must be sitting on an optical backbone and he is fighting against hills and mountains to get few Mbps links...
still you didn't find his efforts and pictures
 
Posted on 08-16-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महावीरलाई आफ्नै गाउँमा सम्मान:-

August 13th, 2007 एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, अगष्ट १३ -

रामोन म्यागासेसे अवार्डद्वारा पुरस्कृत म्याग्दीका महावीर पुनलाई उनी जन्मिएकै गाउँमा अभिनन्दन गरिएको छ।
जिल्लाको राम्चे गाविस नागीमा जन्मेका महावीरलाई हिमाञ्चल उच्च मावि नागीले अभिनन्दन गरेको हो।

पुरस्कृत पुनलाई राम्चे गाविसका वयोवृद्धद्वय ८७ वर्षीया मनु फगामी र ८६ वर्षीया मनु पूर्जाले फूलमाला र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रम पुनले आफूले कुनै पुरस्कार र सम्मानको आशाले सेवा नगरी देश र आफ्नो थलोको विकास गर्नका लागि काम गरिरहेको बताउँदै अझ धेरै काम गर्न बाँकी छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार विजेता महावीर पुन सम्मानित:-

एचकेनेपाल डट कम काठमाडौँ सम्वाददाता, अगष्ट 4 -
नेपाल मगर विद्यार्थी संघ नेपालले शनिवार एक समारोहबीच महावीर पुनलाई सम्मान गरेको छ। मगर परम्परा अनुसार सेतो फेटा गुथाएर पुनलाई सम्मान गर्दै उनले शुरू गरेको ताररहित कम्प्यूटर प्रणालीको स्थापना र विकासको लागि सराहना गरेको छ।

हालै अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार पाउने व्यक्तित्वका रूपमा घोषित पुनलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। सोही कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बराल मगर र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव लोकबहादुर थापा मगरलाई पनि संघले सम्मान गरेको छ।

अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार पाउने पुरस्कार पाउँदा पनि खुसी छैनन् महावीर:-

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि, अगष्ट 2 -
आफूले अन्तर्राष्ट्रिय म्यागसेसे पुरस्कार पाउने घोषणा भएपनि पत्रकारहरूसँग भेट हुँदा महावीर पुन त्यति धेरै खुसी देखिनुभएको छैन।

नेपालका गाउँ गाउँमा इमेल र इन्टरनेट आवश्यक रहेको बताउनुहुने पुनले आज चितवनको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पुरस्कार पाएर आफू धेरै खुशी हुन नसकेको बताउँदै भन्नुभयो- “म पुरस्कार पाउँदा खुशी हुने र नपाउँदा खुशी नहुने गर्दिन । पुरस्कार पाउँछु भनेर अहिलेसम्म मैले कहिल्यै काम गरिन ।”

म्याग्दी जिल्लाको विकट गाउँ नागीमा ताररहित कम्प्यूटर प्रणालीको स्थापना र विकास गरेवापत सामुदायिक नेतृत्व विधामा महावीरले ५० हजार अमेरिकी डलर राशीको म्यागसेसे पुरस्कार पाउनुभएको हो ।

पत्रकारसामु पुनले नेपालमा केही गर्न सकिने क्षेत्र प्रशस्त भएको बताउँदै भन्नुभयो - “नयाँ पुस्ताले आफ्नो रुचिको क्षेत्रमा राम्रो काम गरेर देखाउनुपर्दछ ।”

 
Posted on 08-16-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"वायरलेस इन्टरनेट मात्र पुग्दैमा विकास हुन्न"

-महावीर पुन

म्यागसेसे पुरस्कारबाट मलाई सम्मानित गरिएको छ। व्यक्तिगत रुपमा भन्ने हो भने म आफूलाई यही पुरस्कार कै कारण खास फरक पर्ने थिएन। तर अब सबै नेपाली खुसी भएको हेर्दाखेरी खुसी नै छु भन्नुपर्छ।

अहिले जुन वायरलेस इन्टरनेटको चर्चा परिचर्चा भइरहेको छ, वास्तवमा त्यो त अहिले त्यहाँ (म्याग्दीको नांगी गाउँ) लागू भइरहेको योजनाको एउटा भाग मात्र हो। मेरो मुख्य प्राथमिकता त्यो क्षेत्रमा शिक्षाको विकास हो। शिक्षा भन्नाले अ‍ौपचारिक र अनौपचारिक दुवै अनि प्राविधिक पनि। अनि अर्को कुरा आय आर्जन। त्यस क्षेत्रमा कस्तो किसिमको ठाउँ सुहाउँदो आय आर्जन गर्न सकिन्छ भन्ने मेरो मुख्य उद्देश्य हो। त्यसका साथसाथै त्यस क्षेत्रमा कलेज र सकिन्छ भने युनिभर्सिटी पनि स्थापना गर्ने।

यो जुन वायरलेस नेटवर्किङ भन्ने सूचनाको प्रविधि छ, यी सबै कार्यक्रमको एउटा कम्पोनेन्ट मात्रै हो। अ‍ौपचारिक रुपमा नै भन्ने हो भने पनि यो वायरलेस नेटवर्किङ हिमाञ्चल उच्च माविले सञ्चालन गरेका विभिन्न कार्यक्रम मध्येको एउटा कार्यक्रम मात्रै हो।

म्याग्दीका मानिसहरु पारम्परिक रुपमा लाहुर जाने गर्दथे। लाहुर जाने कुरा त्यहाँको समाजमा प्रतिष्ठाको विषय हुन्थ्यो। लाहुरे बन्यो आर्थिक हिसाबले जीवनको सुनिश्चितता भएको महसूस गर्ने गर्थे उनीहरु। त्यसैले पनि लाहुरे बन्नु भनेको त्यहाँको आकर्षणको विषय हुन्थ्यो। यस्तो परम्परा त्यस क्षेत्रमा धेरै पुस्तासम्म चल्यो। अहिले लाहुरे हुनका लागि भारतीय सरकारले र बेलायती सरकारले कम मात्रामा भर्ती संख्या लिने गरेको हुनाले लाहुरेको विकल्पका रुपमा अहिले अरब जाने, मलेसिया जाने, कोरिया जाने कुरा भइरहेका छन्। त्यस क्षेत्रमा मात्रै हैन, नेपालको जुनसुकै पहाडी इलाकामा पनि अधिकांश युवापुस्ताको त्यस्तै प्रवृत्ति देखिन्छ।
त्यतिबेला मात्रै हैन, लाहुर जाने, विदेश जाने स्थिति अहिलेसम्म पनि त्यही छ। त्यसमा तात्त्विक भिन्नता आउने कुरा छैन। किनभने खासगरी गाउँमा आय आर्जन, रोजगार सिर्जना गर्नुपर्ने हुन्छ त्यसो हुन नदिन। मेरो मुख्य प्राथमिकता नै गाउँमा कसरी रोजगार सिर्जना गर्ने भन्ने रहेको छ।

त्यसका लागि मैले विभिन्न परीक्षण गरेँ। मौरी पालन पनि कोशिश गरेँ। तर त्यो अलि जाडो ठाउँ भएकोले हिउँ पर्ने, तुषारो पर्ने भएकोले मौरीले जति घण्टा काम गर्नुपर्ने हो, त्यति गर्न सकेन। त्यसैले मह उत्पादनमा त्यति सफल भइनँ। तर अरु कार्यक्रमहरु जस्तै चौरीपालन, चिज बनाउने कार्यक्रम, माछा पालन (चीसो पानीमा माछा पाल्ने!) अनि पर्यटकहरुका लागि क्याम्पिङ ग्राउण्ड, हाते कागज बनाउने कार्यक्रम सानो स्तरमा चलिरहेको छ। यसबाट अलिअलि रोजगार त सिर्जना भइरहेको छ, अलिअलि आय पनि भइरहेको छ तर वृहत् स्तरमा सुरु गर्न नसकेको हुनाले त्यतिको भरमा मान्छे बाँच्न सक्ने स्थिति छैन। त्यसैले विदेश जाने जुन ट्रेण्ड हो, त्यो यथावत छ। त्यसको मुख्य कारण त्यही हो।

अभिभावकहरु कसैको पनि आफ्नो छोराछोरी बिग्रियोस् भन्ने चाहना हुँदैन। तर अभिभावकहरुले मात्र बल गरेर हुँदैन, विद्यार्थीहरु आफै पनि जागरुक हुनुपर्छ। त्यसका लागि पढाइको वातावरण सिर्जना गर्नुपर्छ। त्यसका लागि हामीहरुले स्कूलमा पुस्तकालय स्थापना गरेर, कम्प्युटर ल्याब स्थापना गरेर, उनीहरुलाई आवश्यक परेको बेला एक्स्ट्रा कोचिङ क्लास लिने आदि गरेर वातावरण सिर्जना गरिरहेका छौँ। हरेक विद्यार्थीलाई जादूको छडीले छोएर जस्तो एकदम सुनको बनाउन त सकिँदैन। तैपनि पढ्ने विद्यार्थीहरुले राम्रो मौका पाइरहेका छन्।

अबको योजना स्कूलको प्रोजेक्टलाई कसरी अगाडि बढाउने, आय आर्जन कसरी गराउने, अनि मुख्य कुरा प्राविधिक प्रशिक्षण दिलाउने हो। नेपालबाट विदेश जानेहरु अधिकांश कुल्ली काम गर्न जाने गर्छन्। यहाँ केही न केही रुपमा गाउँमा प्राविधिक प्रशिक्षण दिन सकिए दक्ष कामदारहरु जाने थिए। त्यसै भनेर मैले केही ठाउँमा यस्तो सुरु पनि गरेको छु। तर अ‍ौपचारिक रुपमा भने गर्न सकेको छैन। हामीले जति ध्यान अ‍ौपचारिक शिक्षालाई दिने गर्छौँ, त्यति प्राविधिक शिक्षालाई पनि दिनुपर्छ। ताकि विदेश गएर सीपमूलक काम गर्न सकून्, अलि बढी पैसा कमाउन सकून्।

मैले धेरै ठाउँमा भनिसकेको छु। मैले पढ्ने भनेको त्यस्तो जमाना हो, जतिबेला स्कूलको महत्त्व त्यति थिएन। छ्यासछ्यास्ती स्कूलहरु पनि थिएनन्। त्यो जमानामा हाम्रा बाबाले चाहिँ के भन्नुहुन्थ्यो भने स्कूल पढ्नु पर्छ, स्कूल पढ्यो भने ठूलो मान्छे भइन्छ। उहाँले स्कूल पढाउन जोड गर्नुहुन्थ्यो। म अझैसम्म सम्झन्छु-त्यतिबेलाका मेरा साथीहरु प्रायजसो लाहुरे छन्। शायद त्यही भएर होला अरुको बाबाले चाहिँ उनीहरुलाई जोड गरेनन् होला स्कूल जानलाई, मेरो बाबाले चाहिँ मलाई स्कूल जानलाई जोड गर्नुभयो। मलाई अध्ययन गराउन जोड दिने बाबा नै हुनुहुन्छ।

मैले सात कक्षासम्म गाउँ कै स्कूलमा अध्ययन गरेको हुँ। त्यतिबेलाको स्कूललाई स्कूल पनि के भन्ने र। अ‍ौपचारिक शिक्षा जस्तो पनि थिएन। पेन्सन पाएका लाहुरेहरुले यसो केटाकेटीहरुलाई जम्मा गरेर दुई चार अक्षर पढाउँथे। त्यस्तै स्कूलबाट मेरो शिक्षा प्रारम्भ भएको हो।

म पढ्दा पनि त्यहाँ सात कक्षासम्म मात्रै थियो र म २२- २३ वर्षपछि फर्कँदा पनि सातै कक्षासम्म मात्रै थियो। त्यसैलाई अपग्रेड बनाएर आठ क्लाससम्म बनाइयो। आठबाट नौ, दस र हाइस्कूल भयो। अहिले चाहिँ १२ क्लाससम्मको बनाइएको छ। अनि भविष्यको योजना चाहिँ त्यसलाई कलेज बनाउने हो।

प्रस्तुतिः उमेश
(साथी कृष्ण ढुंगाना र मसित भएको कुराकानीमा आधारित)
साथी उमेशको ब्लग मेरोसंसारबाट साभार

source:

http://cyberbeni.com/local.php?subaction=showfull&id=1186558886&archive=&start_from=&ucat=4&


http://www.cyberbeni.com/index.php

.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters