[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

somewhereondearth
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 दशैँ र गाऊँका स्म्रितीहरु
[VIEWED 7932 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तल्लो टाहारमा अनौ समाउदा,
मेरो दाई सम्झनुहुँदो हो,
मैले हालेका बिऊहरु!

अँगेनाभरि ढोडको हुर्हुरे बाल्दा,
मेरी बहिनी सम्झँदि हुन्,
मैले पोलेका सुठुनीहरु!

घरपछाडिको तामा फब्ल्याटाऊदा,
मेरो बुबा सम्झ्नु हुँदो हो,
मैले काडेका चोयाहरु!

सकिनसकी ढिँडो मस्काऊदा,
मेरी आमा सम्झँदि हुन्,
मैले कोरेका कुँडेहरु!

असरल्ल स्म्रितिका घ्याम्पाहरु,
म कुन चाहिं पहिला फोडौं,
कुन् चहिं पछि?

मेरो रातमाटे उस्तै रातो होला,
म पहेँल्ली सकेँ;
मेरो चिसापानी उस्तै चिसो होला,
म सुख्खा भइसकेँ।

मेरो केराघारी,
घरीका घरी उपहारहरु बोकेर
मेरो प्रतिक्ष्या गर्दो हो;
मेरो आरुवारी,
लटरम्म कोसेलीहरु बोकेर
मेरो बाटो हेर्दो हो।

भाग्यको पखावारीमा
कर्मको तुईन तान्दा तान्दा,
म त बेफुर्स्दी बनेछु।

न ढिंडो, न गुन्द्रुक्,
न ढोड, न हुर्हुरे;
न मकैको बिऊ,
न हाँडीको घान्;
न चित्राको चोया,
न छारीको फरिको।

म त अल्मलिएछु,
कन्क्रिट्का जंगलहरुमा;
तथाकथित् पुस्तकहरुसंग,
संग्धिग्न सपनाहरुसंग।

छ्यास्छ्यास्ती काँडाहरु बिझेका छन्,
सुँगुरेका;
तनभरि - मनभरि,
गाऊँ छोड्दाका।

मेरो सानो घर, मेरो सानो सन्सार,
मेरी प्यारी आमा, दाजु, बहिनि, वावा।

त्यो चुलो - त्यो पँधेरी,
त्यो गोरेटो - त्यो अँधेरी;
त्यो ओदान् - त्यो चुलेसी,
त्यो आँगन् - त्यो वलेसी;
त्यो दलान् - त्यो सँघार्,
त्यो मतान् - त्यो जँघार्।

त्यो गोठ, मेरो सिन्धुरे गोरु,
त्यो खोर, मेरो घोर्ले खसी;
पारी डुँडको खेत,मैले लगाएका आलीहरु;
चिलाउनेको हलो,मैले ठोकेका फालीहरु।

अवत असह्य भयो;
म अरु सक्दिन
मेरा अस्थित्वहरुलाई उसिनिरहन।

असुरोको पातमा केराको घरी पकाउँदै गरे आमा,
हाटमा आएको रोज्जा चाहिँ खसी किनिराखे वावा।

मेरो लट्टाईमा धागो र माड लगाईदिराखे दाजु,
मेरो मादलमा असली खोरी हालिदिराखे दाजु।

मेरो खाट्मा दिङ्लाको राडी ओछ्याइदिराखे बहिनि,
मेरो ठेकीमा एकराते दहि जमाईदिराखे भाउजु।

सारा अप्ठ्याराहरुलाई पाईतालाले कुल्चेर,
तपाईँहरुको प्यारो सनोकान्छो,
यसपाली त फुत्त फुत्त उफ्रदै हुनेछ,
पाख्रिवासको ओरालोमा;
दशैँको टीका, जमरा र आसीश थाप्न।

 
Posted on 08-28-07 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SurnaTal, good one.
Langauge Alkiati Prithivi narayan ke pala ko chha ni hajur?

Swarga vanda sundar chha, hamro pyaro ghar
madir jhai pabitra chha, मेरो सानो घर

mandina saram-2, sur na tal ko kabita maile k garam
garnu garyau surnatal, kabita lekhera, ....
 
Posted on 08-29-07 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sarai ramro and natural Poem.

malai ta padhera runa man lageo .Promise...ma ni janchu aba Dasai ma..sarai bhayo.


Appriciated SNT ji


Thanks
Sate
 
Posted on 08-29-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

too good ... thank you!
 
Posted on 08-29-07 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jwai Sap धन्यबाद्। खै भाषा त आजकलकै प्रयोग् गर्न खोजेको हुम्, के चाल् भयो कुन्नि, प्रिथ्भी नरायणको पालाको हुन गएछ।

केहि बिगार् पुगेको भए माफ् पाम्। गीत् चाहिन् राम्रा छन्।

SateLite, कबिता मन् पराईदिनु भएको मा धन्यबाद्। यदि साच्चिकै रुलाएको भय क्ष्यमा चाहन्छु। तपाईँको जस्तो मिलाएर लेख्न त आउन्न, तर रहर् लाग्छ। रातो कोट वाला कथा खुब् मन् पर्या थियो।

सिरिश् गुरु, हजुर् को reply पाउनु मेरो लागि ठुलो हौसला हुन्छ। धन्यबाद्।

raascal जि, धेरै धेरै धन्यबाद्।
 
Posted on 03-12-14 1:36 PM     [Snapshot: 2227]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कत्ति मिठो कविता र ठेट नेपाली शब्दहरुले त कवितालाइ सोह्र सृंगारले छोपी दिएको छ .... कहाँ गए यस्ता कविता हरु ...... धन्यवाद सुन्तले दाइ ....

फेरी पनि पो लेख्ने कि ?? 

- थाहा छैन 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters