[Show all top banners]

gahugoro
Replies to this thread:

More by gahugoro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Heroes of Nepal
[VIEWED 1478 TIMES]
SAVE! for ease of future access.
Posted on 09-18-07 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhairav Risal

I used to listen to him in radio bachan in sagarmatha, but didn't know he has contributed so much and is of such age. My salutations!


मृत्युपछिका योजना
- यज्ञश
असी वर्षे भैरव रिसालको आफ्नै खाले दैनिकी छ । पूर्वीय हिन्दू जीवनदर्शनअनुसार सन्यास धारण गर्नुपर्ने उमेरमा उनी सहरका प्रायः युवाभन्दा बढी सक्रिय छन् र काठमाडौंदेखि दुगम पहाडका सडक, गल्ली र उकालीओरालीमा लखरलखर हिडेका भेटिन्छन् । भनिन्छ, असी काटेको मानिस कि त वृद्ध हुन्छ, कि बालक । तर, बुढेसकालमा पनि आफूलाई दाइ भनेको रुचाउने भैरव 'असीवर्षो युवा पत्रकार' का रूपमा चिनिन्छन् । तपार्इंलाई अचम्म लाग्ला, भैरव दाइसग मृत्युको पनि एउटा योजना छ र मृत्युपछिको 'जीवन' को पनि योजना छन् ।
मृत्युपछिको जीवन अर्थात् लाशको 'आयु' सामान्यतः लामो हुदैन । मान्छे मरेपछि कि जलाइन्छ कि पोलिन्छ वा कुनै अर्को विधिद्वारा अन्तिम संस्कार गरिन्छ । जिउदोमा हाईहाई भएको मानिसलाई पनि मरेपछि धेरै 'बाच्न' दिइन्न, काम तमाम गरिहालिन्छ । तर, भैरव दाइसग मृत्युपछि आफ्नो शवलाई के गर्ने भन्ने पनि योजना छ । उनको योजनामा न उनको शव जलाइनेछ, न गाडिने, बरू यो त चिरफार गरिनेछ । र, चिरफार गर्ने काम गर्नेछन् भावी डाक्टरले । उनको शव मेडिकल साइन्सका विद्यार्थीका लागि प्रयोगशाला बन्नेछ । यो उनको योजना मात्र होइन यसका लागि उनले ठोस कदम उठाएका पनि छन् । भैरव दाइले श्रीमती सुशीलासहित शव दान गरिसकेका छन् ।

उनका एकजना मित्र वासुदेव शर्मा तुफानले तिब्बतमा महावाणिज्य दूत हुदा तिब्बती परम्पराअनुसार शव टुक्राटुक्रा पारेर गिद्धलाई खुवाएको देखे । नेपाल फर्केपछि भैरव रिसालसमेत भएर शवदानको घोषणा गरे । शवदान गर्ने इच्छा जागेपछि कसरी गर्ने भन्ने खोजी गरे । 'टिचिङ हस्पिटललाई शवदान गर्ने भनेर गएको त कानुन छैन, मिल्दैन भन्यो ।' शवदान गर्न नमिल्ने हस्पिटलले बताएपछि उनी तीन छक्क परे । 'पछि मैले थाहा पाए, हस्पिटलहरुले बेवारिसे लाश पढाइमा प्रयोग गर्दा रहेछन्, नपुग्ने लाश भारतबाट ल्याइदोरहेछ ।' एउटा लाशको २५ हजार पर्ने र यसमा पनि कमिसनको खेल भएको उनले पछि थाहा पाए । 'मलाई लाग्यो हामी त लाशमा पनि आत्मनिर्भर रहेनछौ ।' यो थाहा पाएपछि त उनी अरू नै हस्पिटलमा भए पनि शवदान गर्ने नै निधोमा पुगे । 'अहिले एउटा शिक्षण अस्पतालले लिन्छु भनेको छ, तर नाम बताउन मिल्दैन'- उनी भन्छन् ।

उनको योजनाअनुसार मृत्युपछि उनको शव शिक्षण अस्पतालमा चिरफारमा प्रयोग हुनेछ । 'आखाजस्ता प्रत्यारोपण हुन सक्ने अङ्गहरु भने प्रत्यारोपण हुनेछन्'- यो पनि एउटा योजना हो । 'हड्डी भने अन्य अध्ययनका लागि तुन्द्रुङ झुन्ड्याएर 'कोर्स बुक' जसरी राखियोस्'- यो अर्को योजना हो । जिउदै मानिस गएर शवदान गर्छुन्दा कानुन छैन भन्ने मुलुकमा पछि झनै समस्या हुन सक्ने देखेर उनले आफ्नो गाविस र परिवारको शवदानमा स्वीकृतिको कागज पनि बनाइसकेका छन् । यो पनि अर्को व्यवस्थित योजना हो, जो 'मृत्युपछिको जीवन' प्रति समर्पित छ । तर, उनलाई मरेपछि नाम रहला भन्ने तृष्णा चाहि छैन, भन्छन्- 'म नै नरहेपछि मेरो
नामको के अर्थ -'

'यो उमेरमा मान्छेलाई मृत्युको भय हुन्छ भन्छन्, मलाई छैन'- उनी भन्छन् । जीवनप्रतिको अगाध मोहले मानिस बाचिरहेको हुन्छ र यो जीवन सुन्दर लाग्दछ । जीवनप्रतिको पे्रमले गर्दा नै मानिसलाई मृत्युको भय हुन्छ । तर, भैरव दाइलाई यो समस्या छैन । 'जन्म अनिश्चित छ, तर मृत्यु निश्चित छ, त्यसैले यसबाट डराउनु हुदैन'- यो उनको जीवनको निष्कर्षहो । उनलाई रवीन्द्रनाथ टैगोरको 'नया दुलहीसग जस्तै मृत्युसग पनि आलिङ्गनका लागि तयार रहनुपर्छ' भन्ने भावको कविता बारम्बार सम्झना भइरहन्छ । 'जति बाचौ पूण बाचौ, शरीरले पूरै काम गर्नेगरी बाचौं, कान नसुन्ने, आखा नदेख्ने भएर बाच्नु नपरोस्, आंशिक बचाइ मलाई मञ्जुर छैन'- यो योजनाभन्दा बढी रहर हो । भन्छन्- 'वेदमा भनिएको छ, कोही सय वर्षबाचोस् तर सुनेर, हिडेर बाचोस्'- यो उनको पनि दर्शन हो ।

मर्नु नै पर्ने भएपछि उनले मरणका विषयमा पनि योजना बनाएका छन् । उनले कतिपटक सपनामा आफू मरेको देखेका पनि छन् । र, कसरी मर्ने भन्ने विषयमा कल्पना पनि उनले गरेका छन् । 'म थाहै नपाई भ\mवाट्टै मरिहालू भन्ने चाहन्छु ।' उनीसँग यसरी हिँड्दा-हिँड्दै वा भाषण गर्दागर्दै मरेकाहरुको सूची पनि छ । 'अरूलाई दुःख नदिई आरामसग मर्न पाए हुन्थ्यो, यदि थला नै परेर मर्ने भइयो भने पनि भेट्न आउनेलाई हासेर स्वागत गर्न सकौँ'- यो एउटा चाहना हो, जसलाई पूरा गर्न भैरव दाइको जस्तो मन र जीवन चाहिन्छ ।
मरेपछि नै सही, कसैले आफ्नो शरीरमा चक्कु-छुरी चलाएको कल्पनाले मानिसलाई सिरिङ बनाउछ । तर, भैरव दाइलाई यस्तो लाग्दैन । 'लाशको के माया - लाशको पनि माया गरियो भने त शिवजीजस्तो भइहालियो नि †'- उनी भन्छन् । समाजमा चलिरहेको मृत्यु संस्कारमा उनलाई केही भन्नु छैन । 'तर, मेरो काजकिरियाजस्ता संस्कार नहोस् भन्ने चाहन्छु, बरु त्यो पैसा कुनै शिक्षण संस्थालाई दिइयोस् ।' उनलाई बीपी कोइरालाले पनि बाबुको परम्परागत अन्तिम संस्कार नगरेको र उनको पनि नभएको याद छ । हिन्दू संस्कार विधिअनुसार निश्चित नियम र परिधिभन्दा बाहिर गएर मानिसको शव छोइनु हुदैन । तर, भैरव दाइलाई यसको चिन्ता छैन । भन्छन्- 'म ब्राम्हणको छोरो हु, कति ठाउमा मैले भागवत, पुराण भनेको छु, तर मेरो लाश कसले छुन्छ भन्ने कुनै चिन्ताको विषय होइन ।' उनी उदाहरण पनि दिन्छन्- 'कति राजनीतिक कार्यकर्ताको शवमा नेताले झन्डा ओढाउछन् । तर, यसो गर्दा कसैले जुत्ता खोलेको देखिदैन, यसैले छोएर केही हुदैन ।'

भैरव रिसाल हुनुको महत्त्व एउटा जीवनमा होइन, उनको समाजिक जीवनमा निहीत छ । भैरव दाइ कसैलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठान्दछन् । ब्राम्हणको छोरा अझै भागवत् पाठ गर्ने पण्डित भएर पनि उनले महोत्तरीका मुसहरलाई सुगुरका पाठा दिएका छन् । 'यसमा म कुन जातको भन्ने सवालै हुदैन, यो त मान्छे हुने कुरा हो'- उनको प्रष्ट बुझाइ छ । बढ्दो स्वार्थका कारण मान्छेबाहेक अरू सबै नाम दिन सकिने मान्छेको जमातमा उनी मान्छेलाई मान्छे बन्न सिकाइरहेका छन् । काठमाडौंमा बसेर हुम्लामा बत्ती बाल्न होस् वा चेपाङलाई रेडियो बाडन होस्, विपत्तिमा परी अभिभावक गुमाएका बालिकाका लागि स्कुलको फिस उठाउने होस्, भैरव रिसाल नामको 'मान्छे' हमेसा अग्रसर रहन्छ ।

मन असल हुनका लागि मानिसको शरीर पनि स्वस्थ रहनु जरुरी हुन्छ । असी वर्षो 'हरि भजन' गाउने उमेरमा 'हुम्लामा उज्यालो' भनेर कुद्न सबैले सक्दैनन् । विपन्न र गरिबका लागि भैरव रिसाल एक्लै ठूला एनजिओभन्दा ठूलो दाता हुन् । अहिलेसम्म उनले व्यक्तिगत सहयोग उठाएर करिब तीस लाख बाडिसकेका छन् । देशका पचहत्तरै जिल्ला पुग्ने पहिलो पत्रकारका रूपमा पनि उनको महत्त्व छ । आफैमा एउटा सहयोग निकाय बनिसकेका भैरव दाइ जहिले पनि छ/सातवटा सहयोग कार्यक्रममा सहभागी भइरहन्छन् । 'मेरो सहयोग व्यक्तिगतरूपमा हुन्छ, मैले कसैसग लिदा पनि कुनै कागज गर्दिन र दिदा पनि गर्दिन'- अहिलेसम्म कसैले उठाएको पैसा खायो या दिएन भनेर उनलाई भनेका छैनन् । 'मलाई विश्वासै गरेका छन् भन्ने लाग्छ'- उनी भन्छन् ।

उनको निकै चर्चित कार्यक्रम हो हुम्लामा उज्यालो । कर्णालीको विकासमा कोही पनि खासै गम्भीर भएको नपाएपछि कम्तीमा उज्यालोमा बस्न पाउनु सहरको मात्रै होइन, त्यहाका मानिसको पनि हक हो भन्ने लागेर उनले यो अभियान सुरु गरे । यो कार्यक्रमका लागि उनले अहिलेसम्म २१ लाख १२ हजार उठाए र थुप्रै घरमा बत्ती पुर्‍याए । 'यो कार्यक्रममा हामीले एकजनासग चार हजार जति उठायौ तर कसैले १० हजारसम्म पनि दिए'- उनी भन्छन् । अहिले यो कार्यक्रम सरकारले चलाएको छ, नौ जिल्लामा कर्णाली उज्यालो भनेर ।
यस्तै, उनको अर्को सहयोग कार्यक्रम हो 'बुहारी छात्रवृत्ति' । ललितपुरको लुभूस्थित महालक्ष्मी क्याम्पसमा हरेक वर्ष११ कक्षाकी एकजना बुहारीलाई यो कार्यक्रमबाट भैरव दाइ छात्रवृत्ति दिन्छन् । 'आइ.आइ.डि. एस. भन्ने संस्थामा काम गर्दा एकजना स्विस नागरिक थोमस एग्लीले जानेबेलामा खाममा चार हजार राखेर छाडेका रहेछन् । त्यसबेला मेरो घर बनिरहेको थियो, त्यो पैसाले १७ बोरा सिमेन्ट आउथ्यो, एक मन त सिमेन्ट किनौ कि जस्तो पनि लाग्यो । तर, छात्रवृत्ति सुरु गरियो । तर, यो विचार मेरो नभएर श्रीकण्ठ शर्माको हो ।' छात्रवृत्तिका लागि उनले आफूले आठ कक्षासम्म पढेको लुभूको स्कुल रोजे । यस्तै, अर्को अन्तलिङ्गे डाडाको स्कुलमा पनि उनले छात्राका लागि पोसाकको व्यवस्था गरे । स्कुलका प्रधानाध्यापकको अनुरोधमा पहिलो वर्षउनले घरबाटै सातजनाका लागि दुइ सयका दरले पोसाकको पैसा उठाए । 'अर्को वर्षत असीजना पुगेछन् । तिनका लागि १६ हजार चाहिने भयो, तर हारगुहार गर्दा २१ हजार उठेछ'- उनी भन्छन् । उनी यस्ता सहयोग कार्यक्रममा नातिनातिनालाई सकेसम्म बढी प्रयोग गर्दछन् । 'अरूको दुःख बाड्नुपर्छ भन्ने कुरा म सिकाउन चाहन्छु'- उनी भन्छन् । उनका आठ कक्षामा पढ्ने नातिले मकवानपुरका तीन विद्यार्थीका लागि पाच सय सहयोग गरे, अरू नातिनातिनाले पनि दुइ/तीन सय सहयोग गरे । बाबु मरेपछि आमा पनि पोइल गएका हाडीखोलाका तीन विद्यार्थीको पढाइको तीन वर्षघि उनले जिम्मा लिएका थिए । 'तिनको दुइ वर्षो १० हजार पठाउनुछ, दुइ हजार पुगेको छैन'- उनी चाडै यो पैसा पठाउने तयारीमा छन् । उनले गर्गसंहितामा विद्यावारिधि गर्नेका लागि पैसा जोडिदिएका छन्, भरतपुरमा सरकारी छात्रवृतिमा डाक्टरी पढ्नेका लागि अरू खर्चको पैसा उठाइदिएका छन् । अन्धा कल्याण संघदेखि इम्प्याक्ट नेपाललगायतका संस्थामा आबद्ध छन् । जहा गरिब र असहाय छन् त्यहा सहयोगका लागि तयार छन् उनी । यसैले भैरव दाइ समाजमा एक नामभन्दा बढी एउटा आदर्शका रूपमा स्थापित छन् ।

अहिले उनमा रेडियोको भूत सवार छ । भन्छन्- 'देशमा संविधानसभाको चुनाव हुन गइरहेको छ, तर कतिले यसको सूचना पाएका छन् -' यो उनको चिन्ता हो, जसले 'सबैका लागि रेडियो' कार्यक्रम जन्मायो । 'एक्काइसौं शताब्दीमा मान्छेले रेडियोको आवाज पनि सुन्न पाएनन् भने तिनको आवाज कसले सुन्छ -'- यो प्रश्न हो सबैका लागि । 'आवधिक हिसाबले संविधानसभाका लागि र दीघकालीन रूपमा स्वास्थ्य र सूचनाका लागि रेडियो आवश्यक छ'- उनको यो रेडियो वितरणको योजना पूवदेखि पश्चिमसम्मको छ । सरदरमा दुइ सय दस रुपैयाको रेडियो किन्नका लागि उनी अहिले सहयोग संकलनमा व्यस्त छन् । प्रत्येक जिल्लामा एक एफएम स्टेसन उनको सपना हो, त्योभन्दा पहिले सबैका घरमा एउटा रेडियो । 'जुम्लामा मात्र ६२ वटा रेडियो किन्ने पैसा उठेको छ, अब म यसलाई देखाएर च्याँखे थाप्ने दाउमा छु'- उनी योजनामा तल्लीन छन् ।

हरेक दिन भैरव दाइ बिहान ५ देखि ५ः३० का बीचमा उठिसक्छन् । नुहाउछन्, भान्सामा र्झछन्, चिया पकाउछन्, तीन ग्लास पानी पिउछन्, रेडियो खोल्छन् र शारीरिक व्यायममा लाग्छन् । दस मिनेट त उनी हरेक दिन टाउकोले टेकेर व्यायम गर्छन् । 'यसले शरीरमा रगतको र्सर्कुलेसन ठीक गर्छ'- व्यायमपछि अलि सेलाएको चिया खान्छन् र अन्य काममा लाग्छन् । एक दिन बिराएर दार्‍ही काट्छन् । एउटा पत्तीले उनी दुइ महिना पुर्‍याउछन् । 'मसग पत्ती उध्याउने साधन छ, सेवेन ओक्लक पत्तीले म प्रायः तीसपटक दार्‍ही काट्छु'- उनी भन्छन् । बिहान रेडियो र अबखारका उनी अम्मली हुन् । 'नसुनी र नपढी सुखै छैन भनेजस्तै भा'छ'- उनी भन्छन् । ८:३० सम्ममा खाना खाइवरी उनी सहरका सडकमा उत्रिसक्छन्, । दिनमा एकपटक वातावरण पत्रकार समूहको कार्यालय आउनु उनको नियमित कार्य हो । बोलाएको कुनै पनि कार्यक्रममा उनी एकपटक पुग्छन् । 'बोलाएको ठाउमा शिष्टताका लागि पनि जानुपर्छ भन्ने मेरो मान्यता हो'- उनी भन्छन् । बेलुकी घर पुग्ने कुनै निश्चित समय छैन, तर 'पौने नौको बिबिसी सुन्न घर पुगिसक्छु'- यो पनि नियमित बानी हो । सहरमा साझ पनि सुरु हुन नपाउदै ८ बजेसम्ममा उनको घरमा रातिको खाना खाइसकिन्छ । खानामा उनलाई दूधघिऊ अति प्रिय छन् । खाना र सुत्नुका बीच दुइ घन्टाको अन्तरले स्वास्थ्यलाई राम्रो गर्छ भन्ने उनको मान्यता छ, यसैले १० बजेमात्र सुत्छन् । बीचको दुइ घन्टा पढ्न लेख्नका लागि छुट्टयाइएको छ । विगत १२ वर्षेखि उनलाई कुनै रोग लागेको छैन । हरेक दिन कम्तीमा तीन किलोमिटर 'डे वाक' गर्ने भैरव दाइ योजनाबद्ध जीवन बाचेका कारण स्वस्थ रहेको बताउछन् । साना काटीका काटीकुटी जम्मा ५० किलोका भैरव दाइले आफ्नो असीवर्षो जोसको रहस्य ठट्यौलीमै खोले 'बिरामी हुन फुर्सदै छैन -'

http://www.nayapatrika.com/midpage.php

 
Posted on 09-19-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters