[Show all top banners]

nepaltrue
Replies to this thread:

More by nepaltrue
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Sujata Koirala and Deuba join Sandalwood smuggling
[VIEWED 4293 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-07 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रहरीले छोडेको रक्तचन्दन फेरि बरामद

ऋषिराम पौड्याल

तातोपानी, कार्तिक २७ - प्रहरीले नियन्त्रणमा लिएर व्यापारीलाई फिर्ता गरेका रक्तचन्दनसहितका दुई गाडी सोमबार तातोपानीस्थित प्रहरीले बरामद गरेको छ । चिनियाँ कूटनीतिक नियोगको नक्कली नम्बरप्लेट प्रयोग गरेर भन्सार हातामा पुर्‍याइएका दुई टोयोटा गाडीलाई सशस्त्रले नियन्त्रणमा लिएर छोडेको थियो । खासा प्रवेश गराउन खोज्दा बरामद गरिएको हो ।

ती गाडीबाट दुई टन रक्तचन्दन फेला परेको थियो । बाहिर कुटनीतिक नम्बर भए पनि भित्रपट्ट िबा५च ३५२३ र बा२च ४८६५ नम्बरका प्लेट राखिएको पाइएको थियो । गाडी चिनियाँु कूटनीतिक नियोगको भए/नभएको अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले बताए । गाडीका चालकहरू दुवै चिनियाँ नागरिकलाई सशस्त्र प्रहरीकै मिलेमतोमा भगाइएको स्थानीय बासिन्दाको आरोप छ । सशस्त्रले गाडी छोडेको थाहा पाएपछि प्रजिअ खरेलले गृह मन्त्रालयमा फोन गरेर आफ्नो आदेश कार्यान्वयन नभएको जानकारी गराएका थिए । प्रजिअ खरेल र जिल्ला प्रहरी कार्यालयका डीएसपी सहकुल थापा राति तातोपानी पुगेका थिए ।

डीएसपी बस्नेतले भने भीड बढ्दै गएको र कूटनीतिक नियोगको नम्बर भएकाले आफूले गाडी नियन्त्रणमा लिन नसकेको बताए । गाडी प्रवेश गराउन सहयोग गर्न तस्करले स्थानीयलाई ६० लाख रुपैयाँ दिएका थिए । उक्त रकम चिनियाँलाई फिर्ता गरिएको छ । उक्त गाडीले कूटनीतिक नम्बर प्रयोग गरेर पटक-पटक चन्दन निकासी गर्दै आएको स्थानीयले बताए । चन्दन चिनियाँ व्यापारीको भएको प्रहरीको दाबी छ ।



 
Posted on 11-13-07 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal true,

What is the source that confirms Sujata and Deuba were involved. One reliable source told me that Prachanda, Madhawa Nepal and their Chinese suprimo were involved in that case.


 
Posted on 11-14-07 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeah nepaltrue, didn't the commies root out entire forests in Western Nepal as per some thread in sajha (which had refs to fallback upon unlike your article above) a few months ago?  Methinks, Prachanday and his cronies are involved in this forest scam/shieett more than any other fugger out there.  BTW, why don't you post something on the commies instead of trying to make love to these shitheads.
 
Posted on 11-14-07 1:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Look at her face....ha ha
 
Posted on 11-14-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वन कार्यालयबाटै ११ टन रक्तचन्दन लुटियो:-

सुबोध गौतम

ललितपुर, कार्तिक २७ - जफत गरी गोदाममा राखिएका एघार टनभन्दा बढी रक्तचन्दन हतियारसहित आएको समूहले सोमबार राति जिल्ला वन कार्यालयबाट लुटेको छ ।

कर्मचारीका अनुसार ट्रकसहित आएको समूहले दुई वन रक्षकलाई नियन्त्रणमा लिई ११ हजार २ सय ४३ केजी रक्तचन्दन लुटेको हो ।

रक्तचन्दनलाई कार्यालय प्रवेश गर्ने मूलढोकासँगैको गोदाममा राखिएको थियो । ढोकामा फलामे साङ्लोमा ताल्चा लगाइएको थियो भने सटरमा दुईवटा ताल्चा लगाइएको थियो । उक्त काठ ट्रकमा लोड गर्न कम्तीमा दुई घन्टा लाग्ने कर्मचारी बताउँछन् ।

कार्यालय सातदोबाटोबाट गोदावरी जाने मूलबाटोसँगै जोडिएको छ । त्यसको एक किलोमिटरभित्र पश्चिममा सातदोबाटो प्रहरी र पूर्वमा हरिसिद्घ िप्रहरी चौकी छ ।

'पेस्तोल देखाई आफूहरूलाई नियन्त्रणमा लिएको र फोनलाइन अवरुद्घ पारेर काठ ट्रकमा लोड गरेको जानकारी सुरक्षाकर्मीले दिएका थिए,' सहायक जिल्ला वन अधिकृत नवीन गिरीले कान्तिपुरसँग भने ।

रक्तचन्दन लुटेर लगेपछि दुई वन रक्षकमध्येका एक लक्ष्मण कार्कीले राति २ः५७ मा आफूलाई जानकारी दिएको उनले बताए ।

'सुरुमा उसले जिल्ला वन अधिकृत प्रकाशनाथ प्याकुरेललाई फोन गरेछ, उहाँको फोन नउठेपछि मलाई गरेको थियो,' गिरीले भने । खत्रीको जानकारीपछि गिरी राति नै प्याकुरेलको घर पुगेका थिए ।

स्रोतका अनुसार रक्तचन्दन लोड गरेर उक्त समूह राति पौने १ बजे घटनास्थलबाट गइसकेको थियो । 'सवा १२ बजेतिर काठ लोड गरिरहेको आवाज सुनिएको थियो । पौने १ बजे ट्रक यहाँबाट गुडिसकेको थियो,' स्रोतले भन्यो । तर वन रक्षक कार्कीले पौने ३ बजेमात्र सहायक अधिकृत गिरीलाई फोन गरेका थिए ।

यसैबीच ललितपुर महानगरीय प्रहरी परिसरले बिहान ६ बजे वन रक्षक कार्कीसहित पूर्णबहादुर ठकुरी र कार्यालयका सवारीचालक रामकृष्ण महर्जनलाई लुटपाटमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएको छ । ठकुरीलाई भने सातदोबाटोस्थित प्रहरी चौकीमा घटनाबारे जानकारी दिन गएका बेला बिहान ४ बजे पक्राउ गरेको हो ।

'घटनामा संलग्न भएको आशंकामा उनीहरूलाई पक्राउ गरेका हौं, अरू पनि पक्राउ पर्ने सम्भावना छ,' परिसर प्रमुख माधवप्रसाद नेपालले भने । वनले घटनाबारे प्रहरीलाई पौने ४ बजे मात्र खबर गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वन कार्यालयले मंगलबार साँझ साढे ३ बजेसम्म पनि प्रहरी परिसरमा घटनासम्बन्धी उजुरी हालेको थिएन । 'मैले घटनाबारे आफ्नो मन्त्रालय र विभागलाई जानकारी गराइसकेको

छु । छानबिन टोली पनि आइसकेको छ । कारबाही पनि त्यसैले गर्छ,' वन अधिकृत प्याकुरेलले भने ।

यसैबीच मन्त्रालयले छानबिन गर्न वन विभागका सहसचिव सूर्यप्रसाद जोशीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ ।

लुटिएकामध्ये १० हजार ८ सय ३० किलो रक्तचन्दन छ महिनाअघि ललितपुरको इमाडोलबाट र ४ सय १३ किलो बाराको पथलैयामा जफत गरी ललितपुरमा ल्याइएको हो ।

आधिकारिक प्रमाणपत्रबिना भारतबाट भित्रिरहेका रक्तचन्दन काठ अरनिको राजमार्गबाट खासा तस्करी भइरहेको छ । तस्करीसँगै राजमार्गमा अवरोध राखेर चन्दन बोकेका कन्टेनरसँग रकम असुल्ने समूह पनि सक्रिय छन् ।

त्यस्ता समूहले कन्टेनर मजदुरलाई धम्क्याएर जाँच गर्ने नाममा रकम असुल्दै आएका छन् । राजमार्गको भक्तपुरदेखि जिरोकिलो, दोलालघाट, कोठे, खाडीचौर, चाकु हुँदै तातोपानीसम्म घरेलु हातहतियार सहितका समूह रकम असुलीमा सक्रिय छन् । यसबाट राजमार्ग असुरक्षित हँुदै गएको गुनासो यातायात व्यवसायी तथा सर्वसाधारणले पटक-पटक गरिरहेका छन् । रक्तचन्दन दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि -साइटिस) को अनुसूची-२ मा सूचीकृत छ । महासन्धिअनुसार यस्तो व्यापार नियन्त्रण गर्न त्यसरी आउने वस्तुको व्यापारलाई दण्ड वा जफत वा दुवै गर्न वा जफत र निकासी गर्ने, राज्यमा फिर्ता गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

बत्तीस वर्षअघि साइटिसको सदस्य राष्ट्र भए पनि वन मन्त्रालयले अहिलेसम्म यससम्बन्धी कानुन बनाएको छैन ।



 
Posted on 11-14-07 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oye haudee timi haudee na bola ta pheri gyanendra ko hal hola..

 
Posted on 11-14-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo shere lai karanta hanera chak sukai dinuparcha yesko, sujata lai nepal yatayat le hanaunu parcha hai........

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters