[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 भारतीय दूतावासले टिको लगाई दिएको मान्छे मात्रै नागरिक समाज हुन्छ
[VIEWED 4126 TIMES]
SAVE! for ease of future access.
Posted on 12-04-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतीय दूतावासले टिको लगाई दिएको मान्छे मात्रै नागरिक समाज हुन्छ - बालकृष्ण न्यौपाने अधिवक्ता

अन्तरिम संविधान फेल भएकै हो त ?

पहिलो कुरा त यो संविधान नै हैन । यो संविधान बनाउने मानिसहरुले नै यसलाई संझौता भन्या छन् । अब यो संविधान नै होइन भने 'फेल' 'पास' को कुरै आएन । संझौताकै आँखाले हेर्दा पनि जुन 'स्किम' ले यो ल्याइएको थियो माओवादीलाई 'बुलेट' बाट 'ब्यालेट' मा ल्याउने 'स्किम' माओवादी पनि 'ब्यालेट' मा आउन तयार देखिएन । माओवादीले 'संसदीय प्रणालीमा हाम्रो विश्वास छैन्' भन्ने सार्वजनिक अभिव्यक्ति दिईसकेपछि सातदलको 'स्किम' पूर्णतया 'फेल' भएको छ ।

---

यो अन्तरिम संविधान थिएन र संझौता मात्र थियो भने त नेपाली जनता विधिको शासनमा हैन एउटा मुर्ख शासन प्रणालीमा बाँचीहरेका थिए भन्ने बुझ्न' पर् यो हैन त ?

हो यो विधिको शासन थिएन । पहिलो कुरा त यसरी कुनै पनि संविधान आउँदै आउँदैन । हो २०४७ सालको संविधान रितपूर्वकको संविधान थियो र त्यही संविधान अन्तर्गत राजाले संसद पुनर्बहाली गरे । नेपालको संविधान २०४७ को रक्षा गर्छ' भन्दै सपथ खाएर निर्वाचन जितेका निर्वाचित सांसदहरुले नै त्यसलाई खारेज गरे । उनीहरुलाई संविधान खारेज गर्ने अधिकार थिएन । यो जम्मै जबजस्ती भैराख्या छ । जब त्यो खारेज नै गर्न मिल्दैन भने र रितपूर्वक मान्ने हो भने ०४७ सालकै संविधान कायम छ । बरु के हो भने जबर्जस्ती लादिएको यो संविधान 'फेल' भैसकेको अवस्थामा फेरि पनि ०४७ सालकै संविधान कायम हुन्छ ।

---

तपाई पनि नेपालको संविधान २०४७ साल पुनर्जिवित गरिन' पर्छ भन्नेमा हुनुहुन्छ हो ?

जब सात दलवालाहरुले माओवादीहरुलाई संसदीय प्रणालीमा ल्याउन जुन बन्दोबस्त गरे माओवादीहरु संसदीय प्रणालीमा नआउने भैसकेपछि योभन्दा बाहेक त अर्को विकल्प नै छैन । देशलाई एउटा कानुन चाहिन्छ र रितपूर्वकको संविधान भनेको ०४७ सालकै संविधान हो अर्को विकल्प नै छैन ।

---

खोइ त तपाई लगाएतका संविधान र कानुनविद्हरुले यस सम्बन्धमा अदालतको ढोका घच्घच्याएनन नि त ?

अहिलेको अदालतको अवस्था इतिहासमै सबभन्दा कमजोर अवस्थाको अदालत छ । ०६३ सालको संविधान अन्तर्गत यो अदालत चलिरहेको छ । मैले अघि नै भने यो संविधान नै हैन र दलहरुको संझौता मात्र हो । यो संझौताभित्र बसेको अदालतको काम नै छैन । यसले कामै गर्न सक्दैन । यहाँ छिरिक्क केही गर् यो भने उनीहरुलाई संसद्मा लगेर जागिरबाट निकाल्दिई हाल्छन् । ०४७ सालको संविधानको जस्तो स्वतन्त्र न्यायपालिका छैन । यसरी बुझ्नुस अन्तरिम संविधान सबैभन्दा तानाशाही संविधान छ । यो संविधानले त बरु सात दलको अर्को निर्दलीय पंचायत पो जन्माइदियो । यो संविधान भन्या त नेपालमा भारतको शासन चल्याछ सातदलभित्रको निर्दल चल्या छ यहाँ दलै छैन । बहुदलीय प्रणालीमा त आ-आफ्ना दलका आ-आफ्ना सिद्धान्त हुन्छन् दलले सिद्धान्त छोड्न मिल्दैन । तर यो संविधानले के गरी दियो भने जम्मै दललाई सात दलको नाममा एउटै दल बनाई दियो र सम्पूर्ण व्यवस्थालाई निर्दलीय बनाइदियो । यसलाई सातदलको निर्दलीय व्यवस्था भन्नुस् । इतिहासमा कहिल्यै नदेखिएको भ्रष्टाचार छ एउटा मन्त्री २५ हजार रुपियाँ लिएर पीयन सरुवा गर्छ । यहाँ न कुनै संविधान छ न कुनै कानुन । प्रहरी प्रशासन न्यायपालिका जताततै त्यस्तै छ ।

---

भारतले चलाईरहेको व्यवस्था भन्नु भो कसरी बुझ्ने सर्वसाधारण नेपाली जनताले ?

यो अहिलेको संविधान र संसदको संरचना चाही १२ बुँदे संझाताको रुपमा दिल्लीमा बन्यो । अहिलेका सत्तासिनहरु त्यतिखेर जम्मै दिल्लीमा थिए । जसरी ००७ सालमा दिल्ली संझौता भयो अहिले पनि १२ बुँदे संझौताको रुपमा दिल्लीमा संझौता भयो । बारम्बार हरेक कामका लागि ठूलाठूला क्रान्तिकारी पार्टीहरु पनि डेराडन्डै दिल्लीमा गर्दा रछन् भन्ने त देखिई हाल्यो नी । के बुझ्नुस् भने अहिलेको संविधान र सात दललाई संचालन गर्ने 'राष्ट्राध्यक्ष' समेत अहिलेको भारतको राजदुत हो । शिवशंकर मुखर्जी हो । शिवशंकर मुखर्जी अन्तर्गत संविधान छ शिवशंकर मुखर्जी अन्तर्गत संसद छ शिवशंकर मुखर्जी अन्तर्गत गिरिजाप्रसाद कोइराला छ र शिवशंकर मुखर्जी अन्तर्गत नै प्रचण्ड छ । त्यसैले हरेक चोटी प्रचण्ड पनि त्यही शिवशंकर मुखर्जी कहाँ जानुपर्छ गिरिजा पनि त्यही मुखर्जी कहाँ जानु पर्छ र माधव नेपाल पनि त्यही मुखर्जी कहाँ जानु पर्छ । १२ बुँदे संझौता अन्तर्गत बनेका दल संविधान सरकार र संसद जस्ता यी सम्पूर्ण संरचनाहरु भारतले बनाएको हो त्यसैले अहिलेको व्यवस्था भारतले चलाएको निर्दलीय व्यवस्था हो । हरेक किसिमका पार्टी बनाई दिया छ भारतले जसरी हरेक किसिमका खसी बाख्रालाई एउटा किसानले एउटै टाट्नामा घाँस खुवाउँछ नी हो त्यसरी नै भारतीय राजदूतावासले घाँस खुवाई दिराख्या छ र फरक के मात्र छ भने कोही पूर्वतिर फर्केर घाँस खान्छन् कोही पश्चिमतिर फर्केर । कोही दक्षिणतिर फर्केर त कोही उत्तर तिर फर्केर । कहाँसम्म भने स-साना कर्मचारीहरुको सरुवा समेत भारतले गरिरहेको छ ।

---

देशको सार्वभौमिक अवस्था यति नाजुक छ भने निकास निकाल्न सकिएला त ?

यो कुरो नेपाली जनताले बुझ्नु पर्यो । ब्वाँसो भन्ने एउटा जंगली जनावर हुन्छ । त्यसले गाईवस्तु भेट्टायो भने पहिले कन्याइदिन्छ । कन्याईदिंदै गर्दा जब गाई वस्तुले आनन्द मान्न थाल्छ । अनि पेट भित्रै हात हालेर आन्द्रा भुँडी लिएर जान्छ र उनीहरुलाई मार्छ । अहिले यही ब्वाँसो रुपी भारत यहाँ पस्या छ । भर्खरै हिजोको पत्रिकामा उसको 'रिभर लिंकिंङ्ग' प्रोजेक्ट सार्वजनिक भएको छ । उसलाई नेपालको पानी माथि प्रभुत्व चाहिएको छ । र अर्को नागरिकता । आफ्ना नागरिकहरुलाई नेपाली नागरिकता । ४० लाख भारतीयहरुले नागरिकता लिएका छन् । कसैले एक शब्द बोलेनन् बोले उनीहरुको सरकार र पार्टी जताततैबाट जागिर जान्छ ।

---

तपाई पनि त बोल्नु भएन तपाईको त आफ्नै राष्ट्रवादी छवि थियो ?

मैले त्यो विधेयकमा सर्वोच्च अदालतमा मुद्दा हालें । सर्वोच्च अदालतले कारण देखाउ आदेश पनि जारी नगरिकन खारेज गर्यो । अर्थात् अघि मैले माथि पनि भने नी सर्वोच्च अदालत निस्पक्ष छैन । यो संरचना जम्मै दिल्लीबाट आएको संरचना हो र यसको विरुद्धमा कोही पनि बोल्न सक्तैन भन्ने उदाहरण यही हो । मैले यो विधेयक विरुद्धको मुद्दा आफैले लेखे आफैले हालें तर सर्वोच्च अदालतले कारण देखाउ आदेश पनि जारी गरेन । हो हिजो ०४७ सालको संविधान अन्तर्गत रहेर विशेष गरी विश्वनाथ उपाध्यायको पालामा सर्वोच्च अदालत मार्फत नै देशहितका धेरै कुरा भए । अहिले त म के निस्कर्षमा पुगेको छु भने त्यही नागरिकता र जलस्रोतका लागि आन्दोलन र जनयुद्धका नाममा यति धेरै मान्छे मरेका रहेछन् ।

---

वास्तवमा देशको अवस्था अत्यन्त निराशाजनक छ हैन त ?

अहिले निराशाजनक अवस्था नै छ । यो देशको राष्ट्रियता कुनै पनि समयमा 'कोल्याप्स' हुनसक्छ । कि भुटान भएर 'कोल्याप्स' हुन सक्छ कि सिक्किम भएर । र कुनै पनि बेला इण्डियाको सेना आउन सक्छ । कसका घोडामा चढेर भने यीनै सात दलको घोडामा चढेर ।

---

दलहरु त खैर अरु कसैको घोडा बने उनीहरुकै भाषा बोलिरहेको नागरिक समाजको भूमिकालाई चाहिं कसरी हेरिरहनु भएको छ त ?

बुझिराख्नुस यहाँ भारतीय दुतावासले टिको लगाईदिएको मान्छे मात्रै नागरिक समाज हुन्छ । सुन्दरमणि दिक्षितजी के भन्नुहुन्छ दुनियालाई थाहा छ । मलाई भारतले पढायो मलाई बनाउने नै भारत हो मत पूरै भारतीय हुँ भन्ने उहाँको भाषण सुन्या छ' मैले । भारतीयभन्दा पनि भारतीय हुनुहुन्छ उहाँ । अर्थात् १२ बुँदे संझौता अन्तर्गत जुन संरचना बन्यो नी त्यसै अन्तर्गतका जम्मै नागरिक समाज हुन् यहाँका । यहाँ जम्मै भारतीय राजदूतावासले चलाएका पत्रिका छन् । देशको कुरा गर्नु पो सबभन्दा ठूलो अपराध हुन्छ यहाँ । त्यसमाथि अमेरिका समेत भारतको घोडा चढेर यहाँ आईराख्या छ । संसारको 'सुपर पावर' भारतको आँखाले नेपाल हेर्छु भन्छ ।

२०४६ सालको आन्दोलनले यहाँका ५० प्रतिशत राजनीतिक सामाजिक शक्तिहरुलाई भारतको पोल्टामा हालेको थियो । ०६२-०६३ सालको आन्दोलनले यी जम्मै शक्तिलाई सम्पूर्ण रुपले भारतको पोल्टामा हालिदियो । जुन शक्तिलाई भारतले बचाउन चाह्यो त्यो मात्र बच्न सक्छ र जसलाई बचाउन चाहेन त्यो समाप्त हुन्छ । माओवादी भारतले चाहयो भने बच्न सक्छ नत्र सक्दैन । कांग्रेस पनि भारतले चाह्यो भने बच्न सक्छ नत्र सक्दैन । एमाले पनि भारतले चाह्यो भने बच्न सक्छ नत्र सक्दैन र राजा पनि भारतले चाह्यो भने बच्न सक्छन् नत्र सक्दैनन् । आजभोलिको राष्ट्रिय गीत कहिल्यै तपाईले पनि सुन्नु भएको होला-हामी सार्वभौम छौं भन्ने । सातदलका नेताहरुलाई डेराडण्डी बोकेर भारतीय दूतावासमा बस्नु पर्ने, सीताराम यचुरी नआइकन हाम्रा नेताहरुले पिशाव समेत गर्न नसक्ने, यस्तो पनि कहिं सार्वभौम हुन्छन् ?

---

नेपाली जनताको सेन्टीमेन्ट त यस्तो होइन नी । उनीहरु त आफ्नो देश चाहन्छन् साँचो अर्थमा आफ्नो सार्वभौम भूमिका खोज्छन् । के कुनै उपाय छ त्यहाँसम्म पुग्ने ?

अब यो कुरा पहिले नेपालीले बुझ्नु पर्छ । अहिले सत्तामा रहेका यी पार्टीहरुको मुकुण्डो उत्रिनु पर्छ । बुर्का उत्रिनु पर्छ । अहिले जम्मै राष्ट्रियताको बुर्का लाएर देश समाप्त गर्नमा उद्यत छन् । ठूल्ठूलो राष्ट्रियताको कुरा गर्ने माओवादको पनि कुरा गरिहाल्ने तर डेरा डण्डी भारतीय दूतावासमा गर्ने । एकछिन माओवादी कै कुरा गरौं न- यदि त्यो साँच्चिकै माओवादी पार्टी हो भने त्यसले त दशौं चोटी चीनको राजदूतलाई भेटेको समाचार पो आउनु पर्थ्र्यो त । त्यस्तो समाचार कहिं सुन्न पाउनु भयो त ? हो यही बुर्का उत्रिनुपर्छ पहिले अनि उपाय निस्कन्छ ।

---

अब अलिकति प्रसंग बदलौं - राजनीतिक दृष्टिले देशमा के भै राख्या देख्नु भा'?

राजनीति त केही भएकै छैन नी !

---

होइन सरकार छ संसद छ गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्छ कसरी राजनीति भैराख्या छैन भन्नुहुन्छ ?

होइन जम्मै भारतको राजनीति छ । भारतले जे-जे गर भन्छ उहाँहरु त्यही गर्नु हुन्छ । 'इन्डियन एम्बेसडर' ले जे गर भन्छ उहाँहरु त्यही गर्नुहुन्छ ।

---

होइन सरकार छ सरकारमा दलहरु छन् संसदमा दलहरुबीच विभिन्न मुद्दामा झगडा छ तपाई जम्मै कसरी दिल्लीले संचालन गरिरहेको छ भन्नु हुन्छ ?

नाटक त देखाउनु पर्यो नि ! नाटकमा हुन्छ नी लोग्ने र स्वास्नी नभा'का मानिसहरु पनि लोग्ने स्वास्नी बनेर नाटक खेल्छन् । देख्नु भएन यहाँ 'मेजर-मेजर' निर्णय हुँदा यहाँ भारतीय दूत आउनु पर्छ सीताराम यचुरीहरु आउन' पर्छ । भारतीय राजदूतको अनुपस्थितिमा यहाँ कुनै निर्णय भएको थाहा पाउनु भएको छ ? अहिले कस्तो व्यक्ति प्रधानमन्त्री छ ? तपाईले अस्ति कान्तिपुरमा पढ्नु भयो नि यीनैले मान्छे मार्न आदेश दिएका रहेछन् निर्वाचनको बेला । अहिले त दादागिरी चलिरहेको छ राजनीति होइन । एउटा आतंकवादी काम भैराख्या छ अन्ततोगत्वा नेपाललाई 'फिजी' बनाउने उद्देश्यले । को महेन्द्र चौधरी बन्ने भन्ने प्रतिस्पर्धा मात्र छ । होइन भने सद्भावना पार्टी र नेकपा माओवादीको कुरो कसरी मिल्छ ?

---

ल मानौं तपाईले भने जस्तै यो कुरा नाटक हो सरकारमा देखिएको अस्थिरता के हो त ?

यो पनि नाटक हो । यो अस्थिरता नआइकन भारतका तीन विकल्प सिक्किम भुटान वा भारतीय सेना पठाउने काम हुन सक्तैन । भारतको इच्छा अनुसार कुनै पनि संरचना राम्रोसँग चल्न दिनुहुँदैन । संसद सरकार प्रशासन जम्मैलाई कमजोर बनाइ राख्नु पर्छ । जम्मैलाई खुट्टा ढोग्ने स्तरसम्म पुर्याउनै पर्छ । उसको आशिर्वाद अपरिहार्य बनाउनै पर्छ । त्यही रणनीति अन्तर्गत यो अस्थिरताको नाटक रचिएको हो ।

---

यो राजनीतिको मुख्य खेलाडी माओवादीको भूमिका अनपेक्षित देखियो हैन त ?

अनपेक्षित मात्र हैन शंकास्पद पनि । भोलि भविष्यले नै बताउला उनीहरुको वास्तविक उद्देश्य के हो भनेर । उनीहरुको काम कारोबार हेर्दा राष्ट्रियतालाई दह्रो बनाउने जस्तो चाही देखिदैन ।

---

प्रेसको पनि कुरा गरि हालौं न त । कस्तो लाग्छ त्यसको भूमिका ?

प्रेसको भूमिकाले पनि दिल्लीमा बनेको १२ बुँदे संझौताबाट बनेको संचरनालाई अगाडि बढाउने काम गरिराख्या छ । दिल्ली संझौताको उद्देश्य कहाँसम्म हो थाहा छैन । नेपाललाइ सिंगापुर पो बनाइहाल।ने हो कि, कालापानीबाट भारतीय सेना हटाइहाल्ने हो कि, महाकाली सन्धी खारेज गराइहाल्ने हो कि ? अथवा सिक्किम नै बनाउने उद्देश्य हो, त्यो भविष्यले देखाइ हाल्ने छ । त्यही कामका लागि प्रेस अग्रसर भएको छ ।

Source: Janadharana Weekly

 


 
Posted on 12-04-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bravo! balkrishna neupane. euta pani padkera sacho bolne nepalma bhayenan bhanera chinta lageko thiyo dekhda khusi lagyo.



 
Posted on 12-04-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jhapali wokil saab le gahakilai kura gareka rahechan. 98% yathartha paauchu ma, unka yi abibyakti haru ma.
 
Posted on 12-04-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yesto kura nepali le bujaya bhaye bheda kina hunthe, 62/63 ko janaandolna re, bhutra!!!!!! jana andolan gare!!!!, des bechera tukra tukra gari khai sake, bheda nepali haru herera basa.
 
Posted on 12-04-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Unfortunately people like BKN, who dare to speak the truth in nepalese soil, fail to win public support in Nepal. Thats why I blame, Nepal is not in good faith, not because of corrupt leaders only, but because of corrupt mentality of our society and we ourselves.


 
Posted on 12-05-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो ज्ञानेन्द्रको दौरा सुरुवालमा तुर्लुङ्ग झुण्डिन पुगेको यो वकिलले भनेको कुरामा धेरै कुरो साँचो देखिए पनि , ऊ पनि ज्ञानेन्द्रको जुठोपुरो गुमेकोले तिर्मिराइराखेको हो भन्ने बुझ्न गाह्रो परेन।

स्वतन्त्र छविका मान्छेले भनेका भए ठिके सुनिन्थ्यो तर यसको भनाइमा ज्ञानेन्द्र र पारसले पस्कने पार्टीहरूको रक्सि ह्वास्स गनाएको छ । ज्ञानेन्द्र र प्रचण्डका मान्छेले गर्ने भनेको कुनै समाधान नदिने तर उग्र र चर्का राष्ट्रवादका कुरा गर्नु हो । २५० वर्षे राजतन्त्रका मतियारहरूले अहिले नेपाल बिग्रियो भनेर रूनुको कुनै माने छैन।


 
Posted on 12-05-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो वकिल ज्ञानेन्द्रको तुनामा झूण्डिदै हिड्ने मान्छे रैछ भन्ने मलाइ थाहा थिएन । जानकारीको लागि धन्यवाद । यीनको यो अन्तर्वार्ता पढ्नु अगाडि मैले यो नाऊँको हेक्का पनि राखेको थिइन । कुनै समाधान नदिने तर उग्र र चर्का राष्ट्रवादका कुरा गर्नु बेठीक हो । तर यो पनि बेठीक त्यो पनि बेठीक त्यो पनि बेठीक त्यो पनि बेठीक भन्दै गर्दा ठीक के हो त भनेर चिन्नै नसक्ने पो हुने हो कि हामीहरु जस्तो लाग्न थालेको छ अचेल ।


 
Posted on 12-05-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sumedhu,

Timro buddhi ghans khana gayo ki k ho? Satya kura jasle bolcha tyo thik ho bhanna sakne anth aunu parcha. Gyanendra le nai ta ho ni girjalai sapath garako, hinjo Makune ni ta dam rakhna ga thiyo, hinjo timle ni ta Shreeman gambhira nepali ga thiyou ni..ni aile tyo 250 barsa ko kura sike chau, PN Shah le nagaraya bhaye timi nepali hoina kuni k jati hune thiyou. Ithihas lai dos diyera bartaman saprinna bhanne hekka rakha. Rayo BKN ko kura, u tyehi manche ho jasle girija lai tanakpur ma harayo.. aja desi bhaile nepali nagarikta linda gyanendra ko chamcha ta k, jalse birodh garcha uslai ma support garchu. purbagraha ko ankhale hoina, nepali bhayera socha!


 
Posted on 12-05-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कुनै पार्टिको होइन न राजाको नै हो।तिनिहरु बरु हाम्रा हुन्।नेपाली केवल नेपालका हुन् र नेपाल नेपालीका।त्यसैले जस्ले देशको हितको कुर गर्छ तेहि सहि।चाहे त्यसमा राजाको ढुकुटिको सुकुटि गनाओस् य प्रमको व्हिस्किको चुस्कि।

अस्तु:
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters